काठमाडौंसँग जोडिएका किंवदन्तीहरू हजार छन्, अनि यी किंवदन्ती उत्तिकै आश्चर्य तुल्याउने खालका पनि छन्।
काठमाडौं कति धेरै पवित्र सहर हो भने धेरै-धेरै अगाडि यहाँ देउताहरू स्वर्गबाट झर्थे र आममानिससँग कुराकानी गर्थे।
उनीहरूसँग हेलमेल गर्थे, उठबस चलाउँथे। कम्तीका छन् र यी किंवदन्तीहरू ? एकपल्ट इन्द्र पनि स्वर्गबाट काठमाडौं झरे र यहीं नराम्रोसँग फसे पनि। उनको यो यात्रा इन्द्रजात्रासँग खुबै रोमाञ्चक पाराले जोडिन्छ।
इन्द्रकी आमा हुन्, बसुन्धरा। उनी एकपल्ट ब्रत बसेकी थिइन्, भाद्र सप्तमीको अवसर पारेर।
त्यस व्रतका लागि पारिजातको फूल चाहिन्थ्यो। पारिजातलाई नेपाल भाषामा पाल्जा स्वाँ भनिन्छ।
यो फूल स्वर्गमा पाइन्न थियो, त्यसैले आफ्नो छोरालाई त्यो फूल लिएर आउन भनिन्। इन्द्र त्यसका लागि काठमाडौं झरे।
एउटा किसानको बगैंचामा पारिजात फूल देखेपछि इन्द्रले टिप्न खोजेछन्, तर उनलाई चोरको आराेप लाग्यो, ती किसानले समातिहाले।
किसान पनि के कम र ? इन्द्रलाई नै भित्तामा बाँधेर राखे। आफ्नो छोरा नफर्केपछि आमा बसुन्धारा आत्तिइन्।
इन्द्रलाई खोज्न उनको वाहन सेतो हात्तीलाई नै काठमाडौं पठाइन्। हात्ती पनि इन्द्र खोज्दै काठमाडौंको किलाग: टोल पुगेछन्।
अचेल यस टोललाई किलागल नामले बढी चिनिन्छ। किगालगका जनता झन् के कमका थिए र ? तिनीहरूले तिनै सेतो हात्तीलाई समाते। हात्ती पनि स्वर्ग फर्कन सकेनन्। अन्तत: आमा बसुन्धरा आफैं काठमाडौं आइपुगिन्।
यही कथासँग जोडिएर आउने अनौठा पात्र हुन्, पुलु किसी। इन्द्रजात्राको सबैभन्दा आकर्षक नै पुलु किसी हुने गर्छ।
आधुनिक पुलु किसी अलिक बढी रसिक खालको हुने गर्छ। इन्द्रजात्रा हेर्न आएकाहरूमध्ये युवती जतातिर बढी देखिन्छ, यो त्यतैतर्फ बढी आकर्षित हुन्छन्।
काठमाडौंका सुन्दर युवतीहरूमा पनि यी पुलु किसीको आकर्षण अलगै हुन्छ। यो आकर्षण अलिकति डर हो भने अलिकति रोमाञ्चकता पनि हो। जे होस, पुलि किसी आफैं पनि राम्रा-राम्रा युवती देखेपछि खुबै रमाउँछ।
तर, खासमा यो पुलु किसी भनेको त्यही इन्द्र खोज्न आएका हात्ती नै त हुन्। यिनी इन्द्रजात्राको आठ दिन पूरा भित्री काठमाडौं घुम्ने गर्छन् र पत्ता लगाउने प्रयास गर्छन्, कतै इन्द्र कहींकतै त छैन ? इन्द्रलाई खोजेको प्रतीकका रूपमा उनी जताततै घुम्न गर्छन्।
किसी अर्थात नेपाल भाषामा हात्ती। बाँसको मद्दतले पुलु किसीको शरीर बनाइएको हुन्छ। अनि त्यसमाथि कपडा बेरिएको हुन्छ। सुँड भएको मुकुट टाउकोका हुन्छ। शरीरभित्र दुईजना बस्छन्।
बाहिर चिराग बोकेकोले त्यो पुलु किसीलाई घुमाउने गर्छन्। इन्द्रजात्राको सुरुवाती दिनदेखि नसकिएसम्म यो परम्परा चलिरहन्छ।
आमा बसुन्धराले आफ्नो छोरा इन्द्र र उनको वाहन ऐरावती हात्तीलाई फिर्ता त लगिन्, तर त्यसकै प्रतीकका रूपमा सुरु भएको पुलु किसीले कहिले पनि काठमाडौंमा इन्द्रलाई खोज्न छाडेन।
दुखद् संयोग कस्तो भने यसपल्ट न त पुलु किसी निस्कने छन्, न त उनले इन्द्र खोज्ने छन्। किनभने कोरोना भाइरस संक्रमणको महामारीका कारण यसपल्ट इन्द्र जात्रा मनाइने छैन।
" /> काठमाडौंसँग जोडिएका किंवदन्तीहरू हजार छन्, अनि यी किंवदन्ती उत्तिकै आश्चर्य तुल्याउने खालका पनि छन्।काठमाडौं कति धेरै पवित्र सहर हो भने धेरै-धेरै अगाडि यहाँ देउताहरू स्वर्गबाट झर्थे र आममानिससँग कुराकानी गर्थे।

">