- एस्थर डुफ्लो र अभिजित बनर्जी
सन् २०१७ मा बेलायतमा एउटा जनमत सर्वेक्षण गरिएको थियो। सोधिएको थियो– “कसैले आफ्नो विज्ञताबारे कुरा गर्यो भने सबभन्दा बढी विश्वास कसको गर्नुहुन्छ ?”
सर्वेक्षणको नतिजामा नर्स पहिलो भए। ८४ प्रतिशत मानिसले नर्सले आफ्नो पेशाबारे भनेकोमा विश्वास गर्दारहेछन्।
राजनीतिज्ञहरू भने अन्तिम भए।
अर्थशास्त्रीहरू राजनीतिज्ञपछि अन्तिमबाट दोस्रो भए। जम्मा २५ प्रतिशतले उनीहरूलाई विश्वास गर्दारहेछन्। अर्थशास्त्रीप्रति विश्वासको यो संकट कुनै विषयमा सर्वसाधारण र अर्थशास्त्रीबीच फरक धारणाको प्रतिबिम्ब हो।
शिकागो विश्वविद्यालयको बुथ स्कुल अफ् बिजनेसले आर्थिक विषयबारे ४० जना लब्धप्रतिष्ठित प्राज्ञिक अर्थशास्त्रीहरूलाई नियमित सोध्ने गर्छ।
अर्थशास्त्री स्टेफेनी स्टान्टचेभासँग मिलेर हामीले एउटा सर्भे गर्यौं। हामीले १० वटा प्रश्न तयार गर्यौं। ती प्र्रश्न बुथ प्यानल र १० हजार जना अमेरिकीसँग सोध्यौं।
त्यसरी सोधिएका प्रश्नमध्ये अधिकांशको जवाफमा अर्थशास्त्री र सर्वसाधारणको मत बाझियो। उदाहरणका लागि, ‘स्टिल र आलमुनियममा नयाँ कर लगाउँदा अमेरिकी जनताको जीवनस्तर सुध्रिन्छ’ भन्ने धारणामा बुथ प्यानलका अर्थशास्त्रीहरूले असहमति जनाए। यसबारे तीनमा एकजनाले मात्र आफ्नो धारणा राखे। अर्थशास्त्रीहरूले के सोच्छन् भन्ने थाहा नपाएर यो रिक्तता सिर्जना भएको होइन। बरु के हो भने, उनीहरूलाई यसबारे बताउँदैमा उनीहरूको धारणा परिवर्तन हुँदैन।
यो प्रवृत्ति साँच्चै नै समस्याग्रस्त छ। त्यो किनभने वर्तमान संकटको केन्द्रमा अर्थशास्त्र र आर्थिक नीतिसँग सम्बन्धित प्रश्नहरू छन्। के आप्रवासनले साँच्चै नै अमेरिकी गरीब कामदारहरूको जीवनमा संकट सिर्जना गरिरहेको छ ? के अन्तर्राष्ट्रिय व्यापारले असमानता बढाइरहेछ ? आर्टिफिसियल इन्टेलिजेन्सको विकासले हामी चिन्तित हुने कि खुशी ? किन हाम्रो समाज झन् भन्दा झन् असमान भईरहेछ र यसलाई रोक्न हामी के गर्न सक्छौं ? बजारले पछि पारेका समुदायको सहयोगमा समाजले के गर्न सक्छ ?
यी ठूला विषयबारे भन्नलाई अर्थशास्त्रीहरूसँग थुप्रै कुरा छन्। उनीहरूले विभिन्न विषयमा अध्ययन–अनुसन्धान गरेका छन्। जस्तै– आप्रवासनले ज्यालामा के प्रभाव पार्छ ? करले व्यवसायलाई क्षति त पुर्याइरहेको छैन ? सामाजिक कार्यक्रमहरूले अल्छीपन पो बढाइरहेको छ कि ? वास्तवमा अर्थशास्त्रीहरूले राज्यले व्यापार गर्दा के हुन्छ भनेर लामो समयदेखि चिन्ता व्यक्त गरिरहेछन्। कुनै देशले किन छिटै प्रगति हासिल गर्छ र किन अरूले सक्दैनन् भन्ने बुझ्न अर्थशास्त्रीहरूले अथक मेहनत गरिआएका छन्। त्यसरी प्रगति हासिल गर्न सरकारले के गर्न सक्छ भनेर पत्ता लगाउने प्रयत्न पनि गरेका छन्।
अर्थशास्त्रीहरूले विभिन्न विषयमा यथेस्ट तथ्यांक जम्मा पारेका छन्। जस्तै– के कुराले मानिसलाई दानी र लोभी बनाउँछ ? अनि के कुराले मानिसहरूलाई आफ्नो घर छोडेर नयाँ ठाउँमा बसाईं सर्न बाध्य पार्छ ? कसरी सामाजिक सञ्जालहरूले हाम्रा धारणा निर्माणमा प्रभाव पार्छन् ?
पछिल्लोपटक यस्ता विषयमा आएका नयाँ निष्कर्षले धेरैलाई आश्चर्यचकित पार्नेछ। हाइस्कुलका किताब पढेर हुर्केका वा टेलिभिजनका ‘अर्थशास्त्री’ को भनाई सुनेर धारणा बनाउनेहरूका लागि त यो झनै आश्चर्यचकित हुनेछ।
यसको अर्थ अर्थशास्त्री र आमजनताबीच विचार बाझिँदा अर्थशास्त्री नै सधैँ सही हुन्छन् भन्ने होइन। हामी अर्थशास्त्रीहरू प्रायः मोडल र पद्दतिले बाँधिएका हुन्छौं र कहिलेकाहीं कहाँनेर विज्ञानको अन्त्य हुन्छ र विचारधारा शुरु हुन्छ भन्ने बिर्सन्छौं। तर राम्रो अर्थशास्त्र आशाको स्रोत बन्नसक्छ। यसले के गलत भएको थियो भन्ने बुझ्न मद्दत त गर्छ नै, साथसाथै यसले कसरी हाम्रो संसारलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने बाटो पनि देखाउँछ।
त्यसका लागि हामीले अर्थशास्त्रीप्रतिको विश्वास केले गर्दा गुमिरहेछ भन्ने चाहिँ बुझ्नैपर्छ। समस्याको एउटा पाटो हो, हाम्रो वरिपरि प्रशस्त खराब अर्थशास्त्री छन्। टेलिभिजन र पत्रिकाहरूमा देखिइरहने स्व–घोषित अर्थशास्त्री वा कुनै ब्यांक वा फर्मको प्रमुख अर्थशास्त्रीहरू खासगरी निश्चित फर्मको आर्थिक स्वार्थलाई भरथेग हुनेगरी बोल्छन्। उनीहरूले प्रायःजसो प्रमाणलाई बेवास्ता गर्ने गर्छन्। यी अर्थशास्त्रीहरू खासगरी त्यस्ता भविष्यवाणी गर्छन् जसले बजारलाई फाईदा पुग्छ। र, बजारसँग आमजनता गाँसिएका हुन्छन्। तर यस्तो भविष्यवाणीले अर्थतन्त्रका ठूला प्रवृत्तिबारे हुने भविष्यवाणीलाई मद्दत पुर्याउँदैन।
अर्कोतर्फ खासगरी बेलायत र अमेरिकामा यस्ता अर्थशास्त्री छन् जो बढी नै रुढीवादी छन्। त्यसैले प्रायः तिनै अर्थशास्त्री देखिन्छन् जसले बजारलाई स्वतन्त्र बनाउन नियमन, कर र सार्वजनिक खर्च घटाउनुपर्ने रटान लगाइरहन्छन्। उनीहरू बजारको समृद्धि गरीबसँग प्रवाह हुने आश्वासन दिन्छन्। जबकि, यथार्थ ठ्याक्कै उल्टो छ। असमानता बढिरहेछ।
अर्थशास्त्रीहरूले अहिलेसम्म अंगीकार गरिरहेको सम्पन्नताको मान्यता नै निकै साँघुरो छ। त्यो मान्यता आयदर वा भौतिक उपभोगमा मापन गरिन्छ। तर हामीलाई थाहा छ जीवनका आवश्यकता पूरा गर्न ती भन्दा बढी थोक चाहिन्छ।
उत्तम अर्थशास्त्र भने कम कठोर र धेरै हदसम्म फरक हुन्छ। यो कठोर विज्ञानजस्तो नभई इन्जिनियरिङजस्तो हुन्छ। यो सिद्धान्तको सीमाहरूमा अडिरहँदैन बरु नयाँ–नयाँ मोडल रचना गरिरहन्छ। यसले ठूला समस्यालाई टुक्र्याउँछ र व्यावहारिक तरिकाले समाधान गर्ने प्रयत्न गर्छ। यो पद्दतिमा सहज बोध र सिद्दान्त अनि परिक्षण र गल्तिबाट पाएको शिक्षा जोडिएको हुन्छ।
उत्तम अर्थशास्त्रले समस्या निम्त्याइरहेका तथ्यहरूबाट समाधान शुरु गर्छ। मानव व्यवहारबारे पहिले नै थाहा भएका तथ्य र पहिले नै परिक्षण भइसकेका सिद्धान्तबाट केही अनुमान गर्छ। त्यस्ता अनुमानको परिक्षण गर्न तथ्यांकहरूको प्रयोग गर्छ। र, नयाँ तथ्यहरूको आधारमा सिंगो प्रक्रिया सुधार्छ। यसरी एउटा समाधानमा पुग्छ।
हामीले हाम्रो सिंगो करिअर गरीबहरूको अध्ययनमा लगायौं। हामीले उक्त अध्ययनमा समस्याहरूलाई यस्तै खालको अनुसन्धानबाट समाधान गर्ने प्रयत्न गर्यौं। हाम्रो अन्तर्बोधमा भर पर्नुको साटो हामीले ठूलो मात्रामा परिक्षणहरू गर्यौं। केले काम गर्छ र केले गर्दैन र त्यस्तो किन हुन्छ भन्ने बुझ्न हामीले यस्तो अनुसन्धान गरेका थियौं।
यो अनुसन्धानमा हामी एक्ला थिएनौं। हामीले सन् २०१३ मा मिलेर स्थापना गरेको नेटवर्क ‘अब्दुल लातिफ जमिल पुभर्टि एक्सन ल्याब (जे–पाल)’मा आबद्ध र आमन्त्रित गरी चार सय अनुसन्धानकर्ता थिए। सँगै मिलेर यी अनुसन्धानकर्ताहरूले भिन्नाभिन्नै हजारौं शीर्षकमा अनुसन्धान गरेका थिए। सुताईले उत्पादकत्व र खुशीमा कस्तो प्रभाव पार्छ भन्नेदेखि भत्ता सुविधाले कर संकलकको भूमिका कस्तो प्रभाव पार्छ भन्ने विषयमा अनुसन्धान भएका थिए।
यी सबै काम केही ठोस परिवर्तन सिर्जना गर्नका लागि भएका थिए। आजको दिनसम्म आइपुग्दा झण्डै ४० करोड मानिसहरू जे–पाल सम्बद्धहरूले प्रभावकारी देखाएका नीतिबाट लाभान्वित भइरहेका छन्। भन्नैपर्ने कुरा के हो भने, कुनै एउटा अनुसन्धानले पूर्ण निष्कर्ष ननिकाले पनि विभिन्न अनुसन्धानका नतिजाले समग्रमा गरिबी कायम रहिरहने प्रक्रियाबारे बुझ्न सघाउ पुर्याउँछ। हामी मुख्यतः गरीब देशहरूमा केन्द्रित भइरहँदा अमेरिकाजस्ता धनी देशहरूमा पनि उत्तम अर्थशास्त्रको क्षेत्रमा काम भइरहेका छन्। ती कामले हाम्रो समाज फसिरहेको ठूला विषयहरूमाथि प्रकाश पार्छन्।
अर्थशास्त्रीहरूले अहिलेसम्म अंगीकार गरिरहेको सम्पन्नताको मान्यता नै निकै साँघुरो छ। त्यो मान्यता आयदर वा भौतिक उपभोगमा मापन गरिन्छ। तर हामीलाई थाहा छ जीवनका आवश्यकता पूरा गर्न ती भन्दा बढी थोक चाहिन्छ। मानिसले कमाएर मात्र पुग्दैन। उसले समाजमा सम्मान पाउनुपर्छ। परिवार र साथीभाइमाझ सहजताबोध, इज्जत र सुख पाउनुपर्छ। आयदरमा केन्द्रित हुने तरिका सम्पन्नतालाई बुझ्ने सजिलो उपायमात्र होइन। बरु यो बुझाइले गतिला अर्थशास्त्रीलाई गलत बाटोमा डोर्याएको छ भने नीति निर्मातालाई गलत निर्णय गर्ने बनाइदिएको छ। यही मान्यताले नै पश्चिमा इतिहासमा भएको द्रुत आर्थिक वृद्धिको पुनर्स्थापनालाई जोड दिइरहेछ। यसले आर्थिक वृद्धि र पृथ्वीको निरन्तरताबिचको सम्बन्धलाई धमिलो बनाइरहेछ।
आत्मसम्मानप्रति मानिसको तीव्र आकांक्षा र मानवीय सम्बन्धलाई ध्यानमा राखेर हामीले गम्भिर बहस शुरु गर्नैपर्छ। र यो बहसलाई विषय भाँडिएको रुपमा नबुझेर भन्दा पनि एक अर्कालाई बुझ्ने उत्तम तरिकाको रुपमा लिइनुपर्छ। साथै यो बहसलाई अहिलेसम्म समाधान नभएका अन्तरविरोधहरू समाधान गर्ने उपायको रुपमा लिइनुपर्छ।
मानिसको आत्मसम्मानको पुनर्स्थापनालाई केन्द्रमा राख्नु भनेको आर्थिक प्रथामिकताबारे पुनर्विचार गर्नु पनि हो। साथै समाजले आफ्ना सदस्यलाई खासगरी उनीहरूको आवश्यकताको बेलामा कसरी ख्याल गर्ने भन्ने चिन्तन गर्नु पनि हो। यसो गर्नु भनेको कम्तीमा ती असन्तुष्टहरूलाई अर्थशास्त्र उनीहरूको हितको लागि नै हो र हामी अर्थशास्त्रीहरूले हुनैपर्ने सुधारका लागि काम गर्छौं भन्नेमा विश्वस्त पार्नु पनि हो।
- अर्थशास्त्रतर्फ २०१९को नोबल पुरस्कार विजेता डुफ्लो र बनर्जी ‘गुड इकोनोमिक्स फर् हार्ड टाइम्सः बेटर एन्सर्स टु आवर बिगेस्ट प्रोब्लम्स’का लेखक पनि हुन्।
‘द ग्राजियन’बाट अनुवादः लक्ष्मण श्रेष्ठ
" />- एस्थर डुफ्लो र अभिजित बनर्जी

">