जेठको घाम, दिउँसोको कालोपत्रे सडक, बाफिएको गर्मी र क्रमशः उष्ण गल्तीको पश्चात्ताप गर्दै मधुरिँदै गएजस्तो कवितामय साँझ।
८४ वर्षीय कवि माधव घिमिरेज्यू आफ्ना कवितामा झैं साँच्चै नै युवाहरूको बैंस पैंचो मागेर फक्रिएजस्तै निकै जोसिला, भव्य र शालीन देखिनु हुन्छ।
‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल’
‘आजै र राति के देखेँ सपना मै मरी गएको
बतासबिनु हाँगाको फूल भैं झरी गएको’
यस्ता अत्यन्त संवेदनशील गीतहरूका भव्य कुञ्ज, वैयक्तिक पीडामा पनि असाधारण साधारणीकरणको खुबी साँच्ने गौरीजस्ता सामाजिक काव्यका मर्मगायक, राष्ट्रनिर्माताजस्तो राष्ट्रउद्घोषमय काव्यचेतनाका वाहक एवम् अश्वत्थामाजस्तो जीवनवादी स्वरमा लिपिबद्ध मानवप्रेम एवम् विश्वप्रेमकै साक्षी कृतिका महान् श्रष्टा, यशस्वी साधक, विशिष्ट पद्यशिल्पी कविवर माधव घिमिरेज्यूसँग कुराकानीको थालनीमै सिंगो साँझलाई कवितामय बनाउँदै उहाँ यसरी गुनगुनाउनु हुन्छः
भगवान्ले सोधे मलाई के माग्दछौ वरदान?
मैले मागेँ गुम्न ला’को नेपालीको पहिचान
दाइ कसमा? प्रिती जसमा, म पनि त उसमा
देउरालीमा भारी बिसाई गीत गाउने देशमा
गालाभरि पसिना त ओँठभरि मुस्कान
मैले मागेँ गुम्न ला’को नेपालीको पहिचान
देवताको मूर्ति लेख्दा मान्छेजस्तो लेख्ने
मान्छेजस्तो लेखे पनि देवता नै देख्ने
उत्सवमा वल्लो–पल्लो गाउँ एकै जहान
मैले मागेँ गुम्न ला’को नेपालीको पहिचान
आङ भाँची उठेजस्तै पहाड झिलीमिली
खित्का छोडी हाँसेजस्तै हिमाल चुली–चुली
क्षितिजपारि फैलिएको शान्तिजस्तै आसमान
मैले मागेँ गुम्न ला’को नेपालीको पहिचान
(२०६० सालको जेठ महीनाको कुनै एक दिन साँझ लैनचौरस्थित कविवर माधव घिमिरेको घर पुग्दा उनी कुनै कविता लेख्ने मुडमा थिए। अघिल्लो दिन नै समय लिएर म उनको घर पुगेको थिएँ। त्यसबखत म ‘नोबेल’ नामको साहित्य वार्षिकीको दोस्रो अंकको तयारीमा थिएँ। उक्त साहित्यिक पत्रिकामा मेरो भूमिका अतिथि सम्पादकको थियो।
पत्रिका निकाल्न ढिला भइसकेको थियो। अन्तर्वार्ताको काम मात्रै बाँकी रहेको र अन्य रचना प्रेसमा पुगिसकेको थियो। अन्तर्वार्ता क्यासेटबाट उतारिसकेपछि म ‘इन्ट्रो’ लेख्न बसेँ। अघिल्लो दिन कविवरसँग गरिएको संवादको ह्याङओभर मभित्र बाँकी नै थियो। उनको अति भावुक मनसँगको साक्षात्कारले मलाई पनि भावुक बनाइदिएको थियो। त्यसैले इन्ट्रो पनि भावुक नै हुन गयो। ह्याङओभरको असर अलि बढी नै परेछ कि भन्ने भान पत्रिका छापिएर आएपछि भयो।
मंगलबार जब कविवरको निधनको समाचार जंगलमा लागेको आगोजसरी फैलन थाल्यो तब मैले नोबेलको अन्तर्वार्ता छापिएको अंक खोज्न थालेँ। अहिले यो अन्तर्वार्ता पुनः प्रकाशनका लागि तयारी गरिरहँदा मेरो भावुकता त्यसबखत अझै कम हुन गएको रहेछ भन्ने अनुभूति भइरहेको छ।
एउटा नेपालीको औसत आयु कति ? सरकारले तोकेको औसतभन्दा उनी करीब साढे तीन दशक बढी अर्थात् एक सय एक वर्ष बाँचे। तर, पनि उनको निधनले एउटा ठूलो रिक्तता उत्पन्न गरिदियो। त्यो रिक्तता नेपाली कविताजगतले अब पूर्ति गर्न कहिले नै सक्ला र ? कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनको अघिल्लो साँझ नेपाली पद्यकविताका पिताको शरीरान्त भएको छ।
जीवनको साढे आठ दशकभन्दा पनि लामो समय नेपाली कविता, गीत, खण्डकाव्य, गीती नाटकजस्ता विधाको रचनामा बिताउनु एउटा ठूलो तपस्या हो। त्यस्तो तपस्या गर्न जोकोहीले सक्दैनन्, तपस्वी मानिसले मात्रै त्यो काम फत्ते गर्न सक्छ। माधव घिमिरे नेपाली काव्यजगत्का एक तपस्वी हुन्। उनको लामो तपस्याका कारण नेपाली पद्यकविताले जीवन पाएको छ।
त्यस दिन कविवरले मलाई केवल आधा घण्टा समय दिने बताएका थिए। जब कुराकानी चल्दै गयो, मेरा प्रश्नहरूले उनमा बेग्लै खालको तरंग पैदा गरिदियो सायद। मेरो सौभाग्य नै थियो त्यो, उनले मसँग झण्डै दुई घण्टा कुरा गरे। त्यो कुराकानी आज १७ वर्षपछि पुनः पढ्दा मलाई कविवरले यो धर्तीबाट विदा लिएको सत्य पत्याउन गाह्रो परिरहेको छ। ती अत्यन्तै नरम स्वभावका, मनमुटु नै कविताले भरिएका मानिसलाई मैले पहिलो प्रश्न निकै कडा गरेको रहेछु।)
तपाईंको कवितामा अधिकांश भगवानका कुरा, प्रकृतिका कुरा मात्र आउँछन्। विज्ञानमा विश्वास छैन?
म पूर्वीय दर्शन पढेको मान्छे, तर्कशास्त्र पढको मान्छे, सर्वदर्शन बुझेको छु। मान्छे हृदय मात्र पनि होइन, मस्तिष्क मात्र पनि होइन। निरीक्षण, परीक्षणपश्चात् जे निष्कर्ष निस्कन्छ म त्यसलाई विज्ञान र दर्शन दुवै भन्छु। कुनै कुरा परीक्षण र निरीक्षणबाट पनि एउटै निष्कर्ष निस्कँदैन र तर्कले पनि सिद्ध गर्न सकिँदैन। जस्तो प्रेम अर्थात् मानवीय मनको रहस्यात्मकता। मान्छेले हृदय गुमायो भने कविता गुमाउँछ। हृदयका कुरा गर्दा मन परेको मान्छेको कुरा गर्दा भगवान् उपमा दिइन्छ। मेरा कवितामा यस्ता कुरा आउनु मलाई त नराम्रो लाग्दैन।
हिजोआजका कवितामा संवेदना पक्ष कमजोर भएको हो?
नेपाली कवितामा मात्र होइन, संसारभरका कवितामा संवेदना पक्ष अत्यन्त कमजोर भएको छ।
भगवानका कुरा गर्यो भने संवेदना पक्ष मजबुत हुन्छ?
लेखकभित्रको संवेदनालाई जगाउन मानसिक कल्पना आवश्यक पर्छ– चाहे प्रेमको, भगवानकाे, क्रोधको अथवा अन्य। आफूले अनुभूत गरेको कुरालाई प्रकट गर्न केही चिजको सहारा लिनुपर्छ, त्यो प्रकृति, संस्कृति या भगवान् जे पनि हुन सक्छ। सबैले एउटै कुरालाई सहारा बनाउनुपर्छ भन्ने छैन।
विश्वमानचित्र हत्या–हिंसाबाट प्रताडित छ। यस्तो अवस्थामा तपाईंले भनेजस्तो प्रकृतिका कुरा, भगवानका कुरा गरेर एउटा कवि बस्न सक्छ?
बिलकुल सक्छ। जीवनमा अनुभूतिका लाखौं आयामहरू छन्। कतै हत्या–हिंसा भइरहेको छ भने कतै प्रेम पनि त भइरहेको छ। कोही हत्या–हिंसाबाट प्रभावित हुन्छन्, कोही हुँदैनन्। हत्या–हिंसाको मारबाट मुक्त हुन पनि त्योभन्दा पृथक कुरा कविले सोच्न सक्छ।
तपाईंले उठाउनु भएको संवेदनाको कुरा छन्दमा लेख्नेले मात्र गर्न सक्छन् या...?
छन्द भनेको शैलीको एक अंश हो। छन्दमा लेख्ने पुरानो, नजान्ने भन्नु मूर्खतासिवाय अर्थोक होइन। हामी यति संकुचित छौं कि कविताको सामान्य शैली (गद्य–पद्य)लाई लिएर अनावश्यक बहस गर्छौं। पद्यमा लेख्दैमा पुरानो र गद्यमा लेख्दैमा आधुनिक कोही हुँदैन र संवेदना दुवै शैलीमा प्रचुर हुन्छ।
देशमा बढ्दै गएको भ्रष्टाचार, हत्या–हिंसा र बलात्कारका घटनाहरूबाट म असाध्यै चिन्तित छु। तर सबैले त्यही एउटै कुरामा लेख्नुपर्छ भन्ने म मान्दिनँ, त्यो विषयमा लेखेको मात्रै राम्रो हुन्छ भन्ने पनि छैन। मूल कुरो कवि संवेदित हुनुपर्यो, जिम्मेवारी बहन गर्नुपर्यो। म राष्ट्रको गीत गाउने मान्छे, मैले जति राष्ट्रको गीत अरुले लेखेको छैन र मलाई मेरो लेखनीमा विश्वास छ।
कविज्यूको गौरीदेखि अश्वत्थामासम्म आइपुग्दा देशको परिस्थितिमा ठूलो परिवर्तन आइसक्यो। तपाईंको लेखनीमा कस्तो परिवर्तन आएको महसुस गर्नुभएको छ? ती कृतिहरूमा देशको प्रतिबिम्ब आएको छ?
मेरा कविता नबुझ्नेले देशको प्रतिबिम्ब नआएको आरोप लगाउँछन्। यस्ता आरोपसँग मेरो वास्ता छैन र म जे हुँ त्योभन्दा बढी दाबी पनि गर्दिनँ। गौरी मेरो व्यैयक्तिक घटनामा आधारित रचना हो। तर मालती–मंगलेमा सामाजिकता छैन? तयसमा यौनदुराचार छ, भ्रष्टाचार छ, परम्पराको कुरा छ, प्रेमलाई फस्टाउन नदिने समाजको कुरा छ, मानवअधिकारको कुरा पनि छ। अश्वत्थामामा वैज्ञानिक कुराहरू छन्। अहिलेको विश्व आत्महत्या–उन्मुख भइरहेको छ, त्यो कुरा यसमा उल्लेख छ।
तपाईंको कविता नबुझेरै यो आरोप लगाएका हुन्?
मैले आफ्नो चेतनाले भ्याएको कुरालाई इमानदारीसाथ लेखेको छु। मैले २००९ सालमा लेखेको ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे?’ यस्तो कुरा त बुझ्नुपर्यो नि!
इन्द्रबहादुर राई, मोहन कोइराला, ईश्वरवल्लभ, वैरागी काइँलाका रचनालाई कसरी हेर्नुभएको छ?
म उनीहरूका रचना पूरा बुझ्दिनँ। उनीहरूको अभिव्यक्ति, शैली, चिन्तन नै मेरो भन्दा फरक छ। उनीहरूले आफ्नो युगको प्रतिनिधित्व गरिरहेका छन्। युग नै फरक छ, सोचाइ नमिल्न सक्छ। मूल कुरो लेखेको कुरो केटाकेटीदेखि सबैले बुझ्ने हुनुपर्छ। मैले नबुझ्दैमा उनीहरूको साहित्य नराम्रो म भन्दिनँ।
कविताको परिभाषा सदाकालका लागि एउटै हुन्छ?
प्रत्येक कविको एक कविताभन्दा अर्को कविता फरक हुन्छ। कलापक्ष, अनुभूतिपक्षले परिभाषामा फरक ल्याइदिन्छ। फूल अघिल्लो वसन्तमा फुलिसकेको थियो, हेरिसकिएको थियो। फेरि यो वसन्तमा किन फुल्नुपर्यो? किन हेर्नुपर्यो? बासी किन नभएको? यही नै हो साहित्यको परिभाषा पनि। प्रकृति, प्रेम, मानिस, जीवन र विश्व शाश्वत छ, तर स्थिर शाश्वत होइन, परिवर्तनशील शाश्वत। त्यसैले सधैं ताजा भइरहन्छ।
कवितमा विचार आवश्यक छ कि छैन?
सधैं प्रभाव पारिरहने शाश्वत विचार कवितामा आवश्यक छ। साहित्यमा देखिएका वादहरू साधन मात्र हुन्, साध्य होइनन्, सधैं काम लागिरहँदैनन्। हिजो पनि सत्य र भोलि पनि सत्य रहिरहने विचार मात्र आवश्यक छ।
समकालीन साहित्य कस्तो लाग्छ तपाईंलाई?
हाम्रा पालमा पाँच–सात जना मात्र कवि थिए, अहिले हजार जना छन्। कसरी समालोचना गर्नु र राम्रो–नराम्रो भन्नु? कविता थुप्रै लेखिएका छन्, महाकाव्य लेखिएका छन्। तर कविहरूमा संवेदना कम हुँदै गएको देख्छु। धेरै कविता लेखिएका छन्, तिनलाई पूर्वाग्रहहीन किसिमले संकलनमा प्रकाशित गर्नुपर्छ अनि समकालीन कविताको स्थिति बताउन सकिन्छ।
साहित्यमा किन लाग्नुभएको? अमर हुन?
उद्देय तोकेर लाग्यो भने व्यापारी हुन्छ। मेरो आनन्दका निम्ति, आफूलाई नियन्त्रित गर्नका निम्ति लागेको हुँ। १४ वर्षको उमेरमा कविता लेख्दा मेरो कुनै उद्देश्य नै थिएन।
कसका निम्ति लेख्नुहुन्छ साहित्य?
मेरा रचना जसले बुझ्छन्, तिनका लागि लेखेको हुँ। शुरूमा आफ्नै लागि मजा लागेर लेखेँ, अहिले सबैका लागि लेख्छु। साहित्य ग्राह्य हुनुपर्छ भन्ने सोच्छु। आज लेखेको कविता पाँच सय वर्षपछि बुझिन्छ भन्नु मूर्खता मात्र हो, अहिल्यै बुझिनुपर्छ।
देश त बिग्रियो नि कविज्यू! कसले बिगार्यो जस्तो लाग्छ?
साहित्यकारले होइन। आर्थिक अनियमितता र दूराचार गर्नेले बिगारे। सुस्पष्ट राजनीतिक चिन्तनको अभावले देश बिग्रियो। देश हाँक्न सक्ने कोही पनि जन्मिएन।
देश नबिगार्ने साहित्यकारलाई देश चलाउन दिए हुन्छ?
देश राजनीतिज्ञले नै चलाउनुपर्छ, तर त्यस्तो कोही देखिएको छैन।
कविज्यूलाई राजनीतिमा चासो छैन?
छैन। सचेत नागरिकका हैसियतले यसो भइदिए हुन्थ्यो भन्ने त लाग्छ।
भोट हाल्न जानुहुन्न?
अभिव्यक्तिको स्वतन्त्रता चाहने कविले प्रजातन्त्रमा भोट हाल्न जानैपर्छ। म भोट हाल्छु।
" /> जेठको घाम, दिउँसोको कालोपत्रे सडक, बाफिएको गर्मी र क्रमशः उष्ण गल्तीको पश्चात्ताप गर्दै मधुरिँदै गएजस्तो कवितामय साँझ।‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली

">