पैदलयात्रीले सडकमा हिँड्दा मोबाइल प्रयोग गरे के गर्ने भन्नेबारे कुनै कानूनी व्यवस्था छैन। सवारी चालकको हकमा भने सवारी साधन चलाउँदा फोनमा कुरा गरे वा फोन चलाए ट्राफिक नियमको उल्लंघन मानिने गरी नियम बनाइएको छ।
“सवारी चालकले गाडी चलाउदा फोन प्रयोग गरेको भेटिए उनीहरु कारवाहिको दायरामा आउँछन्”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, एसपी रवि कुमार पौडेल भन्छन्, “तर पैदलयात्रीका सम्बन्धमा कारवाही नै गरिहाल्ने त्यस्तो कुनै व्यवस्था छैन।”
कानूनी व्यवस्था केही नभए पनि दुर्घटना नहोस् भनेर ट्राफिक प्रहरीले जनचेतनामुलक कार्यक्रम भने गर्ने गरेको छ।
“बाटो काट्दा पैदलयात्रीले पनि फोन प्रयोग नगरेकै राम्रो। हाम्रो अनुरोध छ, बाटोमा हिड्दा सकेसम्म फोन नचलाउनुहोस्”, पौडेल भन्छन्।
दण्डनीय कार्य
सडक दुर्घटना कम गर्न विभिन्न देशमा भने पैदलयात्रीलाई बाटो काट्दा मोबाइल फोन प्रयोग गर्नै प्रतिबन्ध लगाइने गरेको छ।
अमेरिकाको हवाई राज्यको होनलुलु शहरमा बाटो काट्दा मोबाइल प्रयोग गर्न निषेध गरिएको छ। मोबाइलबाट सन्देश आदानप्रदान गरिरहेको वा आफ्ना मोबाइल सामग्री हेरिरहेको अवस्थामा कुनै पनि सडक यात्रु फेला परे उनीहरुलाई १५ देखि ३५ डलरसम्म जरिबाना गरिन्छ।
भनिन्छ, अमेरिकाभर सन् २००० देखि २०११ सम्म सडकमा हिँड्दा मोबाइल फोन प्रयोग गरेकै कारण ११ हजारभन्दा बढी सडक दुर्घटनामा परेका थिए।
चीनको ग्वान्जाओ राज्य सरकारले पनि १ जनवरी २०१९ देखि लागु हुने गरी सडकमा हिँड्दा मोबाइल फोन प्रयोग गर्न निषेध गरेको छ।
त्यस्तै क्यानडा सरकारले पनि सडकमा हिँड्दा मोबाइल प्रयोग गरे ५० क्यानेडियन डलरसम्मको दण्ड लिने नीति लिएको छ। बाटोमा हिड्ने मानिसले ट्राफिक बत्ती समेत नहेर्ने भएपछि क्यानडाको सरकारले यो नीति लिएको हो।

दुर्घटनाको कारक बन्न सक्छ मोबाइल फोन (भिडिओसहित): Dekhapadhi
दुर्घटनाको कारक बन्न सक्छ मोबाइल फोन (भिडिओसहित)

काठमाडौं। स्मार्ट फोन अहिले जिन्दगीकै अभिन्न अंग बनेको छ। यो केवल दुई व्यक्तिबीच सम्पर्कको माध्यममात्र होइन सामाजिक अन्तरक्रियाको माध्यम, सूचनाको स्रोत र मनोरञ्जनको सामग्री पनि हो। त्यसैले कुनै न कुनै प्रयोजनले हामी फोनमा व्यस्त रहिरहन्छौं।

यसरी व्यस्त हुँदा जतिबेला पनि मोबाइलमा हाम्रा आँखा र हात पुगिरहेका हुन्छन्। हामीमध्ये धेरै त बाटोमा हिँड्दा पनि मोबाइल चलाइरहेका हुन्छौं।

तर, के हामीले कहिल्यै सोचेका छौं– हाम्रो यो बानी कति घातक हुनसक्छ ?

हाम्रो यो बानी सडक दुर्घटनाको कारक बन्न सक्छ। हाम्रो आफ्नै ज्यानमाथि खेलवाड बन्न सक्छ। सबैभन्दा बढी त यो बानीले सवारीचालकलाई अप्ठेरो बनाउने गरेको छ।

बाटो काटिरहेका पैदलयात्रीहरुको ध्यान मोबाइलमा मात्र हुँदा कुदिरहेका गाडीमा उनिहरुको ध्यान नहुने गुनासो छ चालकहरुको।

रत्नपार्कवाट जावलाखेल रुटमा माईक्रोवस चलाउने एक चालक तिलक तामाङ भन्छन्, “पैदलयात्री मोवाईलमा व्यस्त हुन्छन। गाडीतिर ध्यान नै हुदैन। अहिले हामी हर्न बजाउन पनि पाउँदैनौ। त्यसले गर्दा गाह्रो हुन्छ नै।”

यस्तै अर्का एक सवारी चालक रामचन्द्र श्रेष्ठ थप्छन, “यात्रुले एकातिरबाट मात्र बाटो काटिरहेका हुन्छन्। त्यसैले उनीहरुले एक साइडमात्र हेरेका हुन्छन्। अर्को साइडको गाडी चलाउनेलाई त असर पर्छ।

उनीहरु फोन चलाउदै घोप्टेर हिडिरहेका हुन्छन्। ठोकिएला भन्ने डर हुन्छ। छेउमा पुगेर हर्न बजायो झनै तर्सिन्छन। अन यता कि उता अलमलिन्छ। यसले हामीलाई गाह्रो बनाउँछ। कतिपय अवस्थामा दुर्घटना नै पनि हुनसक्छ।”