आज येँया पर्वको मुख्य दिन। येँ अर्थात् नेपाल भाषामा काठमाडौं। काठमाडौं सहरको नाम बोकेको यो पर्व कति महत्त्वको छ, यसैले प्रस्ट पार्छ।
आठ दिन मनाइने यो पर्वलाई समानान्तर रूपमा इन्द्रजात्रा पनि भनिन्छ। केही संस्कृतिविद इन्द्रजात्राले पूरा येँया पर्वलाई प्रतिनिधित्व नगर्ने दाबी गर्छन्। जे होस्, यो काठमाडौंको मौलिक सबैभन्दा ठूलो पर्व भएकोमा दुई मत छैन। कोरोना भाइरस संक्रमणको महामारीले गर्दा यो पर्व पनि यसको चपेटामा आएको छ।
काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाशले इन्द्रजात्रा पर्व सुरु गरेका थिए। त्यसयता पहिलो पल्ट यो पर्व रोकिएको छ।
महामारीबीच यसपल्टको इन्द्रजात्रा सम्भव पनि भएन। तर, ऐतिहासिक पर्वबारे चर्चा गर्नबाट हामी किन रोकिनु पर्छ र ? इन्द्रजात्राले फेरि नेपाली इतिहासको एक निर्णायक कालखण्डलाई पनि सम्झाउने गर्छ।
आज ठ्याक्कै त्यही दिन हो, जतिबेला पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गरेका थिए। पूरा काठमाडौं इन्द्रजात्रा मनाउन मस्त थियो।
चलाख पृथ्वीनारायण शाहले राम्रोसँग बुझेका थिए, इन्द्रजात्राका दिन काठमाडौंका जनता येँया पर्वको खुसी र रौनकमा डुब्ने गर्छन्। नभन्दै अप्रत्यासितकाे आक्रमण काठमाडौंले थेग्न सकेन र सामान्य युद्धपछि काठमाडौं पृथ्वीनारायण शाहको कब्जामा आइहाल्यो, जयप्रकाश मल्ल भागेर पाटन लागे।
आफैंले सुरु गरेको पर्वको दिन जयप्रकाश मल्लको पतन पनि भयो। ऐतिहासिक रूपमा यो दुखान्त संयोग पनि हो, यी मल्ल राजाका लागि ।
जयप्रकाश मल्लले आफ्नो राज्यकालमा सुखसँग देश चलाउन पाएनन्। उनी अधिकांश समय आफ्ना शत्रुबाट घेरिएर रहेका हुन्थे।
जहिले पनि विषम् परिस्थितिकै सामना गरे। त्यसबाट मुक्त पाउन उनी दैवी शक्तिको पछाडि लागे।
तुलजा भवानीलाई खुसी पार्न उनले येँया पर्व सुरु गरे र कुमारीको रथ जात्रा गरेर नगर परिक्रमा गराउने परम्परा चलाए। इन्द्र जात्राका क्रममा कुमारीको रथ यात्रा चलिरहेकै बेला पृथ्वीनारायण शाहले आक्रमण गरेका थिए।
निश्चित मिति तोकेर भन्दा त्यो दिन थियो, सन् १७६८ को सेप्टेम्बर २५ तारिख। पृथ्वीनारायण शाहको फौजले तीनतर्फबाट आक्रमण गरेको थियो।
एक समूहले भीमसेन स्थानबाट, अर्को समूहले टुँडिखेलबाट र थप एक समूहले नरदेवीबाट आक्रमण गरेको थियो। स्वयं पृथ्वीनारायण शाहले नरदेवीबाट आक्रमण गरेको सेनाको नेतृत्व सम्हालेका थिए। दुई पक्षको सेनाबीच सामान्य झडप मात्र भएको थियो, जयप्रकाश मल्ल दक्षिणतिरबाट भागे ।
पृथ्वीनारायण शाहले उनी भागोस् भनेर नै दक्षिणतर्फ खुल्ला छाडेका थिए। उनी भागेपछि पृथ्वीनारायण शाह हनुमानढोकाको न्दुछेदरबार पुगे र त्यहाँ डबलीमा राखिएको काठमाडौंका राजाको सिंहासनमा बसे।
त्यतिबेला सिंहासन राजाको प्रतीक हुन्थ्यो, पृथ्वीनारायण शाह सजिलै काठमाडौंका पनि राजा भए। त्यसको भोलिपल्ट उनले आक्रमणका कारण पूरा हुन नसकेको कुमारी रथको यात्रा फेरि सुचारू गर्न लगाए। कुमारीले पनि उनलाई राजाका रूपमा स्वीकारिन्।
त्यसको अर्थ पृथ्वीनारायण शाह सांस्कृतिक रूपमा पनि काठमाडौंका राजा भए। कुमारीले उनलाई राजाका रूपमा स्वीकार्नुको खास अर्थ राख्छ।
यसै कारणले पृथ्वीनारायण शाह र उनीपछिका शाह राजाहरूले पनि इन्द्रजात्रालाई ठूलो महत्त्व दिएर मान्ने परम्परा अगाडि बढाए। अझ आजको दिनलाई आफ्नो जितको खुसीयाली मनाउने अवसर पनि बनाए। सात सालको क्रान्ति अगाडिसम्म पनि कुमारीको रथ तान्ने बेला जितको प्रतीक स्वरूप हात हतियार प्रदर्शन गर्ने चलन थियो।
एक प्रकारले सेना दिवसको रूपमा यो दिनलाई मानिन्थ्यो। अझ राजा आफैं सडकमा निस्केर रूपैयाँ छर्दै पर्वमा सहभागी हुन्थे। पर्वको आठ दिनै सांस्कृतिक नाचगान गरिन्थ्यो र पूरा सहरमा दीपावलीसमेत हुन्थ्यो।
अब त नेपालमा राजतन्त्र पनि रहेन, अब यो परम्पराको पनि खासै कुनै अर्थ रहेन।
दुखद संयोग कस्तो रह्यो भने यसपल्ट यही ऐतिहासिक पर्व पहिलो पल्ट काठमाडौंमा मानिने छैन। आजको यो दिन पनि काठमाडौं शान्त र गुपचुप रहनेछ। रौनक रहने छैन।
" /> आज येँया पर्वको मुख्य दिन। येँ अर्थात् नेपाल भाषामा काठमाडौं। काठमाडौं सहरको नाम बोकेको यो पर्व कति महत्त्वको छ, यसैले प्रस्ट पार्छ।आठ दिन मनाइने यो पर्वलाई समानान्तर रूपमा इन्द्रजात्रा पनि भनिन्छ। केही संस्कृतिविद इन्द्रजात्राले पूरा येँया पर्वलाई प्रतिनिधित्व नगर्ने दाबी गर्छन्। जे होस्, यो काठमाडौंको मौलिक सबैभन्दा ठूलो पर्व भएकोमा दुई मत छैन। कोरोना भाइरस संक्रमणको महामारीले गर्दा यो पर्व पनि यसको चपेटामा आएको छ।

">