स्वस्थ जीवनयापन गर्नु नागरिकको नैसर्गिक अधिकार हो । यसमा राज्य र समाज तथा नागरिकको पनि महत्त्वपूर्ण दायित्व हुन्छ।
हाल देखापरिरहेको डेंगु महामारी यस्तै एक बहुक्षेत्रीय कमजोरीबाट उब्जिएको समस्याको एउटा उदाहरण मात्र हो । २०७३ सालको नयाँ स्वास्थ्य संरचनामा जिल्ला जनस्वास्थ्य कार्यालय जनशक्ति तथा अधिकारविहीन भएका कारण स्थानीय तहमा फैलिएको डेंगु महामारीको द्रुत नियन्त्रण हुन सकेन।
जनस्वास्थ्यबारे प्रभावकारी नीति नहुँदा यस्ता समस्या आउँछन्।
के हो जनस्वास्थ्य ?
केही समय विचार गरौँ र प्रश्न गरौं, हाम्रो दैनिक जीवनसँग जोडिएको जनस्वास्थ्य भनेको के हो ?
के यो हामीले पिउने सुरक्षित पानी हो ? कि खानुअघि हात धुनु हो ? वा अनिवार्य सिट बेल्टको प्रयोग हो ? के कण्डम जनस्वास्थ्य हो ? के कोक नपिउनु जनस्वास्थ्य हो ? वा सुर्तीजन्य पदार्थ सेवन नगर्नु जनस्वास्थ्य हो ? अनि मदिरापान नि ? फेरि व्यक्तिगत स्वतन्त्रता र व्यक्तिगत छनोट गर्ने अधिकार के हो ? यस्ता प्रश्न र बहसको अन्त्य हुँदैन ।
संक्षिप्तमा भन्ने हो भने यी सबै जनस्वास्थ्य हुन् । जसले बहुसंख्यक मानवको स्वास्थ्य रक्षा, स्वास्थ्य प्रवर्द्धन र स्वास्थ्य पुन:स्थापना गर्छ त्यही ‘जनस्वास्थ्य’ हो।
त्यसो भए स्वास्थ्य के हो त ?
स्वास्थ्य केवल बिरामी नहुनु मात्र होइन, बरू शारीरिक, मानसिक तथा सामाजिक समग्र तन्दुरूस्तीको अवस्था पनि हो । यस अर्थमा स्वास्थ्य भन्नाले स्वास्थ्य क्षेत्र मात्र होइन, मानव स्वास्थ्यसम्बन्धी विभिन्न मानव विकास क्षेत्रका कार्यक्रमहरू माझ हुने अन्तरक्रियाको प्रतिफल हो।
यस कारण राजनीतिक, स्वास्थ्य, आर्थिक, सामाजिक, लैंगिक, वातावरण, यातायात, सञ्चार आदि क्षेत्रले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष या अप्रत्यक्ष प्रभाव पारेका हुन्छन् ।
समस्या र चुनौती
म जन्मँदा र हुर्कँदाको नेपालमा जनस्वास्थ्यलाई यी विविध पक्षबाट हेरिँदैन थियो।
युगौंदेखिको गरिबी निरक्षरता, सामन्ती रीतिरिवाज, लैंगिक-जातीय असमानता, पछौटेपनबाट उत्पन्न एक दर्दनाक अवस्था थियो । धन्य, यी सबैका बावजूद पनि हामी उपनिवेशी मानसिकताबाट मुक्त थियौं । यो हाम्रो अमूल्य स्वाभिमान विरासतका रूपमा आएको थियो।
त्यति बेला छोरीहरूलाई औपचारिक शिक्षामा कानूनी तथा सामाजिक बन्देज थियो । राम्रो सम्पन्न परिवारमा विवाह गर्नु, सन्तान (खास गरी छोराहरू जन्माउनु नै) तत्कालीन महिलाहरूको मुख्य ‘जीवन पेशा’ हुने गर्थ्यो । बिहेबाहेक अन्य सामाजिक तथा आर्थिक आत्मनिर्भरताका आधार कम हुने गर्थे।
पुरूषमा बहुविवाह एक प्रचलित सामाजिक संस्कार थियो भने छोरीको बाल विवाह एक धार्मिक मान्यता । आफ्नो बाल्य र नवयुवा कालमा आफ्नै परिवार वा नाताका धेरैजसो विवाहित महिला खुशी नदेख्दा मैले भित्रभित्रै विवाह नै नगर्ने सोच पनि बनाउँथे ।
सन् १९५० को प्रजातन्त्रको पहिलो लहरपछि स्थापित प्रथम महिला विद्यालय पद्मकन्या माध्यमिक स्कूलले महिला शिक्षाको बाटो खोल्यो । त्यही स्कूलले देखायो मलाई आकाश छुने सौभाग्य र सम्भावना ।
चिकित्सा शास्त्र अध्ययनपछि, थापाथली प्रसूति गृहमा मेरो पहिलो नियुक्ति हुनु अर्को सौभाग्य थियो । जहाँ मैले रूढीवाद र लैंगिक असमानताबाट उब्जिएका जन्म-मरणको जटिल समस्यासँग साक्षात्कार गर्ने र जुझ्ने अवसर पाएँ ।
त्यहाँ प्राय: गर्भावस्थाका कारण अत्याधिक ज्यान जोखिम भएको अन्तिम अवस्थामा महिलाहरू आइपुग्थे । एकदिन मैले निराशा र हतासमा उनीहरूलाई सोधेँ, "किन तपाईंहरू सधैं गर्भवती हुन चाहनुहुन्छ?"
जवाफ आयो, "हामी तपाईं जस्तो होइन । बिहेपछि हाम्रा श्रीमानले जे चाहन्छन्, हामीले त्यही गर्नुपर्छ।"
म पनि त नेपाली विवाहित महिला नै थिएँ तर उनीहरूले औंल्याएको भिन्नताले मेरो अन्तरआत्मालाई छोयो, भित्रैसम्म । एकातिर यसले आफ्नै सुविधा सौभाग्यलाई सम्झेर एक किसिमको आत्मग्लानी महसुस गरायो भने अर्कोतर्फ मेरो चिकित्सक मनलाई चुनौतीको बोध पनि गरायो।
कलिलै उमेरमा बिहे र त्यसपछि वर्षेनी गर्भावस्थाले गर्दा महिलाहरू निरन्तर अस्वस्थता, रोग र मृत्युको दुश्चक्र जालोमा बन्द हुन्थे ।
सोचें, के यी नेपाली आमाहरूलाई वर्षेनी नचाहेको गर्भ-सुत्केरीको जालोबाट मुक्त गर्न सकिएला ? के यिनीहरूलाई वर्षेनी गर्भवती हुँदा आइपर्ने अकाल मृत्युबाट बचाउन सकिएला ? यिनका सन्तानलाई टुहुरो हुनबाट बचाउन सकिएला ?
यही चुनौती तथा सम्भावनाले छोयो मेरो मन । म मा ऊर्जा जगायो । मलाई साँघुरो अस्पतालको परिधिबाट पुर्यायो जनस्वास्थ्यको फराकिलो फाँटमा ।
सन् १९६५ मा नेपाल सरकारको ‘परिवार नियोजन तथा मातृ शिशु स्वास्थ्य’ को प्रथम योजना प्रमुख भई काम गर्ने र जिम्मेवारी सम्हाल्ने सौभाग्य पाएँ ।
एकातिर देशमा तत्कालको कहालीलाग्दो मातृ तथा बाल मृत्युदर घटाउने एउटा कठिन चुनौतीको काम थियो भने अर्कोतिर मानवीय उपकारको अवसर पनि ।
महिला तथा बालबालिकाको स्वास्थ्य स्थितिको सूचकाङ्कहरू अमानवीय स्तरमा थिए । प्रत्येक महिलाले प्रत्येक प्रसवमा ‘मृत्यु या जीवन’ को दोसाँधमा रूमल्लिनु पर्थ्यो । यस्ता अवस्थाबाट जीवन गुमाउने महिलालाई जीवनको एक स्वाभाविक भोगाइ वा मृत्युका रूपमा स्वीकारिन्थ्यो वा मान्यता दिइन्थ्यो।
सन् १९६५ मा गरिएको नेपालको पहिलो स्वास्थ्य सर्वेक्षणले देखाएका सूचकाङ्कहरू निकै कहालीलाग्दा छन् । नेपालको कूल मृत्युमध्ये ३७ प्रतिशत नवजात शिशुको मृत्युले ओगटेको थियो । त्यस्तै एक हजार बच्चा जन्मिँदा तीनदेखि चार सय बच्चा पाँच वर्ष नपुग्दै मर्ने गर्थे।
एक अनुमान अनुसार जीवित बच्चा जन्माएका एक लाख आमामध्ये पन्ध्र सय वा त्यो भन्दा बढी प्रसवकालमै मर्ने गर्थे । यो एक अमानवीय कटु सत्य थियो, त्यो समयको ।
समाधानका अवसर
यो चुनौतीले समाधानको अवसर पनि प्रदान गर्यो । जनस्वास्थ्यको यस फराकिलो फाँटमा त पुगेँ तर यो फाँट को ‘क’ ‘ख’ ‘ग’ समेतको पनि मलाई ज्ञान थिएन । नेपाल सरकारले मलाई जनस्वास्थ्य सिक्न विश्व प्रसिद्ध जोन्स हप्किन्स विश्वविद्यालयमा पठायो । यो मेरो अर्को ठूलो सौभाग्य थियो ।
मैले सिकेअनुसार प्रमाणित तथा सरल प्रविधिहरूको उपभोगमा सबै महिला तथा बालबालिकाको सहज तथा समान पहुँचको प्रत्याभूति दिने जिम्मेवारी राज्यको हुन्छ । अध्ययन-अनुसन्धानले देखाएअनुसार परिवार नियोजनका साधनले पनि आमा र बालबालिकाको स्वास्थ्य अभिवृद्धि र जीवित रहनमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । तर यी सिकेका ज्ञान र प्रविधिहरूलाई बहुसंख्यक आमा र बालबालिकाहरू माझ कसरी र कसले पुर्याउने भन्ने एक जटिल प्रश्न र चुनौती थियो हाम्रो सामु ।
त्यतिबेलाको नेपालमा स्वास्थ्यका आधारभूत संरचना प्राय: शून्य नै थिए । न तालिम प्राप्त जनशक्ति न त भौतिक संरचनाको आधार थियो । देशको पहिलो पञ्चवर्षीय योजना काल (सन् १९५६-१९६१) देखि मात्र जनस्वास्थ्य लगायत अन्य सबै क्षेत्रको योजनाबद्ध विकासको थालनी भएको थियो । त्यति बेला थियो त केवल विकासका लागि आकांक्षा राख्ने राजनैतिक इच्छा शक्ति र त्यसैसँग मेलखाने प्रशासनीक ऊर्जा तथा उत्साह ।
जटिल चुनौती र केही संभावनाका माझ एकातर्फ तत्कालीन पुराना स्वास्थ्य सेवाको पद्धतिलाई आधारभूत परिवार नियोजन तथा मातृ-शिशु स्वास्थ्य सेवाको अति खाँचो देखिन्थ्यो । अर्कोतर्फ स्वास्थ्य सेवाको पुरानो पद्धतिले यी सेवा प्रदान गर्न नसक्ने स्थिति थियो ।
पुरानो स्वास्थ्य पद्धति अनुसार जे जस्तो किसिमको स्वास्थ्य सेवालाई पनि चिकित्सकको आवश्यकता पर्ने र चिकित्सकको सहयोगमा समाधान गर्नुपर्ने मान्यता राख्थ्यो । यदि पर्याप्त संख्यामा तालिमप्राप्त योग्य स्वास्थ्य चिकित्सकको जनशक्ति भएको भए यो नीति राम्रो हुनसक्थ्यो तर त्यस्तो जनशक्ति लगभग शून्य जस्तै थियो ।
यो एक संवेदनशील तर विरोधाभासपूर्ण स्थिति थियो । यस प्रकारको विरोधाभासपूर्ण परिस्थितिमा तत्कालीन राजनीतिक नेतृत्वले इच्छा गरे अनुसार परिवार नियोजन तथा मातृशिशु स्वास्थ्य सेवा देशव्यापी रूपमा बिस्तार गर्न नसकिने प्रष्ट थियो ।
नेपाल परिवार नियोजन तथा मातृ शिशु स्वास्थ्य योजनाले यो जटिलतालाई एक अवसरको रूपमा लियो र एउटा कार्य विश्लेषण (फंक्सनल एनालाइसिस) अध्ययनका आधारमा समाधानको उपाय सुझायो ।
उक्त विश्लेषणले ‘हाल चिकित्सकले प्रदान गरिरहेका कैयौँ आधारभूत परिवार नियोजन तथा मातृशिशु स्वास्थ्य सेवाका लागि चिकित्सकको उपस्थिति आवश्यक नपर्ने’ औँल्यायो । यसैका आधारमा नयाँ किसिमको सामुदायिक स्वास्थ्य सहायक (प्यारामेडिक) परिचालनबाट पुरानो स्वास्थ्य सेवा पद्दतीको रूपान्तर (प्याराडाइम सिफ्ट) को सुरूवात भयो ।
यो अनुसन्धानमा आधारित स्वास्थ्य सहायक प्रस्तावलाई सरकारको नीतिमा ढाल्न भने धेरै गाह्रो भएको थियो । सम्बन्धित सरकारी तथा गैरसरकारी मेडिकल एसोसिएसन जस्ता निकायहरूबाट यस प्रस्तावको विरोध पनि भयो । विदेशी सहायतामा गाउँगाउँमा स्थापना गरिने स्वास्थ्य सहायकको तलबभत्ताको भार खेप्न नेपाल जस्तो गरिब मुलुकले नसक्ने तर्क गर्दै अर्थ मन्त्रालयले पनि चर्को विरोध गरेको थियो । यो चर्को बिरोधलाई मत्थर पार्न हामीले एक नरम रणनीतिको प्रयोग गर्यौं ।
हामीले वहाँहरूको कुशल अर्थ नेतृत्वले नेपाल चाँडै धनी बन्ने र ग्रामीण नेपालीका लागि केही आधारभूत स्वास्थ्य सेवा दिने स्वास्थ्य सहायकको तलब ब्यहोर्न चाँडै सक्षम हुनेमा विश्वस्त पार्यौँ । यो रणनीतिले काम गर्यो । १०७ जना स्वास्थ्य सहायकको दरबन्दी सदर भयो । यसले काठमाडौँ बाहिरका जिल्लाहरूमा परिवार नियोजन तथा मातृशिशु स्वास्थ्य सेवा बिस्तारको ढोका खोल्यो ।
नीतिगत रूपमा सफल भए पनि गाउँका महिलालाई स्वास्थ्य सहायक तालिममा ल्याउन केही लैंगिक रूढिवादी सोचाइ तगारो बन्ने त होइन भन्ने डर भने हामीलाई थियो । तालिमपछि पनि वहाँहरूको सेवा प्रभावकारी र नतिजामूलक होला कि नहोला भन्ने चिन्ताले सताएको थियो ।
सन् १९६८ ताका इलाममा प्रत्यक्ष रूपमा जे अनुभूति गरें त्यसले सबै शङ्का मात्र हटाएन बरू आधारभूत स्वास्थ्य सेवालाई समस्त वडाव्यापी बनाउनसक्ने उत्साह जगायो ।
मध्यराततिर एक हेल्थ एसिस्टेन्टले आमाको काखको एक गम्भीर बिरामी बालकलाई जाँच्न आग्रह गरे । बालक झाडापखालाबाट सिकिस्त थियो । बालकलाई उपचार गर्न मसँग केही साधन थिएन । तैपनि, एक चिकित्सकले त्यो बालकको ज्यान बचाउन केही गर्नुपर्ने नै थियो । मैले त्यही गरें ।
बालककी आमालाई पाँच गिलास पानीमा एक चिम्टी नुन र एक अन्जुली चिनी हाली उमाल्न सिकाएँ र मनतातो भएपछि बालकलाई खान दिनू भनें । आमाको दूध पनि खुवाउनू भन्दै बालक बाँचोस् भनी प्रार्थना गर्दै सुत्न गएँ । कुनैपनि बेला हुनसक्ने बालकको मृत्यु र आमाले खेप्नुपर्ने पीडाको त्रास मनभरि थियो तर त्यसो भएन । बिहान बिस्तारै ढोका खोलेर हेर्दा त मैले चमत्कार देखें । बालक आफ्नो आमाको काखमा खेलिरहेको थियो । मलाई अमूल्य आशीर्वाद पाएको आभास भयो ।
ती आमा र बालकको माध्यमबाट नयाँ अनुभव तथा तीन सत्यतथ्य प्राप्त भए।
१. एक साधारण घरेलु विधिबाट बनाउन सकिने ‘नुन चिनी पानी’ औषधिले सो समयको एक नम्बरको ‘रोग’ झाडापखालाबाट हुने बाल मृत्युलाई घटाउन सकिन्छ भन्ने तथ्यको प्रत्यक्ष अनुभवीय ज्ञान।
२. आफ्नै भान्सामा ‘नुन चिनी पानी’ प्रयोग गरी झाडापखालाबाट हुने अनगिन्ती बालबालिकाको मृत्युलाई रोक्न आमाहरूलाई सशक्त गर्न सकिने ज्ञान।
३. झाडापखाला लागेकालाई पानी खान नदिने गाउँघरको पुरानो चलनचल्तीका बावजुद पनि ती आमाले आफ्नो काखे बालकलाई ‘नुन चिनी पानी’ खान दिनुले स्वास्थ्य व्यवहार परिवर्तन गर्न सकिने सम्भावनाको ज्वलन्त उदाहरण ।
यी प्रत्यक्ष अनुभवीय ज्ञान प्रदायक घटनाले जोन्स हप्किन्सका दिवंगत प्रोफेसर कार्ल टेलरले बारम्बार दोहोर्याउनु हुने तीन निम्न मन्त्रको निहित शक्तिलाई उजागर गरेको थियो ।
क) आमाहरूलाई स्वास्थ्य सेवाको प्रथम प्रदायकको रूपमा तालिम देऊ ।
ख) स्वास्थ्य सेवा प्रदान गर्न घर दैलो तथा समुदायलाई एक नम्बरको सुविधास्थलको रूपमा प्रयोग गर ।
ग) व्यवहार परिवर्तनलाई एक नम्बरको अचूक औषधि तथा उपचार मानी सम्मान गर।
यी सबै अनुभव र प्रयत्नसँगै सामुदायिक स्वास्थ्य सहायकको परिचालनको सहयोगबाट समुदाय आधारित केही प्रमाणित सुरक्षित, व्यवहारिक, सरल तथा आधारभूत स्वास्थ्य प्रविधी बिस्तार गर्न सहज भयो ।
यस्ता प्रविधीका केही उदाहरणहरू यस्ता थिएः स्वास्थ्य शिक्षा, व्यक्तिगत सरसफाई, खानुभन्दा पहिले हात धुने, परिवार नियोजन सेवा, संक्रामक रोग प्रतिरक्षक खोपहरू, घरेलु ‘नुन चिनी पानी’ औषधि, घरमै बन्ने पौष्टिक आहार जस्तै ‘लिटो-सर्वोत्तम पिठो’, प्रोटिन-क्यालोरी कमीको उपचार, शिशुलाई आमाको स्तनपान आदि ।
सन् १९७५ मा नेपाल सरकारको ‘एकीकृत सामुदायिक स्वास्थ्यसेवा विकास योजना’ प्रमुख भई काम गर्दा आधारभूत स्वास्थ्य सेवालाई देशव्यापी बनाउने सु-अवसर पाएँ । मलेरिया प्रकोप फर्कने जोखिमलाई रोकथाम गर्न सरकारले लिएको यो योजना एक आकस्मिक तर महत्वपूर्ण रणनीति थियो। आधारभूत स्वास्थ्यसेवालाई युद्ध स्तरमा विकास गरेर मलेरिया प्रकोप फर्कने संकट रोकथाम गर्नुपर्ने बाध्यता सरकारलाई थियो ।
त्यतिबेला पाँचवटा स्वास्थ्य योजनाहरूको छुट्टाछुट्टै संरचनामार्फत् निम्न सेवा प्रवाह भइरहेका थिएः मलेरिया नियन्त्रण, बिफर उन्मूलन खोप, क्षयरोग नियन्त्रण, कुष्ठरोग नियन्त्रण र परिवार नियोजन, मातृ शिशु स्वास्थ्य सेवा । यी सबै सेवालाई ‘एकीकृत सामुदायिक स्वास्थ्य सेवा’ अन्तर्गत एउटै निकायबाट प्रदान गर्ने नीतिगत लक्ष्य सरकारको थियो । यसै उद्देश्य अनुरूप एकीकृत सामुदायिक स्वास्थ्यसेवाको विकास र विस्तार युद्धस्तरमा भयो ।
केही वर्षअघि इलाममा साक्षात्कार गरेका तीन सत्य-तथ्यहरू कार्यान्वयन गर्नका लागि यो योजना एउटा उपयुक्त मञ्च थियो । यस योजना अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयका साथै प्रत्येक गाउँ पञ्चायतमा एक ग्रामीण स्वास्थ्य कार्यकर्तासहितको एक स्वास्थ्य चौकी र प्रत्येक वडामा एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको बिस्तार भयो।
एक प्रभावकारी आधारभूत स्वास्थ्य सेवाप्रदायकका रूपमा यस प्रणालीको विकास र विस्तार तीव्र गतिमा गरिएको थियो । यो प्रणाली पिरामिड ढाँचाको थियो । यसको चौडा पिंधले वडावडाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई समेट्थ्यो भने यसका माथिल्ला भागहरूले क्रमशः स्वास्थ्य चौकी, जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै केन्द्रीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क राख्थ्यो । यसरी विकास गरिएको स्वास्थ्य प्रणालीको यो ढाँचाले वडास्तरसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउन समर्थ भएको थियो।
सन् १९७८ को आल्माआटामा आयोजित पहिलो ‘अन्तर्राष्ट्रिय प्राथमिक स्वास्थ्य सेवा सम्मेलन’ मा नेपालको प्रतिनिधित्व गर्ने सौभाग्य पाएँ । स्थापित भइरहेको घरदैलोसम्म प्राथमिक स्वास्थ्य सेवा पुर्याउन समर्थ एकीकृत स्वास्थ्य प्रणालीले त्यस अन्तर्राष्ट्रिय विद्वत् सम्मेलनबाट पाएको अनुमोदनले प्राथमिक स्वास्थ्यमा कार्यरत हामी सबैमा उत्कृष्ट राष्ट्रिय गौरव, ऊर्जा र जाँगर जगायो । यो हामी सबैको सफल पेशागत अनुभूतिको गौरवमय क्षण थियो ।
सन् २०१५ सालतिर आइपुग्दा संसारमा नै यो एक नमूनाको रूपमा नतिजामूलक प्रणाली साबित पनि भयो। यो हो मेरो जीवनको उत्कृष्ट तक्मा 'आभुषण' ।
केही वर्षपहिले अर्थ मन्त्रालयमा हामीले प्रयोग गरेको नरम रणनीति पनि सफल सावित भयो । एकीकृत स्वास्थ्य अन्तर्गतको संरचनामा पूर्व स्वास्थ्य सहायकहरू अब सरकारको बजेटबाट साधारण तलभत्ता पाउने गरी प्रत्येक गाउँ पञ्चायतमा एक ग्रामीण स्वास्थ्य कार्यकर्ताका रूपमा समावेश भए ।
छैठौं पञ्चवर्षीय योजना कालसम्म (सन् १९८०-१९८५) आइपुग्दा ७५ मध्ये ४८ जिल्लाहरूमा एकीकृत स्वास्थ्य सेवा प्रदायक प्रणालीको बिस्तार भैसकेको थियो।
नतिजा
सन् १९६० दशकको स्वास्थ्य सूचकहरूलाई आजकोसँग दाँज्दा, नेपालको स्वास्थ्यस्थितिमा आश्चर्यचकित परिवर्तन देखिएको छ । सबैभन्दा पहिले त नेपाल सहस्राब्दी विकास लक्ष्यमा मातृ तथा बाल मृत्यु घटाउने लक्ष्य सन् २०१५ अगावै हासिल गर्न सफल दक्षिण एसियाको एक मात्र देश बनेको छ । मातृ मृत्युदर एक हजार पाँचभन्दा बढीबाट दुई सय ३९ मा झरेको छ । हजार जना जीवित शिशुमध्ये मर्ने दर ३२ मा झरेको छ।
पहिले सुरक्षित प्रसव शुन्य प्रतिशत थियो । अहिले ५८ प्रतिशतमा पुगेको छ । पाँच वर्ष मुनिको बाल मृत्यु दर हजारमा दुई/तीन सयबाट ३९ मा झरेको छ।
१२ देखि २३ महिनाका बालबालिकामध्ये ७८% ले सबै किसिमका खोप सेवा पाएका छन् । प्रति महिलाको कूल प्रजनन् दर छ बालबच्चाबाट दुई दशमलव तीन मा झरेको छ । परिवार नियोजन सेवा प्रयोग गर्ने दर शुन्य प्रतिशतबाट ४३ प्रतिशतमा पुगेको छ।
नेपालबाट बिफर उन्मूलनको घोषणा भएको छ, सन् १९७७ अप्रिल १३ मा । मलेरियालाई २०१९ सालमै नियन्त्रण गरिएको छ । कुष्ठरोगलाई सन् २००९ मा जनस्वास्थ्य समस्याको रूपमा निर्मूल गरिएको छ । सन् २००९ सम्म ८५ दशमलव ५५ प्रतिशत क्षयरोगीहरूलाई प्रत्यक्ष निगरानीमा उपचार गर्ने प्रणाली (डट्स) अन्तर्गत औषधि दिइएको छ ।
नेपालमा ‘शुन्य पोलियो’ समारोह ७ मे २०१४ मै मनाइएको थियो । एच.आई.भी. एड्सको महामारी स्तरको संक्रमण सन् २०१५ देखि रोकिएको छ । हाम्रो साक्षरता १० प्रतिशतबाट ६६ प्रतिशतमा पुगेको छ । हाम्रो आयु ४० बाट ७२ वर्ष पुगेको छ।
युगौंदेखिको पछौटेपनका साथै एक दशकको युद्ध तथा राजनैतिक अस्थिरताका बावजुद पनि नेपालको यो चमत्कारी छलांगले नेपालीको आत्मबल र स्वाभिमानको झलक दिन्छ ।
यसप्रकारका चमत्कारी नतिजा आउनुमा धेरै प्रकारका साझेदारीहरू कारक भएपनि समुदायको जगमा उभिएको यो मजबूत एकीकृत स्वास्थ्य सेवा प्रणाली नै मुख्य हो । यो प्रणालीलाई निरन्तर जीवन्त राख्ने हजारौँ लगनशील, कर्मठ स्वास्थ्यकर्मीहरू नै हुन् ।
यस्तो चमत्कारी छलांगलाई केले सघायो?
कुनैपनि विकासका लागि राजनीतिक स्थिरता अनिवार्य हुन्छ । यस परिप्रेक्ष्यमा, तत्कालीन राजनीतिक नेतृत्वको विकासका लागि प्रबल इच्छाशक्ति, त्यसैसँग मेलखाने उत्साहित प्रशासनिक प्रणाली र ३० वर्षको राजनीतिक स्थिरताले वडास्तरसम्म पुग्ने पिरामिड ढाँचाको स्वास्थ्य प्रणालीको विकास गर्न टेवा पुर्याएको थियो ।
स्वास्थ्य बहुक्षेत्रीय अन्तरक्रियाको प्रतिफल हो । तैपनि, अनुसन्धानले औँल्याए अनुसार कुनैपनि प्रमाणित स्वास्थ्य प्रविधी जनसमुदायमा वर्षौसम्म लगातार प्रयोग भएपछि मात्र सम्बन्धित स्वास्थ्य सूचकाङ्कमा सकारात्मक परिवर्तन संभव हुन्छ ।
यस अर्थमा स्वास्थ्य सेवाको पुरानो पद्दतीको सूक्ष्म रूपान्तर एक महत्वपूर्ण मौलिक परिवर्तनका रूपमा स्थापित भयो । वास्तवमा यी उल्लेखनीय स्वास्थ्य सुधारका सूचकाङ्कहरू वर्षौसम्म ग्रामीण जनसमूहले उपभोग गरेका केही प्रमाणित आधारभूत सेवाहरूको प्रतिफल थिए ।
सन् १९६२ मा थमस सामुएल कुहनले यस प्रक्रियालाई आफ्नो विश्व प्रख्यात किताब ‘द स्ट्रक्चर अव् साइन्टिफिक रेभोलुसन्स’ मा व्याख्या गरे अनुसार ‘कुनै पनि स्थापित पुराना या चल्तिका पद्दतीमा जब विरोधाभास सिर्जना भई काममा बाधा हुने गर्छ त्यसपछि ती पद्दतीहरु भत्किन थाल्छन् र नयाँ वा पहिले अमान्य पद्दती सञ्चालित हुन थाल्छन् ।’
नेपालको उदाहरणले उनको व्याख्यालाई पुष्टि गरेको छ ।
१० वर्षे द्वन्द्वकालको समयमा पनि मातृ मृत्यु, बाल मृत्यु तथा प्रजनन घट्ने क्रम जारी नै रह्यो । यो एक अचम्मलाग्दो र विरोधाभासपूर्ण तथ्यले पनि समुदायको अपनत्वको बलियो जगमा उभिएको यो आधारभूत स्वास्थ्य सेवा प्रणालीको मजबुतीलाई औँल्याउँछ ।
अहिले फर्किएर हेर्दा, एकीकृत सामुदायिक स्वास्थ्य सेवा विकास योजना पुरानो नेपालको एउटा आकस्मिक संकटकालीन निर्णयका रूपमा शुरू भए तापनि स्वाभिमान रणनीतिको रूपमा फस्टायो । यसले गर्दा समय अगावै मातृ तथा बाल स्वास्थ्यका सहस्राब्दी लक्ष्य हासिल गर्ने दक्षिण एसियाको एक मात्र समर्थ देशका रूपमा नेपाल चिनियो । यसले हाम्रो राष्ट्रिय गौरवमा अझ चमक थपेको छ ।
निष्कर्ष
५४ वर्षअघिको पुरानो नेपालमा काम गर्दा भोगेका चुनौतीमाझ गरिएको कैयौं सङ्कल्प साकार भएका छन्। यी संकल्पलाई साकार पार्नुमा स्थानीय अनुभव तथा ज्ञानको पनि उत्तिकै योगदान छ ।
विश्वविद्यालयका पाठ्यपुस्तकमा सिकेका कतिपय वैज्ञानिक तथ्य तथा सिद्धान्तलाई यथाभुत स्थानीय वास्तविकतामा ढाल्न स्थानीय अनुभव तथा ज्ञानको उत्तिकै खाँचो पर्छ । यसमा स्थानीय महिलाहरूको विशेष योगदान रहेको छ ।
समग्रमा मुलुकको यो संकल्पलाई साकार पार्ने टोलीको एक सक्रिय सदस्य हुने सौभाग्य पाएकामा आफैलाई भाग्यमानी ठानेकी छु । यसले मेरो जीवनलाई थप सार्थक बनाएको छ ।
आफ्नै अनुभूतिलाई साक्षी भावले हेर्दा नेपालमा कुनै पनि प्रकारको विकास कार्य सफलतापूर्वक गर्न सकिन्छ भन्ने नै लाग्छ। यस्ता सफलताको बीउ जनस्तरमा गरिएको बहुजन हिताय कार्यबाट मात्रै अङ्कुरित हुन पाउँछ, फैलन पाउँछ । यसैबाट अभिव्यक्त हुन्छ राष्ट्रियता र राष्ट्रप्रेम ।
यही मान्यतालाई अँगाली अहिले पनि देशको भयावह चुनौतीका रूपमा रहेको हृदयरोगका प्रारम्भिक जोखिमहरूका विषयमा सातै प्रदेशका स्कूले नवयुवाहरूसँग मिलेर काम गर्न र यो क्षेत्रमा आवश्यक परिवर्तनका लागि ‘भाष्कर-तेजश्री स्मृति प्रतिष्ठान’ मार्फत् पहल गरिरहेकी छु । नवयुवाहरूमा रहेका यी जोखिमहरूमा आएको उल्लेखनीय परिवर्तनबाट म झनै उत्साहित भएकी छु ।
अन्त्यमा
नेपाललाई शून्य तहदेखि सहस्राब्दी लक्ष्यमा पुग्ने सफल यात्राको श्रेयका भागेदारी पात्रहरू– आमा समूहदेखि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, हेल्थपोस्ट लगायत जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सहयोगीहरू, सम्बन्धित अन्तर्राष्ट्रिय दातृ संस्थाहरू र स्वास्थ्य मन्त्रालयका नीति निर्माता तहका महानुभावहरू सबैमा आभार व्यक्त गर्दछु।