काठमाडौं। खोज, अनुसन्धान र आविष्कारको क्षेत्रमा महत्वपूर्ण योगदान गरिसकेको महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमितलाई सुरक्षितरूपमा अस्पतालसम्म पुर्याउन बाकस निर्माण गरेको छ।
संक्रमितहरूलाई एम्बुलेन्समा लैजाँदा चालक, स्वास्थ्यकर्मीहरूमा समेत संक्रमणको जोखिम हुने भएकोले यस्तो बाकस आविष्कार गरिएको केन्द्रका बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई कोरोना सङ्क्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको केन्द्रका इनोभेसन म्यानेजर इञ्जिनियर सुनिल बानियाँले बताए।
संक्रमितलाई बाकसमा सुताएर राखिसकेपछि चेन लगाएर बन्द गरिन्छ। बाहिर र भित्रको हावा ओहोरदोहोर गर्न फिल्टरसहितको छुट्टाछुट्टै प्वाल राखिएको छ। त्यसका लागि ब्याट्रीबाट चल्ने पङ्खा जडान गरिएको छ।
स्यानिटाइज गरेर पुन: प्रयोग गर्न मिल्ने यो बाकस केही दिनमै कोरोना हब अस्पतालहरूलाई उपलब्ध गराइने केन्द्रले जनाएको छ।
बाकस निर्माण गर्दैगर्दाका तस्वीरहरू:-
" />

">
अब बाकसमा सुतेर कोरोना संक्रमितको अस्पताल यात्रा ! (तस्वीरहरू): Dekhapadhi