जति-जति बेला चुनावमा वास्तवमै धाँधली हुन्छ, त्यति त्यति बेला यस्तै नतिजा आउने गर्छ। अविश्वसनीय र एकपक्षीय। अगस्ट ९ मा बेलारुसमा भएको निर्वाचनमा राष्ट्रपति एलेक्जान्डर लुकासेन्कोले ८० प्रतिशत मत प्राप्त गरेको दाबी गरे।
लगभग अधिकांश बेलारुसी जनताको दाबी थियो, उनीहरूले राष्ट्रपतिको विरुद्धका भोट हालेका थिए। हुन पनि एक प्रकारले विपक्षी उम्मेदवार स्येट्लाना तिखानोभ्स्कायाको पक्षमा लहर जस्तै चलेको थियो।
त्यसो त लुकासेन्कोका समर्थक बेलारुसमा नभएको पनि होइन्। तर, यत्तिको एकपक्षीय नतिजा आउने कसैले कल्पना पनि गरेका थिएनन्। लुकासेन्को झन्- झन् अलोकप्रिय हुँदै थिए, तर उनको मत प्रतिशत भने बढ्दै थियो। अथवा समान जस्तै थियो, घटिरहेको थिएन्। जस्तो, सन् २००१ को निर्वाचनमा उनले ७६ प्रतिशत मत पाए, सन् २००६ मा ८३ प्रतिशत। यस्तै २००६ मा ८३ प्रतिशत, २०१० मा ८० प्रतिशत र २०१५ मा फेरि ८३ प्रतिशत।
यो चुनावको नतिजा ठीक हुन्थ्यो त पूरा विश्वमै उनी जत्तिको लोकप्रिय र सफल नेता अरू हुँदैन थिए। यसपल्टको चुनावी नतिजा के बाहिर आयो, बेलारुसी जनता सडकमा ओर्लेर प्रदर्शन गरिहेका छन्। प्रदर्शनको क्रम बढ्दो छ, रोकिने कुनै छाँट छैन्।
लुकासेन्कोले प्राय: भन्ने गरेको के हो भने अहिले चलिरहेको आन्दोलन पश्मिचेलीको समर्थनमा हो र यो रुस विरोधी छ। तर जमिनी स्तरमा यो सत्य छैन्। बेलारुसका जनता खालि लुकासेन्कोका विरोधी हुन्, उनले दाबी गरे जस्तो पश्चिमेलीका समर्थक र रुसका विरोधी पनि होइनन्।
युरोपेली महासंघले पनि निर्वाचनलाई अहिलेसम्म मान्यता दिएको छैन्। विरोधीको माग छ, फेरि चुनाव हुनु पर्छ। यो चुनाव पनि स्वतन्त्र अन्तर्राष्ट्रिय निकायको परिवेक्षणमा हुनु पर्छ।
लुकासेन्को भने अझै आफ्नै जिद्दी कायम छन् र भनिरहेका छन्, ‘बेलारुसमा चलिरहेको आन्दोलनमा विदेशीको हात छ। विदेशीकै उक्साहटकै कारण यो लम्बिरहेको छ।’
सन् २०१५ को चुनावका बेला पनि धाँधली भयो भनेर प्रदर्शन भएको थियो, तर यसलाई रोक्न उनी सफल रहे। तर, यसपल्ट भने आन्दोलन रोकिने छाँटकाँट देखिरहेको छैन् र राजनीतिक विश्लेषकहरू पनि भन्न थालेका छन्, यूरोपका अन्तिम तानाशाह पनि अब ढल्ने क्रममा छन्।
बेलारुसमा लुकासेन्कोले शासन थालेको पनि २६ वर्ष भयो। उनी आफैं ६५ वर्षका भए। सन् १९९४ देखि उनी राष्ट्रपति पदमा कायम छन्। सन् १९९१ मा तात्कालीन सोभियत संघबाट अलग भएपछि बेलारुसको स्वतन्त्र अस्तित्व स्थापित भएको हो।
त्यसयता बेलारुसमा नयाँ पुस्ताको उदय भइसकेका छ, तर जहिलेदेखि जान्ने र सुन्ने भए, यो पुस्ताले खालि एकै व्यक्तिले मात्र शासन गरेको थाहा पाए, उनका विरोधी नै थिएनन् भन्दा हुन्छ।
तर, देश भने विकास भइरहेको थिएन्, त्यसमाथि आरोप छ, पूरा बेलारुस भ्रष्टाचारको अखडा भएको छ। सन् १९९४ मा भएको चुनावताका लुकासेन्को युवा थिए, लोकप्रिय नेता थिए।
त्यति बेला बेलारुसका अधिकांस जनता सोभियत संघ कायम रहनु पर्ने पक्षका थिए। तिनकै मत पाएर लुकासेन्को विजयी रहे। भनिन्छ, बेलारुसको इतिहासमा त्यो नै एक मात्र स्वतन्त्र र धांधलीरहित चुनाव हो। सन् १९९६ मा भएको जनमत संग्रहपछि त उनी झन् शक्तिशाली भए र उनमा दम्भ देखिन थाल्यो।
उनी अहिलेसम्म पनि शक्तिमा कायम रहनु पछाडि दुई कारण छन्। पहिलो त त्यहाँको सनोमाथि उनको पकड। दोस्रो, रुसको समर्थन र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनको दोस्ती। लुकासेन्को पुटिनसँग नजिकको सम्बन्धमा रहने गर्छन्।
रुसले पनि अहिलेसम्म उनकै समर्थन गरिरहेको छ। तर राजनीतिक विश्लेषकहरू के मान्छन् भने अब रुसले पनि त्यसलाई कायम राख्न सक्दैन्। आन्दोलन चर्कदैछ र अब सरकारी कर्मचारीहरू पनि आन्दोलनमा उत्रन थालेका छन्।

विद्रोह दमन गर्ने क्रम चर्को हुन थालेपछि जनताको आक्रोस पनि बढ्दो छ। यसबीचमा उनका सामु दुई विकल्प रहेका छन्, पहिलो, सत्तामै टिकेर बस्ने, विद्रोहलाई दमन गर्ने।
दोस्रो, फेरि चुनावको प्रस्ताव स्वीकार्ने। अहिलेसम्म लुकासेन्कोले आफू गलेको कुनै संकेत दिन खोजेका छैनन्। अझ उलने आन्दोलनकारीलाई आतंककारी र अतिवादी भन्न थालेका छन्। रुसलाई छाडेर त्यस क्षेत्रमा बेलारुस र लुकासेन्कोसँग नजिक रहन चाहनेको संख्या घट्दैछ।
यहाँनिर प्रश्न के पनि छ भने आन्दोलनकारी कहिलेसम्म यसरी नै प्रदर्शन कायम राख्न सफल हुनेछन् त ? उनीहरूले भनेका छन्, ‘जबसम्म लुकासेन्को पछाडि हट्दैनन् र स्वतन्त्र चुनाव हुँदैन, आन्दोलन जारी रहन्छ।’
-एजेन्सीहरूको सहयोगमा।