समूहको सदस्य वा नेता वा समर्थकको रूपमा कुरा गर्दा हामीले सबभन्दा पहिला हाम्रो भूमिका के हो भन्ने चिन्नुपर्छ। धेरैजसो मानिस समूहको नेता हुनु मालिक हुनु हो भन्ने ठान्छन्। म आदेश दिन्छु तिमीहरू मान्नुपर्छ भन्ने खालको व्यवहार गर्छन्। यो त समूहलाई घोडा ठान्ने र आफूले रथ हाँके जस्तै भयो। यो खालको मोडलमा नेतृत्व ठान्छ– म सबैथोक जान्दछु अरुले पछ्याउने हो, मैले रणनीति बनाउँछु अरुले अवलम्बन गर्ने हो।
यस्तो खालको मोडलमा धेरैजसो मानिसहरूले ‘बोस’को आदेश मान्ने काम मात्र गर्छन्। यो त समूह नै भएन। अनि मानिसहरू समूह सदस्य पनि भएनन्। ती त केवल ‘फलोवर’ (आदेशका परिपालक) मात्र भए।
तर, दक्षिण एशियाली दृष्टिकोणमा नेता भनिँदैन। यजमान (जजमान) भनिन्छ। धेरैजसोले यजमान नै नेता वा मालिक हो भनेर झुक्किन्छन्। तर, त्यसो होइन।
शुरूमा यजमान के हो भन्नेबारे कुरा गरौं। यजमान भनेको यज्ञ आयोजना गर्ने मानिस हो। यज्ञ एउटा इन्टरप्राइज (उद्यम) हो। इन्टरप्राइज त एक्लै गर्न सकिँदैन। त्यसका लागि कसैको साथ छैन। त्यसैले यजमानले देवताको आह्वान गर्छ। र भन्छ, “हेर तिम्रो लागि मसँग के छ!” अनि त्यो चढाउँदै भन्छ- ‘स्वाहा !’
र, अन्तिममा उसले भन्छ- “मैले तिमीलाई यस्तो अर्पण गरेँ। के तिमीले मलाई यो दिन सक्छौ ?”
त्यसलाई ‘फलस्तुती’ भनिन्छ।
देवता खुशी भए उनले भन्छन्- “तथास्तु !”
यो मोडलमा भनिन्छ- म यजमान हुँ। तिमी देवता हौ। मैले तिमीलाई आमन्त्रण गरेको छु। पहिले म तिमीलाई केही दिन्छु र तिमीसँग माग्छु।
यसमा भनिँदैन- म ‘बोस’ हुँ। मैले भनेको तिमीले मान्नुपर्छ।
दक्षिण एशियाली मोडलमा भनिन्छ- मैले तिमीलाई आह्वान गरेको छु। मलाई थाहा छ, तिम्रा केही आवश्यकता छन्। म तिम्रो आवश्यकता पूरा गर्ने प्रयास गर्छु। र, त्यसबापत तिमीले मेरा लागि केही गरिदिन्छौ कि?
यसको अर्थ हो, मैले तिम्रो दर्शन गरिरहेछु।
यो दर्शन भन्ने शब्द निकै महत्वपूर्ण छ। मैले तिमीलाई हेरेँ।
रामलाई थाहा छ, यी हनुमान हुन्। हनुमान एक बाँदर हुन्। उनी बुद्धिमान छन्। रामले सुग्रीवलाई पनि देखेका थिए। सुग्रीव हनुमान भन्दा फरक छन्। लक्ष्मण पनि अरुभन्दा फरक छन्। सबैसँग फरक व्यवहार गर्नुपर्छ।
र, मैले मेरो निम्ति केही गरिदिन भन्नुभन्दा पहिला दिनुपर्छ। पहिला स्वाहा ! अनि तथास्तु !
यो नै हिन्दू पद्दति हो। यो बोस बन्ने प्रक्रिया होइन। यसमा त भनिन्छ- “म तिम्रो लागि के गर्न सक्छु ?”
हामी सबैलाई केही न केही त चाहिएकै हुन्छ।
हनुमानले के चाहन्छन् भन्नेमा रामले ध्यान दिए। हनुमान बाँदर समुदायमा बाँचिरहेका थिए। उनले बाँदरभन्दा माथि उठेको कोही पनि देखेका थिएनन्। लक्ष्मणले सोचे- राम त मेरा दाई हुन्, म उनीप्रति बफादार हुनुपर्छ।
तर, रामले बफादारी खोजेका थिएनन्।
देवतालाई नै चिन्नु हुन्न भने के दिनुहुन्छ ? सहकर्मीहरू देवता हुन्। यो नै समूह कार्यको हिन्दू पद्दति हो। भगवान रामबाट सिक्नुपर्ने हो।
रामायणमा जहिल्यै धर्म खोजे। उनले भने- म बफादारी खोज्दिनँ। तिमी त्यही गर, जे धर्म हो।
धर्म के हो?
धर्म भनेको अरुको ख्याल गर्नु हो। जंगलमा जनावरहरूले आफ्ना सन्तान बाहेक अरुको ख्याल गर्दैनन्। तर, मानिसहरूले अरुको ख्याल गर्छन्। यसैले नै मानिसलाई अरुभन्दा विशिष्ट बनाएको छ। यो नै समूह निर्माणको काइदा हो।
यदि म समूहको नेता हुँ भने मैले समूहका सबै सदस्यको ख्याल गर्नुपर्छ। मैले उनीहरुको करिअर उकास्न के गर्न सक्छु भनेर सोच्नुपर्छ। किनभने उनीहरूले तलबका लागि काम गरिरहेका छन्, करिअरका लागि काम गरिरहेछन्। पाँच वर्षमा उनीहरूको तलब दोब्बर हुनेगरी मैले के गर्न सक्छु भनेर सोच्नुपर्छ।
यसको अर्थ हो, मैले व्यवसायलाई नै फरक तरिकाले सोच्नुपर्छ। मैले बुझाउन सक्नुपर्छ- यदि म तिम्रो तलब दोब्बर बढाउन चाहन्छु भने मेरो व्यवसायले तेब्बर आम्दानी गर्नुपर्छ।
यो चक्र नै हिन्दू पद्दति हो।
अहिले विश्वमा यो अभ्यास भइरहेको छैन। बरु उल्टो अभ्यास भइरहेको छ। जहाँ भनिन्छ- म सफल भएँ भने तिमीले पनि केही पाउनेछौ।
यसमा निश्चितता हुँदैन। यसमा निर्भरता हुन्छ। त्यसैले नै मालिक भन्ने शब्द आएको छ।
यजमान शब्दलाई नै गलत अर्थमा लिइएको छ। यजमान भनेको मालिक होइन।
हिन्दू पद्दतिमा समूह निर्माण भनेको सबैको ख्याल गर्ने हो। त्यसैले त यहाँ नमस्ते गरिन्छ किनभने सबैजना देवता हुन्। र, सबैलाई केही न केही चाहिएको हुन्छ। कसैले पनि तपाईंलाई प्रेम गरेर तपाईंको काम गर्दैन।
लक्ष्मणले पनि रामको निम्ति केही पाउनकै लागि गरेका थिए। सम्भवतः उनले प्रोत्साहन वा दिशानिर्देश चाहेका थिए। हनुमानले पनि केही न केही पाउन चाहेका थिए। सुग्रीवलाई पनि त्यस्तै केहीको आवश्यकता थियो।
रामले हरेकको आवश्यकतालाई ध्यान दिए। त्यसलाई पूरा गरिदिए।
त्यसैले समूहकार्यलाई बलियो बनाउने हो भने हरेकको आवश्यकता के छ भन्नेमा ध्यान दिनैपर्छ। त्यसलाई पूरा गरिदिनुपर्छ। र, उनीहरूलाई तपाईंको आवश्यकता पूरा गर्न सिकाउनुपर्छ। यसले नै सम्बन्ध निर्माण गर्छ।
यसले जिम्मेवारीबोध पनि बढाउँछ। त्यसैले त जजमान सम्मानित हुन्छ।
तपाईंले कुशल नेतृत्व दिनुभयो भने न मानिसहरूले भन्नेछन्- उनकै नेतृत्वमा म पियनदेखि म्यानेजर भएँ।
हिन्दू पद्दति भनेको दिने र लिने प्रक्रिया हो। यो प्राकृतिक प्रक्रिया पनि हो। प्रकृतिमा पनि त वनस्पतिले जन्तुलाई फल दिन्छ। त्यो फल खाँदा जन्तुले बिउ खसालिदिन्छ र नयाँ रुखहरू उम्रिन्छन्।
त्यसैले समूह निर्माण एकतर्फी यात्रा होइन, दुईतर्फी हो। यो तपाईंबाट शुरू हुन्छ। तपाईंले सहकर्मीहरूको सपना पूरा गरिदिनुहुन्छ भने उनीहरूले पनि तपाईंको सपना पूरा गरिदिन्छन्।
मैले धेरै समूह नेताहरूलाई भेट्ने गरेको छु। म उनीहरूलाई समूह सदस्यहरुको नाम सोध्छु। उनीहरू सहजै भन्छन्। अनि म सोध्छु- को–को विवाहित छन्? कसका सन्तान कति छन्?
उनीहरूसँग जवाफ हुँदैन। किनभने उनीहरू बैठकमा जान्छन्। अजेण्डाको कुरा गर्छन्। उनीहरूलाई आफ्ना सहकर्मीबारे केही थाहा हुँदैन। समूहमा भएकी महिला सदस्य विवाहित हुनसक्छिन्। उनको घरमा समस्या हुनसक्छ। कोही सन्तानकी आमा हुन सक्छिन्।
उनी काम छिटो सकेर जान चाहन्छिन् किनकी उनको सन्तान बिरामी भइरहेको हुन सक्छ। तर, यदि उनको समस्या नै बुझ्नु हुन्न भने उनले तपाईंबारे किन बुझिदिने?
देवतालाई नै चिन्नु हुन्न भने के दिनुहुन्छ? सहकर्मीहरू देवता हुन्। यो नै समूह कार्यको हिन्दू पद्दति हो। भगवान रामबाट सिक्नुपर्ने हो।
पढ्नुहाेस्
देखापढीको ‘स्टूडियो सिरिज’ शुरू
" /> समूहको सदस्य वा नेता वा समर्थकको रूपमा कुरा गर्दा हामीले सबभन्दा पहिला हाम्रो भूमिका के हो भन्ने चिन्नुपर्छ। धेरैजसो मानिस समूहको नेता हुनु मालिक हुनु हो भन्ने ठान्छन्। म आदेश दिन्छु तिमीहरू मान्नुपर्छ भन्ने खालको व्यवहार गर्छन्। यो त समूहलाई घोडा ठान्ने र आफूले रथ हाँके जस्तै भयो। यो खालको मोडलमा नेतृत्व ठान्छ– म सबैथोक जान्दछु अरुले पछ्याउने हो, मैले रणनीति बनाउँछु अरुले अवलम्बन गर्ने हो।यस्तो खालको मोडलमा धेरैजसो मानिसहरूले ‘बोस’को आदेश मान्ने काम मात्र गर्छन्। यो त समूह नै भएन। अनि मानिसहरू समूह सदस्य पनि भएनन्। ती त केवल ‘फलोवर’ (आदेशका परिपालक) मात्र भए।

">