हुर्कंदै गर्दा मेरो कल्पनामा बा-आमा कहिल्यै पनि वास्तविक मान्छेको रूपमा आएनन्। मेरा लागि उनीहरू लोककथाका पात्र जस्ता थिए।
त्यसैले सन् २०१८ मा ‘बीबीसी थ्री’ सँग मिलेर मेरो विगतबारे डकुमेन्ट्री बनाउने अवसर पाउँदा मैले त्यो मौका फुत्किन दिइनँ। म हाम्रो घरमा किन आगजनी भएको थियो भन्ने जान्न चाहन्थें। मलाई मेरी आमा र आफैबारे पनि अझ धेरै थाहा पाउनु थियो।
मलाई लाग्छ, म अलिकति खैरी भए पनि ठ्याक्कै लुसीजस्ती देखिन्छु। तर, जब उनीबारे सोंच्छु, मैले उनलाई एउटी किशोरीका रूपमा पाउँछु। साँच्चै भन्दा उनी मलाई कहिल्यै पनि आमा जस्ती लागिनन्। त्यसैले म उनलाई आमा भनेर बोलाउन चाहन्न।
मलाई जन्म दिँदा उनी मात्र १५ वर्षकी थिइन्। मेरा बा भने २५ वर्षका रहेछन्। सानी छँदा मलाई कहिल्यै पनि लुसी र मेरा बाबीचको सम्बन्ध बेठिक थियो भन्ने लागेन। जबकि बा–आमाको सम्बन्धबारे स्कुलमा साथीहरुले मलाई कटाक्ष गर्थे- “यो त ठिक भएन नि, होइन र ?”
म सजिलै भन्दिन्थें, “होइन, ठिकै त थियो, उनीहरू प्रेममा थिए।”
म यसरी नै सोच्ने गर्थें। मेरो परिवारले मलाई यसरी नै सिकाएको थियो। खासमा शुरूमा मैले मानिसहरू किन यसबारे कुरा गर्छन् भनेर बुझ्नै सकेकी थिइनँ।
म हजुरबा जर्जसँग निकै घनिष्ठ थिए। तर, उनका लागि त्यो निकै कठिन समय थियो। आगजनीमा उनले आफ्नी पत्नी लिन्डा र दुइवटी छोरी गुमाएका थिए।
अदालतमा बाको मुद्दा चलिरहँदा हजुरबाले मलाई हुर्काउने जिम्मा लिएका रहेछन्। त्यो त्रासदीपूर्ण आगजनीपछि उनले मलाई हुर्काए पनि। तर बा र आमाबीचको सम्बन्धबारे हामी दुई जनाको धारणा बिल्कुलै फरक थियो ।
उमेर अन्तर धेरै नै भएका केटीकेटीबीचको सम्बन्धलाई त्यो बेला हजुरबा र अरु केही मानिस स्वाभाविक ठान्थे।
मलाई भने लुसी बच्चै हुँदा म उनको गर्भमा हुर्कंदै गरेको सम्झेर र त्यसलाई मानिसहरुले सामान्य ढंगले लिएको सोचेर नै भाउन्न हुन्छ।
तर डकुमेन्ट्री बनाउँदै जाँदा हजुरबाले पनि त्यो परिस्थितिलाई पहिलेभन्दा फरक तरिकाले हेर्न थाले। अहिले उनले के ठिक हो र के होइन भनेर मलाई बताउन सक्छन्। यसरी विचार फेरिनु कम चुनौतीपूर्ण थिएन। तर अहिले हामी त्यो विगतलाई हेर्ने दृष्टिकोणबारे सहमतिमा आइपुगेका छौं।
डकुमेन्ट्री बनाउँदा मैले लुसीका केही साथीलाई पनि भेटें। लुसी बच्ची नै हुँदा मेरा बासँग भेट भएको थियो रे, उनका साथीहरूको उमेर पनि त उस्तै थियो। मानिसहरूले अहिले आएर मात्र त्यो सम्बन्ध गलत थियो भनेर बुझेका छन्।
लुुसीकी एक जना साथीले मलाई भनेकी थिइन्- “त्यो बेला त यस्तो सम्बन्ध कुनै ठूलो कुरो थिएन नि, उमेर पुगेका व्यक्तिको सम्बन्ध जस्तै सामान्य थियो।”
यिनीहरूले यस्तो असामान्य सम्बन्ध गलत हो भन्ने बुझेका थिएनन् भने लुसीले पनि त केही बुझेकी थिइनन् होला।
११ मार्च २०१८ को आइतबार, ‘मदर्स डे’को दिन एउटा घटना भयो। जसले बा–आमाबारे आजसम्म मलाई बताइँदै आएका सबै जानकारीलाई एकैपटक चुनौति दियो।
‘सन्डे मिरर’ पत्रिकाको पहिलो पानामै लुसीको फोटो छापिएको थियो । शुरूमा त परिवारका हामी सबै अलमलमा पर्यौं।
त्यो सामग्रीमा आँखा पुग्नासाथ मैले आगजनीबारेको पुरानो समाचार कारणवश पुनः प्रकाशित भएको हुनुपर्छ भन्ने ठानें। मलाई अझै याद छ, मैले यो समाचारमा कुनै पनि नयाँ सूचना हुनैसक्दैन भन्ने सोंचेकी थिएँ।
हाम्रो परिवार र बेलायती समाजले त्यो घटनामा भन्न बाँकी अझ धेरै थोक हुनसक्छ भन्ने महशुस गरेकै थिएन। यस्तो विचित्र कसरी भयो होला ? अहिले फर्किएर हेर्दा त सबै कुरा स्पष्ट देखिन्छ।
‘सन्डे मर्निङ’को खोजले सन् १९८० देखि टेलफर्डमा करीब एक हजार बालिकालाई फकाईफुस्ल्याई त्यसरी बयस्कसँग सम्बन्ध राख्ने गरी बाध्य पारिएको देखाएको थियो। यो खोज समाचारले मेरा बाले कसरी १४ वर्षे लुसीलाई फकाईफुस्ल्याई आफूसँग सम्बन्ध राख्न बाध्य पारे र कसरी अरु बालिका पनि त्यस्तै दुव्र्यवहारको शिकार भए भन्ने देखाउँथ्यो। उनीहरूलाई आफूमाथिको अत्याचार कसैलाई भनेमा ‘लुसीको जस्तै हालत बनाइदिने’ धम्की दिइएको थियो। अर्को शब्दमा भन्नुपर्दा मारिदिने धम्की।
शुरूमा म खुबै अन्योलमा परें।
कुनै घटना कसरी भएको थियो भनेर बताउँदा तपाईंलाई त्यति मात्रै त थाहा हुन्छ। अनि तपाईं त्यही नै भएको होला भन्ठान्नुहुन्छ। त्यो भन्दा अरू केही भएको थियो भन्ने कल्पना पनि गर्नुहुन्न।
‘सन्डे मर्निङ’को त्यो स्टोरी पढ्नुअघि मैले पनि मेरा अभिवावकबारे त्यही सोचेकी थिएँ। उनीहरू प्रेममा थिए, त्यसैले त्यो सम्बन्ध ठिकै थियो भन्ने मेरो धारणा थियो। तर पत्रिकामा अर्कै स्टोरी देखेपछि यस्तो त हुनैसक्दैन भन्ने लाग्यो।
शुरुमा मलाई लाग्यो, पत्रिकाले गलत स्टोरी छाप्यो। यो विशुद्ध नयाँ घटना स्वीकार गर्नु साह्रै गाह्रो थियो। यसले मलाई भित्रैदेखि हल्लाएको थियो।
खासमा त्यो स्टोरीले मेरो विगतबारे मैले जे जानेकी छु भन्ठान्थें, ती सबैमा प्रश्न उठाइदियो। मलाई घटनाको भित्री तहसम्म पुगेर रहस्य खोतल्नुपर्ने बनाइदियो। मैले अदालतमा बाका बारेमा चलेको मुद्दाको मिसिल हेर्ने निर्णय गरें। त्यहाँ थप ‘क्लू’ भेटिएला भन्ने मेरो आश थियो।
मुद्दा सुनुवाईको मिसिल पढ्दा म अझैं झसंग भएँ। त्यहाँ लुसी र मेरा बाको उमेर अन्तरबारे उल्लेख गरिएको थियो। तर मान्छेहरूले यसलाई गम्भीरतापूर्वक लिएका थिएनन्। यो केवल दुई वा तीन वर्षको फरक थिएन। उनीहरूबीच करीब १० वर्षको फरक थियो।
मेरी आमाका साथीले बताए अनुसार, बाले उनलाई निरन्तर र्याखर्याख्ती पार्थे। उनलाई सधैँ लुसीले अरु केटा मान्छेसँग सम्बन्ध राख्छिन् कि भन्ने शंका लाग्थ्यो। त्यसैले उनले लुसीको शरीर जाँच गर्थे। बाले उनलाई एउटा औंठी दिएका थिए ताकि अरु केटाहरूलाई कसैले उनको रेखदेख गरिरहेको छ भन्ने थाहा होस्।
चर्चतिर लुसीले अरु कोही केटासँग यौनसम्बन्ध राख्छिन् कि भन्ने शंका गरिन्थ्यो। हामीलाई अहिले पनि थाहा छैन, के एउटा गिरोहले नै लुसीको शोषण गरिरहेको थियो ? किनकी यसबारे कतै केही उल्लेख छैन।
मैले यसबारे हजुरबासँग कतिपटक कुरा गरें। मैले सँधै उनलाई गाली गर्थें- किन उनले आफ्नी छोरीका लागि केही गरेनन्? उनले त्यस्तो सम्बन्ध ठिकठाकै छ भनेर कसरी सोच्नसके?
हजुरबाले मेरा बाका बारेमा आफूले धेरै वास्ता नगरेको बताउँथे। भन्थे, “लुसी र उसको बीचमा धेरै नै बाझाबाझ भने हुन्थ्यो।” अहिले म सोच्छु, के मेरा बाले यौन सम्पर्कका लागि लुसीलाई दिएको दबावले त्यस्तो भएको थियो ?
“ऊ माथिल्लो तलामा बारम्बार गइरहन्थ्यो”, हजुरबाले एकपटक मलाई भनेका थिए- “एकपटक मेरो बलात्कार भयो, बचाऊ भनेको सुनें, म दौडेर गएँ। ढोका फोडें। ऊ दौडदैं भर्याङबाट तल झरेर बाहिर भाग्यो। एकजना छिमेकी केटाले उसलाई लखेट्यो।”
“किन कसैले प्रहरीमा उजुरी गरेन ?” मैले सोधें।
हजुरबाले भने, “मलाई थाहा छैन। के लुसीले साँच्चिकै मद्दत मागेकी थिइन् र ? उनी हामीसँग मद्दत माग्न आएकी भए हामीले पक्कै केही न केही गर्थ्याैं।”
“तर, तपाईं र लिन्डाले उनले (लुसीले) बलात्कार भयो, बचाऊ भनेको त सुन्नुभएको थियो नि”, मैले भनें, “त्यो शोषण थियो। तपाईंहरुले केही पनि गर्नुभएन। यो सबै सुन्दा मलाई साह्रै दुःख लाग्यो।”
यो सम्पूर्ण घटनामा आखिर दोष कसको भन्ने प्रश्नले पनि मलाई साह्रै दुखी बनाउँछ। मैले यी सबै प्रश्न सोध्नुपर्यो, किनकी म यसबारे सबै वास्तविकता बुझ्न चाहन्थें।
मेरा हजुरबा र हजुरआमा लिन्डाले त्यो समयमा लुसीका लागि केही न केही गर्न सक्नुहुन्थ्यो।
मलाई लाग्छ, त्यो नगरेकोमा हजुरबालाई अहिले धेरै नै पश्चाताप छ। तर, त्यो उहाँको मात्र दोष होइन। त्यतिबेलाको समाजका सबैले त्यसैगरी सोच्थे। यी विषयमा कसैले पनि कुनै शिक्षा पाएका थिएनन्। मेरा हजुरबा–हजुरआमाले केही गरेकै भए पनि के समाजका गन्नेमान्ने व्यक्तिहरूले उहाँहरूलाई सुन्थे होलान् ?
बाले त्यो आगजनीको घटनाबारे अहिले के महशुस गर्छन् भन्ने पनि म जान्न चाहन्थें। के उनी दुःखी थिए ?
१६ वर्षकी भएपछि म उनलाई भेट्न कारागार गएकी थिएँ। यो अप्ठेरो निर्णय थिएन। मेरो बुतामा हुन्थ्यो भने म त्यसअघि नै उनलाई भेट्न गइसक्थें। तर अदालतको आदेशले नै मलाई १६ वर्ष पुग्नु अघि बालाई भेट्न रोकेको थियो।
शुरूमा म उनलाई भेट्न मात्र चाहन्थें । सामान्य भेटघाट गर्ने अनि के कस्तो अवस्थामा छन्, त्यो बुझ्ने। उनका शोख र उनलाई मन नपर्ने थोक थाहा पाउने। म उनलाई एउटा सम्पूर्ण व्यक्तिका रूपमा बुझ्न चाहन्थें। किनभने मलाई आफू कहाँबाट आएकी हुँ भन्ने जान्न मन थियो। घटना भएको थियो भन्ने आधारमा मात्र नभएर उनलाई एउटा व्यक्तिका रूपमा बुझेर त्यसै अनुसार मेरा धारणा विकास गर्न चाहन्थें।
उनीबारे मेरा मनमा जे कुराहरू थिए, तिनले मलाई नै अलमल्याउँथे। उनलाई मैले केवल ‘श्यामश्वेत’ मा मात्र हेरिरहेकी थिइनँ।
उनले जवाफ दिएपछि यस्तो लाग्थ्यो कि मलाई खासै वास्ता गरेका छैनन्। उनले भन्न खोजेका कुरा बुझ्नका लागि रेकर्ड गरेर त्यसलाई कैंयौं पटक सुन्नुपर्थ्याे। केही विषयमा उनले खुलेर कुरा गरे, केहीमा गरेनन्। तर, त्यो सब मैले के सोधेकी थिएँ भन्नेमा निर्भर थियो।
म त्यहाँ गएकोमा खुशी थिएँ। म जानैपर्थ्याे। मैले उनलाई भन्न लगाउनुपर्ने कुराहरु धेरै थिए, जसबाट उनी भाग्न चाहन्थे।
मलाई लाग्छ, बालाई मेरी आमाको हत्यासँगै यौन अपराधमासमेत मुद्दा नचलाइनु न्याय प्रणालीकै कमजोरी हो। म ठान्छु, मान्छेहरूलाई उनीहरूका हरेक छुट्टाछुट्टै अपराधका लागि सजाय दिइनुपर्छ। मैले प्रहरीलाई पनि सोधें- त्यो बेला किन यसो गरिएन ? तर अहिले काम गरिरहेका प्रहरी अधिकृतहरू नयाँ थिए। उनीहरूले बाको अपराध अनुसन्धान गरेका थिएनन्। त्यसैले उनीहरू हामीलाई धेरै केही बताउन सक्दैनथे।
मैले इमान्दार भएर भन्नुपर्छ, त्यसबेला के भएको थियो भन्ने हाम्रो जिज्ञासा मेटाउन उनीहरूले खासै सहयोगी व्यवहार गरेनन्। तर मैले अनुमान लगाउन सक्छु, सबै कुरा मलाई बताउँदा उनीहरूले गोपनियता भंग गरेको ठहरिनसक्थ्यो।
म धन्य छु, हामीले लुसीका केही सामान भेट्टाउन सक्यौं। लुसीले डायरी लेख्दिरहिछन्। मैले त्यो फेला पारेँ। त्यो कसैले देखेका थिएनन् होला। यसले मलाई लुसीसँग अझै घनिष्ठ बनायो। र, त्यो डायरीले मेरा बाले त्यो बेला केसम्म गरेका थिए भन्नेबारे थप जानकारी दियो।
अहिले मेरा बाले ‘प्यारोल’का लागि निवेदन दिन सक्छन्। प्यारोल अन्तरगत बेलायतमा निश्चित कैद भुक्तान गरिसकेका कैदीहरूलाई कैद भुक्तान गर्नु अघि नै कारागारबाट निस्कनसमेत पाउने व्यवथा छ। तर, उनीहरूलाई प्रत्यक्ष सुपरिवेक्षणमा राखिन्छ।
आखिर कसैलाई कारागारमा राख्नकै लागि अरु अपराध थप्दिन त सकिदैन। म यो सीमा बुझ्दछु। त्यो बेलाको समय र न्याय प्रणालीको कमजोरीका कारण बाले कहिल्यै पनि आमामाथिको अत्याचारका लागि अभियोजन सामना गर्नुपरेन।
डकुमेन्ट्री बनाउँदाको समय साह्रै धेरै कठिन दिनहरू थिए। तर धेरै सकारात्मक कुरा बाहिर आउँदै पनि थिए। म लुसीसँग धेरै नजिकिएँ र मेरो पृष्ठभूमि र पहिचानबारे धेरै कुरा बुझें। हजुरबासँग पनि म अझ नजिकिएँ। यसले मलाई बालबालिकामाथि हुने यौन शोषणबारे बुझ्न मद्दत गर्यो।
म खुशी छु, मैले मानिसहरूलाई अब थप सचेत बनाउन सक्छु।
अहिलेलाई भने मैले केही समय विश्राम लिन चाहेकी छु। म आफ्नो मानसिक स्वास्थ्यबारे ध्यान दिन चाहन्छु। तर, भविष्यमा बालबालिकामाथि हुने यौन शोषणविरुद्धको चेतनामूलक कामका लागि आफूलाई समर्पित गर्न चाहन्छु।
आफै शिकार हुन नपरेकाले म भाग्यमानी हुँ। तर मेरी आमामाथि जे भयो त्यसबाट मेलै सबै कुरा बुझें। म लुसीको आवाज बन्न चाहन्छु।
- बीबीसीबाट अनुवादः तुफान न्यौपाने।