‘जेठो छोरासँग भेट नभएको सात वर्ष भइसक्यो। अब नभेटिकनै मर्छु की। परिवारका सदस्यलाई घर व्यवहारका कुरा पनि केही भनेको छैन। भन्न पाएको भए हुन्थ्यो,’ विश्वव्यापी महामारीको रूपमा फैलिएर करोडौं मानिसलाई शिकार बनाइसकेको कोरोना संक्रमणको चपेटामा आफैं परेपछि मेरा मनमा यस्तै तर्कनाहरू आउन थाले।
बन फँडानी भएको विषयमा स्थलगत अध्ययन गर्न तराई सँगै गएका प्रतिनिधि सभाका सदस्य प्रदीप यादवसहित उहाँका पिएसओ र चालकलाई कोरोना पुष्टि भयो भन्ने खवर सुन्नेवित्तिकै मन झस्किइसकेको थियो। त्यतिबेला हामी काम सकेर काठमाडौं फर्किने क्रममा थियौं। माननीय यादव सँगै हुनुहुन्थ्यो। नारायणघाट आइपुगेपछि हामीले त्यस्तो समाचार सुन्यौं।
पूरा विश्वलाई त्राहिमाम पारेको अत्यन्तै सांक्रामक कोरोना भाइरस आफूसँगै रहेको मानिसमा छ भन्दा डर लाग्नु स्वभाविक थियो। तैपनि सम्हालिएर घरमा फोन गरेँ। ‘गेट खुल्लै राख्नु। पानी तताउने भाँडा पनि राखिदिनु। केही दिन म छुट्टै बस्नुपर्छ होला’ भनेँ। घर पुग्दा मैले भनेजस्तै व्यवस्था मिलाइएको थियो।
हामीलाई कोरोना सामान्य लागेको छ। निको भइहाल्छ नि भन्ने छ। हो पनि। तर कोरोना लागिसकेपछि बाच्न धेरै गाह्रो छ। समाजले ‘अछुत’को व्यवहार गर्छ। परिवार तनावमा जान्छ। मृत्युलाई नजिकबाट देख्नु पर्छ। त्यसको मानसिक पीडा अकल्पनीय छ।
कसैको नजिक नपुगी म छुट्टै कोठामा गएर सुतेँ। तर तनाव सबैलाई एकदमै धेरै भयो। परिवारमा आँखा जुधाएर कुरा गर्न सकिएन।
सांसद यादवलाई कोरोना भयो भन्ने वित्तिकै मलाई पनि जुनसुकै बेला संक्रमण देखिन्छ भन्नेमा सचेत भइसकेको थिएँ। तर, पनि सचेत हुनु र लागेपछिको भोगाईमा आकास-पातालको फरक हुने रहेछ। संक्रमण पुष्टिभएपछि कहिल्यै कल्पना सम्म नगरेको तनाब मैले भोग्नुपर्यो।
साउन १७ गतेदेखि तीन दिनसम्म लगातार ज्वरो आइरह्यो। सहनै नसक्ने गरी टाउको दुख्यो। अनि पखाला पनि चल्यो। सांसद यादवलाई कोरोना पुष्टि भइसकेको र म उहाँसँगै तीन दिन रहेकाले मलाई पनि संक्रमण भएकोमा धेरैले शंका गरिसकेका थिए। यसैबीचमा मलाई लक्षण देखिन थाल्यो।
मलाई रुघा-खोकी लागेन। तर तीन दिनमा निक्कै कमजोर भएँ। जसले गर्दा स्वाब दिन वीर अस्पताल पुग्न पनि धेरै गाह्रो भयो। २२ गते रिपोर्ट पोजिटिभ आएपछि थाहा भयो, ‘ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने र कमजोरी भएको त कोरोना संक्रमणले पो रहेछ।’
सबथोक अचानक भएको थियो। सोचेर, योजना बनाएर वा जनाउ दिएर केही भएको थिएन। म आइसोलेसनमा बस्नुपर्ने भयो। परिवारले केही सोच्न सक्ने अवस्था रहेन। घरमा तरकारी समेत स्टक थिएन। दुई/तीन दिनमा सकियो।
आफ्नै परिवारको सदस्य किन्न जान सक्ने अवस्था थिएन। घर भाडामा बस्नेहरू पनि तलमाथि समेत गर्न नसक्ने बनाइएको थियो। तर कोटेश्वरमा एकजना नातेदार बस्नुहुन्थ्यो। उहाँसँग सहयोग मागेँ। उहाँले सधै तरकारी र अरु आवस्यक सामाान किनेर ल्याइदिनुभयो।
खासमा हामी सहानुभूति र शुभेच्छा चाहिने बेला सामाजिक बहिस्कारमा परेका थियौं। छिमेकीहरूले झयाल-ढोका लगाउन थालेका थिए। फोन गर्थे, भिडिओ कल गर्थे। तर, नजिक आउन कोही नचाहने। यो रोग नै त्यस्तै रहेछ। बहिस्कारको पीडा यतिसम्म भोग्नुपर्यो की, मानिसहरू मेरो घर अगाडिबाट हिँड्दा पनि घरलाई नै कोरोना लागेजस्तो गरि हेर्थे। घर नजिक आइपुगेपछि कानेखुसी गर्थे।
मलाई संक्रमण पुष्टि भएपछि टोलमा मानिसहरू पनि डराउन थाले। हामी तरकारी किन्न जाने गरेको पसलेले पनि चित्त दुखायो। ‘मैले धेरै जनाको ज्यान संकटमा हालेँ की। कसैलाई केही भइहाले के गर्ने होला’ जस्तो पनि लाग्न थाल्यो। मेरो सम्पर्कमा आएका एकजना छिमेकीलाई क्यान्सर थियो। टोल सिल हुँदा उनले अस्पताल समेत जान पाएनन्।
कसैलाई कोरोना संक्रमण पुष्टि भयो भने तत्कालै कन्टयाक्ट ट्रेसिङ गरिन्छ भन्ने सुनेको थिएँ। तर त्यस्तो हुँदो रहेनछ। मेरो सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षण गर्न नियम अनुसार वडा कार्यालयबाट आउनु पर्ने हो। वडाले १० दिनसम्म आनाकानी गरिरहयो। सधै भोली-पर्सी आउँछु मात्र भन्ने, तर कहिल्यै नआउने।
म काठमाडौं महानगरपालिका वडा नम्बर १९ कोटेश्वरमा बस्छु। वडाबाट नआएपछि मैले डराएर टेकु अस्पतालका प्रमुखलाइ फोन गरे। उहाँले पनि महानगरपालिकाबाट आउनु पर्ने हो भन्नु भयो। तर पछि व्यवस्था गरिदिनु भयो।
११औं दिन अख्तियार प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा आएकाहरूको पीसीआर परीक्षण गर्ने टोली मेरो टोलमा आइपुग्यो। म संसद सचिवालयमा कार्यरत भएकाले सचिवालयकै मेडिकल टीमका डाक्टरले विशेष अनुरोध गरेपछि टोली मेरो टोल आइपुगेको थियो।
भाग्यवश सबैको नतिजा निगेटिभ आयो। मलाई धेरै राहत भयो। मेरा कारण कोही जोखिममा परेका रहेनछन् भन्ने थाहा भएपछि एकखालको ढुक्क भयो। त्यतिबेलासम्म म आफै पनि सन्चो हुँदै गइरहेको थिएँ।
यसबीचमा वडा कार्यालय भने कन्ट्याक्ट ट्रेसिङमा परेका मानिसको संख्या घटाइदिनुपर्यो भनेर मसँग बार्गेनिङ गरिरहेको थियो। मसँग संख्या घटाउन बार्गेनिङ गर्ने वडाले मेरै नामबाट सात/आठ जनाको पीसीआर परीक्षण गर्यो रे। तर मलाई कुनै जानकारी भएन। महामारीका बेला हुने अनियमितताको यो एउटा सानो उदाहारण थियो। मलाई आफै संलग्न भएको घटनामा भएको यो अनियमितताको कुराले धेरै पोलिरहेको छ।
बहिस्कारको पीडा यतिसम्म भोग्नुपर्यो की, मानिसहरू मेरो घर अगाडिबाट हिँड्दा पनि घरलाई नै कोरोना लागेजस्तो गरि हेर्थे। घर नजिक आइपुगेपछि कानेखुसी गर्थे। मलाई संक्रमण पुष्टि भएपछि टोलमा मानिसहरू पनि डराउन थाले। हामी तरकारी किन्न जाने गरेको पसलेले पनि चित्त दुखायो। ‘मैले धेरै जनाको ज्यान संकटमा हालेँ की। कसैलाई केही भइहाले के गर्ने होला’ जस्तो पनि लाग्न थाल्यो।
म त एउटा सार्वजनिक पद धारण गरेको मानिस। धेरैसँग चिनजान छ। मैले त कन्ट्याक्ट ट्रेसिङका लागि ११ दिन कुर्नुपर्यो भने सर्वसाधारणको अवस्था कस्तो होला भन्ने सोच आयो। मैले कोरोना संक्रमित हुनुसँगै सामाजिक बहिस्कारको पीडा त भोगिरहेको थिएँ। सरोकारवाला निकायले बेवास्ता गरेको त्यो ११ दिनले अरु धेरै खालका तनाब पनि थप्यो।
परीक्षणका लागि पनि यति साह्रो मरिहत्ते गर्नुपर्दा मलाई आइसोलेसनमा बस्न पनि अस्पतालभन्दा घर नै निको लाग्यो। अस्पतालमा पनि हेरचाह गर्ने मानिस नजिक आउँदैनन् भन्ने थाहा थियो। धेरै गाह्रो भए अस्पताल जान्छु भन्ने लाग्यो।
तर, नेपालमा भेन्टिलेटरको संख्या निक्कै कम छ। धेरै गाह्रो भयो भने भेन्टिलेटर पाउँछु की पाउँदिन भन्ने लाग्यो। तर डाक्टरको नियमित सम्पर्कमा थिएँ। डाक्टरले ज्वरो आउँदा सिटामोल खानु, अरु बेला गुर्जो, बेसार, ज्वानो उमालेर खानु भनेका थिए। त्यही कुरा पालना गरेँ। निको हुँदै गएँ।
घरमा आइसोलेसनमा बस्दा पनि समय चाँही खेर फालिन। कथंकदाचित मरिहालेँ भने मैले गरेका कामको सम्झना होस् भनेर संसदको लेखा समितिका बाँकी रहेका काम गरेँ। मुलुकको अवस्था बुझेकै थिएँ। त्यसैमाथि एउटा कविता लेखेँ। कुनै दिन प्रकाशन गर्ने योजना छ।
सार्वजनिक पदमा रहेको मानिस भएकाले मलाई कोरोना संक्रमण भएको समाचार एक घण्टामै देश-विदेशमा रहेका नेपालीलले थाहा पाए। फोन र भिडिओ कल गर्नेको लाइन नै थियो। सबैले ढाडस दिए। आफ्नै परिवारका सदस्यहरूसँग पनि भिडिओ बाटै देखभेट गरेँ।
खासमा मलाई कोरोना संक्रमण हुनुमा लापरवाही मुख्य कारण थियो। म आफैं र माननीय यादवको लापरवाहीका कारण मलाई संक्रमण भएको हो।
सार्वजनिक लेखा समितिले बन फँडानीसम्बन्धी अध्ययन गर्न बनाएको समितिको सांसद यादव संयोजक हुनुहुन्थ्यो। उहाँले संक्रमणको आशंकामा परीक्षण गराइसक्नुभएको रहेछ। तर, आफूले परीक्षण गराएको कुरा उहाँले हामीलाई भन्नुभएन।
हामीलाई केही नभने पनि उहाँ कार्यक्रममा अलि टाढा-टाढा तर्किइरहनुभएको थियो। जुनसुकै बेला मास्क नलगाउनु मेरो कमजोरी थियो। तराईको खपिनसक्नु गर्मीका कारण बेलाबेलामा मैले मास्क झिकेको थिएँ। समय-समयमा हात धोए पनि मास्क लगाउने विषयमा म चुकेकै हो। त्यही कारण मैले धेरै दुःख पाएँ।

ठिक भइसकेपछि पनि ‘म मरेको भए परिवारले कति पीडा भोग्थ्यो होला’ भन्ने तर्कना आइरहन्थ्यो। त्यसैले निको भएपछि परिवारसँग छमछमी नाचेको भिडिओ खिचेर सामाजिक सञ्जालमा हालेँ। ‘मरेको भए यो रमाइलो कहाँ गर्न पाउँथेँ र’ भन्ने लाग्यो।

अझ स्थानीय सरकार सक्रिय देखिएनन्। त्यसकारण कृपया मास्क लगाउनुस्, हात नियमित रूपमा धोइराख्नुस्, तीन/चार महीनासम्ममा कोरोनाविरुद्धको खोप बन्ने आशाका किरण देखिएका छन्।
सरकारले कडा नियम ल्याएको छ। त्यसको पालना गरौं। खोप तयार नहुँदासम्म सचेत हुनैपर्छ। त्यसअघि सकेसम्म भेटघाट नगरौं। अनावश्यक हिँडडुल नगरौं। कतै बाहिर निस्कनै परे सावधानीका उपाय अपनाऔं।
यो महामारी हो। आफै सचेत बनौं। अन्यथा पछुताउन पनि नपाउन सकिन्छ।
(देखापढीकर्मी मञ्जु कार्कीसँगको कुराकानीमा आधारित)
" /> ‘जेठो छोरासँग भेट नभएको सात वर्ष भइसक्यो। अब नभेटिकनै मर्छु की। परिवारका सदस्यलाई घर व्यवहारका कुरा पनि केही भनेको छैन। भन्न पाएको भए हुन्थ्यो,’ विश्वव्यापी महामारीको रूपमा फैलिएर करोडौं मानिसलाई शिकार बनाइसकेको कोरोना संक्रमणको चपेटामा आफैं परेपछि मेरा मनमा यस्तै तर्कनाहरू आउन थाले।

">