हाम्रोमा इतिहास र जनश्रुति कहाँनिर जोडिन्छ र छुट्टिन्छ, भन्नै सकिन्न। नेपालको मौलिक परम्परा हो, कुमारी प्रथा। यो यस्तो इतिहास पनि हो, जससँग धेरैभन्दा धेरै जनश्रुति जोडिएका छन्।
इन्द्रजात्राका बेला कुमारीको चर्चा नगरी यसको बखान कसरी सकिन्छ र ? कसैलाई पनि नेपाल चिनाउँदा अधिकांस समय दोहरिएर उल्लेख हुने गर्छ, कुमारी। जिवित देउता भनेपछि कसको मात्र अभिरूचि हुन्न होला ? त्यसैले कुमारी प्रथा प्रसिद्ध छ।
नेपाली पयर्टनमा कुमारीको जबरदस्त आकर्षण छ। विशेषत: काठमाडौं उपत्यकाको इतिहास जति पुरानो छ, कुमारीको चलन पनि लगभग उत्तिकै पुरानो मानिन्छ। साँच्चै को हुन् त कुमारी ?
जति छन्, त्यसमध्ये पनि वसन्तपुरकी कुमारी मूख्य मानिन्छ। यसकै बढी महत्त्व छ। यसपछाडिको मूख्य कारण त यो राजकीय कुमारी भएर नै हो। कोही यसलाई महालक्ष्मी त कोही वज्रदेवीको प्रतीक मान्छन्। यस्तै केही तलेजु भवानीको प्रतीक।
यसका लागि निकै लोकप्रिय जनश्रुतिको उल्लेख गर्न आवश्यक हुन्छ। यो जन विश्वास पनि हो, अनि उत्तिकै मन छुने कथा पनि। यो कथा आफैमा वियोगान्त छ, उत्तिकै रहस्यमय पनि छ।
अनि यही कथालाई समेटिएर तयार पारिएको नाटक भित्री काठमाडौंमा खुबै लोकप्रिय पनि छ।
अतिनै स्वाद मानेर हेरिने गरिन्छ, यसलाई। यसलाई नेपाल भाषामा प्याखँ भनिन्छ, जसको समानान्तर अर्थ सिनेमा हुन आउँछ। कथा भने यस्तो छ, एक सुन्दर युवतीको माया बसेको हुन्छ, दैत्यसँग। दैत्य आखिरमा दैत्य नै हो, उसले युवतीको देशलाई आघात पुर्याउन थाल्छ।
अनि यस्तो स्थिति आउँछ, ती युवतीले आफ्नो दैत्यी प्रेमी अथवा देशबीच एक रोज्नु पर्ने हुन्छ। कुमारीले देश रोज्छिन्। अझ आफैले दैत्यको हत्या गर्छिन्। उनले आफ्नै प्रेमीलाई पनि छाडिनन्।
आफ्नो प्रेमीलाई रोजेको भए, देश रहने थिएन्। यो उनको मायाको हत्या पनि त थियो। त्यसैले उनले घोषणा गर्छिन्, ‘म अब विवाह गर्दिन, कुमारी नै रहन्छु।’ उनी आफ्नो देश पनि बचाउँछिन् र गर्छिन्, आफ्नो प्रेमलाई अमर। अनि हुन्छिन्, देउता पनि।'
यो कथा हाम्रोमा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको छ। त्यसो त कुमारीका पनि एक दर्जन भन्दा प्रथा छन्, उपत्यकाभित्र। त्यसमध्ये कति त लोप पनि भइसके, केही हराउने डरबाट पनि गुज्रिरहेका छन्।
जति छन्, त्यसमध्ये पनि वसन्तपुरकी कुमारी मूख्य मानिन्छ। यसकै बढी महत्त्व छ। यसपछाडिको मूख्य कारण त यो राजकीय कुमारी भएर नै हो। कोही यसलाई महालक्ष्मी त कोही वज्रदेवीको प्रतीक मान्छन्। यस्तै केही तलेजु भवानीको प्रतीक। जयप्रकाश मल्लले यस राजकीय कुमारीको स्थापना गरेका थिए।
अहिले वसन्तपुरमा रहेको कुमारी घर नेपाल संवत् ८७७ तिर बनेको थियो। शाह राजाहरूले पनि वसन्तपुरको कुमारीलाई बढी महत्त्व दिए।
एक सुन्दर युवतीको माया बसेको हुन्छ, दैत्यसँग। दैत्य आखिरमा दैत्य नै हो, उसले युवतीको देशलाई आघात पुर्याउन थाल्छ। अनि यस्तो स्थिति आउँछ, ती युवतीले आफ्नो दैत्यी प्रेमी अथवा देशबीच एक रोज्नु पर्ने हुन्छ। कुमारीले देश रोज्छिन्। अझ आफैले दैत्यको हत्या गर्छिन्। उनले आफ्नै प्रेमीलाई पनि छाडिनन्।
त्यसैले यसको प्रताप अझ चारैतर्फ फैलियो। जयप्रकाश मल्लदेखि अहिलेसम्म लगातार एकपछि अर्को गरेर ४५ कुमारी भइसकेका छन्, त्यसमध्ये अहिलेका पछिल्ला कुमारी हुन्, तृष्णा शाक्य। जो कोही कुमारी हुन पनि पाउँदैनन्, सबैभन्दा पहिले शाक्य कुलकी हुनु पर्यो।
आमा र बुबा दुवैमा तीन पुस्तासम्म हेरिन्छ, कुल ठीक छ कि छैन भनेर। मिल्छ भने पनि फेरि चिना मिल्नु पर्यो। पहिले पहिले कुमारी हुनेको चिना राजाको चिनासँग मिल्नु पर्थ्यो।
अहिले त राजा रहेनन् नै, त्यसैले चिना देशको ग्रहदशासँग मिलाइन्छ। गणतन्त्र आएयताका पहिलो कुमारी थिइन्, मनिता शाक्य। त्यसपछि तृष्णा उनको स्थानमा कुमारी भएका थिइन्।
तृष्णासँग अब के पनि जोडिएको छ भने तिनी त्यस्ता पहिलो राजकीय कुमारी भइन्, जसको पालामा कोरोना भाइरस संक्रमणको महामारीका कारण इन्द्र जात्रा नै पहिलो पल्ट पूर्णत: रोकियो। तर, जति बेला फेरि इन्द्र जात्रा सुरु हुनेछ, यो सबैले बिर्सने छन्, अनि फेरि कुमारीमा रहेको जादुयी आकर्षणमा झुम्मिने छन्।
याे पनि पढ्नुस्:
इन्द्रजात्रा कथा शृंखला-३ : जंगबहादुरले दिएको हिराजडित लाखेको मुखौटो हराएपछि
इन्द्रजात्रा कथा शृंखला-२ : जब इन्द्र पारिजात फूल टिप्न काठमाडौं झरे
इन्द्रजात्रा कथा शृंखला-१ : इन्द्रजात्रा, जयप्रकाश मल्ल र पृथ्वीनारायण शाह
" /> हाम्रोमा इतिहास र जनश्रुति कहाँनिर जोडिन्छ र छुट्टिन्छ, भन्नै सकिन्न। नेपालको मौलिक परम्परा हो, कुमारी प्रथा। यो यस्तो इतिहास पनि हो, जससँग धेरैभन्दा धेरै जनश्रुति जोडिएका छन्।इन्द्रजात्राका बेला कुमारीको चर्चा नगरी यसको बखान कसरी सकिन्छ र ? कसैलाई पनि नेपाल चिनाउँदा अधिकांस समय दोहरिएर उल्लेख हुने गर्छ, कुमारी। जिवित देउता भनेपछि कसको मात्र अभिरूचि हुन्न होला ? त्यसैले कुमारी प्रथा प्रसिद्ध छ।

">