‘पीसीआर रिपोर्ट खोई ?’
ऊ अलमल्ल पर्यो। गोरो, चिटिक्क परेको तर कालो कपाल मिलाएर कोरेको त्यो व्यक्तिले नेपाली बोल्ला जस्तो उसलाई लागेको थिएन। ऊ कहाँ जाँदै थियो या उसको गन्तव्य कहाँ हो ? त्यसको बारेमा पनि अनभिज्ञ नै थियो।
‘यो पीसीआर रिपोर्ट भनेको के हो हजुर ?’ उसले प्रश्न गर्यो।
उहिले गाउँको मुखियासँग ऋण मागेर बिरामी बाबुको ओखति किन्न कतार जाँदा नेपालको एअरपोर्टमा यस्तै केही मागेको थियो। उसलाई ठ्याक्कै त याद भएन।
पासपोर्ट, भिसा, कम्पनीको चिठ्ठीजस्ता सबै आवश्यक कागजात हुँदा पनि खै के जाति कागज हो मागेर घुरेको थियो त्यहाँको अफिसरले। साह्रै ‘दयालु !’ अफिसरले धेरै दुःख भने दिएन त्यतिबेला। अलिकति डलर खल्तीमा छिराइदिएपछि छाडिदिएको थियो।
‘यहाँ पनि यस्तै पो हो कि ?’ मनमनै यस्तै सोचेर उसले आफ्नो खल्ती छाम्यो। अहँ खल्तीमा त केही छैन।
‘तेरो बाजेको टाउको हो ! सारा मर्त्यलोकलाई नै कोरोनाले घेरेको बेला तँलाइ पीसीआर रिपोर्ट भनेको थाहा छैन ?’ ‘इमिग्रेसन’ को मान्छेले आँखा राता पार्यो।
ऊ पनि खुशी भयो। एउटा झञ्झट त सकियो। यो किच्किच् भन्दा त बरु चार महीना क्वारेन्टाइनमै बस्ने। कोरोना कहरका कारण मिर्गौलाको बिरामी भएर पनि घरभित्रै थुनिएको ऊ त्यतिबेला समाचार र युट्युबमा आएका क्वारेन्टाइन घरको अवस्था हेरेर नभक्कानिएको त होइन। तर, मनमनै सोच्यो यो त यमलोक हो। पक्कै पनि यहाँ त सुविधायुक्त क्वारेन्टाइन नै हुनुपर्छ।
त्यस्तो चिटिक्क र राम्रो मान्छे पनि यसरी रिसाउला भन्ने त उसले कल्पना नै गरेको थिएन। ऊ अलमलमा पर्यो। अलिकति घुँडा खुम्चाएर कपाल कन्याउँदै केही सोचेजस्तो गर्न थाल्यो। अहँ उसले यो पीसीआर रिपोर्टका बारेमा त केही सुनेकै थिएन अहिलेसम्म।
‘खोई हजुर मलाई त थाहा नै छैन। के हो यो ?’ दायाँ कान कोट्याउँदै अनभिज्ञता प्रकट गर्यो।
‘एक त तँ यहाँ आउनै दुई दिन ढिला भइस्, त्यसैमा पीसीआर रिपोर्ट नै छैन ! यसको सजायँ के हुन्छ थाहा छ तँलाई ?’ हान्ने गोरुझैं घुरेर हेर्दै थर्कायो उसलाई । ऊ अलिकति डरायो। दायाँबायाँका काउन्टरहरूमा छड्के नजरले हेर्यो। जो आउँछन् तिनलाई अफिसरहरूले मुसुक्क हाँस्दै भित्र छिराएका छन्। मसँग चाहिँ किन यस्तो ? ‘नेपालीलाई जहाँ पनि हेप्छन् हो।’ उसले सुस्केरा हाल्यो।
‘म कहाँ जान लागेको ? केमा ढिलो भएँ ? यो पीसीआर के हो ? केही बुझिनँ त मैले।’ उसले आफ्नो अन्यौल देखायो।
‘पर्खी एकछिन’ यति भनेर ऊ भित्र गयो।
अब के हुने हो ? कतिबेला आउने हो र फेरि थर्काउने हो, डर लागिरह्यो उसलाई। जे होस् त्यो अफिसर भित्र गएको मौका छोपेर यसो दायाँबायाँ हेर्यो। कसैलाई केही रोकतोक थिएन।
‘तपाईं पनि नेपाली हो ?’ पछाडिबाट आएको कसैको आवाजले उसले राहत अनुभव गयो। फर्केर हेर्यो। नेपाली टोपी लगाएर मुसुक्क हाँस्दै पछाडि लाइनमा उभिएको व्यक्ति देखेर उसले लामो स्वास फेर्यो।
‘तपाईं कहाँ जान लाग्नुभएको ? म कहाँ छु ? कस्तो म त सोच्नै सकिरहेको छैन। सपना हो कि विपना ?’ उसले फटाफट जिज्ञासा राख्यो।
‘ए दाजु, हामी यमलोकमा छौं ! यो यमलोकको ‘इमिग्रेसन’ हो। यहाँबाट भित्र छिरेपछि फेरि हाम्रो अन्तर्वार्ता हुन्छ र त्यहाँबाट निर्णय हुन्छ, हामीलाई स्वर्गमा पठाउने कि नर्कमा।’ हेर्दै नेता झैं देखिने उसले स्पष्ट पारिदियो।
‘भनेपछि म मरिसकेको हो ?’ उसले माथिको दाँतले तलको ओँठ च्याप्यो।
‘लौ थाहा छैन ? हो नि त। पृथ्वीको कोरोना भाइरस यहाँ नफैलियोस भनेर यहाँ कोरोनाको कारणले मरेको हो कि होइन जाँचपड्ताल हुन्छ। कोरोनाका कारण मरेको भए एक महीनासम्म कोरोना उपचार कवच कोठामा राखिन्छ अनि मात्र स्वर्ग पठाउने कि नर्क पठाउने छानविन गरेर निर्णय गर्छन्।’ नयाँ मित्रको कुरा सनेर ऊ झन् अलमलमा पर्यो
।
‘पीसीआर रिपोर्ट भनेको के हो नि ? यसले गर्दा पो रोकिएँ त म ।’ उसले जान्न खोज्यो।
‘कोरोना लागेको छ कि छैन भनेर नेपालमा जाँच गर्नुभएन ? मुखमा डन्डाजस्तोले घोचेर के के निकाल्छन् र जाँच गर्छन् अनि कोरोना लागे-नलागेको रिपोर्ट आउँछ। त्यसलाई भनिन्छ पीसीआर रिपोर्ट। पीसीआर रिपोर्ट अर्थात् पोलिमेराइज चेन रियाक्सन् रिपोर्ट।’
उसले दिमागमा जोड लगायो। अहँ न त जरो आएको हो, न त रुघाखोकी। दुवै मिर्गौलाले काम गर्न छाडेर डायलाइसिस गराउँदै आएको ऊ। हप्तैपिच्छे गर्नुपर्ने डायलाइसिस कोरोनाकै कारण तीन महीनासम्म पनि गर्न नपाएपछि अचेतजस्तै भएको थियो ऊ। अर्धचेत अवस्थामै काकाको छोराले अस्पताल लग्दा गेटबाटै फर्काइदिएका थिए। त्यसपछि केके भो उसलाई याद आएन।
‘म त मिर्गौलाको बिरामी। डायलाइसिस गर्न जाँदा अस्पतालको गेटबाट फर्काइदिएका थिए। दर्जनौं अस्पताल धाएको याद छ। त्यसपछि त म मुर्छा परेँ अनि के भो केही थाहा पाइनँ। अनि मसँग कहाँ हुनु त्यो पीसीआर रिपोर्ट ?’ उसले दुःख पोख्यो ।
‘अब त्यसो भनेर कहाँ हुन्छ ? जसरी भए पनि ल्याउनुपर्ने। नभए कोरोना नेगेटिभको प्रमाणपत्र बनाएर ल्याउनुपर्छ नि त।’ एउटा प्रमाणपत्र निकालेर हम्किँदै गमक्क पर्यो ऊ।
‘कसरी बनाउनुपर्ने रहेछ यो प्रमाणपत्र ?’ उसले जान्न खोज्यो।
‘तपाईं कतार जानुभाको होइन र ? त्यतिबेला त्यो तालिमको प्रमाणपत्र कसरी बनाउनु भो ? हो त्यसरी बनाउने हो। म त गाउँको नेता मान्छे, एक जनालाई बनाएर ल्याइदे भनेँ अनि उसले बनाएर ल्याइदियो।’

‘ओ भाइहरू केको गन्थन हो ?’
‘इमिग्रेसन अफिसर’ कतिबेला पुगिसकेछ। उसलाई नजिक बोलायो र मोबाइलमा केही ‘लाइभ’ देखायो। यमराजको सम्बोधन रहेछ भित्र यमलोकबासीका नाममा।
‘अब थाहा पाइस् त कहाँ आएको रहेछस् ?’ ऊ छड्के मुस्कुरायो।
‘त्यो त थाहा पाएँ हजुर। तर, म त मिर्गौलाको बिरामी भएका कारण मरेको। कोरोनाले होइन। भगवान् कसम सर।’ उसले निरीहता देखायो। यति निरीह त ऊ कतार जाँदा पनि भएको थिएन।
‘ओए हेर्हेर् त्यो बिरालोले बाटो काट्यो। अलच्छिनी मोरो। थु-थु गरेर पछाडि जा।’ अफिसर कड्कियो।
उसको अगाडिबाट कालो बिरालोले बाटो काटेको थियो। अहो यमलोकमा पनि यस्तो अन्धविश्वास ! त्यो अफिसरलाई हेरेर रिस उठ्यो। तर, धेरै बोल्नुभन्दा भनेकै मान्नु जाति। थु-थु गर्यो र लाइनको पछाडि गयो।
उसको अघि करिब दुई दर्जन थिए लाइनमा। ‘पक्कै पनि यो लाइन दक्षिण एशियाकै हो।’ उसले अड्कल काट्यो। हेर्दा पनि लाइनका सबै कोही भारतीय कोही बंगालीजस्ता देखिन्थे। अन्य ‘डेस्क’ मा भने खासै ‘टाइट’ थिएन। अफिसरहरू पनि हाँसीहाँसी कुरा गर्थे र भित्र जान दिन्थे।
करिब १० घण्टापछि उसको पालो आयो।
‘ल तिमीसँग पीसीआर रिपोर्ट छैन। अब चार महीना क्वारेन्टाइनमा बस्ने अनि जाँच गरेर के गर्ने त्यो गरौंला।’ चस्माको माथिबाट आँखा खोल्दै उसले मुख चलायो।

‘अनि दुई दिनअघि आउनुपर्ने यत्रो समय कता हराको ?’ अफिसरको प्रश्नले झसंग भयो ऊ। अब त सकियो लफडा भनेको फेरि अर्को थपियो।
‘यमदूतलाई सोध्नु नि ?’ अलिकति रिस उठ्यो उसलाई र अलिक ठाडै जवाफ दियो।
‘धेरै बोल्छस् ? तेरो रिपोर्ट अनुसार दुई दिनअघि बिहान १० बजे मृत्यु भएको देखिन्छ। मर्त्यलोकबाट यहाँ आउन केवल १० घण्टा लाग्छ अहिले। भनेपछि दुई दिनअघि नै राति आठ बजे यहाँ पुग्नुपर्ने। कता हराइस् यत्तिन्जेल ?’ पिटौंला झैं गरेर झाँको झार्यो अफिसरले।
‘खोई हजुर!’ एउटा खुट्टामा अर्को खुट्टा बेरेर गृहकार्य नगरेको विद्यालयको बच्चा झैं बन्यो ऊ।
‘यता हेर्।’ उसले कम्प्युटरको स्क्रिन देखायो।
ऊ अचम्म पर्यो। त्यहाँ उसको भिडिओ थियो। आफ्नो भिडिओ यमलोकमा देखेर अलिअलि खुशी पनि भयो।
‘यी हेर्, झन् अस्ति बिहान त्यो अस्पतालको गेटमा देखिन्छस् तँ। त्यहाँबाट फर्किस् र फेरि उ त्यो रातो रंगको अस्पतालको गेटमा देखिएको छस्। त्यसपछि अर्को अस्पतालको गेट। यो अस्पतालको गेटबाट भित्र गएको कतै देखिन्न। कोरोना लागेको हुनुपर्छ तँलाई। नत्र भने त भित्र लैजान्थे होला नि त। राति त्यति राम्रो छैन भिडियो क्वालिटी।’
‘किन हजुर ?’ उसले बीचमै सोध्यो।
‘मुलाहरू, हाम्रो यमदूतलाई नै घुस खुवाएर डुप्लिकेट क्यामेरा लगाइदिएछन् नि तिम्रो देशका मान्छेले।’ दुवैले एकअर्कालाई हेरेर ओँठ च्याते।
‘अनि हेर अस्ति बिहान उ त्यो सेतो रंगको अस्पतालको गेटबाट हिँड्ने बेलामा त्यो ठेलामा लम्पसार भएको तेरो जिउ कक्रक्क परेको छ।’ उसले भिडिओमै औंलाले देखायो । ‘समय बिहानको १० बजेको छ।’
‘ह्या हजुर पनि, यो त म त्यो हेभी मेटल गीत सुनेर हो कक्रक्क परेको।’ उसले आफ्नो ‘ह्युमर टाइमिङ’ देखायो। अफिसर खित्का छाडेर हाँस्यो।
‘मुला मलाई सिकाउँछस् ? त्यो मरेको टाइमिङ हो। यहाँ रेकर्डमा छ। अनि त्यहाँबाट यहाँसम्म १० घण्टा जोड्दा अस्ति राति आठ बजे पुग्नुपर्ने होइन त ? कता गएको थिइस् त्यत्रो समय ?’ अफिसरले केरकारको गति बढायो।
‘तपाईंको यमदूतको राँगो छेरुवा परेको होला नि। कि त राँगो साटिदिए !’
अफिसरलाई असह्य भयो र टाउकोमा प्याट्ट दियो। ‘मुला अझै जोक गर्छस् ?’
‘भगवान् कसम सर, मलाई केही थाहा छैन।’ उसका आँखा रसाए। ऊ अचानक गम्भीर बन्यो।
उसलाई लिन राँगो लिएर गएको यमदूतलाई त्यहाँ बोलाइयो।
‘यमदूत तिमी पनि अस्ति नै गाको हो फेरि आउन किन ढिला भयो ? के यो तिमीसँगै थियो ?’ अफिसरले यमदूतलाई सोध्यो।
‘हो हजुर, म अस्ति १० बजे नै पुगेको हो। विचरा मिर्गौलाको डायलाइसिसका लागि अस्पताल चहार्दाचहार्दै जान्छ भन्ने मैले माथिबाटै अनुमान गरिसकेको थिएँ। १० बजे नै ठ्याक्कै अस्पतालको गेटबाट अर्को अस्पताल चहार्दा सक्केको हो। त्यसपछि मैले ल हिँड भनेको उसको सानो बच्चाले मान्दै मानेन हजुर, त्यसैले ढिला भो।’ यमदूतले स्पष्ट पार्न खोज्यो।
‘बच्चाले भन्यो भनेर हुन्छ ? आफ्नो ड्युटी गर्नुपर्दैन ?’ अफिसरले यमदूतलाई पनि थर्कायो।
‘ड्युटी गरेकै हो नि हजुर। अब हामी पनि नेपालकै नेता जस्तो निष्ठुरी हुनु त भएन नि। आर्यघाटमा क्रियाकर्म गरेर मात्र लानुस् भनेर अनुरोध गरे उसका मान्छेले। कति नै लाग्ला र जलाउन। एकदुई घण्टामा सक्किहाल्छ भनेर मैले पनि हुन्छ भनिदिएँ।’
‘अनि कसरी लाग्यो त दुई दिन ?’ अफिसरले बीचमै प्रश्न तेर्सायो।
‘भन्दै त छु हजुर। कोरोनाका कारण सबै बन्द रहेछ। योसँग पैसा पनि रहेनछ दाउरा किन्न। कोरोनाका कारण पण्डित पनि होम क्वारेन्टाइनमा। एकजना बसेको थियो उसले पैसाबिना जलाउन मान्दैमानेन।’
‘त्यसलाई पनि उठाएर ल्याइनस् त ?’ अफिसर रिसायो।
‘म नेपाली नेता हो र मनपरी गर्नलाई ? नियम छ नि हो सर। यसको त समय भाको थिएन खासमा। अझै चार वर्ष बाँकी थियो। अचेत अवस्थामा यता र उता ‘लास’ झैं जिउँदै मान्छे सारेको देखेर माया पलाएर उठाइदेको मात्र हो।’
‘के रे समय पुगेको थिएन ? फेरि किन उठाइस् त ?’ यमदूतलाई नै खाउँला झैं गर्यो अफिसरले।
‘तपाईं नेपालको क्यामेरा अन गरेर हेर्नु त। हुन त क्यामेरा लगाउँदै नेपालकै नेतासँग मिलेर घुस खाको छ। उस्तै परे रेकर्ड गरेर राखेको भिडिओलाई लाइभ भनेर झुक्काइदिन्छन्। मान्छे कोरोनाले होइन, खान नपाएर भोकले छट्पटाएका छन्। जिउँदो लास बनेको त्यहाँका मुखियाहरूले हेर्न सक्लान्, म त सक्दिनँ। त्यसैले उठाइदिने हो।’
‘धेरै बोल्छस् ? यसको मिति नपुगेको भए जा यसलाई मृत्यलोकको नेपालमै छाडेर आइज।’ अफिसरले आदेश दियो।
‘हा हा हा। नेपालमा एउटा गाउँबाट अर्को गाउँमा जान त पीसीआर रिपोर्ट चाहिने भइसक्यो। अब यो रिपोर्टबिनाको मरिसकेको मान्छेलाई फर्काउँदा इमिग्रेसनबाट छिर्न दिन्छन् ?’ यमदूत फिस्स हाँस्यो।
अफिसरले कतै फोन गर्यो र एउटा झोला मगायो।
‘यसमा एक करोड छ। नेपालको इमिग्रेसनमा मिलाएर छिराइदे यसलाई। मिति बाँकी हुँदै ल्याउने होइन अबदेखि।’
अफिसरको कुरा सुनेर यमदूत फेरि हाँस्यो।
‘यो एक करोड भनेको त नेपालमा एक हजार जस्तो भइसक्यो। अब अर्बमा हुन्छ कुरा।’
‘के भन्छ यो ?’ अफिसरले बीचमै कुरा काट्न खोज्यो।
‘नेपालमा अब अर्बको मात्र कुरा हुन्छ। बाठो भए नेता बन्नु अर्ब कमाउनी, लाटो भए जनता बन्नी अरब हान्नीनी।’
यमदूत र अफिसरको कुरा सुनिरहेको उसले एक्कासि अफिसरको खुट्टा समायो।
‘बरु कीरा परोस् मेरो, यतै फ्यालिदिनु, जे मन लाग्छ गर्नु तर मर्त्यलोकमा फिर्ता नपठाउनु। एक पल्ट त मरिसकेँ म फेरि मर्न चाहन्नँ।’
उताबाट दुईचार जना हातमा क्यामेरा बोकेर आइपुगे। देख्दै हतारमा भए झैं देखिन्थे।
‘ल हेर्नुस् नेपालीको पीडा। मरेपछि पनि अलपत्र परेका छन्। खानलाई केही छैन । के भन्छन् त यमलोकका इमिग्रेसन अफिसर ? के यमदूतले यिनलाई फेरि नेपालमै छाड्लान् ? यो कुरो यहीँ सकिएला कि यमराजसम्म पुग्ला ?
अहिले यी नेपालीसँग खानलाई गाँस, बस्नलाई बास र शरीर ढाक्नलाई कपास छैन। सबै मिली सक्दो सहयोग गरौं।’
क्यामेरा देख्नेबित्तिकै अफिसरले फेरि कपाल मिलायो, यमदूतले भुँडी च्याप्यो।
उसले मनमनै सोच्यो यूट्युबरहरू नपुगेको ठाउँ नै छैन।
" /> ‘पीसीआर रिपोर्ट खोई ?’ऊ अलमल्ल पर्यो। गोरो, चिटिक्क परेको तर कालो कपाल मिलाएर कोरेको त्यो व्यक्तिले नेपाली बोल्ला जस्तो उसलाई लागेको थिएन। ऊ कहाँ जाँदै थियो या उसको गन्तव्य कहाँ हो ? त्यसको बारेमा पनि अनभिज्ञ नै थियो।

">