निषेधाज्ञा खुकुलो भएपछिको काठमाडाैं (तस्वीरहरू)

काठमाडाैं। विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसका कारण थलिएको काठमाडाैं उपत्यका विस्तारै तङग्रिन खोज्दै छ।

पहिलो पटक चैत ११ गतेदेखि देशभर जारी भएको लकडाउन साउन ७ गते खोलिएको थियो। तर, लकडाउन खुलेपछि आक्रमक रूपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि बाध्य भएर सरकारले स्थानीय स्तरलाई नै निषेधाज्ञाको निर्णय गर्ने अधिकार दियो।

जसअनुसार काठमाडाैं उपत्यकामा पनि भदाै ७ गतेदेखि पुन: निषेधाज्ञा जारी भयो। र, उपत्यकामा अघिल्लो हप्ताको केही खुकुलो बनाइएको निषेधाज्ञा आजबाट त धेरै खुकुलो भएको छ।

जसअनुसार आजदेखि प्राय सबै व्यापार/व्यवसायसहित सार्वजनिक यातायात पनि जोरबिजोर प्रणालीमा सञ्चालनमा आएका छन्।

फलस्वरुप लामो सयमदेखि सुस्ताएका काठमाडाैं सडकमा फेरि यातायातका साधनको जाम पनि देखिएको छ।

तस्वीरहरू: रोसन सापकोटा, रासस।

प्रतिक्रिया दिनुहोस्