अमेरिकाका ३१ औं राष्ट्रपती हर्भट हुभरले १९४४ मा सिकागोको पार्टी सम्मेलनलाई सम्बोधन गर्दै भनेका थिए- “वृद्धहरुले युद्ध घोषणा गर्छन्, लड्ने र मर्ने त आखिर युवा नै हुन् ।”
दोस्रो विश्वयुद्ध चरम विन्दुमा पुगिरहेको समयमा हुभरले व्यक्त गरेको यो अभिव्यक्तिमा तत्कालीन युद्धग्रस्त समयको भावना पाइन्छ । तर, यो भनाई शान्तिकालमा पनि उत्तिकै सान्दर्भिक छ ।
युद्धमा लड्ने र मर्ने मात्र होइन, देश बनाउने र त्यसका लागि समर्पित हुने पनि युवा नै हुन् । कुनै देशले परिवर्तनको सपना देख्छ भने त्यसलाई कार्यान्वयन गर्ने युवा नै हुन् । त्यसैले नै युवालाई सधैँभरी परिवर्तनको सपनासँग जोडेर हेरिन्छ ।
नेपालको सन्दर्भमा नेतृत्व तहमा युवा पुगेपछि विकासले बाटो समात्छ भन्ने तर्क युवाको यस्तै भूमिकालाई ध्यानमा राखेर नै भनिएको हो । तर, यी तर्क उही ‘२–४ जना युवा मन्त्री बने देशले ठूलो फड्को मार्ने’ आशामा गएर टुंगिन्छ ।
राजनीति भन्दा बाहिर रहेर विकासमा युवाको भूमिका कस्तो हुन्छ भन्नेबारे बहस भएको विरलै सुन्न पाइन्छ । प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दिएका छन् तर त्यसमा युवाको भूमिका के हुने भन्नेबारे त्यति चर्चा भएको पाइँदैन ।
अहिले नेपालको जनसंख्याको अनुपातलाई हेर्ने हो भने हामीले सबैभन्दा सुन्दर अवसर पाएका छौं । अहिले कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी काम गर्ने उमेर समूह (१५५९) को छ । यो नेपालले केही गरिहाल्ने समय हो । फेरी यस्तो अवसर फर्केर आउनेछैन । सन् २०२८ सम्म नेपाली समाज युवा जनसंख्याको बाहुल्य भएको समाज रहने छ भने २०५२ पछि प्रौढ जनसंख्याले यो अनुपातमा बर्चस्व जमाउने छ ।
युवाको संख्या बढी भएकै बेला उपयुक्त नीति तथा कार्यक्रम तय गरेर विकास प्रक्रियामा यो जनसंख्यालाई परिचालन गर्न सकेमात्र समृद्धि हासिल सम्भव हुन्छ । यसका लागि राज्यले सबैभन्दा पहिला मानव संसाधनमा लगानी गर्नुपर्छ । व्यक्तिको शिक्षा, सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षाका अन्य आधारमा उच्च लगानी गर्न सके रोजगारी बजारमा प्रवेश गर्नेहरु शारीरिक तथा मानसिक रुपमा बलिया बन्छन् ।
सान्दर्भिक शिक्षा र सीपले कामलाई व्यवस्थित ढंगले सम्पन्न गर्न सक्ने क्षमता दिन्छ भने अन्य सुरक्षा र सेवा सुविधाको सुनिश्चितताले भविष्यको चिन्ता कम गराइदिन्छ । यसले गर्दा उत्पादकत्व वृद्धि हुन्छ । जसले समग्र उत्पादनलाई उत्थान गर्ने बलियो आधार दिन्छ । त्यस्तो बेलामा रोजगार बजार उच्च उत्पादकत्व भएको युवा जनसंख्याले भरिन्छ । अनिमात्र आर्थिक बृद्धि र समृद्धिको नेतृत्व स्वत युवाले गरेको ठहरिनेछ ।
यसो भनिरहँदा प्रश्न उठ्न सक्छ– हरेक दिन युवाहरु कामको खोजीमा विदेशिन बाध्य छन्, मानव संसाधनमा लगानी गरेर देशले फाइदा पाउँछ त ?
यसको सरल जवाफ हो– पाउँछ । यसका केही आधार छन् ।
पहिलो, तत्काल स्वदेशमै रोजगारी सिर्जना हुन नसके पनि विदेश जानुपर्ने युवाले सीप अनुसारको काम पाउँछन् । जसका दुई परिणाम हुन्छन्– राम्रो पारिश्रमिक र कम जोखिम । युवाले राम्रो पारिश्रमिक पाउँदा विप्रेषण पनि बढ्छ । जसले बचत बढाउँछ । अर्कोतर्पm सीपयुक्त जनशक्तिले लगानीका सम्भावना पनि पत्ता लगाउँछ ।
दोस्रो, मानव संसाधनमा उच्च लगानी गर्ने र शिक्षा र स्वास्थ्य सेवाको स्तरोन्नति गर्नाले अहिले हुर्कदै गरेका र अबको अर्को १०–१५ बर्षमा रोजगार बजारमा जाने जनसंख्या उच्च क्षमता र मनोबल लिएर आउन सक्छ ।
तेस्रो, देशले दक्ष जनशक्ति उत्पादन गर्न थालेपछि देश र विदेशका उद्योगधन्दा पनि लगानी बढाउने, उत्पादन क्षमता विस्तार गर्ने र रोजगार सिर्जना गर्नेतर्फ लाग्छन् ।
के बुझ्न जरुरी छ भने, सरकार आफैमा ठुलो रोजगारदाता हुन सक्दैन । राष्ट्रिय तवरबाट हुने पुर्वाधार योजनाले दिने रोजगारी दिगो हुँदैन । यसर्थ, हाम्रा युवा र सक्रिय जनसंख्याको पर्तिस्पर्धात्मक क्षमता बढाउँदै जाँदा वृद्धि हुने लगानी र सिर्जना हुने रोजगारीले समग्र अर्थबजारको विकास गर्छ । त्यसका लागि युवाको योगदान दीर्घकालीन रहन्छ ।
समृद्धिमा युवाको भूमिका बढाउन देशको आर्थिक विकासका लागि तय गरिने प्राथमिकतामा पनि परिमार्जन आवश्यक छ । हामीले दशकौंदेखि कृषि, उर्जा र पर्यटनको रटान लगाइरहेका छौँ । अवश्य नै यी क्षेत्रको विकासविना दिगो आर्थिक बृद्धि असम्भव छ । तर, विश्वव्यापीकरण र प्रविधिसँगको निकटताले युवा पुस्तामा ल्याएको उद्यमशीलता र नवीन खोज परीक्षणको विशेषतालाई हाम्रो मौलिक विकासको टेको बनाउन सकिन्छ । चाहे मान्छे ओसारपसार गर्ने पठाओ र टुटल होस् वा खाना ओसारपसार गर्ने फूड्माण्डु र फूडमारियो, अथवा इ–सेवा र खल्ती जस्ता आधुनिक वित्तिय सहजकर्ताहरु, यस्ता नवउद्यमहरु देशभर नै व्यवस्थित रुपमा विकास हुने हो भने समृद्धिमा युवाको अग्रसरता त्यहीँबाटै सुरु हुन्छ ।
माथि उल्लिखित उदाहरण त केही प्रतिनिधि मात्र हुन्, पुस्ताको सम्पति र विरासतमा भन्दा नयाँ सोच र बजारमा विद्यमान समस्याका समाधान उपाय लिएर सुरु भएका उद्यम दिनानुदिन बढ्दैछन् । यसमा सरकारले उचित आर्थिक नीति र सहुलियतको व्यवस्था गर्दै उद्यमशीलतालाई बिशेष जोड दिन आवश्यक छ । यस अनुकुल वातावरणले नै कृषिदेखि पर्यटनसम्मको व्यावसायिक विकासलाई सम्भव बनाउँछ र ती क्षेत्रमा युवा संलग्नता बढाउँछ ।
यी आर्थिक गतिविधी बाहेक विज्ञान–प्रविधिमा अध्ययन अनुसन्धान र परीक्षणका लागि उच्च अवसर दिने, राजनीतिक तथा प्रशासनिक क्षेत्रको नीतिनिर्माणमा युवालाई वैचारिक बहस गर्न प्रोत्साहन गर्ने, खेलकुदमा क्षमता विकासका कार्यक्रम निर्माण गर्ने, मनोरन्जनका क्षेत्रमा युवा वर्गको सहभागितालाई व्यवस्थित गर्ने, युवाभित्र पनि महिलाको भूमिकालाई बढावा दिने लगायतका कार्यक्रमले देशको सर्वाङ्गीण विकासमा युवाको अर्थपूर्ण नेतृत्व तयार हुँदै जान्छ ।
विकास अभ्यासमा ढिलासुस्तीले हामीलाई क्रमभंगता र चमत्कारको खोजी गर्न बाध्य बनाएको छ । तर, दुई चार जना युवा नेता वा मन्त्री हुँदैमा देश फेरिँदैन । त्यसका लागि सक्रिय जनसंख्याको क्षमता विकास गर्दै उनीहरुलाई आफ्नो क्षेत्रमा विशिष्ट योगदान गर्नसक्ने बनाउनुपर्छ ।
(रेग्मी अमेरिकाको ड्यूक विश्वविध्यालयमा अर्थशास्त्र अध्ययनरत छन्।)