काठमाडौं। नेपालमा कोरोना सङ्क्रमितको संख्या ५५ हजार ३२९ पुगिसकेको छ। यो संख्या ३५ हजार ५२९ हुँदा मलाई कोरोना संक्रमण भएको थियो। अहिले मेरो रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ। यस अर्थमा म स्वस्थ भइसकेको छु। पुनः सङ्क्रमित हुनबाट जोगिन मैले सतर्कता अपनाउनुको विकल्प छैन। र, ‘बी प्लस’ रगत समूहका कोरोना सङ्क्रमितको उपचारमा सघाउन (प्लाज्मा दिन) म ईच्छुक छु।
हाम्रो देशमा यति धेरै सङ्क्रमित भैसके, तैपनि कोरोनाबारे समाजमा शंका-उपशंका, भ्रमका साथै हेलचेक्र्याइँ गरी बेवास्ता गर्ने अवस्था खासै फेरिएको छैन। हेलचेक्र्याइँको पारो झनै बढ्दो देख्छु। हाम्रो यो बानीले गर्दा भोलि कोरोना झन् भयावह रुपमा नफैलिएला भन्न सकिन्न। अत: मेरो यो कोरोना अनुभवले केही हदसम्म भए पनि समाजमा सहयोग पुर्याउला भनेर मनमा लागेका कुरा सेयर गर्न चाहेकी हुँ।
तीज लगत्तै जिउ दुःख्यो। केही दिन सिटामोल खाएँ, तर दुखाई खासै कम भएन। ‘कतै कोरोना त लागेको होइन ?’- मनमा थोरबहुत शंका लागेकै थियो। केही दिनपछि सामान्य भन्दा केही फरक रुघा लागे जस्तो भयो। भोलिपल्ट घाँटी दुःख्यो। अब भने कोरोना सङ्क्रमण भएकै हो भन्नेमा म करिब-करिब ढुक्क नै भएँ। त्यसपछि म श्रीमान् तथा घरमा बस्ने सबैसित अलिक अलग्गै रहन थालेँ। भोलिपल्ट साँस फेर्न पनि अप्ठेरो महशुस भयो। अब भने मैले कोरोना परीक्षण नगरी हुन्न भनेर अस्पताल पुगे।
भोलिपल्ट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले फोन गरेर मलाई कोरोना सङ्क्रमण भएको जानकारी दिए। ती कर्मचारीले कोरोना सङ्क्रमण भएको सूचना दिनुअघि केही भूमिका बाँधे। सायद आफूलाई सङ्क्रमण भएको थाहा पाउँदा कसैलाई मानसिक तनाब नहोस् भनेर दिइएको एक किसिमको परामर्श थियो, त्यो।
कोरोनाका विषयमा सरकारले केही गरेन भन्ने मैले धेरै नै सुनेको छु। तर म आफै कोरोना सङ्क्रमित हुँदा सरकारले धेरै गरेको अनुभूत गरेँ। म र मेरो परिवारको सुरक्षाका लागि सरकारले हरसम्भव प्रयास गरेको मैले पाएँ। अरुलाई पनि सरकारले यस्तै गरेको होला भन्ने मेरो बुझाइ छ।
मैले त सङ्क्रमण भएको हुन सक्ने भनेर पहिले नै मानसिकरूपमा आफूलाई तयार पारिसकेकी थिएँ। त्यसैले पनि मलाई सङ्क्रमणको खबरले त्यतिधेरै विथोलेन।
सङ्क्रमणबारे जानकारी गराइसकेपछि मेरो सम्पूर्ण अवस्थाको जानकारी लिने काम भयो। मलाई केही अप्ठेरो परिहाले सम्पर्क गर्न भनेर दुईजना डाक्टरको फोन नम्बर दिइयो। मलाई म बसेको स्थानीय तहले सम्पर्क गर्छ भन्ने जानकारी पनि दिइयो। नगरपालिकाले ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्यो। म र मेरो परिवारसँग सम्पर्कमा आउनुभएका सबैको पीसीआर परीक्षण ‘नेगेटिभ’ आयो।
कोरोनाका विषयमा सरकारले केही गरेन भन्ने मैले धेरै नै सुनेको छु। तर म आफै कोरोना सङ्क्रमित हुँदा सरकारले धेरै गरेको अनुभूत गरेँ। म र मेरो परिवारको सुरक्षाका लागि सरकारले हरसम्भव प्रयास गरेको मैले पाएँ। अरुलाई पनि सरकारले यस्तै गरेको होला भन्ने मेरो बुझाइ छ। त्यसैले सरकारको यो कार्यको प्रशंसा नगरी म बस्न सकिन। सरकारको आलोचना गर्ने ठाउँ धेरै होलान् तर गरेको कुराको प्रशंसा गर्न कञ्जुस्याइँ गर्न हुन्न भन्ने मेरो मत हो।
एउटा अर्को कुरा पनि भन्नै मन लाग्यो– बरु सचेत नागरिकको हैसियतले गर्नै पर्ने जिम्मेवारी पो कतै हमीले पूरा गरेका छैनौं कि। विभिन्न पसल एवं सार्वजनिक स्थानमा जाँदा भौतिक दूरी कायम नगर्ने, मास्कको प्रयोगै नगर्ने वा सही तरिकाले नगर्ने, आवश्यक र सकिने अन्य सजगता पनि नअपनाउने जस्ता क्रियाकलाप हामीबाट हुँदै आएका छन्।
अहिले मलाई महशुस हुन्छ- हामी नागरिकले आफ्नो न्यूनतम जिम्मेवारी पनि वहन गर्न सकेका छैनौं। धेरै कुराहरुमा सरकार चुकेको होला, तर यसको अर्थ यो होइनकि नागरिक पनि आफ्नो जिम्मेवारी वहन गर्नबाट चुकोस्। नागरिकले त झन् बढी जिम्मेवारी वहन गर्नुपर्छ भन्ने मेरो राय छ।
म सङ्क्रमित भएको कुरा त्यतिबेला धेरैलाई सुनाउन सकिन। कारण, अरु बढी त्रसित नहुन् भन्ने हो। कोरोनाले पनि धेरै च्यापेन। गम्भीर अवस्थामा पुगेको भए सायद भन्नै पर्ने बाध्यता हुँदो हो। सामान्य लक्षण देखिएको थियो, सामान्यावस्थाबाटै म पूर्वावस्थामा फर्किएँ।
समाजकै कतिपय व्यक्तिहरुले कोरोना सङ्क्रमितलाई दुर्व्यवहार गरेकै कारण धेरैले आफूलाई सङ्क्रमण भएको कुरा खुलाउन चाहँदैनन्। आम मानिसमात्र नभई सङ्क्रमितकै उपचारमा दिनरात नभनी खटिएका स्वास्थ्यकर्मीमाथि समेत दुर्व्यवहार भएको हामीले देखेका/सुनेका छौं। जुन एउटा सभ्य समाजमा हुनुहुँदैनथ्यो। यस्तो व्यवहारले कोरोना भाइरसको प्रसार रोक्ने अभियानमै धक्का पुगिरहेको हुन्छ।
मैले अनुभूत गरेको कुरा- कोरोनासँग अत्तालिनु विल्कुलै हुँदैन। अवस्थालाई सहजरुपमा स्वीकार्दै स्वास्थ्यको ख्याल भने राख्नु पर्छ। सङ्क्रमण भएका बेला आफ्नोबारे भन्दा पनि अरुको बारेमा बढी चिन्ता लाग्दो रहेछ। अरुलाई सरी पो हाल्ला भनेर अलि बढी नै चिन्तित भइने रहेछ। म घरमै आइसोलेसनमा बसें। सजगता अपनाएँ। सबै जना सुरक्षित भयौं।
बारम्बार झोलिलो तथा पोषिलो खाना, आफन्तको हेरचाह, माया अनि हौसलाले मैले कोरोनालाई सजिलै जितें। यसको लागि मेरा आफन्त, मान्यजन, इष्टमित्र सबैप्रति आभारी छु। साथै यहाँहरु सबैलाई सुरक्षित रहन र सङ्क्रमण भइहाले पनि नअत्तालिएर आफ्नो ख्याल राख्न सुझाउँछु। सङ्क्रमित भएको अवस्थामा शरीरको तापक्रम र रगतमा अक्सिजनको मात्र बारम्बार जाँच गरी सतर्क रहन अनुरोध गर्छु। ताकि भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था सकेसम्म नआओस्। कोरोना केही होइन भन्ने सोच राख्नेहरुलाई त्यस्तो भ्रम त्याग्न र कोरोनालाई निक्कै नै डरावना ठान्नेहरुलाई पनि त्यस्तो बुझाईबाट माथि उठेर सुरक्षित रहन मेरो आग्रह छ। आफू सुरक्षित र मानसिकरुपमा बलियो भयौं भनेमात्र हामी समाज सुरक्षित राख्न सक्छौं।
समाजकै कतिपय व्यक्तिहरुले कोरोना सङ्क्रमितलाई दुर्व्यवहार गरेकै कारण धेरैले आफूलाई सङ्क्रमण भएको कुरा खुलाउन चाहँदैनन्। आम मानिसमात्र नभई सङ्क्रमितकै उपचारमा दिनरात नभनी खटिएका स्वास्थ्यकर्मीमाथि समेत दुर्व्यवहार भएको हामीले देखेका/सुनेका छौं। जुन एउटा सभ्य समाजमा हुनुहुँदैनथ्यो। यस्तो व्यवहारले कोरोना भाइरसको प्रसार रोक्ने अभियानमै धक्का पुगिरहेको हुन्छ। सङ्क्रमितलाई त माया र ढाडस दिएर मनोबल बढाउनुपर्छ। सङ्क्रमितहरुप्रति गरिने सकारात्मक व्यवहारले पनि धेरैहदसम्म कोरोनाको फैलावट रोक्न सक्छ।
(लेखक पद्मकन्या क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ।)
" /> काठमाडौं। नेपालमा कोरोना सङ्क्रमितको संख्या ५५ हजार ३२९ पुगिसकेको छ। यो संख्या ३५ हजार ५२९ हुँदा मलाई कोरोना संक्रमण भएको थियो। अहिले मेरो रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ। यस अर्थमा म स्वस्थ भइसकेको छु। पुनः सङ्क्रमित हुनबाट जोगिन मैले सतर्कता अपनाउनुको विकल्प छैन। र, ‘बी प्लस’ रगत समूहका कोरोना सङ्क्रमितको उपचारमा सघाउन (प्लाज्मा दिन) म ईच्छुक छु।हाम्रो देशमा यति धेरै सङ्क्रमित भैसके, तैपनि कोरोनाबारे समाजमा शंका-उपशंका, भ्रमका साथै हेलचेक्र्याइँ गरी बेवास्ता गर्ने अवस्था खासै फेरिएको छैन। हेलचेक्र्याइँको पारो झनै बढ्दो देख्छु। हाम्रो यो बानीले गर्दा भोलि कोरोना झन् भयावह रुपमा नफैलिएला भन्न सकिन्न। अत: मेरो यो कोरोना अनुभवले केही हदसम्म भए पनि समाजमा सहयोग पुर्याउला भनेर मनमा लागेका कुरा सेयर गर्न चाहेकी हुँ।

">