भट्टीमा पोल्नुअघिको चित्र।
भट्टीमा पोलिसकेपछिको चित्र।

पोर्सेलिन माटो र चिनियाँ अर्थतन्त्र

माटोका भाँडा बनाउने परम्परा चीनमा अहिलेदेखिको होइन। चीनको इतिहास पल्टाउने हो भने विगतदेखि अहिलेसम्मका कुटनीतिक सम्बन्ध माटोकै आधारमा टिकेको देखिन्छ। यतिमात्र होइन, कुनै बेला चीनको अर्थतन्त्र नै पोर्सेलिन माटो र यसमा बनेका कलाले धानेको थियो।

लि को शहरलाई पहिले ‘छान न्यान’ भनिन्थ्यो। त्यहाँ चिनत भन्ने महाराजा आएपछि उनले आफ्नो नामबाट सहरको नाम राख्न चाहे। चिनियाँ भाषामा चन भनेको गाउँ हो। त्यसपछि उक्त गाउँको नाम चिन त चन रहेको हो।

लि का अनुसार चीनमा कुनैबेला पोर्सेलिन र सुनलाई एकापसमा साटिन्थ्यो। चीनले पोर्सेलिन दिएर बराबर अनुपातमा पश्चिमा मुलुकसित सुन लिन्थ्यो। त्यतिबेला चीनको कूल गार्हस्थ उत्पादन (जीडीपी) लाई थेग्ने काम यही माटोको कलाले गरेको थियो। पोर्सेलिनकै कारण युरोपको सम्पत्ति चीनमा आएको र युरोपले चीनलाई अफिम बेच्न थालेको पनि इतिहासमा पढ्न पाइन्छ।

अहिले पनि यो शहरका मानिस यही काम गर्छन्। करोडौं मूल्यमा एउटा पेन्टिङ बिक्री हुन्छ। एकाध परिवारले यो पेशा छाडेर रेष्टुराँ लगायतका व्यवसाय शुरु नगरेका होइनन्। तर, धेरैले यही काम गरेर जीवनयापन गरिरहेका छन्।

युवाले पनि यो परम्परागत कलालाई निरन्तरता दिएका छन्। लि भन्छन्, “चीनमा अन्य देशमा जस्तो युवाहरू अन्य पेशामा लाग्ने समस्या छैन, यहीक्षेत्रमा काम गर्ने युवा पर्याप्त छन्। देशले यो कलामा लाग्नेलाई सहयोग पनि गरिरहेको छ।”

फेरिँदै चित्रहरू

चीनको चीनतचन शहर संसारभरकै लागि पोर्सेलिन पेन्टिङको सेन्टर थियो। पहिलेदेखि नै युरोपमा यी पेन्टिङहरू पठाउने गरिन्थ्यो। युरोपका देशमा पठाउन चीनका कलाकारले युरोपकै चिन्ह, अरेबियन मुलुकमा पठाउन त्यस्तै चिन्ह भएका चित्र बनाउने परम्परा थियो। चीनमै बिक्री हुने पेन्टिङ हो भने त्यसमा प्रायः फूलहरू, चराहरू र बोटविरुवाका पेन्टिङ गरिन्थ्यो।

अहिले पनि त्यहाँ देश अनुसारका पेन्टिङमा चिन्हहरू बनाउने मानिस छन्। तर, ती चिन्हहरूलाई छाडेर, तर त्यसमा विचार पोख्ने युवा पनि आएका छन्। लि कै चित्रहरूमा पनि समसामयिक र लोप हुन खोजेका कुराहरू भेटिन्छन्।

लिको नेपाल प्रेम र नेपाल यात्रा

चिनतचन सहरमा लि को आफ्नै ग्यालरी छ। उनको ग्यालरीको नाम हो– ‘विचार’।

ग्यालरीको होर्डिङ बोर्डमा देवनागरी लिपिमा ‘विचार’ लेखेका छन् उनले। विचार शव्दसँगको परिचय चाहिँ उनले तिब्बतमा पाएका रहेछन्। “म लङ ड्राइभ गरेर एकपटक तिब्बत आइपुगेको थिएँ, त्यहाँ महायानी बौद्ध धर्म, बुद्धका विचार र वाणीबाट म प्रभावित भएँ,” उनले भने,  “त्यहाँका नेपालीभाषीले मलाई नेपाली शव्द सिकाए। त्यसै कारणले ग्यालरीको नाम पनि ‘विचार’ राखेँ।”

उनलाई बुद्धको विचारले प्रभावित मात्रै गरेन, बुद्ध जन्मिएको पावन भूमिमा पुग्ने तीब्र इच्छाशक्ति पनि जगायो। त्यसैले उनी महायानी बौद्ध धर्म सुरु भएको ठाउँको खोजीमा लागे। नेपाल, भुटान, भारत आउने हुटहुटीले उनलाई छपक्कै छोप्यो। गतबर्ष अर्थात् सन् २०१८ मा पहिलोपटक उनले नेपाली भूमिमा पाइला टेके।

त्यतिबेला उनी काठमाडौं उपत्यकामा मात्र घुमेका थिए। पुनहिलमा ट्रेकिङ गए। चीन फर्केपछि पुनहिलबाट देखिएको हिमाललाई कलामा उतारे। उनको त्यो कला अहिले युनान सरकारले किनेको छ। अनि चीनसँग जोडिएका नेपालबाट देखिने थुप्रै हिमाललाई पनि उनले कलामा उतार्ने कोशिस गरेका छन्।

यसपालिको भ्रमणमा उनी लुम्बिनी जाँदैछन्। लुम्बिनीलाई पेन्टिङमा उतार्ने उनको अर्को योजना हो।

रविन्द्रको उत्साह

नेपाली कलाकार रविन्द्र श्रेष्ठ र चिनियाँ कलाकार लि छ्वान।

रविन्द्रका अनुसार यो कला सिकेपछि दुवैले मिलेर तीनवटा पेन्टिङ बनाउनुपर्छ। पहिलो पेन्टिङमा नेपाल र चीनका भिन्न भिन्न रेखाचित्रहरूको प्रयोगलाई चित्रमा उतार्ने निर्णय गरेका छन् लि र रविन्द्रले। दोस्रोमा दुबै कलाकारको औंठाछापको थिममा चीन र नेपाललाई देखाउने योजना बनाएका छन्। अनि तेस्रो कलामा चीनबाट देखिने सगरमाथा र नेपालपट्टिबाट देखिने सगरमाथाको दुबै भागलाई उतार्ने रविन्द्र बताउँछन्।

उनीहरूले बनाएको पहिलो कला चीनस्थित नेपाली राजदुतावासलाई, दोस्रो नेपालस्थित चिनियाँ दुतावासलाई र तेस्रो फाउन्डेसनलाई दिनुपर्छ। कला सम्पन्न भएपछि चीनको हुलाक टिकटमा उनका कलाको फोटो छापिनेछ। “मैले कागज, लगायत विभिन्न माध्यममा चित्र बनाएको छु, तर माटोमा पहिलोपटक बनाउँदै छु,” रविन्द्र भन्छन्, “चीनका वरिष्ठ कलाकारसँग मिलेर यति महत्वपूर्ण काम गर्न लागेकोमा उत्साहित छु।”

"> माटोले जोडेको यो साइनो: Dekhapadhi
माटोले जोडेको यो साइनो
काठमाडौं। चिनियाँ माटो माटो संसारभर प्रख्यात छ। कैयौं कलाकारले यही माटो सेरामिकका विभिन्न भाँडाकुडा बनाउन प्रयोग गर्छन्। तर, चिनियाँ कलाकार लि छ्वान (५४) भने यो माटोबाट भाँडा होइन, यसैमाथि चित्र कोर्छन्।

उनी मात्र हैन, चीनको चाङ्ग्सी प्रान्त अन्तर्गत रहेको पुरै चीनतचन सहरवासी नै यो माटोमाथि चित्र कोर्ने गर्छन्।

कलाकार रविन्द्र श्रेष्ठलाई चीनतचनको १५ सय वर्ष पुरानो कला सिकाउन आएका लि यतिबेला नेपालमा छन्। आफुसित भएको सीप रविन्द्रलाई पनि सिकाउन पाउँदा लि खुसी छन्। भन्छन्, “मेरो सीप रविन्द्रलाई बाँड्न पाउँदा खुसी छु। आफुले जानेको कुरा बाँडे सीप अझ बढ्छ।”

रविन्द्रले यो चित्रकला सिकेपछि उनीहरू दुवैजना मिलेर चीनमा यही विधिबाट तीनवटा चित्र बनाउनेछन्।

नेपालसँग नयाँ कुटनीतिक सम्बन्ध स्थापना भएको ६४औं वर्ष र चिनियाँ कम्युनिस्ट पार्टीले शासन गरेको ७०औं वर्ष पुरा भएको अवसरमा चाइना फाउन्डेसन अफ पिस एण्ड डेभलपमेन्टले चिनियाँ सरकारसँगको सहकार्यमा १८० राष्ट्रसँग कला आदानप्रदानको कार्यक्रम राखेको छ। जसमा नेपालको तर्फबाट रविन्द्र श्रेष्ठ छानिएका हुन्। सोही क्रममा उनीहरूले माटोमा गरिने तीनवटा पेन्टिङ बनाउने छन्।

माटोमा चित्र कोर्ने विधि

पोर्सेलिन कला माटो र आगोको सम्मिश्रणमा बन्ने कला हो। यो चित्र राम्रो बन्नको लागि कलाकारले माटो र आगोको सही अनुपात मिलाउन जान्नुपर्छ।

शुरुमा पोर्सेलिन माटोका बाक्लो प्लेट बनाउने काम हुन्छ। उक्त प्लेट राम्ररी सुकेपछि बल्ल त्यसमा चित्र कोर्ने काम सुरु हुन्छ। चित्र कोर्न विशेष खालका निलो, सेतो लगायत रंगहरू (छिङ ह्वा )प्रयोग गरिन्छन्। माटोका प्लेटमा कतिपय कलाकारले ब्रसले पनि चित्र कोर्छन्। कतिपयले भने पुरानो शैलीमा प्लेटमा खोपेरै चित्र बनाउने काम गर्ने लिको भनाई छ।

प्लेटमा चित्र कोर्ने काम सकिएपछि रंगलाई सुकाइन्छ। र, सुकेको प्लेटलाई १३६० डिग्री सेल्सियसको तातो भट्टीमा पोल्ने काम हुन्छ। पोल्ने कामलाई चिनियाँ भाषामा ‘थावछ हुई ह्वा’ भनिन्छ। सुरुमा माटोको प्लेटमा जुनसुकै रंग प्रयोग गरेर चित्र बनाए पनि यो सादा देखिन्छ। जसै भट्टीमा पोलिन्छ, यसले वास्तविक रंगमा निखार ल्याउन थाल्छ। अनि त्यसले चित्रको सौन्दर्य बढाउने काम गर्छ।

प्लेट बनाउनु, चित्र कोर्नु भन्दा पनि यो पोल्ने काम निकै संवेदनशील हुन्छ। किनभने भट्टीमा पोलिएका सबै चित्र सही निस्कन्छन् भन्ने हुन्न। भट्टीबाट बाहिर निकाल्दा हरेक पटक ६० प्रतिशत चित्रहरू चर्कन्छन् र फुट्छन्। हेर्दा सहज लागे पनि यो चित्र बनाउनु भनेको फलामको चिउरा चपाउनु बराबर हो। किनभने कहिलेकाहीँ चित्रमा दलिएका रंगहरू बगेर चित्रको विषयवस्तु नै बिग्रिन सक्छ।

लिका अनुसार यदि यो चित्र सफलतापूर्वक जन्मियो भने त्यसको आयु यो पृथ्वी बराबरको हुन्छ भन्ने विश्वास गरिन्छ। उनी भन्छन्, “त्यसलाई हावा, पानी, चिसो, गर्मीले केही असर पु¥याउँदैन। त्यति लामो आयु भएको सामान जन्माउन चाहिँ गाह्रै हुन्छ। राम्रो चिज जन्मन पनि त्यति नै समय लाग्छ नि हैन र ?”

यो पुरै कला तयार पार्न कम्तीमा तीन हप्ता लाग्छ। एक हप्ता प्लेट बनाउन, एक हप्ता चित्र कोर्न र एक हप्ता भट्टीमा पोलेर सेलाउन। चार दिन त भट्टीमा पोल्नै लाग्छ। अलि पहिले ठूलो मिहिनेत परेका चित्रहरू फुट्दा उनलाई दुःख लाग्थ्यो। तर, अहिले उनी दुःखी हुँदैनन्।

हुन त यो पोर्सेलिन कलाकारहरूको आम समस्या नै हो। तर, सच्चा कलाकारको लागि फुट्नु र नफुट्नुले खासै फरक नपर्ने उनी बताउँछन्। “चित्र बनाउने, पोल्ने, कलाकारको धर्म हो। फुटेपनि बनाउनुपर्छ, नफुटे पनि बनाउनुपर्छ। भट्टीमा पोलेको कला फुट्यो वा फुटेन भने त्यसको कलाकारको लागि ‘आर्ट भ्यालु’मा कुनै असर पुग्दैन। केबल त्यसको इकोनोमी भ्यालुमा असर पर्छ,” उनले ठूलो हाँसो हास्दै भने, “म त्यसमा खास वास्ता गर्दिन। बरु मेरो कलाकृति फुट्यो भने मेरो मेनेजर चाहिँ दुःखी हुन्छ।”

भट्टीमा पोल्नुअघिको चित्र।

भट्टीमा पोलिसकेपछिको चित्र।

पोर्सेलिन माटो र चिनियाँ अर्थतन्त्र

माटोका भाँडा बनाउने परम्परा चीनमा अहिलेदेखिको होइन। चीनको इतिहास पल्टाउने हो भने विगतदेखि अहिलेसम्मका कुटनीतिक सम्बन्ध माटोकै आधारमा टिकेको देखिन्छ। यतिमात्र होइन, कुनै बेला चीनको अर्थतन्त्र नै पोर्सेलिन माटो र यसमा बनेका कलाले धानेको थियो।

लि को शहरलाई पहिले ‘छान न्यान’ भनिन्थ्यो। त्यहाँ चिनत भन्ने महाराजा आएपछि उनले आफ्नो नामबाट सहरको नाम राख्न चाहे। चिनियाँ भाषामा चन भनेको गाउँ हो। त्यसपछि उक्त गाउँको नाम चिन त चन रहेको हो।

लि का अनुसार चीनमा कुनैबेला पोर्सेलिन र सुनलाई एकापसमा साटिन्थ्यो। चीनले पोर्सेलिन दिएर बराबर अनुपातमा पश्चिमा मुलुकसित सुन लिन्थ्यो। त्यतिबेला चीनको कूल गार्हस्थ उत्पादन (जीडीपी) लाई थेग्ने काम यही माटोको कलाले गरेको थियो। पोर्सेलिनकै कारण युरोपको सम्पत्ति चीनमा आएको र युरोपले चीनलाई अफिम बेच्न थालेको पनि इतिहासमा पढ्न पाइन्छ।

अहिले पनि यो शहरका मानिस यही काम गर्छन्। करोडौं मूल्यमा एउटा पेन्टिङ बिक्री हुन्छ। एकाध परिवारले यो पेशा छाडेर रेष्टुराँ लगायतका व्यवसाय शुरु नगरेका होइनन्। तर, धेरैले यही काम गरेर जीवनयापन गरिरहेका छन्।

युवाले पनि यो परम्परागत कलालाई निरन्तरता दिएका छन्। लि भन्छन्, “चीनमा अन्य देशमा जस्तो युवाहरू अन्य पेशामा लाग्ने समस्या छैन, यहीक्षेत्रमा काम गर्ने युवा पर्याप्त छन्। देशले यो कलामा लाग्नेलाई सहयोग पनि गरिरहेको छ।”

फेरिँदै चित्रहरू

चीनको चीनतचन शहर संसारभरकै लागि पोर्सेलिन पेन्टिङको सेन्टर थियो। पहिलेदेखि नै युरोपमा यी पेन्टिङहरू पठाउने गरिन्थ्यो। युरोपका देशमा पठाउन चीनका कलाकारले युरोपकै चिन्ह, अरेबियन मुलुकमा पठाउन त्यस्तै चिन्ह भएका चित्र बनाउने परम्परा थियो। चीनमै बिक्री हुने पेन्टिङ हो भने त्यसमा प्रायः फूलहरू, चराहरू र बोटविरुवाका पेन्टिङ गरिन्थ्यो।

अहिले पनि त्यहाँ देश अनुसारका पेन्टिङमा चिन्हहरू बनाउने मानिस छन्। तर, ती चिन्हहरूलाई छाडेर, तर त्यसमा विचार पोख्ने युवा पनि आएका छन्। लि कै चित्रहरूमा पनि समसामयिक र लोप हुन खोजेका कुराहरू भेटिन्छन्।

लिको नेपाल प्रेम र नेपाल यात्रा

चिनतचन सहरमा लि को आफ्नै ग्यालरी छ। उनको ग्यालरीको नाम हो– ‘विचार’।

ग्यालरीको होर्डिङ बोर्डमा देवनागरी लिपिमा ‘विचार’ लेखेका छन् उनले। विचार शव्दसँगको परिचय चाहिँ उनले तिब्बतमा पाएका रहेछन्। “म लङ ड्राइभ गरेर एकपटक तिब्बत आइपुगेको थिएँ, त्यहाँ महायानी बौद्ध धर्म, बुद्धका विचार र वाणीबाट म प्रभावित भएँ,” उनले भने,  “त्यहाँका नेपालीभाषीले मलाई नेपाली शव्द सिकाए। त्यसै कारणले ग्यालरीको नाम पनि ‘विचार’ राखेँ।”

उनलाई बुद्धको विचारले प्रभावित मात्रै गरेन, बुद्ध जन्मिएको पावन भूमिमा पुग्ने तीब्र इच्छाशक्ति पनि जगायो। त्यसैले उनी महायानी बौद्ध धर्म सुरु भएको ठाउँको खोजीमा लागे। नेपाल, भुटान, भारत आउने हुटहुटीले उनलाई छपक्कै छोप्यो। गतबर्ष अर्थात् सन् २०१८ मा पहिलोपटक उनले नेपाली भूमिमा पाइला टेके।

त्यतिबेला उनी काठमाडौं उपत्यकामा मात्र घुमेका थिए। पुनहिलमा ट्रेकिङ गए। चीन फर्केपछि पुनहिलबाट देखिएको हिमाललाई कलामा उतारे। उनको त्यो कला अहिले युनान सरकारले किनेको छ। अनि चीनसँग जोडिएका नेपालबाट देखिने थुप्रै हिमाललाई पनि उनले कलामा उतार्ने कोशिस गरेका छन्।

यसपालिको भ्रमणमा उनी लुम्बिनी जाँदैछन्। लुम्बिनीलाई पेन्टिङमा उतार्ने उनको अर्को योजना हो।

रविन्द्रको उत्साह

नेपाली कलाकार रविन्द्र श्रेष्ठ र चिनियाँ कलाकार लि छ्वान।

रविन्द्रका अनुसार यो कला सिकेपछि दुवैले मिलेर तीनवटा पेन्टिङ बनाउनुपर्छ। पहिलो पेन्टिङमा नेपाल र चीनका भिन्न भिन्न रेखाचित्रहरूको प्रयोगलाई चित्रमा उतार्ने निर्णय गरेका छन् लि र रविन्द्रले। दोस्रोमा दुबै कलाकारको औंठाछापको थिममा चीन र नेपाललाई देखाउने योजना बनाएका छन्। अनि तेस्रो कलामा चीनबाट देखिने सगरमाथा र नेपालपट्टिबाट देखिने सगरमाथाको दुबै भागलाई उतार्ने रविन्द्र बताउँछन्।

उनीहरूले बनाएको पहिलो कला चीनस्थित नेपाली राजदुतावासलाई, दोस्रो नेपालस्थित चिनियाँ दुतावासलाई र तेस्रो फाउन्डेसनलाई दिनुपर्छ। कला सम्पन्न भएपछि चीनको हुलाक टिकटमा उनका कलाको फोटो छापिनेछ। “मैले कागज, लगायत विभिन्न माध्यममा चित्र बनाएको छु, तर माटोमा पहिलोपटक बनाउँदै छु,” रविन्द्र भन्छन्, “चीनका वरिष्ठ कलाकारसँग मिलेर यति महत्वपूर्ण काम गर्न लागेकोमा उत्साहित छु।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्