राजसंस्था राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल वैचारिक आधार हो, आत्मा हो। पञ्चायतमा सक्रिय व्यक्तित्वहरुले पार्टी स्थापना गरेयता, राप्रपा स्वभावैले संवैधानिक राजसंस्थाको पक्षधर रहँदै आयो। बेलायतको सामाजिक, राजनीतिक परिवेशमा जसरी कन्जरभेटिभ पार्टीलाई बेलायती राजसंस्थाअनुकूल शक्ति भनेर हेर्ने प्रचलन छ, नेपालको हकमा पनि राप्रपाले सोही स्थान प्राप्त गर्दै आयो।
राप्रपाले अनुसरण गरेको राष्ट्रियता र प्रजातन्त्रको धरोहर, नेपाल निर्माण गर्ने, नेपाली भएर बाँच्ने सौभाग्य दिलाउने कुरा राजसस्थासँग अन्योन्याश्रित छ। बहुदलको आगमनसँगै राप्रपाले अनवरत आत्मसात गरेको सत्य हो यो। यसमा कत्ति पनि द्विविधा छैन। राप्रपाभित्रका सम्पूर्ण वैचारिक निचोड र नैतिक धरातल यही सत्यमा अडेको छ।
सच्चा राजसंस्थावादीलाई अवसरपरस्तले उग्र देख्नु, उग्रताको बिल्ला भिराउनु आश्चर्य होइन। त्यसकारण हाम्रो लडाईंको गहिराइ बिर्सनु मिल्दैन। चुनाव चिह्नकै प्रसंग उचालेर हाम्रो प्राथमिकता विषयान्तर गर्ने काम निरन्तर जारी छ। पार्टी दर्ता कहिले ? महाधिवेशनबाट निर्णय गर्नुपर्छ भन्ने धोकाधडी सोही मिर जाफर प्रवृत्तिको द्योतक हो।
संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फ राप्रपा नेपालले २४ सिट जितेको थियो। तर निर्वाचनको नतिजा आउने क्रमसँगै मत आकर्षण गर्ने मूल आधार नै ओझेलमा पार्ने कार्य आरम्भ भयो। राजसंस्था मूल मुद्दालाई कम आँक्दै डिजाइन बनाइयो, जबकि राजसंस्था पक्षधर भएकै कारण पार्टीले समर्थन बटुलेको थियो।
समानुपातिकतर्फ काठमाडौंमा प्राप्त सफलतालाई लिऊँ, यसमा परम्परागत मतदाताको अकाट्य योगदान थियो। तर यो यथार्थ प्रतिकूल शाहवंशीय परम्पराभन्दा बलियो ठान्ने दृष्टिदोषले जरा गाड्यो। मानसिक सन्तुलन गुमाएको बिरामी जस्तो, घमण्डको बुइ चढेर पार्टी र विचारको चिहान खन्ने काम गरियो।
मिर जाफरको असली चेहरा क्रमिक रुपमा उदांगो हुन थाल्यो। (मिर जाफरको नामले विख्यात सइद मिर जाफर अली खान बहादुर सेना रथी थिए। आफ्नो मुलुकप्रति गद्दारी गरेर उनी बेलायती इस्ट इन्डिया कम्पनीमा निर्भर बंगालको पहिलो नवाब बने। मिर जाफरकै कारण भारतीय महाद्वीपमा बेलायती साम्राज्यवादले कब्जा जमाउने ढोका खुल्योे। भारतीय इतिकासका पात्र मिर जाफर गद्दारी र देशद्रोहको उत्कर्ष अर्थात् पर्यायवाची बन्न पुगे।)
राजसंस्थाको मूल आधार नेपथ्यमा धकेल्ने स्तुति र देवत्वकरण यस्तो हदसम्म पुग्यो कि, एक कालखण्डमा राजा र राजसंस्थाको गरिमालाई सार्वजनिक चुनौती दिइयो। गुगल खोज गर्ने हो भने त्यो समयको समाचार जस्ताको त्यस्तै अहिले पनि पढ्न पाइन्छ।
वंश परम्पराभन्दा आफूलाई बलवान् ठान्नु ठूलो अज्ञानता थियो, आफ्नै खुट्टामा बन्चरो हान्ने अहम्को पराकाष्ठा थियो। कलियुग हो, कर्मको फल पाउन अर्को जुनी पर्खिरहन पर्दैन भन्छन्, त्यस्तै नै भयो। आँखा झिमिक्क गरेकै गतिमा ३७ सिटबाट एकमा बजारिनु पर्यो। मनोरोगको व्यथा पुनः मुसिको भवः मा रुपान्तरण भयो। पार्टी, विचार, लाखौं कार्यकर्ता सबैलाई रसातलमा पुर्याइयो, जसको पीडा राप्रपा नामधारी संगठनले आज पनि बेहोर्दै छ।
२०७० मा आएको सात लाख मत एजेन्डाको भरोसाप्रति थियो, किञ्चित् चुनाव चिह्नका लागि थिएन। नैतिकता, आस्था, गाई, दाजुभाई सबै सत्ताको भाउमा किनबेच भएपछि भरोसा टुट्यो। गाई चिह्न छँदाछँदै २०७४ मा १ लाख ९० हजार मतमा पार्टी खुम्चियो।
यसबाट प्रमाणित हुन्छ, चुनाव चिह्नभन्दा ठूलो निष्ठा, अठोट र भरोसा हो। त्यस्तो अठोटसहितको भरोसा दिन सके झाडु चिह्नले पनि बडेमा पार्टीहरूलाई बढार्न सक्छ भन्ने उदाहरण नयाँ दिल्लीको चुनावले देखाएको छ। तर हाम्रोमा विचार र संगठन मूल हो, तुलनामा चुनाव चिह्न गौण हो भन्ने दोस्रो तहका सत्यवादी नेताहरुलाई समेत मिर जाफरको आक्षेप लगाइन्छ।
२०७३ सालमा राप्रपा एक हुने क्रममा कमल थापाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकमा यस्तो कुरा उठेको थियो- महत्वपूर्ण कुरा संगठन हो । संगठनले चुनाव जित्ने हो, चुनाव चिह्न त जे भए पनि हुन्छ, कुकर राखे पनि हुन्छ। हलो नै चाहिन्छ भन्ने छैन।
हामीले जोसँग संघर्ष गर्यौं, जसले आस्थाका धरोहरसहित हाम्रा मूल्य मान्यताहरू ध्वस्त बनायो, उसैको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री भएर जाँदा कहाँनेर अडियो धरातल ?
त्यसबेला र अहिले एउटा मात्र भिन्नता छ। त्यतिखेर हलो अपरिहार्य ठानिएन, अहिले गाई अपरिहार्य मानिएन। उही आधार, उही तर्क, त्यतिखेर पचेको यथार्थ अहिले सह्य भएन। सबैको आत्मसम्मान र पार्टी एकता कायम राख्न हलो चिह्नमा राय मिल्दा मिर जाफरको कार्ड आयो। त्यसैले कार्यकर्ताले पनि राजसंस्थाका लागि मिर जाफर, हिन्दु राष्ट्रका लागि जयचन्द अनि भरोसाका लागि लेण्डुप दोर्जे चिन्ने-चिनाउने कार्य गरे।
राप्रपाको अपरिहार्य आधार भनेको राजसंस्था नै हो। प्राचीन कालदेखि देशलाई अभिभावकीय भूमिका प्रदान गर्दै आएको राजसंस्थाकै छत्रछायाँमा संरक्षित वैदिक सनातान हिन्दु राष्ट्र हो।
तर, अहिले पनि मिर जाफरको चोलामा राजसंस्थाको मुद्दालाई किनारामा धकेल्ने कार्य जारी देखिन्छ। एकथरिले पर्दा पछाडिबाट गरेको चुनाव चिह्नसम्बन्धी कर्मकाण्डी हकदावीमा यो प्रवृत्ति प्रष्ट देखिन्छ। यसमा मूल मुद्दा गौण हो भन्ने दुराशयको गन्ध छ।
त्यसैले भविष्य अन्धकार बनाइएका लाखौं युवा सजग हुन जरुरी छ। अहिलेको हाम्रो लडाईं भनेको विचार र एजेन्डाको हो, चुनाव चिह्न होइन । के गाई नहुँदा राप्रपाले २० सिट जितेन ? दुई-दुई जना प्रधानमन्त्री र दर्जनौं मन्त्री बनेको होइन ? माथिल्लो सदनका अध्यक्ष, तल्लो सदनका उपसभामुख, जिविस, नगरपालिका, गाविस, वडा जित्ने लहर लागेको होइन ? राजदूतहरूको लर्को लागेको थिएन ?
हामीले जोसँग संघर्ष गर्यौं, जसले आस्थाका धरोहरसहित हाम्रा मूल्य मान्यताहरू ध्वस्त बनायो, उसैको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री भएर जाँदा कहाँनेर अडियो धरातल ? राष्ट्रपतिको उम्मेद्वारलाई समर्थन गर्दा, प्रचण्डभन्दा बुरुक्क छलाङ लगाएर उत्कृष्टताको व्याख्या गर्दा कहाँ मोलमोलाई भयो राजनीतिक निष्ठा र अनुशासन ?

विचार, अनुशासन, निष्ठाका लागि घातक मोलमोलाइ अब भने भरोसाका सच्चा सहयात्रीहरुले आँखा चिम्लेर, कान थुनेर, मुख बन्द गरेर जो आज्ञाको भाषामा स्वीकार्नेवाला छैनन्। भारी गह्रौं भए बरु विश्राम गर्नुहोस्, त्यसमै कल्याण हुनेछ।
(लेखक राप्रपाका केन्द्रीय सदस्य हुन्।)
" /> राजसंस्था राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल वैचारिक आधार हो, आत्मा हो। पञ्चायतमा सक्रिय व्यक्तित्वहरुले पार्टी स्थापना गरेयता, राप्रपा स्वभावैले संवैधानिक राजसंस्थाको पक्षधर रहँदै आयो। बेलायतको सामाजिक, राजनीतिक परिवेशमा जसरी कन्जरभेटिभ पार्टीलाई बेलायती राजसंस्थाअनुकूल शक्ति भनेर हेर्ने प्रचलन छ, नेपालको हकमा पनि राप्रपाले सोही स्थान प्राप्त गर्दै आयो।राप्रपाले अनुसरण गरेको राष्ट्रियता र प्रजातन्त्रको धरोहर, नेपाल निर्माण गर्ने, नेपाली भएर बाँच्ने सौभाग्य दिलाउने कुरा राजसस्थासँग अन्योन्याश्रित छ। बहुदलको आगमनसँगै राप्रपाले अनवरत आत्मसात गरेको सत्य हो यो। यसमा कत्ति पनि द्विविधा छैन। राप्रपाभित्रका सम्पूर्ण वैचारिक निचोड र नैतिक धरातल यही सत्यमा अडेको छ।

">