हाम्रा आफ्ना मौलिक संस्कृति छन्, अनि त्यससँग जोडिएका अटल विश्वास पनि छन्। कसैले यो संस्कृतिमा तलमाथि गर्न खोज्यो भने विश्वास गरिन्छ, उसको राम्रो हुन्न, उसको नाश हुन्छ भनिन्छ।
यो प्रसंग किनभन्दा यस्तै एउटा विश्वास र यसले दिएको प्रतिफल नचिताउने गरेर सत्य भएको छ, अनि यो प्रतिफल उत्तिकै दुखद पनि रह्यो। यो सबै घटनाक्रम भने इन्द्रजात्रासँग जोडिन्छ। अनि जोडिन्छ, नेपालमा राणा शासन सुरु गर्ने जंगबहादुरसँग पनि।
सन् १८५० को जनवरी १५ मा जंगबहादुर आफ्ना १५ साथीसहित बेलायत यात्रामा निस्केका थिए। त्यसमध्ये एक साथी दिए, सिद्धीमान राजभण्डारी पनि। उनी समुद्री यात्रा तय गर्दै उता गएका थिए, १ वर्ष २९ दिनपछि काठमाडौं फर्के।
पानी जहाजबाट फर्कने क्रममा उनीहरू नराम्रोसँग आँधीहुरीमा फसे। जंगबहादुरलाई के लाग्यो भने अब बाँचिन्न, यो संकटबाट मुक्त हुन सकिन्न। सिद्धीमान भने डराएनन् र भनेछन्, ‘लाखेले हामी सबैको रक्षा गर्ने छन्।’
लाखेको घर काठमाडौंका मजिपातमा पर्छ, अनि सिद्धीमान त्यस नजिकको यंगालका थिए। साथीको सल्लाह मानेर जंगबहादुरले लाखेलाई सम्झेर प्राथना गरेछन् र भनेछन्, ‘म यो संकटबाट मुक्त भएर घर पुगें भने लाखेको मुखौटोमा हिरा चढाउने छु।’
समस्या पर्दा भित्री काठमाडौंमा अझै लाखेलाई सम्झने धेरै छन्। जंगबहादुरले पनि लाखेलाई सम्झेपछि आँधी हुरी पनि थामियो। काठमाडौं फर्केयता उनले साँच्चै लाखेको मुखौटोमा हिरा चढाए, त्यो पनि भव्य र निकै महँगो।
सम्भवत: २०३० सालतिर हुनुपर्छ, लाखेको त्यो मुखौटो हरायो, जसमा भव्य हिराजडित थियो। त्यो त्यही समय थियो, जतिबेला काठमाडौंमा मूर्तिचोरको बिगबिगी थियो।
निकै शक्तिशाली गुट नै यो मूर्तिचोरको काममा संलग्न थियो भन्ने विश्वास थियो। अझभन्दा निकै माथिको शक्ति नै यसमा संलग्न थियो भन्ने आमजनताको विश्वास थियो।
तर, बोल्न सक्ने कोही थिएन। भनिन्छ, लाखेको त्यो मुखौटोबाट हिरा चोर्न धेरै प्रयास गरेपछि मात्र सम्भव भएको थियो।
यो कसले चोर्यो, त्यो कहिले पनि बाहिर आएन। पूरा घटनाक्रम सामसुम नै भयो।
धेरै दिनपछि त्यो मुखौटो विष्णुमतिको बालुवामुनि लुकाएर राखिएको भेटियो। मुखौटो ठीक स्थितिमा थिएन, अनि थिएन त्यो हिरा पनि।
इन्द्रजात्राका बेला निस्कने लाखेले लगाउने अहिलेको मुखौटो त नयाँ हो, त्यही पुरानो मुखौटो हराएपछि फेरि बनाइएको। यो मुखौटो हेर्दा डरलाग्दो हुन्छ, त्यसमाथि लाखेका लामा-लामा कपाल। राक्षस न हो, लाखे पनि।
तर अरू राक्षसभन्दा फरक छ, यो लाखे। यो त देउता जस्तो पो लाखे हो, कसैलाई संकटमा परेको बेला जोगाउने।
जतिबेला त्यो मौलिक मुखौटो हराएको थियो, त्यति बेला भित्री काठमाडौंका जनतालाई लागेको थियो, जसले यसलाई चोरेको थियो, उसको पूरा वंश नै नाश हुनेछ।
अब कसको वंश नाश भयो, त्यो अनुमान गर्ने काम तपाईंको। अनुमान न हो, यसलाई सिद्ध गर्न प्रमाण हुने छैन। तर यो विश्वास पनि हो, सांस्कृतिक विश्वास।
" /> हाम्रा आफ्ना मौलिक संस्कृति छन्, अनि त्यससँग जोडिएका अटल विश्वास पनि छन्। कसैले यो संस्कृतिमा तलमाथि गर्न खोज्यो भने विश्वास गरिन्छ, उसको राम्रो हुन्न, उसको नाश हुन्छ भनिन्छ।यो प्रसंग किनभन्दा यस्तै एउटा विश्वास र यसले दिएको प्रतिफल नचिताउने गरेर सत्य भएको छ, अनि यो प्रतिफल उत्तिकै दुखद पनि रह्यो। यो सबै घटनाक्रम भने इन्द्रजात्रासँग जोडिन्छ। अनि जोडिन्छ, नेपालमा राणा शासन सुरु गर्ने जंगबहादुरसँग पनि।

">