आज बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औंसी। संसारमा हरेक बिहान बिस्तारैबिस्तारै साँझमा रूपान्तर हुन्छ। उदाएको सूर्य अस्ताउने रित छ। यसैगरी दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ।
सन्तानको जीवन सजाउन अहोरात्र खटेर उसलाई कर्म अनि सुरक्षा दिने बुवा। बुवाको महानता शब्दबाट व्याख्या र परिभाषित गर्न सकिन्न, मात्र मनको शिलालेखमा ममताको लिपिले लिपिबद्ध गर्न सकिन्छ।
बुवाको मुख हेर्ने दिन पैतृक बन्धनको सम्मानका साथसाथै समाजमा बुवाहरूको प्रभावको दिन हो। यसको पृष्ठभूमि केलाउने हो भने कैयन् रोचक तथ्य फेला पार्न सकिन्छ।
यूरोपका क्याथोलिक देशहरूमा मध्य युगदेखि मार्च १ मा सेन्ट जोसेफ दिनको रूपमा मनाइन्छ। अमेरिकामा फादर्स डे को स्थापना सोनोरा स्मार्ट डोडद्वारा गरिएको थियो। जुन १९१० मा पहिलोपटक जुनको आइतबार विभिन्न देशमा ‘फार्दस डे’ भनेर मनाइएको थियो। दुनियाँभरमा हरेक वर्ष अक्सर मार्च, मे र जुन महीनामा बुवालाई विशेष सम्मानका रूपमा हेरिन्छ।
करिअर बनाउने दौडमा बाबाआमादेखि छुट्टिएर बसेका कतिपय सन्तान फादर्स डे, मदर्स डे मा इन्टरनेटको सहाराले जोडिने प्रयत्न त गर्लान्, तर त्यसपछाडिको असन्तुष्ट र निन्याउरो अनुहार कसैगरी लुकाउन सकिँदैन। समय फेरिएको छ, क्रियाकलाप बदलिएका छन् तर आमाबुवाप्रतिको श्रद्धा र महत्व उही उचाइमा छ जसलाई व्यक्त गर्न सामाजिक सञ्जाल अपूर्ण छन्।
हामीकहाँ आज बुवाको मुख हेर्ने दिन, अर्थात् कुशे औंसी। यही पवित्र दिन म पनि आफ्ना पुजनीय बाबामा समर्पण गर्न चाहन्छु।
बाबा, हजुर ११ वर्षअघि अमेरिका जाँदा तपार्इंकी छोरी सानी थिई, हेर्नुस् आज १९ वर्षकी सक्षम र विवेकशील नारी भएकी छे।
त्यसबेलाको स्काइप अनि बाबा, म र भाइको डेढ घण्टे भिडिओ च्याट आजसम्म आइपुग्दा धेरै फेरिएको छ। तर, दुनियाँ उही छ, भर्चुअल। अनि बाबासँग भर्चुअल दुनियाँमा रमाउँदाको आत्मीयता पनि फेरिएको छैन।
हरेक दिन बिहान उठेर हतारहतार तयार भएपछि बाबा अनलाइन आउने समयको पर्खाइ हुन्थ्यो। २१ औं शताब्दी प्रविधिको विकासले गर्दा धेरै सजिलो भएको छ। हिजोका दिनमा जस्तो चिठीमार्फत् आफ्ना कुरा भन्नु पर्ने भएको भए के हालत हुन्थ्यो होला हाम्रो ? अचेल त प्रविधिले प्रत्यक्ष नभए पनि भर्चुअल कन्फ्रेन्स मार्फत् बाबालाई शुभकामना दिन र उहाँबाट आशीर्वाद प्राप्त गर्नुको आनन्द लिन त पाइएको छ।
तथापि, भर्चुअल सान्निध्यले मात्र बाबासँगको सम्बन्धलाई न्याय गर्न नसक्दो रहेछ। बाबाकै अँगालोमा बेरिएर उहाँलाई कुशे औंसीको शुभकामना दिने अनि आशीर्वाद थाप्ने पर्खाइ मेरो हकमा अझै पूरा भएको छैन। यसपालि पुस महीनामा बाबा आउनुहुन्छ, औंसी सँगै मनाउन पाइने भयो भन्ने हर्ष थियो। तर कोरोना महामारीले देखिसहेन।
अहिले पनि कोरोनाको कहरले गर्दा शून्य नै भयो । यो वर्ष पनि बाबासँगै बसेर यो विशेष दिन मनाउन पाइएन। सँगै बसी हजुरलाई खुसी दिन नपाए पनि हजुरले मलाई गरेको माया, ममता र स्नेह सधैंभरि सम्झिरहनेछु। बाबालाई सम्झिन र माया गर्न आजकै दिन कुर्न पर्छ भन्ने कुरामा मेरो पटक्कै सहमति छैन।
आफ्ना छोराछोरीको भविष्य उज्यालो बनाउन आफूले दुःख, कष्ट र यथेष्ट पीडा सहँदै भोकै बसेर भए पनि निरन्तर संघर्षको बाटोमा पसिना बगाइरहने सबै बाबाहरूलाई कोटीकोटी नमन।
मजस्तै थुप्रै सन्तान होलान् जसको बुवा विदेशमा हुनुहुन्छ वा आफूभन्दा निकै टाढा आफ्ना सन्तानको सुखद भविष्यको लागि पसिना बगाउँदै हुनुहुन्छ होला। यो समयमा जन्म दिने बुवाबाट टाढा हुनुको पीडा मभन्दा राम्रोसँग अरू कसले बुझ्ला र ?

तर आफ्नो अभिभावक जति नै टाढा भए पनि मायामा भने कहिलै कमी हुँदैन। मैले जीवनमा प्रेम लिन सिकेँ, दिन सिकेँ, सन्तुष्ट हुन सिकेँ, दुःखका बीच हाँस्न सिकेँ, बाँडेर खान सिकेँ, अप्रत्यक्ष नै भए पनि जे सिकेँ यी कुराहरू मैले मेरो बाबाबाट सिकेँ।
उहाँ मबाट निकै टाढा हुनुहुन्छ, तर यो कुरा लिएर सन्तृष्ट हुन्छ कि ‘जे गर्दै हुनुहुन्छ मेरो सुन्दर भविष्यको लागि सपना साँच्दै हुनुहुन्छ। अरूको सन्तान देखेर हजुरलाई र हामीले अरूको बाबा देखेर याद आउने, पीडा हुने कुरा त यथावत् छ तर ती पीडाहरूका बीच मलाई हरेक परिस्थितिसँग सामना गर्न आत्मबल हजुरको आशीर्वादले सदैव मिलिरहन्छ।
‘बाबाआमाबिना आफ्नो अस्तित्व सोच्न पनि असम्भव लाग्छ मलाई। यदि उहाँहरूले जन्म नदिएको भए म आज यो पृथ्वीमा हुने थिइनँ । सानो छँदा मैले गल्ती गर्दा बुवाले गाली गरेर कराएको अझै याद छ मलाई, विद्यालयबाट आउनेबित्तिकै दौडेर चकलेट भन्दै बुवाको वरिपरि झुम्मिने म मात्र नभएर मजस्ता लाखौं करोडौं छोरी छन्।
बुवाहरुको महानता पनि त्यस्तै छ, बुवा नै संसारका छोरीहरूका लागि सच्चा नायक हुन्। यसो सम्झिँदा बुवासँगका मेरा प्रत्यक्ष यादहरू त धेरै छैनन्, तर जति छन ती मेरो नलेखिएका जीवनका किताबहरूमध्ये एउटा सुन्दर अध्याय बनेर रहेका छन्।
मलाई पाठ सिकाउने, मभित्र साहस भरिदिने, मैले नारी सशक्तिकरणको लागि गरेको अभियानलाई रोक नलगाई अझ लड्नुपर्छ भनेर हिम्मत दिने मेरो बुवालाई सलाम छ।
आजको दिनमा म युवापुस्तालाई भन्न चाहन्छु, आफ्नो सम्पूर्ण जीवन परिवारमै गुमाएका आमाबुवाहरुलाई छोराछोरीले अंश र सम्पत्तिका लागि अनेकन हर्कत गरेको देख्दा लाज लाग्छ। ‘कुमालेको चक्र’ जस्तै हाम्रो जिन्दगी घुमिरहन्छ र आफ्नो पनि पालो आउने कुरा किन बिर्सेका हुन् आजका युवापुस्ताले ? यो गम्भीर प्रश्न बनेको छ।
कतिपयले बाबुआमाको त्याग र संघर्षलाई चटक्कै बिर्सिएको देख्दा म छक्क पर्छु। आफ्ना अभिभावकले दुई थप्पड हान्दा बरु मौन बसौं। इगो साध्न कदापि प्रतिकार नगरौं।
आफ्ना छोराछोरीको भविष्य उज्यालो बनाउन आफूले दुःख, कष्ट र यथेष्ट पीडा सहँदै भोकै बसेर भए पनि निरन्तर संघर्षको बाटोमा पसिना बगाइरहने सबै बाबाहरूलाई कोटीकोटी नमन। मैले पानामा कोरेका कुरालाई जानीनजानी बुवाको चरणमा पस्किएकी छु।
" /> आज बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औंसी। संसारमा हरेक बिहान बिस्तारैबिस्तारै साँझमा रूपान्तर हुन्छ। उदाएको सूर्य अस्ताउने रित छ। यसैगरी दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ।सन्तानको जीवन सजाउन अहोरात्र खटेर उसलाई कर्म अनि सुरक्षा दिने बुवा। बुवाको महानता शब्दबाट व्याख्या र परिभाषित गर्न सकिन्न, मात्र मनको शिलालेखमा ममताको लिपिले लिपिबद्ध गर्न सकिन्छ।

">