काठमाडौं। नेकपा एमालेको पाचौं राष्ट्रिय महाधिवेशनमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को दस्तावेज पेश गरे। बहुमतले त्यो राजनीतिक दस्तावेज पारित भयो। यो तत्कालीन एमालेको राजनीतिक दस्तावेज मात्रै थिएन, संसारलाई देखाउन मिल्ने कम्युनिस्ट आन्दोलनकै नयाँ वैचारिक र राजनीतिक आयाम पनि थियो।
बुलेटबाट मात्रै सत्ता प्राप्त गर्न सकिन्छ भन्ने विश्वव्यापी कम्युनिस्ट मान्यतालाई त्यसले बलियो धक्का दिएको थियो। जबजले बहुदलीय र संसदीय प्रतिस्पर्धाबाट पनि कम्युनिस्टहरु सत्तामा पुग्न सक्छन्, जनसेवा गर्न सक्छन् भन्ने अवधारणा ल्याएको थियो। बुलेटमात्र होइन ब्यालेटबाट पनि सत्ता बदल्न सकिन्छ भन्ने भण्डारीको विश्वास थियो। जुन नेपालकै राजनीतिले प्रमाणित गरिसकेको छ। नेपाली कम्युनिस्ट क्रान्तिका महान् व्यक्तित्व मदन भण्डारीको अवधारणा जबज अहिलेको विश्व कम्युनिस्ट आन्दोलनमा सबभन्दा प्रभावकारी र सान्दर्भिक सिद्धान्त हो। तर आवश्यकता पर्दा भने बुलेटको मोर्चामा जान पनि कम्युनिस्टहरु सधैं तयार हुनुपर्छ।
यो आलेखको उद्देश्य जबजको महानता बताउनु होइन, जबजको सान्दर्भिकतालाई बिर्सनु हुन्न भन्ने मात्रै हो। एउटा पार्टी कार्यकर्ताको नाताले जबज बिर्सनु र अन्तै मोडिनु हानिकारक देख्छु। अहिले नेकपाका कतिपय नेता–कार्यकर्ताले जबज असान्दर्भिक भइसक्यो भनेको सुनिन्छ। त्यो गलत बुझाइ हो। जबजलाई राम्ररी अध्ययन गर्नु जरुरी छ, त्यसपछि नै यसको आवश्यकता प्रस्टिन्छ।
जबज खासमा कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण थियो। भण्डारीले अघिसारेको जबजको सिद्धान्त विश्व कम्युनिस्ट आन्दोललमा बहस र चर्चाको विषय बन्यो। यही जगमा टुटफुट तथा सीमित नेता र कार्यकर्तामा रुमल्लिँदै आएको नेपाली कम्युनिस्ट आन्दोलन पनि भण्डारीको विचार र नेतृत्वमा छोटो समयमा नै स्थापित भयो। २०४६ सालको आन्दोलनपछि भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आएका उनलाई आमनागरिकले चिनेकै थिएनन्।
खुल्ला राजनीतिमा आएको थोरै समयमा अद्भूत भाषणकला र अभिव्यक्ति क्षमता, निर्भीकता र विषयवस्तुको असाधारण ज्ञानका कारण आमनागरिकमा उनी प्रिय नेताका रुपमा स्थापित हुन सफल भए। खुल्ला राजनीतिमा आएको करिब तीन वर्षमै २०५० जेठ ३ गते उनको हत्या गरियो।
तत्कालीन नेपाली समाज, आमनागरिकले आफूहरुको मुक्तिको नेतृत्व उनले गर्न सक्ने देखेका थिए। देशकै कुशल नेतृत्व र भरोसायोग्य अभिभावक देखेका थिए। मुलुकको विकास र समृद्धिका बाहक देखेका थिए। यतिमात्रै होइन, आफ्ना छोराछोरीको दिगो र उज्ज्वल भविष्य पनि भण्डारीकै कर्मबाट मिल्ने आशा गरेका थिए।
त्यसैले उनको हत्यालाई आमनागरिकले एउटा कुशल नेतृत्वको अवसान अनुभव गरे। देशकै अभिभावक गुमेको गहिरो गरी महसुस गरे। उनको हत्याले हरेक नागरिकको मनमा विद्रोहको राँको दन्कियो। सिंगो देश उनको मृत्युको शोकमा डुब्यो। बैरीहरुले भण्डारीको हत्या त गरे, तर जनतामा बसेको उनीप्रतिको गहिरो विश्वास र उनको विचारप्रतिको आकर्षणको हत्या गर्न सकेनन्। परिणाम स्वरुप एमाले पार्टी आमकिसान, मजदुर, दलित, किसान, उत्पीडित र गरिबहरुको एकमात्र भरोसाको केन्द्र बन्न पुग्यो।
उनको हत्या नभएको भए माओवादीको नेतृत्वमा जनयुद्ध नै हुन थिएन भनेर थुप्रै राजनीतिक विश्लेषकहरुले बताएका छन्। उनको हत्याप्रति आक्रोशित कम्युनिस्ट समर्थक उत्पीडित थुप्रै नागरिक जनयुद्धमा सहभागी भएका थिए।
भण्डारीकै ओज, गरिमा र विचारको जगमा तत्कालीन नेकपा एमाले, अहिलेको नेकपा देशको राजनीतिको मूलधार बन्यो। आज त्यही शक्ति देशको विशाल पार्टीका रुपमा स्थापित छ। दुईतिहाइ नजिकको बहुमतसहित सरकारमा छ।
६० र ७०को दशकबीचको समयमा नेतृत्वको समस्याले कमजोर बनेको एमाले भण्डारीकै विचारको जगमा टेकेर वर्तमान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जुर्मुराएर उठ्यो। र, उनकै नेतृत्वमा करिब दुईतिहाइ बहुमत ल्याउन नेकपा सफल भयो। यस्तो राजनीतिक सफलता नेपालको इतिहासमा बिरलै पाइन्छ।
नेकपालाई योभन्दा अगाडि बढाउन भण्डारीको जबजको विकल्प छैन। उनको विचारको औचित्य सकिएको छैन, बरु झनै सान्दर्भिक बन्दै गएको छ। बदलिँदो परिस्थितिमा कतिपय कुराहरु थप्न सकिएला, तर जबजलाई खाडलमा पुरेर नेकपाको प्रगति सम्भव छैन। हामीजस्ता युवा कम्युनिस्टहरुले मदन भण्डारी र जबजको योगदानमाथि गहन अध्ययन र विमर्श गर्नु जरुरी छ।
हामीले के भुल्नु हुँदैन भने, लाखौं युवा भण्डारीको पदचाप पच्छ्याउँदै कम्युनिस्ट आन्दोलनमा होमिएपछि मात्र सीमित नेता र कार्यकतामा चर्चित पार्टी आमजनताको आशा र विश्वासको केन्द्र बनेको हो। भण्डारीको नेतृत्व क्षमता र निष्ठाबाट प्रभावित भएर युवाहरु बलिदानका लागि तयार भए। उनका विचार पछ्याउँदै, भाषणहरु मस्तिष्कमा गुञ्जायमान बनाउँदै हजारौं–लाखौं जनता उनैले देखाएको मुक्तिको बाटोमा हिँड्ने संकल्प गरे। तिनै संकल्प, तिनै सपना, तिनै विश्वास र दृढता आज पनि नेकपाले उभिने, हिँड्ने र दौडिने मुख्य आधार हो।
तसर्थ मदन मण्डारीलाई बिर्सेर हैन, अझ धेरै सम्झेर, उनका सिद्धान्तलाई लत्याएर हैन, अझ धेरै आत्मसात र सिर्जनात्मक विकास गरेर अगाडि बढ्ने साहस गरौं। उनलाई अझ गहन रुपमा पढौं, उनको गर्विलो इतिहासबाट पाठ सिकौं। अन्यथा, मदन भण्डारी र नेपाल कम्युनिस्ट पार्टीप्रति नै धोका हुने छ, वेइमानी हुने छ। त्यसकारण लहडमा कतै बहकिएर नेकपाले प्राप्त गरेका महत्वपूर्ण उपलब्धि र राजनीतिक स्थायित्वलाई कमजोर बनाउनेतर्फ कसैले बल नगरोस्।