‘फेरि आइस् तँ?’
करिब ६ महिना अघिदेखि अड्डा जमाएर बसेको कोरोना झनक्क रिसायो। च्याप्पै कान समातेर सामाजिक दूरी कायम गरेर फलेको मकैबारी नै देखाइदिऊँ झैं भयो उसलाई।
उसको बोलवाला छ अहिले टोलभरि। नसोधिकन एक्कासि आएको भुइँचालोले सातो लिएपछि उसलाई रिस उठेको थियो। तर, गरोस् के भुइँचालो पनि ऊजस्तै अृदृश्य छ। केवल अनुभव गर्न सक्छ उसले तर छुन, समात्न या मानिसलाई जस्तो थला पार्न सक्दैन।
‘तेरो बाजेको पेवा हो र यो टोल? तँ नाथे को होस्?’ भुइँचालो पनि के कम, पाखुरा सुर्कियो।
‘तँलाई थाहा छैन, जब कहिल्यै घर नबस्ने लफङ्गो छोरो बाहिर जान खोज्छ तब उसको बाले भन्छन्, घर बस् छोरा नत्र कोरोना आउँछ,’ हिन्दी चलचित्र शोलेको पात्र गब्बर सिंह जसरी टक् टक् हिँड्दै नाक फुलायो कोरोनाले।
‘अनि जब छोरोलाई बाहिर जान मन लाग्छ नि तब छोराले भन्छ, बाहिर निस्कौं बा नत्र भुइँचालो आउँछ,’ भुइँचालो पनि के कम मुख बङ्गाएर छाती फुलायो।
दुवैजना नेपाली चलचित्रको खलनायक झैं ठूलो स्वरले हाँसे। दुवैले मनमनै सोचे अब यहाँका मानिसहरू कता जान्छन्? घरमा बसौं भुइँचालो, बाहिर निस्कौं कोरोना!
‘तँ किन आको यसरी? तँ त अलिक पहिले नै आएर आफ्नो काम गरिसकिस् त? अब मेरो पालो,’ कोरोनाले भुइँचालो आउनुको कारण जान्न खोज्यो।
‘म त तँलाई ठीक पार्न आको। र, यी मुलाहरूलाई पनि। जति गरे पनि नचेत्नी जात हो यिनीहरूको,’ भुइँचालोले आफू आउनुको कारण प्रष्ट पार्न खोज्यो।
‘मलाई ठीक पार्ने? मैले के बिगारेको छु र तेरो?,’ कोरानाले प्रतिप्रश्न गर्यो।
‘पर्खी है म अब एकछिन त्यो टोललाई थर्काएर आउँछु। पाँच वर्षअघि थर्काएर जथाभावी घर नबनाऊ। माटो जाँचेर, बलियो ठाउँ हेरेर राम्रो गरी घर बनाऊ भनेको मान्दै मान्दैनन्!,’ भुइँचालोले कोरोनालाई एकछिन पर्खन अनुरोध गर्यो। र, भुइँचालो गयो। गयो भनेको फेरि आइसक्यो।
‘गएर आइसकिस्?’ कोरोना अचम्मै पर्यो।
‘आइसकेँ नि। दलाल काजीहरूले माथि धान फल्ने खेत नै प्लटिङ गरिसकेछन्। सबैले दले दाइ भन्ने यिनीहरू कसैसँग डराउँदैनन्। सरकारलाई त झन् खै कस्तो मोहनी लगाएका हुन् ‘लिभिङ टुगेदर’ जस्तै गरी बस्छन्। यी डराउने भनेकै मसँग मात्र हो,’ भुइँचालोले आफू समाजसेवी भएको दाबी गर्यो।
‘हो भनेको, यी दले काजीहरू त मलाई नि टेर्दैनन्। अस्ति त बाहिर निस्केर खै कसलाई केको सेटिङ मिलाउन लाग्दै थिए। मुलाहरूलाई थर्काउँ भनेको त हत्तपत्ति के जाति पास झुण्डाएर बसे। फेरि यहाँ त त्यो पास झुण्डाएपछि मैले केही गर्न नसक्नी। कस्तो पास हो कुन्नि!,’ कोरोनाले दुःखेसो पोख्यो।
‘ढाँट्छ मुला। अहिले त खोइ सबैलाई ड्याम, ड्याम देको छस् त। दिनदिनै थला परेका छन् त हो यहाँका मानिसहरू,’ भुइँचालाले अखबार देखायो।
‘अब, सामाजिक दूरी कायम गर, मास्क लगाऊ, हाम्रो जाने दिन आउँदैछ, यसो एक वर्षजति सम्हालिएर बस भनेको मान्दैनन् त के गर्नु? मन नलागी-नलागी नि जाइलाग्नुपर्छ हो यो मानिसको जातसँग।’
कोरोनालाई बीचमै रोकेर भुइँचालोले थप्यो- ‘हा हा हा, मैले उहिल्यै त्यत्रो बितन्डा मच्चाएर ठाउँको ठाउँ पार्दा त चेतेनन्। अब तँ मुलाले घाँटीमा चिलाएर डराउँछन् र? वीर गोर्खालीका सन्तान पो हुन् त! खाक्क र खुक्क गरेरै सोत्तर पारिदिन्छन् तँलाई।’
कोरोनालाई अलिक रिस उठ्यो। त्यति कमजोर त म होइन तर साँच्चै किन डराउँदैनन्? कि हेपेकै हुन् त मलाई? जेसुकै होस् आफू त दोधारमा परिएको छ। जाइ लागुँ बिचरा गरिबहरूसँग के जाइलाग्नु। नलागुँ, आफ्नो धर्म पनि त निर्वाह गर्नै पर्यो। उहिले नै तर्साएर मात्र छाडौं भनेको खासै कोही तर्सेनन्।
‘हेर त हेर ऊ निस्के त्यता। ताँती नै छन् त! जा त जा गएर ठीक पारिहाल्,’ भुइँचालोले बाहिर जम्मा हुँदै गएको भीड देखायो।
‘होस् यार के गर्नु! कति वर्षपछि रेल आएको छ त्यहाँ। त्यही रेल हेर्न गएका हुन्। पूर्वबाट पश्चिमसम्म सररर रेल चढ्ने रहर होला। कमसेकम रेल आएको छ। भविष्यको सपना बोक्न त दिऊँ। कति निष्ठूरी हुनु हो!,’ कोरोनाले जाँगर चलाएन।
‘हुन त हो। मलाई पनि साह्रै माया लाग्छ यी जनताको त। पाँच वर्षअघि हल्लाइदेको थिएँ कतिले त अहिलेसम्म पनि बस्न घर पाएका छैनन्। पाल टाँगेरै बिताए। त्यहीँ जन्मिए कति लालाबालाहरू। देखेर मन रुन्छ,’ भुइँचालोले अलिकति आँसु झार्यो।
कोरोनाले मायालु भावले भुइँचालोलाई सुम्साउन खोज्यो। तर, देखिँदैन अनुमानकै भरमा हात घुमायो।
‘अनि फेरि किन आउँछस् त हल्लाउन बेलाबेलामा?’ थोरै रिस मिसाएर सोध्यो।
‘यो प्रकृतिको नियम हो हेर। मैले चाहेर केही हुँदैन। जताततै डोजर चलाएका छन्, रुख काटेका छन्। माटो नजाँची घर बनाएका छन्। नदीबाट जथाभाबी बालुवा निकालेका छन्। अनि मैले के गर्नु? मेरो रहरले हो र?’ भुइँचालोले बाध्यता सुनायो।
‘त्यो त हो।’ कोरोनाको अलिक दबेको आवाज आयो।
‘तैंले त दुख नदिँदा हुन्थ्यो नि? आफैं त दुःखी छन् यहाँका मान्छे। स्वासै पो रोक्न खोज्छस् त तैंले त,’ भुइँचालोले कोरोनालाई सम्झाउन खोज्यो।
‘के गर्नु? आकाशमा उड्नेदेखि, दुलोमा लुक्ने, पानीमा पौडिनेदेखि हिलोमा बस्ने, घस्रनेदेखि कुद्ने, जंगलमा बस्नेदेखि घरमा पालिने सबै, कीरा, फट्याङ्ग्रा, उपियाँ, उडुस् केही नछाड्ने। अब कता कुन चरा या जनावरमा बस्नुपर्ने हामी यता मानिससँग लड्नुपर्या छ। कसले बुझ्ने हाम्रो वेदना?’ कोरोनाले आफ्नो पीडा पोख्यो।
‘के यसको समाधान छैन त?’ भुइँचालोलाई उपाय खोज्न मन लाग्यो।
‘खै, म त देख्दिनँ। जे नगर भन्यो त्यही गर्छ यो मान्छेको जातले! आपत् परेको बेला दुई-चार दिन कसम खान्छ। अनि फेरि बिर्सन्छ। झन् यहाँको त के कुरा रोग, भोक, दुःख जे पनि पचाइदिन्छन्। हाच्छ्युँ गरेर मार्दिन्छु भन्छन्,’ कोरोनाले अनुभव सुनायो।
‘उ त्यहाँ हेर त! त्यो त कस्तो छटपटिरा छ त! त्यसको त चार वर्षको छोरा पनि छ। छाडिदे न तेल्लाई त, धर्मै लाग्छ।’
अलिक परको घरमा आँखा पुर्याउँछन् दुवैले। छानाको दुलोबाट आएको प्रकाशले उज्यालो बनेको घरमा करिब ३५ वर्षको व्यक्ति स्वास फेर्न गाह्रो भएर छटपटाउँदै थियो। छेउमा उसको चार वर्षे छोरो र करिब उसकै उमेरकी उसकी श्रीमती थिइन्।
बालक एकटकले बाबुलाई हेरेर केही भन्न खोज्दै थियो। श्रीमती के गरौं-कसो गरौं भन्दै छटपटाउँदै थिइन्। मोबाइलबाट घरिघरि फोन गर्थिन्। कोरोना र भुइँचालो दुवै गम्भीर बने एकछिन। कुनै शोकसभा झैं शान्त बन्यो वातावरण।
‘त्यो व्यक्ति मेरो कारणले छट्पटिएको होइन। त्यो त घरबाट निस्केकै छैन। स्वासको बिरामी मान्छे अस्पताल जानुपर्ने। सबै बन्द छ। त्यो गाउँमा एम्बुलेन्स पनि छैन। मेरो कारणले भनुँ भने मैले केही गरेको छैन। होइन भनुँ भने मेरै कारणले अस्पतालमा भर्ना हुन सकेको छैन। यस्तै देखेर विरक्त लाग्छ मलाई,’ कोरोना गम्भीर बन्यो।
मान्छे जस्तै आँखाबाट आँसु झारेर भुइँचालोकै काँधमा टाउको राखेर क्वाँक्वाँ गरेर रुन मन गर्यो।
‘देखिस् यस्तै हुन्छ र मास्क नलगाई बाहिर निस्कने, भीडभाड गर्नेहरूलाई ड्यामड्याम दिन मन लाग्छ। अब झनै आक्रामक बनिन्छ जस्तो छ। बचाउन त मन लाग्छ तर यिनीहरू नै मात्तिन्छन्, भनेको टेर्दैनन्,’ कोरोनाले बाध्यता सुनायो।
‘छाड् यार यी कुरा। अनि तँ फेरि कहिले आउँछस्?,’ कोरोनाले हाँस्दै थप्यो ‘आउँछस् भन्नु कि जान्छस् भन्नु दोधारमा पर्छु त म। भुइँचालो गयो, भुइँचालो गयो भन्छन्।’
‘म हेर्दै छु यिनीहरूको चाला। अहिले यसो तर्साउने मात्र हो। फेरि कता हतारमा बालुवा निकालेर बेच्ने रे? तेरो बहानामा भित्रभित्र सेटिङ मिलाएर नदीमा मेसिन नै मेसिन छाडेका छन्। दिनरात खनेको खन्यै छन्। हरेक वर्ष बाढी, पहिरो बढेको बढ्यै छ। कसैलाई मतलब छैन! मतलब राख्नेहरूसँग केही गर्ने क्षमतै छैन,’ भुइँचालोले आफ्नो पर्ख र हेर नीति सुनायो।
‘ल मित्र, अब म एकलट जागिर खाएर आउँछु। फेरि निस्कन आँटे मास्क नलगाई, भीडभाड गर्दै। आफ्नो ड्युटी त पूरा गर्नै पर्यो,’ कोरोनाले बिदा माग्यो।
यस्तो गम्भीर र आत्मीय भेट देखेर छुट्टिन मन लागेन दुवैलाई। तर, प्रकृतिको नियम न हो मिलनपछि बिछोड र बिछोडपछि फेरि मिलन! कुनै न कुनै दिन त फेरि भेट होला नै।
‘यसो गरौं न एकपल्ट म अलिक जोडले हल्लाउँछु र तँ पनि जोस्सिएर आक्रमण गरे जस्तो गर त। एकपल्ट जोडले तर्साऊँ अनि के थाहा कतै बुद्धि पलाइ पो होल्छ कि! पलायो भने तँ र म सँगै यो देश छाडेर कतै टाढा बात मार्दै जाउँला,’ भुइँचालोले सहकार्य खोज्यो।
‘कुरो त गज्जबको छ। ल ठीक छ। भोलि बिहान ११ बजे तँ हल्ला र म बाहिर निस्कनेलाई कायल गर्छु। अनि केही दिन हेरौं। मास्क लगाउन थाले, साबुनपानीले हात धुन थाले, सामाजिक दूरी कायम गर्न थाले, स्तरीय स्यानिटाइजर प्रयोग गर्न थाले भने म छाडिदिन्छु ल। वचन भो,’ कोरोनाले आफ्नो प्रतिबद्धता व्यक्त गर्यो।
‘ल, नदीको बालुवा जथाभाबी निकालेनन्, पहाडमा अनावश्यक डोजर चलाएनन्, माटोको जाँच गरेर मात्र घर बनाउन थाले, रुखहरू बचाउन थाले, खोलानालाको संरक्षण गर्न थाले भने म पनि छाडिदिन्छु यो ठाउँ। तँ र म सँगै कतै टाढा बात मार्दै जाउँला। वचन भो मेरो पनि,’ भुइँचालोले पनि आफ्नो वचनबद्धता प्रकट गर्यो।
‘ल पक्का है त।’ दुवैले एकै स्वरमा भने- ‘हे प्रभु यी मानिसलाई सद्बुद्धि देऊ। अब हाम्रो मिलन हुने नहुने यिनै मानिसको हातमा छ।’
खै किन हो भित्ताको घडी टक्क अडियो। के भोलि ११ बज्ला त?
" /> ‘फेरि आइस् तँ?’करिब ६ महिना अघिदेखि अड्डा जमाएर बसेको कोरोना झनक्क रिसायो। च्याप्पै कान समातेर सामाजिक दूरी कायम गरेर फलेको मकैबारी नै देखाइदिऊँ झैं भयो उसलाई।

">