सम्झनुस् यदि यो शीर्षक मात्रै सामाजिक सञ्जालमा पोस्ट हुँदो हो त ‘कमेन्ट’ हरूले कस्तो रूप लिँदा हुन् ? एक मनले त यो शीर्षक मात्र ‘पोस्ट’ गरेर हेरौं कि जस्तो लाग्यो। तर, अण्डा पार्ने भालेमाथि अन्याय हुन्छ कि भनेर त्यसो गर्न मन मानेन।
यो एउटा त्यस्तो गाउँको भालेको कथा हो, जहाँ जताततै कुखराका पोथी मात्र भेटिन्छन्। भाले भेट्न भने हम्मेहम्मे पर्छ। पोथीहरू अण्डा पार्छन् र चल्ला कोरल्छन्। जबसम्म चल्लाहरू साना हुन्छन् तबसम्म सबै उस्तैउस्तै देखिन्छन् र सबैले समान स्याहार र व्यवहार पाउँछन्।
जब चल्लाहरू ठूला हुन्छन् तब भाले र पोथी छुट्टिन्छन्। अनि भालेहरूलाई बिक्रीका लागि तयार गरिन्छ र पोथीहरू फेरि अण्डा पार्न ओथारोमा राखिन्छ।
यी ब्रोइलरहरू भने होइनन्, जसलाई केवल बेचेर नाफा कमाउनका लागि एउटा कोठामा ‘इन्जेक्सन’ ले ठूला बनाइन्छन्। यी त गाउँका खेतखलिहान चहार्ने र शुद्ध अर्गानिक खाएर हुर्कने ‘लोकल’ हुन्। यी त अर्को गाउँका बोका र खसीहरूसँग लड्न सक्छन्।
कुखुराको कथा जस्तै छ, त्यहाँका मानिसहरूको जिन्दगी। बालबालिकाहरू भेटिन्छन् तर युवायुवतीहरू भने कतै देखिँदैनन्। ती कता जान्छन् हँ ?
तल खेतको कान्लामा गम्भीर भएर बसेकी एक कुखुरीलाई यो कुराले सताउँछ। के यी युवा पनि हाम्रा भाले जस्तै कतै बेचिन्छन् ? यदि बेचिँदा हुन् त फेरि कहिलेकाहीँ फर्किन्छन् गाउँमा र ‘भाले’ नै काटेर खान्छन्।
र, फेरि हामी पोथी त बेचिँदैनौं। फेरि १८-२० वर्ष कटेका महिलाहरू किन देखिँदैनन् यो गाउँमा ? कि यहाँका गाउँलेहरूको जिन्दगी हाम्रो भन्दा पनि दुःखी छ ? महिलाहरू पनि बेचिन्छन् कि ?
‘तिमीलाई र मलाई पो थाहा छ त म पोथी हो भन्ने। नक्कली सिउर राखेको अरुलाई थाहा छैन नि। अनि तिमीले मेरो चुच्चोमा चुच्चो जोडेपछि म गर्भवती हुने भएँ र अण्डा पार्ने भएँ। भालेले भालेलाई चुम्बन गरेर भालेले नै अण्डा पारेपछि अचम्मै भएन त ?’
त्यो कुखुरीसँग फेसबुक हुँदो हो त पोस्ट गरेर मनको भारी बिसाउँदी हो। या ‘गुगल सर्च’ गर्दी हो। तर, त्यो सम्भव छैन। आफ्ना सखी कुखुरीहरू ऊभन्दा पनि लाटा छन्। एकपल्ट उसले सबै सखी कुखुरीहरूसँग बैठक नै राखेर सोधेकी थिई ‘के हाम्रो काम अण्डा पार्ने मात्र हो ? अब कि त गाउँ छाडेर जंगलतिर जाउँ, होइन भने यतै आन्दोलन गरौं।’
हेर्दै अलिक बाठी देखिने कुखुरीले उफ्रँदै भनिहाली ‘जंगल गएकाहरू सबै सहर फर्किसके। अहिले उतै शहरमा भुँडी फुलाएर बसेका छन्। जंगल गएर दुईचार नाइके कुखुरीहरू चिटिक्क परेर बस्लान् अरुको त झन् बेहाल हुन्छ।’
अर्की भर्खरै अण्डा पारेर आएकी कुखुरीले भनी ‘आन्दोलन गरिँदैन है। आन्दोलन गरे त आक्रमणमा परिन्छ। कसैको खुट्टा भाँचेर खान्छन्, कसैको पखेटा काटेर खान्छन्, त्यो भन्दा त बरु चुपचाप बसेकै राम्रो।’
कान्लामा बसेकी कुखुरीलाई उकुसमुकुस भयो। अब कसलाई सोध्ने ? अनि सम्झी उसको ‘भाले’ प्रेमी। ‘कट् कट् कट्’ गर्दै भोलि साँझ बेचिन तयार आफ्नो प्रेमीलाई केही सन्देश दिई। उताबाट भालेले पनि ‘कुखुरी काँ’ गरेर साँझै बासेझैं गरी आफ्नी पोथीलाई सन्देश दियो। योजनाअनुसार पहिले जस्तै पोथीले नक्कली सिउर लगाएर भाले बनेर आफ्नो प्रेमी भालेसँगै बस्ने र अन्तिम रात सँगै बिताउने पक्का भयो।
साँझको आठ बजेको छ। पहिले जस्तो छैन गाउँ। अहिले त सम्साँझै घरका ढोकाहरू बन्द हुन्छन्। साँझ बकुल्लाहरू ‘माली जोड माली जोड’ गर्दैनन्। अर्थात् आकाशमा लहरै मिलेर उड्दैनन्। बकुल्लाहरू पनि एकअर्कामाथि सशंकित छन्। अलिक अस्तिनै मात्र एउटा बकुल्ला भुइँमै झरेको थियो। भालेको झुण्ड हुँदो हो त ठुँगेरै मार्थे होलान्। तर, कुखुरीहरू स्वभावैले मायालु र दयालु छन्। मल्हमपट्टी लगाएर बकुल्लालाई ठीक गरेका थिए।
परार जस्तो लाग्छ, चुनावताका केही पाहुना आएका भए पनि त्यसपछि त्यो गाउँमा पाहुनै आएका थिएनन्। त्यसैले पनि होला कुखुरीहरूलाई त्यो बकुल्ला औधी प्यारो लागेको।
‘धन्यवाद छ यहाँहरूलाई। मेरो भाग्य बलियो रहेछ। मान्छेको बस्तीमा खसेको भए बिनाकारण मारिन्थेँ। तर, कुखुरीको मायाले मलाई बचायो।’ बकुल्लाले धन्यवाद दिन नपाउँदै आँखाबाट आँसु झार्दै एउटा कुखुरीले सोधी होली- ‘तपार्इं त उड्नमा खप्पिस, फेरि कसरी खस्नु भयो ?’
‘माथि आकाश पनि हेर्दा मात्र हो खुल्ला। त्यहाँ पनि ‘डन’ हरू छन्। आ-आफ्नो भागको हावा, बादल, सबै छुट्टाएका छन्। कतिपय म जस्ता सोझा बकुल्लाहरू त दिनरातै जमिनमा बस्नु पर्छ। आज हिम्मत गरेर उड्न खोजेको मेरो इलाकामा किन आइस् भनेर एक झुण्ड ‘दादा’ बकुल्लाहरू आएर पखेटा बाँधेर छाडिदिए।’
बकुल्लाको कुरा सुनेर कुखुरीहरू डाँको छोडेरै रोए। अब के गर्ने त ? विकल्प पनि छैन। एउटा बुद्धिमान कुखुरीले उपाय लगाइन्। ‘सबैले आ-आफ्नो प्वाँख दिउँ र बकुल्लालाई पनि कुखुरी जस्तै बनाइदिउँ। हामीसँगै राखौं।’
बेचिन ठिक्क पारेका भालेहरूलाई देखाउँदै पोथीले सोध्छे- ‘हामीहरू त अब सुखसयलमै छौं, यी बेचिन लागेका भालेहरूका बारेमा केही बोल्न पर्यो। बचाउनु पर्यो यिनीहरूलाई।’
बकुल्लालाई थाहा थियो कि आकाशमा उड्ने ऊ कुखुरीसँग बस्न सक्ला र ? ऊसँग उपाय पनि थिएन। हिजो मात्र त्यो कुखुरी बनेको बकुल्लीलाई अण्डा पारेन भनेर काटेर खाइदिएका थिए।
यही सोचेर बसिरहेकी कुखुरी हल्का चट्याङको आवाजले झसंङ्ग भई।
‘अहो, मेरो प्यारो भाले भेट्ने समय त भइसकेछ। फेरि भोलि साँझसम्म त बेचिइसक्छ ऊ। जति जिउनु छ आजकै रात हो।’
गम्भीर भएर बिस्तारैबिस्तारै भोलि बेचिन तयार भालेको हुलमा मिसिई ऊ। उसको प्रेमी भालेसँग मुख जोडेपछि आँखा भरिएर आयो कुखुरीको।
‘तिमी जाऊ, भाले बनेर यहाँ नबस नत्र भोलि तिमी पनि मसँगै बेचिन्छौ।’ एउटा खुट्टाले पोथीको घाँटी सुम्सुमाउँदै भालेले माया देखायो।
‘होस्, मेरे पनि सँगै मरौंला। म अब तपाईंसँगै जाने।’ पोथीले जिद्दी गरी।
‘हामीसँगै गए पनि उता लगेर फेरि हामीलाई किन्नेले अर्कोलाई बेच्छ। फेरि छुट्टिनु त परिहाल्छ।’ अलिक पर रहेका साना चल्लाहरू देखाउँदै भालेले पोथीको पखेटा सुम्सुमाउँदै भन्यो ‘ऊ त्यो सुनौलो रंगको चल्ला छ नि त्यो हाम्रो निशानी हो। तिमी त्यसकै लागि भए पनि बस्नै पर्छ। बरु गइहाल।’
पोथी चुपचाप सुनिरही। अचानक अघि कान्लामा बस्दाखेरीको प्रश्न याद आयो र सोधी ‘मेरो प्यारो भाले, हाम्रो त जातै काटिने, मान्छेको खुराक हुने हो।
त्यसैले तिमीलाई बेच्छन्, मलाई अण्डा र चल्लाका लागि राख्छन्। तर, तिमीले ख्याल गरेका छौ, यो गाउँमा न त युवा छन् न त युवती नै, या त बालबालिका छन् या त बूढाबूढीमात्र, के मानिसहरू केटी मान्छेलाई पनि बेच्छन् ?’
‘यो गाउँमा यस्तै छ। यहाँका मानिसहरूको जिन्दगी हाम्रो जत्तिको पनि छैन’ भालेले बिस्तारै पोथीको कानमा ठुँगे जस्तो गर्यो।
‘किन र ?’ पोथीले जिज्ञासा राखी।
‘यहाँ बूढाबूढी हाँसेको देखेकी छौ ? बच्चाहरू पनि बढ्दै जाँदा हाँस्ने कम हुँदै जान्छ।’ छानातिर हेर्दै सुसेलेर भालेले थप्यो- ‘यीनीहरू कतै अर्कै दुनियाँमा गएर पसिना र रगत बेच्छन् रे। गुब्बारा थाहा छ नि तिमीलाई ?’
पोथीले चुच्चो भालेको पखेटाको भित्र घुसारेर थाहा भएको संकेत गरी।
‘हो त्यस्तै हो। यता बलियो भएर भरिएर जान्छन्। उता पसिना र रगत बेच्छन्। कति उतै फुट्छन्। हावा फुस्किएका गुब्बाराहरू फेरि गाउँ आउँछन्, हावा भर्छन् र पसिना बेच्न जान्छन्। कागती जस्तै पूरै नबेचिए पनि रस मात्र निकालिन्छन्।’
पोथीले आफ्नो प्रेमीमा गर्व गरेको नजरले हेरी।
‘हैन तपाईंलाई यो सब कसरी थाहा भो ?’
भालेले पखेटाभित्र लुकाएको मोबाइल फोन निकालेर पोथीलाई दिँदै भन्यो। यी यसमा सबै छ।
कुखुरी छक्क परी। धेरैबेर भालेसँगै टाँसिएर मोबाइलमा यूट्युब, फेसबुक हेरिरही। दुवै मिलेर मज्जाले हेरे।
‘अलिक अस्ति नै भाले किन्न आउँदा म अलिक सानो भनेर लगेन नि त्यही बेला त्यो मान्छेको खसेको। मैले भेटेँ रमाइलो लाग्यो र लुकाएर राखेको थिएँ।’ मोबाइलको कथा सुनायो भालेले।
‘अब तिमी राख यो प्यारी। यसमा संसार छ। तर, त्यो ‘चिकेन फ्राइ’ कसरी बनाउने भनेर चाहिँ नहेर है। मन भतभती पोल्छ।’
भालेले गुगलमा कसरी सर्च गर्ने भनेर पनि सिकायो। फेसबुक हेर्ने तरिका पनि सिकायो। दुईचार वटा युट्युब च्यानल ‘सब्स्क्राइब’ पनि गरेको रहेछ। ्
‘यो च्यानल हेर्नु है। निकै राम्रो छ। पोहोर साल पहिरो आएर माथिको घरका सबैलाई लगेको थियो नि, हो त्यहीबेला एक वर्षको बालक अलपत्र पर्दा यो च्यानलले देखाएर सहयोगको थुप्रो आएको थियो।’
‘हाम्रो पनि अकाउण्ट खोलेर च्यानल बनाउँ न।’ कुखुरीले उपाय लगाई।
भाले खित्का छाडेर हाँस्न थाल्यो। कुखुरी रिसाएर नबोल्ने धम्की दिई। भाले झन् जोडले हाँस्न थाल्यो। कुखुरीले चुच्चोले ठुँगेपछि बल्ल भालेको हाँसो रोकियो।
‘मोरी, अकाउण्ट खोल्न त १८ वर्ष पुगेको हुनु पर्छ। हाम्रो आयु नै १८ महिनाको त हुँदैन।’
‘हो त नि है।’ कुखुरी मुसुक्क मुस्काई।
‘हाम्रो उमेर कल्ले जाँच्छ र ? नाम, ठेगाना उमेर सबै ‘फ्रड’ गरेर बनाए भै हाल्यो नि।’ कुखुरीले उपाय निकाली।
‘बरु ज्यान दिइन्छ, फ्रड गरिँदैन।’ भालेले छाती खोल्यो।
भाले र पोथी गफिँदा गफिँदै रात बित्यो। बिहानीको सूचना दिन भाले बासेपछि पोथीको आँखामा आँसु भरियो। भालेको जिउमा टाउको सिरानी लगाएर पोथी भालेले ‘सब्स्क्राइब’ गरेको युट्युबका भिडिओहरू हेरिरही।
‘प्रिय एउटा आइडिया आयो, नाइँ नभन ल।’ चुच्चाले भालेको छाती कनाउँदै पोथीले अनुरोध गरी।
‘पहिले भन त, गर्न सक्ने र मिल्ने भए नाइँ भन्ने त कुरै भएन।’ भालेले खुट्टाले पोथीको पुच्छर मुसार्दै भन्यो।
‘वचन देऊ कि तिमीले नाइँ भन्ने छैनौ। नत्र बोल्दिनँ म।’ पोथीले घुर्की लगाई।
भालेको केही जोर चलेन र कसम खायो कि जे भन्छिन् त्यही गर्नेछ।
मोबाइलको क्यामेरा अन गरेर सेल्फिमोडमा यसो भित्तामा अड्याइन्।
‘अब तिमीले र मैले चुच्चोमा चुच्चो जोड्ने र निकै माया गरेजस्तो गर्ने। अनि तिमीले कुखुरी काँ गर्ने। त्यहीबेला म अण्डा पार्छु।’ कुखुरीले रिहर्सल गराइन्।
‘यसो गर्दा के हुन्छ र ?’ भालेले जिज्ञासा राख्यो।

पोथीको यो कुरा सुनेर भाले मुसुमुसु मात्र गरिरह्यो।
‘अरे लाटी त्यो भिडियो बनाएर के गर्ने त? कसले हेर्छ?’ भालेले शंका व्यक्त गर्यो।
‘तिमी पनि मूला भाले रचौ यार, मैले सबै पत्ता लगाइसकेँ। भिडियो ‘एडिट’ गर्ने अनि त्यो तिमीले अस्तिन पहिरो जाँदा सहयोग गर्नेको भिडिओको कमेन्टमा यो भिडियो हालिदिने।’
आफ्नी प्रेमीका पोथीको बुद्धि देखेर भाले पनि छक्कै पर्यो।
‘मलाई किन्ने मान्छेहरू त आधी बाटो पुगिसके होलान्। अब तिमीले जे भन्छौ मानेँ मैले।’ भालेले सहमति दियो।
यूट्युबमा अहिले ‘भालेको अण्डा’ ‘ट्रेन्डिङ’ मा छ। भाले र भाले बनेको पोथीलाई अन्तर्वार्ता दिन भ्याइनभ्याई छ। यूट्युबरहरूको भीडमाझ उनीहरूलाई जवाफ दिन सजिलो छ। जसले जे सोधे पनि भालेले ‘कुखुरी काँ’ र भाले बनेको पोथीले ‘कट् कट् कट् कट्’ गरिदिन्छ।
त्यसलाई सोध्नेहरूले र बुझ्नेहरूले जसरी चाहन्छन् त्यसरी नै बुझ्छन्। यी भालेका जोडीहरू भने सुविधायुक्त खोरमा बसेर कमेन्टको मजा लिरहेका छन्।

पोथीलाई अँगालो हाल्दै भालेले भन्यो- ‘कुखुरी काँ।’
" /> सम्झनुस् यदि यो शीर्षक मात्रै सामाजिक सञ्जालमा पोस्ट हुँदो हो त ‘कमेन्ट’ हरूले कस्तो रूप लिँदा हुन् ? एक मनले त यो शीर्षक मात्र ‘पोस्ट’ गरेर हेरौं कि जस्तो लाग्यो। तर, अण्डा पार्ने भालेमाथि अन्याय हुन्छ कि भनेर त्यसो गर्न मन मानेन।यो एउटा त्यस्तो गाउँको भालेको कथा हो, जहाँ जताततै कुखराका पोथी मात्र भेटिन्छन्। भाले भेट्न भने हम्मेहम्मे पर्छ। पोथीहरू अण्डा पार्छन् र चल्ला कोरल्छन्। जबसम्म चल्लाहरू साना हुन्छन् तबसम्म सबै उस्तैउस्तै देखिन्छन् र सबैले समान स्याहार र व्यवहार पाउँछन्।

">