मानव जीवनलाई अझ सहज बनाउन विश्वमा थुप्रै आविष्कार भएका र भइरहेका छन् । प्रविधिको विकास र सञ्जाल विश्वव्यापी रुपमै फैलिएको छ । तर, हामी मानव जातिले आफ्नो जीवन सहज बनाउने धुनमा यही विश्वका अरु थुप्रै प्राणीको अस्तित्व मेटिने अवस्था निम्तिएको तथ्यप्रति भने वास्ता गर्दैनौं, गरेका छैनौं ।
गत मे महीनामा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर ३० लाख पशु–प्रजातिहरु पृथ्वीबाटै लोप हुने खतराको सामना गरिरहेका छन् । उनीहरुको यो संकटका पछाडि धेरै हदसम्म मानव जाति नै जिम्मेवार छ । किनभने आफ्नो जीवनयापन सहज बनाउन खोजिरहेको मानिस जीवजन्तु, जनावर बचाउनुपर्छ भन्ने प्रायः सोच्दैन ।
‘यो विश्व मानवको मात्र होइन’ भन्ने सोंच, ज्ञान र चेतना बढाउन जापानको एक विज्ञापन एजेन्सीले वातावरणसम्बन्धी मुद्दाबारे एउटा नौलो अभियान शुरू गरेको छ । यो त्यस्तो अभियान हो, जसमा तस्बीरमार्फत् जनावर आफैं बोल्छन् । इन्स्टाग्राममा ‘ह्यासट्याग एनिमल अन्डरस्कोर सेल्फी’ का रुपमा यो अभियान निकै ‘पपुलर’ हुँदै गएको छ ।
इन्स्टाग्राममा ‘ह्यासट्याग एनिमल अन्डरस्कोर सेल्फी’ टाइप गरेर खोज्नुभयो भने तपाईंले थुप्रै जनावरका ‘सेल्फी’ देख्नु हुनेछ । हामी आफ्नो ‘मूड’, गतिविधि र अवस्था देखाउन सेल्फी खिच्छौँ । यदि जनावरसँग मोबाइल भएको भए, उनीहरु कसरी आफ्नो अवस्था र मुड देखाउँथे होला ? यही कल्पनालाई ‘ह्यासट्याग एनिमल अन्डरस्कोर सेल्फी’ मा देख्न सकिन्छ ।
पर्यावरणमा भइरहेको विनाश र वातावरणमा देखिइरहेको परिवर्तनमाथि जनावरहरुको दृष्टिकोण र ‘रियाक्सन’ बुझाउने कोशिस यो अभियानमार्फत् गरिएको छ । जस्तो कि, एउटा सेल्फीमा बाघ छ । त्यो सेल्फीमा डोजर लगाएर जंगल मास्दै गरेको देखिन्छ । त्यस्तै चितुवा, जिराफको सेल्फीमा पनि बाघको जस्तै डोजर देखिन्छ । डोजरले धमाधम जंगल र जनावरहरु चरिचरण गर्ने खालि भूमि खन्दै गइरहेको छ । त्यसैगरी, कछुवाले खिचेको सेल्फीमा समुद्रमा थुप्रिएका प्लास्टिकका थैलीहरु देखिन्छ ।
हिँउ पर्ने चिसो समुद्र वरिपरिको भूमि पेन्गुइन चराको वासस्थान हो । तर, संसारभर याता र मालसामान आयात–निर्यातका लागि सञ्चालन गरिएका पानीजहाजले फाल्ने तेलका कारण समुद्र दुषित बन्दै गएको छ । परिणाम, पेन्गुइनहरु मरिरहेका छन् । एउटा सेल्फी तस्बीरमा यही विषय देखाइएको छ । अगाडि ‘सेल्फी स्टिक’ समातेका एक हुल पेन्गुइन छन् भने पृष्ठभूमिमा ठूला पानीजहाज र तिनले फालेका तेलबाट समुद्र प्रदुषित भएको देखिन्छ ।
यहाँ यी र यस्ता अरु थुप्रै जनावरका सेल्फी देख्न सकिन्छ । झट्ट हेर्दा नै जनावरको सेल्फीमा एक किसिमको डर देखिन्छ । मर्ने डर, भाग्नुपर्ने डर, आफ्नै अस्तित्वको डर । त्यसमा एक किसिमको अपिल पनि देखिन्छ, सुरक्षाको ।
एउटा सेल्फी हिउँ चितुवाको पनि छ । ऊ हिँउको ढिक्कामाथि उभिएको छ । उभिएको हिउँको ढिक्का विस्तारै पग्लिँदैछ । केही बेरमा ऊ उभिएको ढिक्का पुरै पग्लिनेछ । जसै हिउँ पग्लिन्छ, ऊ विशाल समुद्रमा डुब्छ । त्यसैले ऊ सेल्फीमार्फत् उद्दारको लागि सहयोगको अपिल गरिरहे झैं देखिन्छ ।
यो अभियान शुरू भएको धेरै भएको छैन । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) जापानसँगको सहकार्यमा शुरु भएको यो अभियानका छोटो समयमै सकारात्मक प्रभावहरु देखिन थालेका छन् । यसकै कारण हुनसक्छ, मानिसहरु घरबाट निस्किएको फोहोरबाट वनजंगल र पानी जोगाउन सकिने ‘आइडिया’हरु सेयर गरिरहेका छन् ।
" />

">