जेमी मार्गोलिन

म १७ वर्षकी भएँ। हाइस्कुलमा छँदा मैले वातावरणीय न्यायको पक्षमा पैरवी शुरु गरेकी थिएँ। मैले ‘प्लान्ट फर् द प्लानेट’ सँग मिलेर सियाटलमा सामाजिक अभियन्ताको काम गरेकी थिएँ। त्यतिबेला मैले निम्न माध्यमिक तह र हाइस्कुलमा वातावरणीय संकटबारे मन्तव्यहरू दिएकी थिएँ। प्रान्तिय संसद्मा विधेयकबारे धारणा राखेकी थिएँ। सिटी काउन्सिलमा ग्यास पम्पहरूमा टाँसिएका चेतावनीहरूलाई सम्बोधन गर्न दबाब दिएकी थिएँ।

म सेप्टेम्बर ११ (२००१) को घटनापछि जन्मेकी हुँ। मेरा साथीहरू भन्नेगर्छन्– “म बच्चा जन्माउन चाहँदिन किनभने संसार उनीहरूका लागि बाँच्न योग्य छैन।” उनीहरू यस्तो पनि भन्नेगर्छन्– “सानो छँदा म समुद्री वैज्ञानिक बन्न चाहन्थें, तर हुर्कंदै गर्दा मैले सोचें– म ठूलो हुँदासम्म त सामुद्रिक जीवन नै रहनेछैन। त्यसैले मैले अर्कै बाटो रोजें।”

सन् २०१७ को ग्रीष्म ऋतुमा जलवायु परिवर्तनका कारण क्यानडामा लागेको डढेलोले प्रशान्त महासागरको उत्तरपश्चिमी भागको आकाश धुवाँले भरियो। सियाटल पुरै बाक्लो खैरो धुवाँले ढाकियो जसले मलाई बिरामी बनायो। यो घटनापछि मैले मेरो स्थानीय आन्दोलनलाई राष्ट्रिय तहसम्म विकास गर्ने निधो गरें।

म चाहन्थें, प्रशस्त तन्नेरीहरू वातावरणीय न्यायको माग गर्दै सडकमा प्रदर्शन गरुन्। म यो सपनालाई यथार्थमा परिणत गर्न चाहन्थें। त्यसैले मैले ‘जेरो आवर’ (शून्य समय) नामक संस्था स्थापना गरें किनभने वातावरणीय संकटबारे केही गर्नका लागि यो शून्य समय हो। अब पनि उपयुक्त क्षणको प्रतिक्षा गर्न हामीसँग समय छैन।

‘जेरो आवर’ ले संसारभरका नेताहरूसम्म आवाज पुर्‍याउन अभियन्ता परिचालन, कार्यक्रम र क्याम्पेनहरू आयोजना गर्‍यो। यी सबै प्रक्रियामा भर्खरै हाइस्कुल पढ्दै गरेका केटाकेटीहरू सहभागी छन्। विश्वभर हाम्रा झण्डै सय वटा च्याप्टर छन् र बढ्दो मात्रामा छन्।

वातावरणीय संकटबाट सबैभन्दा बढी प्रभावित हुने गरीब र आदिवासी समुदाय हुन्। यी ‘ग्लोबल साउथ’ भनिने संसारका गरीब महादेशहरूमा बस्छन्।

२०१८ जुलाईमा हामीले वासिङ्टन डीसी र संसारका २५ वटा शहरमा ‘युथ क्लाइमेट मार्च’ आयोजना गर्‍यौं। यो कार्यक्रममा ‘युथ क्लाइमेट लबी डे’ पनि समावेश थियो। यो लबी क्यापिटल हिलमा गरिएको थियो। यो अभियानमा हामीले बाँच्नयोग्य भविष्यका लागि हामीलाई के चाहिन्छ भन्ने बतायौं।

प्रदर्शनको दिन पानी परिरहेको थियो। मैले निलो ब्यानर समाएकी थिएँ जसमा लेखिएको थियो– ‘युथ फर क्लाइमेट एक्सन नाउ।’ सयौं मानिसहरू प्रदर्शनमा सहभागी थिए। सबैजना भिजिरहेका थिए। मेरो गाजल बगिरहेको थियो।

वास्तवमै भद्रगोल भइरहेथ्यो। तर यो शक्तिशाली भद्रगोल थियो।

भारी वर्षाको बीचमा विद्यार्थीले गरेको यो वातावरणीय आन्दोलन यति ठूलो थियो जसलाई कसैले पनि बेवास्ता गर्न सक्दैनथ्यो।

‘जेरो आवर’ प्रदर्शनको एक महीनापछि स्वीडेनकी किशोरी ग्रेटा थनबर्गले जलवायु आन्दोलन शुरु गरिन्। आश्चर्यजनक रुपमा यो आन्दोलन फैलियो। सन् २०१८ मा ‘जेरो आवर’ प्रदर्शनका सहभागी नै अहिले ‘फ्राइडे फर फ्युचर’ (भविष्यका लागि शुक्रबार) आन्दोलनका आयोजक र आन्दोलनकारी हुन्।

‘जेरो आवर’ प्रदर्शनमा सहभागी लेखक (अघिल्लो पंक्तिमा दायाँबाट चौथो)। तस्वीरः न्यू योर्क टाइम्स

‘फ्राइडे फर फ्युचर’ १५ वर्षीया ग्रेटा थनबर्गले २०१८ अगस्टमा शुरु गरेको आन्दोलन हो। वातावरणीय संकटको सामना गर्न चालिएका कदम पर्याप्त नभएको भन्दै उनी तीन हप्तासम्म दिनभर स्विडिश संसद्को अगाडि धर्ना बसिन्। उनले आफूले गरिरहेको काम इन्स्ट्राग्राम र ट्विटरमा सार्वजनिक गरेपछि यसमा सबैको ध्यान पुग्यो। ८ सेप्टेम्बर २०१८ मा ग्रेटाले हरेक शुक्रबार यो आन्दोलन गर्ने घोषणा गरिन्। यहीबाट ‘फ्राइडे फर फ्युचर’ आन्दोलन शुरु भयो।

यो वातावरणीय आन्दोलन संसारमै जलवायु परिवर्तनका विरुद्ध भएका प्रदर्शनमध्ये ठूलो हो।

आखिर म यो किन गरिरहेछु ?

म उपनिवेशबाट मुक्त भविष्यका लागि आन्दोलन गरिरहेछु। उपनिवेशमुक्त विश्व त्यो हो जहाँ धनी देश र उद्योगहरूले गरीब देश (ग्लोबल साउथ) का समुदायमा गरिरहेको शोषणलाई निरन्तरता दिनेछैनन्। त्यसको साटो खडेरी, आँधी र बाढीजस्ता जलवायु परिवर्तनका कारण निम्तिने समस्यासँग जुध्न धनी देशहरूले गरीब देशलाई मद्दत गर्छन्।

उपनिवेशमुक्त विश्वमा यी समुदायको आवाज सुनिन्छ र निर्णय प्रक्रियामा सहभागी बनाइन्छ।

म उपनिवेशमुक्त भविष्यका लागि संघर्ष गरिरहेछु किनभने यो नै वातावरणीय संकटसँग जुध्ने एकमात्र विकल्प हो।

धेरै मानिसहरू औद्योगिक क्रान्तिबाट वातारणीय संकट शुरु भएको ठान्छन्। औद्योगिक क्रान्तिसँगै कोइला र पेट्रोलियम पदार्थ उत्खनन शुरु गर्‍यो। ठूलो मात्रामा पेट्रोलियम पदार्थ र कोइलाको उपभोग गर्न थालियो। यसले ठूलो मात्रामा कार्बन उत्सर्जन शुरु भयो। तर वातावरणीय संकट यहाँबाट शुरु भएको होइन।

उपनिवेशवादसँगै हावा, पानी, रुख र जीवजन्तु समेत पवित्र र मूल्यहीन हुँदैनन् भन्ने मान्यता विकास भयो। आज हामीले भोगिरहेको वातावरणीय विनाशको केन्द्रमा यही ऐतिहासिक मान्यताले काम गरेको छ।

यो संकटको शुरुआत त्योभन्दा पहिले नै भएको थियो। वास्तवमा उपनिवेशीकरणले वातवरणीय संकट शुरु गरेको थियो। उपनिवेशको विस्तार गर्ने क्रममा युरोपेलीहरूले प्राकृतिक आवासहरू नष्ट पारे, विभिन्न जीवका प्रजाति नै नष्ट हुनेगरी शिकार गरे, रैथाने वनस्पति मास्ने आक्रामक वनस्पति भित्र्याए र तिनलाई हुर्काउन आदिवासी र अफ्रिकी दासलाई बाध्य पारे।

उपनिवेशसँगै पृथ्वीमा भएका हरेक थोक मानिसको उपभोगका निम्ति बनेका हुन् भन्ने मान्यता विकास भयो। अमेरिकामा पनि यही भएको देखिन्छ। युरोपेली उपनिवेशकारीहरूले यहाँको जमिन, पानी र अरू प्राकृतिक स्रोत लुटे र दुरुपयोग गरे।

पहिलोपटक कोइला खानी खनिनु र कारखानाहरू स्थापना हुनुअघि नै वातावरणीय संकटको बिउ रोपिइसकेको थियो। र उपनिवेशवाद कहिल्यै योभन्दा पर रहेन। त्यो झन् विकसित हुँदै गयो।

यदि हामीले उपनिवेशवाद नै जलवायु परिवर्तनको कारक हो भन्ने स्विकार्छौं भने समाधान भनेको हाम्रो समाजलाई उपनिवेशमुक्त बनाउनु नै हो। हामीले खाना र उर्जा पाउने तरिकामा परिवर्तन गरेरै यो काम शुरु गर्नुपर्नेछ। हामी जिवाष्म उर्जाबाट मुक्त हुनैपर्छ।

‘इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ (आइपीसीसी)का अनुसार २०३० सम्म पृथ्वीको तापक्रम २ दशमलव ७ डिग्रीले बढ्न नदिन हामीले हरितगृह ग्याँसको उत्पादन २०१० को भन्दा ४५ प्रतिशतले घटाउनुपर्नेछ।

सन् २०३० मा म २९ वर्षकी हुनेछु। त्यतिञ्जेल जलवायु सुधारका लागि लडेर राष्ट्रपति पदमा लड्ने मेरो सपना छ।

संसारको सौन्दर्य म र मपछिको पुस्ताले पनि देख्न सकौं भन्ने ईच्छाले यो अभियानमा लागिरहेकी छु।

यदि वयस्कहरू हामी केटाकेटीहरू खुरुखुरु स्कुल जाऊन् र भविष्य बनाउन लागून् भन्ने चाहन्छन् भने हाम्रा लागि संसार नै रहन्छ भन्ने सुनिश्चित गर्ने जिम्मेवारी उनीहरूको हो।

म हड्ताल गरिरहेकी छु किनभने अस्तित्वमा नरहने भविष्यका लागि पढ्नुको अर्थ छैन।

म सिंगो प्रणाली नै परिवर्तन गर्नका लागि आन्दोलन गरिरहेकी छु।

के तपाईं मसँग आन्दोलनमा उत्रिन तयाार हुनुहुन्छ ?

न्यू योर्क टाइम्सबाट अनुवादः लक्ष्मण श्रेष्ठ

"> ‘म पढ्न छाडेर हड्ताल गरिरहेछु, किनभने मैले भविष्य देखिरहेकी छैन’ : Dekhapadhi
‘म पढ्न छाडेर हड्ताल गरिरहेछु, किनभने मैले भविष्य देखिरहेकी छैन’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्