थाइल्यान्डका अहिलेका राजा महावालिरालङ्कन कस्ता छन्, त्यसबारे बुझ्न धेरै टाढा जानु पर्दैन्। थाइल्यान्ड राजतन्त्रात्मक देश मात्र होइन, बौद्ध देश पनि हो। त्यहाँ अध्ययन गरेर फर्केका थेरवादी बौद्ध भिक्षुहरू काठमाडौंमै धेरै छन्।
तिनीहरूसँग हल्का कुराकानी गर्नु पर्छ, थाहा हुन्छ, यी राजा कति धेरै खराव प्रवृत्तिका छन् भनेर। ती भिक्षुहरूले प्राय: भन्ने गर्छन्, यसअघिका राजा भुमिबोल अदुल्यादेज कति धेरै राम्रा थिए, तर उनको छोरा निकै बदमास छन्।
यी छोराको गलत कामले कतै बौद्ध देशका रूपमा थाइल्यान्डको बदनामी हुने त होइन् ? प्राय: नेपाली भिक्षुहरूको चिन्ता हुने गर्छ। यो स्वभाविक पनि छ, किनभने थाइल्यान्डमा पाँच लाखको हाराहारीमा भिक्षुहरू रहेको मानिन्छ र यी सबै भिक्षु लगभग राजाकै मातहतमा रहने गर्छन्।
थाइ समाज र राजनीतिमा भिक्षुहरूको निर्णायक प्रभाव हुने गर्छ। तर यिनै भिक्षुको नेतृत्वमा रहेका राजा महावालिरालङ्कनको काम र प्रवत्ति दुवै भने बौद्धले गर्नेको ठीक उल्टो छ।
थाइल्यान्ड त्यस्तो देश हो, जहाँ राजा र राजपरिवारको विरोधमा केही पनि बोल्न पाइदैन। विरोध गरेको सामान्य आरोपमै १५ वर्षसम्मको जेल सजाय हुन सक्छ। यस्तो कठोर कानून अन्य राजतन्त्रात्मक देशमा विरलै पाइन्छ। तर, यसका बावजुत पनि अहिले प्रत्येक दिन जस्तो थाइल्यान्डमा राजतन्त्र विरोधी प्रदर्शन भइरहेका छन्। तिनमा युवाहरूको वर्चश्व छ र उनीहरूले भन्न थालेका छन्, आखिरमा थाइल्यान्डलाई राजतन्त्र नै किन चाहियो ?
भर्खरै यो आन्दोलनबारे पूरा विश्वमा समाचार बन्यो। कारण पनि अचम्मको थियो, थाइ सरकारले फेसबुकविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो।
भएको के थियो भन्दा, आन्दोलनकारी युवाले आफ्नो प्रचार-प्रसार र गतिविधि बढाउन सामाजिक संजालको ब्यापक प्रयोग गर्ने गरेका थिए। त्यसमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक नै थियो। फेसबुकमा धेरै यस्ता समूह छन्, जसले थाइल्यान्डमा राजतन्त्रात्मक व्यवस्थाको चर्को विरोध गर्छ।
यी समूहमध्ये केहीको पाँचौं लाखको संख्यामा सदस्य पनि छन्। सन् १९३२ देखि थाइल्यान्डमा संबैधानिक राजतन्त्र चलिरहेको छ। थाइल्यान्डमा पाको उमेरका जनता अझै पनि राजतन्त्रकै पक्षमा छन् र उनीहरू यसअघिका राजा भुमिबोल अदुल्यादेजले गरेका राम्रो कामको खुबै प्रशंसा गर्छन्।
ती राजा स्वयं लामै समय भिक्षु बनेका थिए। अरू बेला पनि उनको दिनचर्या भिक्षुहरूको जस्तै हुन्थ्यो। त्यसैले उनी खुबै लोकप्रिय रहे।
राजा महावालिरालङ्कनलाई लिएर सबैभन्दा ठूलो डर भने उनको महत्त्वकांक्षालाई लिएर हो। राजा हुने वित्तिकै उनले थाइ सेनाका अनेक प्रमुख टुकडी आफू मातहत ल्याए। उनले आफ्नो राजनीतिक अधिकार पनि बढाएका छन्।
तर उनको निधनपछि राजा बनेका महावालिरालङ्कन खासै अलोकप्रिय छन् र यसको कारण उनको क्रुरता, सन्काहापन र यौनपिपासु हुनु नै हुन्। उनको छवि र शोख नै ‘प्ले ब्वाइ’ पाराको छ। सन् २०१४ को सैनिक ‘कु’ ताका चलेको आन्दोलनयता अहिले चलिरहेको राजा विरोधी प्रदर्शनलाई सबैभन्दा ठूलो मानिएको छ। साँच्चै यी नयाँ राजा वास्तवमै कति धेरै खराव छन् त ? कोरोना भाइरस संक्रमणको महामारीबीच उनी देश छोडेर युरोपतिर लागे।
सन् २०१६ यता मात्र राजा भएका महावालिरालङ्कन जर्मनी पुगेका थिए र त्यहाँको एक विलाशी महँगो होटलमा बसे। उनीसँग २० महिलाको समूह पनि थियो। अहिले उनी ६८ वर्षका भए, राजकुमार छँदै उनको बदमासी विदेशी मिडियाका लागि समाचार बन्थ्यो। उनी भुमिबोल अदुल्यादेजका एक्ला छोरा हुन्। महावालिरालङ्कनले चार पल्ट विवाह गरिसकेका छन्, तर उनको वैवाहिक जीवन कहिले पनि सुखद रहन सकेको छैन्।
उनका ज्ञान अज्ञात अनेक प्रेमिका रहेको पनि मानिन्छ। उनी आफ्नो मोजमस्तीका लागि खर्च गर्न कहिले पनि पछाडि पर्दैनन्। खाने र लगाउनेमा उनका खर्च पनि समाचार हुने गर्छन्।
प्राय: उनी थाइल्यान्डमा बस्न पनि रूचाउँदैनन्, युरोपतिर विलाशी जीवन बिताइरहेका हुन्छन्। उनको पढाइ पनि विदेशमै भएको हो। राजकुमार छँदै उनले विदेशी मिडियासँग कुराकानी गर्ने क्रममा भनेका थिए, ‘के म माफियाको प्रमुख जस्तो देखिन्छु र ?’
अझ उनको प्रतिप्रश्न रहेको थियो, ‘मैले साँच्चै माफियाको जस्तो काम गरेको भए अरबपति भइसक्थे होला।’ उनलाई कुकुरप्रेमी पनि मानिन्छ। एकपल्ट उनका प्रिय कुकुरको मृत्यु हुँदा सन् २०१६ मा चार दिनसम्म शोक मनाइएको थियो र यसक्रममा अनेक बौद्ध धर्मका कार्यक्रम आयोजना गरिएका थिए।
यस्ता घटना त इतिहासमा तानाशाहहरू कै जीवनीमा मत्र सुन्न पाइन्छ। उनी साइकल चलाउन पनि शौखिन मानिन्छन् र अनौठा लुगा लगाएर साइकल चलाइरहेका तस्वीर पनि धेरै उपलब्ध छन्।

भनिन्छ, उनको उद्देश्य फेरि एकपल्ट थाइल्यान्डमा सक्रिय राजतन्त्रलाई ब्युँझाउनु हो। उनी थाइल्यान्डमा सिधै शासन गर्न चाहन्छन्। अब यो थाइल्यान्डका युवालाई कसरी पच्छ र ? अनि यसमै उत्तर पनि लुगेको छ, थाइल्यान्डमा राजतन्त्र विरोधी किन बढ्दै छ भनेर।
" /> थाइल्यान्डका अहिलेका राजा महावालिरालङ्कन कस्ता छन्, त्यसबारे बुझ्न धेरै टाढा जानु पर्दैन्। थाइल्यान्ड राजतन्त्रात्मक देश मात्र होइन, बौद्ध देश पनि हो। त्यहाँ अध्ययन गरेर फर्केका थेरवादी बौद्ध भिक्षुहरू काठमाडौंमै धेरै छन्।तिनीहरूसँग हल्का कुराकानी गर्नु पर्छ, थाहा हुन्छ, यी राजा कति धेरै खराव प्रवृत्तिका छन् भनेर। ती भिक्षुहरूले प्राय: भन्ने गर्छन्, यसअघिका राजा भुमिबोल अदुल्यादेज कति धेरै राम्रा थिए, तर उनको छोरा निकै बदमास छन्।

">