जाडो सकिन लागेको थियो। २०६६ सालको सम्भवतः फागुन महीना हुनुपर्छ। मित्र महेन्द्र कार्कीसँग उहाँको घर तेह्रथुमको कालिपा गएँ। जुन तत्कालीन इवा गाविसमा पर्दो रहेछ। त्यहाँदेखि अलिक तल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतको पुर्ख्याैली घर रहेछ। ठाउँ चिसो। तर, हरियाली र राम्रो। अझ राम्रो त महेन्द्रजीको परिवार रहेछ।
मुलघरको अगेनोमा बसेर आगो ताप्यौं। महेन्द्रजीको बुबाचाहिँ रेडियोमा समाचार नियमित सुन्नुहुँदो रहेछ। मैले उहाँलाई काका भनें। बिहानको सम्भवतः साढे ८ बजे हुनुपर्छ, ताप्लेजुङको तमोर एफएमबाट समाचार आयो। सुन्दै गर्दा एउटा विज्ञापन पनि आयो। पाँचथरको सुम्हात्लुङ एफएमको रहेछ। सेसेफुङ शेर्माको आवाजमा रेकर्ड भएको विज्ञापनमा रेडियोमा जागिरको कुरा रहेछ।
“के तपाईं रेडियोमा काम गर्न चाहनुहुन्छ ? यदि, चाहनुहुन्छ भने तपाईंलाई हामी अवसर दिन्छौं।” यस्तै व्यहोरोको विज्ञापन थियो।जहाँ, समाचार वाचकलाई फाराम शुल्क १०० सहित एक हजार ६००, कार्यक्रम प्रस्तोतालाई दुई हजार र प्राविधिकलाई दुई हजार ६०० रूपैयाँ तोकिएको रहेछ।
प्राविधिक शाखाबाट वैकल्पिक सूचीमा प्रदीपसिंह योञ्जन तामाङको नाम रहेछ। प्रदीपजीको पनि नाम देखेपछि मलाई तामाङ भाषामा समाचार वाचन गर्न टीम बन्ला कि त भन्ने भयो। पछि उहाँ प्राविधिक सहायक हुँदै प्राविधिक प्रमुखसम्मै बन्नुभयो।
विज्ञापनले म बडो प्रभावित भएँ। मनमनै एकखालको हुट्हुटी जाग्यो। जतिबेला स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिएँ। सोलार प्राविधिक पनि थिएँ। पढ्ने खर्च जुटाउने मेसो सोलार जडान नै थियो। भान्जा डेकेन्द्रकुमार तामाङको सोलार पसलमा प्राविधिकको काम गर्दै थिएँ। त्यसबेला सोलार जडान गर्दाको जम्मा १७ सय जति पैसा मसँग थियो।
प्राविधिक र कार्यक्रम प्रस्तोताको लागि तोकिएको शुल्क बुझाउन पुग्ने थिएन। र, समाचारवाचक पदमै फाराम भर्ने निधो गरें। अन्ततः भरें पनि। चैतमा तीन दिने आधारभूत रेडियो पत्रकारितासम्बन्धी तालिम रेडियोले आयोजना गर्यो। तालिमबाट आवश्यक रहेको दुई जना समाचारवाचक पदमा म पनि छनोट हुन पुगें।
प्राविधिक शाखाबाट वैकल्पिक सूचीमा प्रदीपसिंह योञ्जन तामाङको नाम रहेछ। प्रदीपजीको पनि नाम देखेपछि मलाई तामाङ भाषामा समाचार वाचन गर्न टीम बन्ला कि त भन्ने भयो। पछि उहाँ प्राविधिक सहायक हुँदै प्राविधिक प्रमुखसम्मै बन्नुभयो। प्रदीपजी र म भन्दा पहिले नै सरिता तामाङ राई रेडियोमा आबद्ध हुनुहुन्थ्यो। उहाँलाई हामी नाना (दिदी) भन्थ्यौं। अहिले पनि भन्छौं। उहाँले हामीलाई मायापूर्वक भाइ भन्नुहुन्थ्यो/भन्नुहुन्छ। वीरेन्द्र रूम्बाजी पनि रेडियोमा पहिले नै आबद्ध हुनुहुन्थ्यो।
नेपाली भाषामा राम्रो समाचार वाचनकला नानामा थियो। वीरेन्द्रजीचाहिँ तामाङ भाषामा रेडियो कार्यक्रम उत्पादन गरेर प्रसारण गर्नुहुन्थ्यो। यति ठूलो टीम भएपछि त आफ्नै मातृभाषामा दैनिक समाचार प्रसारण गर्नेतर्फ छलफल गर्यौं। र, कार्यक्रम पनि प्रसारण गर्ने भन्यौं। सोहीअनुसार २०६८ सालको साउन ८ गते पहिलोपटक सुम्हात्लुङ एफएमबाट तामाङ भाषामा समाचार प्रसारण गर्न सफल भयौं। समय बिहानको १० बजे थियो।
मैले “शब्दकोशको पाण्डुलिपि नै भए पनि दिनुपर्यो ज्योज्यो, हामीलाई समस्या भयो र बदमासी मबाट हुन्न” भनें। उहाँले रातो मसी भएको कलमले प्रत्येक पानामा हस्ताक्षर गरेर दिनुभयो।
उक्त रेडियोको पहिलो तामाङ भाषाको समाचारवाचक मै भएँ। हुनतः तामाङ भाषामाभन्दा पहिले खस–नेपाली भाषामा वाचन गर्थें। साथ सरिता नाना, प्रदीपजी, र वीरेन्द्रजीबाट पाएँ। अझ समाचार प्रसारणको लागि तत्कालीन स्टेशन म्यानेजर विजयबोध लावतीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
त्यतिबेला पूर्वी पहाडी जिल्लामा सञ्चालनमा रहेका रेडियोहरूमध्ये रेडियो मेन्छायम तेह्रथुममा राजु लामा र पम्फा तामाङको तामाङ भाषामै एउटा रेडियो कार्यक्रम (नामचाहिँ बिर्सें) प्रसारण थियो। छिमेकी जिल्ला धनकुटाको रेडियो मकालुमा सन्तवीर मोक्तान दाई तामाङ भाषामै समाचार वाचन गर्नुहुन्थ्यो।
उहाँलाई प्रशिक्षणको लागि बोलायौं। र, प्रशिक्षणपछि समाचार वाचन गर्न सक्ने भयौं। बोलीचालीको भाषामा समस्या थिएन। रून पनि भाषामा आउँथ्यो। र, आउँछ पनि। मात्रै केही प्राविधिक शब्दावलीमा समस्या थियो। त्यही समस्याले गर्दा तामाङ भाषाविद् अजितमान तामाङलाई भेट्न काठमाडौंमा आएँ। रत्नपार्क छेउमा रहेको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा बोलाउनुभयो। त्यहाँ पुगें।
राजेन्द्र थोकर, सिजार पाख्रिन र उहाँ गरी तीन जनाको संयुक्त लेखन भएको त्रैभाषिक शब्दकोशको पाण्डुलिपि रहेछ। मैले “शब्दकोशको पाण्डुलिपि नै भए पनि दिनुपर्यो ज्योज्यो, हामीलाई समस्या भयो र बदमासी मबाट हुन्न” भनें। उहाँले रातो मसी भएको कलमले प्रत्येक पानामा हस्ताक्षर गरेर दिनुभयो।
खस–नेपाली भाषामा रहेको ‘जबरजस्ती करणी’ वा ‘बलात्कार’ शब्दलाई अनुवाद गर्ने क्रममाचाहिँ आपत पर्यो। दुवै शब्दको भाव बोक्ने तामाङ भाषामा एउटा मात्रै शब्द छ, जुन शब्दको उच्चारण गर्नु सामाजिक रूपमा ग्राह्य हुँदैन। अन्त्यमा “आयान्ना आयान्ना हुना लाजी” प्रयोग गरें।
जसले गर्दा तामाङ भाषामा समाचार उत्पादन गरेर प्रसारण गर्न अत्यन्तै सहज भयो। र, तामाङ भाषामै ‘सेमला ताम’ रेडियो कार्यक्रम पनि उत्पादन गरेर प्रसारण गरें। समाचारमा होस् या त कार्यक्रममा प्रयुक्त शब्द अत्यन्तै नरम खालको हुनुपर्छ भन्ने मान्यता ममा थियो। त्यसो भए मात्रै समुदायका मानिसहरूले समाचार बुझ्छन्। उनीहरूकै लागि भनेर समाचार उत्पादन गरेर प्रसारण गर्ने तर, उनीहरूले बुझेनन् भने अर्थ हुँदैन भन्ने थियो।
त्यही भएर जनजिब्रोमै रहेका शब्दहरूको प्रयोग भयो। कतिपय शब्दको अनुवाद नभए भाव दर्शाउने शब्दको प्रयोग गर्थ्याैँ। तर, खस–नेपाली भाषामा रहेको ‘जबरजस्ती करणी’ वा ‘बलात्कार’ शब्दलाई अनुवाद गर्ने क्रममाचाहिँ आपत पर्यो। दुवै शब्दको भाव बोक्ने तामाङ भाषामा एउटा मात्रै शब्द छ, जुन शब्दको उच्चारण गर्नु सामाजिक रूपमा ग्राह्य हुँदैन। अन्त्यमा “आयान्ना आयान्ना हुना लाजी” प्रयोग गरें। यसले “नमान्दा नमान्दै सुतायो” भन्ने भावचाहिँ अलिअलि दिने महसुस गरें।
जिल्ला, देश/विदेशका तामाङ समुदायसँग सम्बन्धित विविध क्षेत्रको गतिविधि समाचारमा प्रस्तुत गर्थ्यो। समाचार स्रोतको रूपमा तामाङ समाज डटकम (सम्पादक–विष्णु तामाङ), तामाङ सरोकार (खोजराज गोलेलगायतको टीम), छार गोङ्मा (प्रतीक ङेसुर), छार म्हेन्दो, जस्ता भाषिक अनलाइन र पत्रिकामा छापिएका खबर अनुवाद गर्दै पढ्थें। तामाङ डाजाङ भने तामाङ भाषामै प्रकाशन हुने भएकोले उक्त पत्रिकामा छापिएका रचनाहरू रेडियो कार्यक्रममा वाचन गर्थें।
जिल्लामा रहेको नेपाल तामाङ घेदुङले सम्पादन गर्ने गतिविधिसँगै अन्य राजनीतिक, सामाजिकलगायत विषयमा नेपाली भाषामा लेखिएको समाचार पनि अनुवाद गरेर पढिन्थ्यो। जतिबेला वीरेन्द्र रूम्बाजीको कार्यक्रम ‘नाङसाल’ प्रसारण भएको करीब दुई वर्ष हुन लागेको थियो।
सरिता नाना र मैले ‘शौचालय गएपछि साबुन पानीले हात धोऔं’ भन्ने सूचनालाई तामाङ भाषामा रेकर्ड गरी प्रसारण गर्यौं। त्यसैबेला जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान सञ्चालन भएको थियो। भर्खरै, रामचन्द्र बम्जन तामाङ (हाल सोही रेडियोको स्टेशन म्यानेजर हुनुहुन्छ) पनि रेडियोमा जोडिनुभएको थियो।
बाध्यताले धेरै साथीहरू पेसामा रहेको तीन–चार वर्षपछि लाखापाखा लाग्नुभयो। प्रदीपजी जिल्लाकै कुम्मायक गाउँपालिकाको शिक्षा अधिकृत हुनुभएको छ। सरिता नाना, लक्षिमा नाना, पुष्पाजी, लोकेन्द्रजी र वीरेन्द्रजी शिक्षण पेसामा हुनुहुन्छ। हालसम्म म, रामचन्द्र जी, उर्गेनजी र सहरसिंजी पत्रकारितामै छौं।
अनि, दिलकुमारी योञ्जन तामाङ ‘माइच्याङ’ पनि सहकर्मीका रूपमा भित्रिसक्नु भएको थियो। उहाँले तामाङ भाषामा समाचार वाचन गर्ने र कार्यक्रम उत्पादन गरेर प्रस्तुत गर्ने कर्म लामो समय गर्नुभयो। स्वरमा बडो मिठासपन थियो। उहाँकै ठूली दिदीको छोरी चर्चित गायिका अञ्जु पन्त रहेछ।
यसरी माइच्याङ, प्रदीपजी र मेरो आवाजमा ‘शौचालय निर्माण गरौं, वातावरण सफा राखौं” भन्ने सूचनालाई सम्वाद शैलीमा रेडियो सूचना तामाङ भाषामै तयार भयो। र, प्रसारण पनि गरायौं। आजभोलि पनि प्रसारण हुने गरेको छ। पाँचथरको केही तामाङ गाउँमा उक्त सूचनामा प्रयुक्त तामाङ शब्द ‘ब्लिजिरिक’ लाई लिएर मलाई जिस्काउँछन् पनि।
सोही समयमा जिल्लाकै अर्को रेडियो इगल एफएममा उर्गेन लो तामाङले ‘ह्याङ्ला ह्युल’ नामक तामाङ भाषामै रेडियो कार्यक्रम चलाउन थाल्नुभएको थियो। उहाँभन्दा पहिले सोही रेडियोमा पुष्पा स्याङ्तान तामाङ आवद्ध हुनुुहुन्थ्यो। पुष्पाको नेपाली भाषामा समाचार वाचन तिख्खर थियो। र, उक्त रेडियोको शुरूआती चरणमा भने विकेन्द्र वाइवा तामाङ पनि आवद्ध हुनुहुन्थ्यो। उहाँ प्राविधिकको भूमिकामा हुनुहुन्थ्यो।
इगल एफएमपछि प्रसारणमा आएको जिल्लाको अर्को रेडियो सिंहलीला एफएममा पदमराज गोले आवद्ध हुनुभयो। उहाँलाई तामाङ भाषा बोलीचालीमा केही समस्या भएकोले उहाँबाट तामाङ भाषामा समाचार वा कार्यक्रम सञ्चालन भएन। पछि लक्षिमा योञ्जन तामाङले उक्त रेडियोमा ‘नमोत्तम श्री मिडिया ग्रुप प्रवास’को सहयोगमा तामाङ भाषाको कार्यक्रम ‘सेमला काइरन’ र पाथिभरा मिडिया ग्रुप प्रवासको सहयोगमा ‘ह्याङ तामाङला ताम’ उत्पादन गरेर प्रसारण गर्नुभयो। दुवै कार्यक्रम पाँचथर र त्यस आसपासका जिल्लादेखि प्रवासी तामाङहरूले सर्वाधिक सुन्ने कार्यक्रम बन्यो।
त्यसबेला चाहिँ यता सुम्हात्लुङ एफएममा मनिषा मोक्तान तामाङ समाचार वाचक भइसक्नु भएको थियो। उहाँसँगै शुक्रराज मोक्तान पनि तामाङ भाषामा समाचार वाचक बन्नुभयो। म भन्दा पत्रकारितामा झण्डै एक वर्ष जेठो सहरसिं थिङ तामाङ पनि सुम्हात्लुङ एफएमको सम्वाददाता भइसक्नु भएको थियो। पछि लोकेन्द्र योञ्जन तामाङ पनि सम्वाददाताको रूपमा सुम्हात्लुङमै जोडिनुभयो। र, प्राविधिक तथा कार्यक्रम प्रस्तोताको रूपमा रूपन घिसिङ र कार्यक्रम प्रस्तोता तथा प्राविधिकको भूमिकामा पदमराज मोक्तान पनि पछि जोडिनुभयो। जुन सामुदायिक रेडियो हो।
आफ्नै लाग्ने रेडियोसँग अपनत्व केही घटेको होला। अहिले राजधानी काठमाडौंमा बसेर ‘२६औं तामाङ प्रसारण दिवस’ मनाइरहँदा मन ‘टर्रो’ भएको छ। तैपनि, तामाङ प्रसारण दिवसको हार्दिक शुभकामना।
जिल्लामा तत् समयमा यी तीन वटा रेडियोमा गरी तामाङ समुदायबाट पत्रकारिता पेसामा आएकाहरू झण्डै १५ जनाको हाराहारीमा थियौं। यति ठूलो सङ्ख्यामा रहेपछि हामीले तामाङ सञ्चार समूह (हालको तामाङ पत्रकार संघ)को जिल्ला शाखा गठन गर्यौं। जिल्लाको पहिलो अध्यक्ष भएर समूहको नेतृत्त्व गर्ने अवसर साथीहरूले प्रदान गर्नुभयो। हाल संघको जिल्ला अध्यक्ष रामचन्द्र बम्जन तामाङ हुनुहुन्छ।
यद्यपि, बाध्यताले धेरै साथीहरू पेसामा रहेको तीन–चार वर्षपछि लाखापाखा लाग्नुभयो। प्रदीपजी जिल्लाकै कुम्मायक गाउँपालिकाको शिक्षा अधिकृत हुनुभएको छ। सरिता नाना, लक्षिमा नाना, पुष्पाजी, लोकेन्द्रजी र वीरेन्द्रजी शिक्षण पेसामा हुनुहुन्छ। हालसम्म म, रामचन्द्र जी, उर्गेनजी र सहरसिंजी पत्रकारितामै छौं। पदमराजजी पनि आंशिक स्वास्थ्यकर्मी आंशिक पत्रकारिता क्षेत्रमा हुुनुहुन्छ।
विकेन्द्रजी होटल व्यवसाय र पदमजी वैदेशिक रोजगार, मैच्याङ आङी बीमा क्षेत्रमा, मनिषाजी गृहस्थी जीवनमा र शुक्रराजजी घरव्यवहारमा व्यस्त हुनुहुन्छ। यही कारण, २०६८ साउन ८ गतेदेखि पान्थरको तीन रेडियोमा गुञ्जयमान भएको तामाङ स्वर २०७५ सालपछि इतिहास बनेको छ। तामाङ भाषामा अन्तिम समाचार वाचक लक्षिमा योञ्जन तामाङ (नाना) हुनुभयो।
पाँचथरसहित तेह्रथुम र ताप्लेजुङका तामाङ समुदायले रेडियोबाट तामाङ स्वर सुन्न नपाएको दुई वर्ष नाघेको छ। आफ्नै लाग्ने रेडियोसँग अपनत्व केही घटेको होला। अहिले राजधानी काठमाडौंमा बसेर ‘२६औं तामाङ प्रसारण दिवस’ मनाइरहँदा मन ‘टर्रो’ भएको छ। तैपनि, तामाङ प्रसारण दिवसको हार्दिक शुभकामना। आजभन्दा २६ वर्ष पहिले अर्थात् २०५१ साल भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषामा समाचार वाचन गर्नेदेखि उत्पादन गर्ने सबैप्रति सम्मान व्यक्त गर्दछु।
" /> जाडो सकिन लागेको थियो। २०६६ सालको सम्भवतः फागुन महीना हुनुपर्छ। मित्र महेन्द्र कार्कीसँग उहाँको घर तेह्रथुमको कालिपा गएँ। जुन तत्कालीन इवा गाविसमा पर्दो रहेछ। त्यहाँदेखि अलिक तल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतको पुर्ख्याैली घर रहेछ। ठाउँ चिसो। तर, हरियाली र राम्रो। अझ राम्रो त महेन्द्रजीको परिवार रहेछ।मुलघरको अगेनोमा बसेर आगो ताप्यौं। महेन्द्रजीको बुबाचाहिँ रेडियोमा समाचार नियमित सुन्नुहुँदो रहेछ। मैले उहाँलाई काका भनें। बिहानको सम्भवतः साढे ८ बजे हुनुपर्छ, ताप्लेजुङको तमोर एफएमबाट समाचार आयो। सुन्दै गर्दा एउटा विज्ञापन पनि आयो। पाँचथरको सुम्हात्लुङ एफएमको रहेछ। सेसेफुङ शेर्माको आवाजमा रेकर्ड भएको विज्ञापनमा रेडियोमा जागिरको कुरा रहेछ।

">