के तपाईंले कुमारीको रथ तान्नु भएको छ ? हनुमान ढोका वरिपरिका स्थानीयका लागि यो कुनै ठूलो कुरो भएन।
युवा उमेरमा इन्द्र जात्राका बेला रथ नतान्ने भित्री काठमाडौंमा कमै होला। अनि के तपाईंले हाथु द्य:को मुखबाट बगेको जाँडरक्सी खानु भएको छ ? नेपाल भाषामा श्वेत भैरवलाई हाथु द्य: भनिन्छ।
यो पनि कुनै ठूलो कुरो भएन। तर जत्तिले रथ तानेका छन्, ती सबैले जाँड रक्सी खाएको नहुन सक्छ। अलिकति बहादुर हुनुपर्छ, यो कामका लागि।
भीड छिलोल्दै अगाडि बढ्न सक्नुपर्छ। इन्द्रजात्रा भनेको भर्खर युवा हुनेका लागि खुबै रमाइलो हुने पर्व पनि हो। अबेर रातिसम्म हनुमान ढोका वरिपरि इन्द्रजात्राका बेला बाक्लो हुल लाग्ने गर्छ।
केही वर्ष अगाडिसम्म पनि, भनौं एक पुस्ता अगाडिसम्म पनि युवा युवतीबीच हेराहेर हुने अवसरका रूपमा पनि यो पर्व हुने गर्थ्याे। महिलाहरू पनि यो पर्वको खुबै मज्जा त लुट्ने गर्थे, तर सकेसम्म हुलबाट टाढा बस्थे, सुरक्षित हुन खोज्थे।
दिन फेरिए, समय फेरियो, अनि इन्द्रजात्राका केही स्वरूप पनि फेरियो।
अचेल युवा महिलाले पनि उत्तिकै सक्रियातापूर्वक इन्द्रजात्रामा भाग लिने गर्छन्। के यो कुनै सांस्कृतिक महिला क्रान्ति भन्दा कम छ र ?
अलिक बढी नै रसिक हुने पुलु किसीकै कुरा गरौं न। कुनै समय यो महिलाको हुल देख्यो कि उतैतिर जान्थ्यो र यसमै उसलाई रमाइलो हुन्थ्यो। पुलु किसीलाई डोहोर्याउने एकजना हुन्छ, जसले चिराग बोकिरहेको हुन्छ। यो काम पुरुष कै हो।
तर अचेल महिलाले पनि चिराग बोकेर पुलु किसीलाई डोहोर्याउन थालेका छन्।
पत्रकार पनि रहेकी रेखा शाक्य यसरी चिराग बोकेर पुलु किसी डोहोर्याउने पहिलो महिला हुन्।
उनी भन्थिन्, ‘यसलाई महिला स्वतन्त्रतासँग जोडेर हेर्न सकिन्छ कि ?’ इन्द्र जात्राको अन्तिम दिन रथ तान्ने काम अचेल महिलाले गर्न थालेका छन्।
त्यो दिन सबै महिला मिलेर रथ तान्ने गर्छन्। रथ तान्ने काम आफैंका कहाँ सजिलो छ र ? बलियो त हुनु पर्याे नै, सन्तुलन मिलाउन जान्नु पर्छ।
महिला पनि त बलिया हुने गर्छन्, अनि तिनले सन्तुलन पनि त मिलाउन जान्छन्, त्यसैले त्यो दिन महिला मात्रले रथ तानेको दृष्य कम्ती रोमाञ्चक पाराको हुन्न।
अब हाथु द्य: कै कुरा। श्वेत भैरवको मुखबाट एउटा लामो पाइप राखिएको छ। यसैबाट जाँड रक्सी बग्ने हो, सक्नेले खाने।
अब त एक दिन महिलाका लागि मात्र भनेर यो जाँड रक्सी खाने दिन पनि सुरु भएको छ। महिला पनि के कम र ? तँछाडमछाड गर्छन् र अगाडि पुगेर मज्जाले जाँड रक्सी पिउँछन्, त्यो पनि ठाडो घाँटी लगाएर।
माथिल्लो टोलमा रथ तानेको भोलिपल्ट महिलाले मात्र जाँडरक्सी खाने कार्यक्रम बन्ने गरेको छ। यसलाई जाँडरक्सीमै सीमित राख्न खोज्नु पनि राम्रो भने होइन, किनभने नेवार संस्कृतिमा मात्रा मिलाएर जाँडरक्सी खानु पनि सगुनकै रूप न हो।
आखिरमा भैरवको मुखबाट बगेको जाँडरक्सी खाँदा बिरामी नहुने, भाग्यमानी हुने विश्वास छ। अब यस्तो अवसरबाट महिला मात्र कसरी वञ्चित हुन सक्छन् र ? यो सांस्कृतिक परिवर्तन आफैंमा अद्वितीय छैन र ?
" /> के तपाईंले कुमारीको रथ तान्नु भएको छ ? हनुमान ढोका वरिपरिका स्थानीयका लागि यो कुनै ठूलो कुरो भएन।युवा उमेरमा इन्द्र जात्राका बेला रथ नतान्ने भित्री काठमाडौंमा कमै होला। अनि के तपाईंले हाथु द्य:को मुखबाट बगेको जाँडरक्सी खानु भएको छ ? नेपाल भाषामा श्वेत भैरवलाई हाथु द्य: भनिन्छ।

">