विविधतामा ध्यान दिने हो भने अझै पनि थुप्रै कुरा छुटेका छन्। अपांगता भएका व्यक्ति दुनियाँमा सबैभन्दा अल्पसंख्यक बन्न पुगेका छन्। त्यसैले यदि अन्तरीक्षलाई सफा पारिदिने हो भने जो पनि जित्न तयार छन्।
अपांगता भएको एक लेखकका नाताले, यो महामारीमा प्रकाशकहरूले अनलाइन कार्यक्रमहरूमा भाग लिएको देख्दा अनौठो लागेको थियो। कोभिड-१९ को महामारीमा लेखकहरू पुस्तकको बिक्री र पाठकसँगको सम्बन्धलाई लिएर चिन्तित छन्। जुमका माध्यमबाट पुस्तक हस्ताक्षर कार्यक्रम गर्न पर्नुलगायतका क्रियाले वर्तमान समस्यालाई एकप्रकारको अनुकूल बनाउँदै लगेको छ।
जब मैले गत वर्ष आफ्नो पुस्तक ‘क्रिप्पल्ड’ सार्वजनिक गरेँ, मेरो शारीरिक अवस्थाका कारण मैले परम्परागत रूपमा व्यक्तिगत पुस्तक-यात्रा गर्न सकिनँ। तर पनि मैले कयौं अनलाइन कार्यक्रममा भाग लिएँ। अनलाइनमा मैले बेलफास्टदेखि लन्डनसम्मका पुस्तक-प्रेमी समूहसँग भेट्न पाएँ, त्यो पनि मेरो आफ्नो लिभिङ रुमबाटै।
वास्तवमा संसारभर नै गैरअपांग लेखकले कल्पनामा अपांगता भएका पात्रका बारेमा लेखिएको पाइन्छ। कहिलेकाहीँ यस्तो लेखनी खराब हुन पुग्छ। ‘ट्रेजर आइल्यान्ड’ जस्तो प्रख्यात क्लासिकलाई नै हेरौं, जहाँ अपांगतालाई खराबीको संकेत मानिएको छ। आधुनिक बेस्टसेलर जोजो मोयेसको ‘मि बिफोर यू’ मा ह्विलचियरको जीवनको सकारात्मक विकल्प मृत्यु देखाइएको छ!
म जोजोसँग जोडिएँ, ती सबै स्नेही र समस्या समाधानमा ध्यान दिनेखालका थिए। म निकै सचेत थिएँ, दुर्लभ काम गरिरहेको मलाई महशुस भएको थियो। त्यो समय, अनलाइनमा जोडिएका सबै अपांगता भएका लेखक हुन्जस्तो मलाई अनुभूति भएको थियो।
ढिलै भए पनि प्रकाशनमा विविधता आउनु राम्रो कुरा हो, तर त्यहाँ अपांगताबारे अत्यन्तै न्यून सन्दर्भ उल्लेख छ। अपांगता भएका व्यक्ति भनेको संसारमै सबैभन्दा बढी अल्पसंख्यक हुन्। प्रत्येक पाँचमा एकजनाले जीवनकालमा शारीरिक अपांगता, मानसिक असन्तुलन तथा गम्भीर रोग भोगेका हुन्छन्।
तर, प्रकाशन उद्योगले अझै पनि अपांगता भएका लेखकलाई सहभागी गराउन सकिरहेको छैन। २०१९ मा गरिएको एक अध्ययनले यस्ता लेखक ६.६ प्रतिशत रहेको देखाएको थियो, खासमा अपांगता भएका लेखकबारे कुनै विश्वसनीय सर्वेक्षण नै हुन सकेको देखिँदैन। सोही सालको अर्को एक सर्वेक्षणले ३.४ प्रतिशत बालपुस्तकमा मात्रै अपांगता भएका चरित्रलाई मूख्य पात्र बनाइएको देखाएको थियो।

पारिश्रमिकका साथै हामीले लेख्न खोजेका विषयवस्तुबारे पनि बुझ्नु जरुरी छ। अपांगता भएका लेखकलाई मूलधारको विषयमा लेख्न स्वागत गरिनुपर्छ। उनीहरूलाई राजनीति, अपराध या अन्य विषयमा लेख्न अरु लेखकलाई जसरी नै उत्साह दिनुपर्छ।
अपांगता भएका लेखक चेपोमा फँसेका छन्, अन्य अल्पसंख्यक समुदायजसरी नै। अधिकांशतः हामीलाई आफ्नो पहिचानका बारेमा मात्रै लेख्न भनिन्छ। जब हामी अन्य रचना लेख्न खोज्छौं, त्यसलाई अस्वीकार गरिन्छ। क्रिप्पल्डमा मैले अपांगताको आवाज मिसाउने प्रयास गरेको छु।
अहिले कोरोना भाइरसको महामारी चलिरहेको छ। मेरो पुस्तकको नयाँ संस्करणमा दर्जन अपांगता भएका लेखकका अनुभूति समावेश गर्ने प्रयास गरेको छु, यतिखेर यो दुर्लभ कार्य हुन जान्छ।
म अहिले पनि भनिरहेको छु, अपांगता भनेको राजनीतिक विषयको मूलधार हो। मेरो पुस्तक व्यावसायिक पुस्तक हो, जसरी गैरअपांगता भएका लेखकले लेख्छन्।
कसैले भन्न सक्दैन, अपांगता भएका अतुलनीय लेखक दुनियाँमा छैनन्। एलिस वोङको ‘डिसाबिलिटी भिजिबिलिटी, ब्रियोनी गोर्डनको ‘ग्लोरियस रक बटम’, रेबेका टसिङको ‘सिटिङ प्रेटी’ र साइनिड बर्केको ‘फोर्दकमिङ ब्रेक’ प्रख्यात छन्। तर हामीले सोच्नुपर्छ, अझै पनि किन अपांगता भएका लेखकलाई किनारामा धकेलिएको छ ? र, यसका निम्ति हामीले के गर्ने सक्छौं ?
हालैका सातामा, लेखकले पुस्तक लेखेवापत् कति पैसा पाउँछ भन्ने बारे सन्दर्भमालाई ट्वीटरमा ह्यासट्याग (पब्लिसिङपेडमी) बनाइयो। त्यसो गर्दा के देखियो भने, ठूलो भनिएका प्रकाशकले पनि रंगभेद नीति अपनाउँदै अश्वेत लेखकलाई कम पारिश्रमिक दिए। यस्तो खालका पारदर्शिता झल्काउने अभियानले अपांगता भएका- त्यसमा पनि अश्वेत लेखकलाई फाइदा पुग्छ। उनीहरू दुईखाले समस्यासँग एकैपटक जुधिरहेका हुन्छन्- अपांगता र अश्वेत।

यदि हामी अपांगता भएका लेखकलाई थप प्रोत्साहन दिन अघि बढाउन चाहन्छौं भने प्रकाशनमात्रै होइन, अन्य उद्योगमा पनि तिनको स्थानबारे ध्यान दिनुपर्छ। व्यावसायिक प्रकाशक, सम्पादक, वितरक र एजेन्टले पाठकले अपांगता भएका लेखकबाट कस्तो चिज खोजिरहेका छन् या अरुचि देखाइरहेका छन् भन्नेबारे बुझ्नु जरुरी छ।
अपांगता भएका मानिसलाई मद्दत गर्नु भनेको सांस्कृतिक रूपान्तरणमा सहयोग पुर्याउनु हो। तिनलाई सहज वा लचकदार कामको जिम्मेवारी दिनु आवश्यक छ।
अपांगता भएका लेखकका निम्ति प्रकाशन उद्योगमा सुधारमात्र होइन, वरिपरि रहेका अन्य उद्योग, सञ्चारमाध्यमलागतयमा सुधार आवश्यक छ, जसले उनीहरूका पुस्तक पाठकमा प्रस्तुत गर्छन्।
मेरो पुस्तकका बारेमा एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्माताले ‘म ह्विलचियरमा बसेर मेरो घरको वरिपरिका दृश्य खिच्ने र मलाई केही सोध्ने’ प्रस्ताव राखे। मैले भनेँ, हुन्नँ। अपांगता भएका लेखकलाई एउटा मन्च दिइन्छ र उसको अपांगतालाई दयाभावका रूपमा चित्रित गरिन्छ।
यी सबै कुरा ठीकै होलान्, तर दया वा दान अथवा करुणा देखाउनु एउटा व्यवसाय हो। अपांगता भएका लेखकका विविध अनुभव हुन्छन्, अन्य गैरअपांग लेखकको भन्दा पृथक, जसले सिर्जनात्मकतालाई उन्नत बनाइदिन्छ। दुनियाँमा थुप्रै अपांगता भएका लेखक छन्, जो मूलधारमा छैनन् र त्यसका लागि प्रतीक्षा गरेर बसिरहेका छन्।
(र्यान स्वतन्त्र पत्रकार तथा लेखक हुन्। उनी फरक क्षमता भएका व्यक्तिका साथै स्वास्थ्य र राजनीतिक विषयमा लेख्छिन्।)
(दि गार्जियनबाट अनुदित तथा सम्पादित।)
" /> विविधतामा ध्यान दिने हो भने अझै पनि थुप्रै कुरा छुटेका छन्। अपांगता भएका व्यक्ति दुनियाँमा सबैभन्दा अल्पसंख्यक बन्न पुगेका छन्। त्यसैले यदि अन्तरीक्षलाई सफा पारिदिने हो भने जो पनि जित्न तयार छन्।अपांगता भएको एक लेखकका नाताले, यो महामारीमा प्रकाशकहरूले अनलाइन कार्यक्रमहरूमा भाग लिएको देख्दा अनौठो लागेको थियो। कोभिड-१९ को महामारीमा लेखकहरू पुस्तकको बिक्री र पाठकसँगको सम्बन्धलाई लिएर चिन्तित छन्। जुमका माध्यमबाट पुस्तक हस्ताक्षर कार्यक्रम गर्न पर्नुलगायतका क्रियाले वर्तमान समस्यालाई एकप्रकारको अनुकूल बनाउँदै लगेको छ।

">