मानिसहरु प्रायः सोध्ने गर्छन्– पौराणियक ग्रन्थहरुबाट प्रतिस्पर्धाबारे के सिक्ने ? प्रतिस्पर्धाबारे चर्चा गर्दा सबैभन्दा पहिला आफैसँग सोध्नुपर्छ– प्रतिस्पर्धा केका लागि ?
धेरै मानिसहरु असुरक्षाको भावना र अरु भन्दा राम्रो बन्ने अभिलाषाले प्रतिस्पर्धा गर्ने गर्छन् । प्रतिस्पर्धा गरिरहँदा हामीले अरुलाई आफूभन्दा दक्ष भएको देखिरहेका हुन्छौँ । त्यसकारण ऊ भन्दा म अघि बढ्नैपर्छ भनेर प्रतिस्पर्धा गरिन्छ । संसारमा सबैभन्दा धेरै द्वन्द्व यही प्रतिस्पर्धाकै कारण सिर्जना भएका छन् । यसको एउटा उदाहरण महाभारत हो ।
महाभारतका सबै झगडा तुलनाले भएका छन् । पहिलो झगडा गान्धारी र कुन्तीबीच भएको थियो । गान्धारीका सय जना छोरा छन् । कुन्तीका पाँच । ‘उसको भन्दा मेरा कम सन्तान छन्’ भनेर तुलना गर्दा झगडा भएको थियो ।
त्यस्तै दुई देवी वनिता र कद्रुबीच पनि यस्तै तुलनाले गर्दा धेरैपटक झगडा भएको छ । कद्रुबाट सय वटा नाग जन्मिन्छन् । त्यसबाट डाह जागेर वनिताले एउटा सन्तानको माग गर्छिन् । त्यो गरुड हुन्छ जसले सबै नाग खाइदिन्छ ।
यसबाट के स्पष्ट हुन्छ भने दुश्मनीले झगडा निम्त्याउँछ । मानिसहरुले एकअर्कालाई मित्रतापूर्ण दृष्टिले नभई दुश्मनको नजरले हेर्छन् । यो नै संसारभरी हुने द्वन्द्वको कारक हो ।
वास्तवमै संसारमा प्रतिस्पर्धा हुँदैन । प्रतिस्पर्धा निर्माण गरिन्छ । प्रकृति हेरौं । जनावरहरु किन झगडा गर्छन् ? खानाको कमीले । यदि हामीले जनावरकै व्यवहार गर्छौँ भने त्यो अधर्म हुन्छ । मानिसको धर्म झगडा गर्ने होइन, सहकार्य गर्ने हो ।
मसँग अरुसँग भन्दा बढी छ वा हुनुपर्छ भन्ने भावना अहंकार हो । अहंकार पालेपछि आफू रणभूमिमा भएको अनुभूती हुन्छ । रणभूमिको भावना भनेको म अरुलाई सखाप पारेर बलियो बन्छु भन्ने हो । यो प्रतिस्पर्धात्मक प्रणाली हो । र यो नै जंगल हो । म अरुभन्दा उत्तम छु, हुनुपर्छ भन्ने भावनाले काम गर्छ । ओलम्पिक पनि यसैगरी बनाइएको छ । तर यसले युद्धले भरिएको संसार बनाउँछ ।
यसको साटो हामीले बनाउनुपर्ने त रंगभूमि हो । रंगभूमि भनेको त्यस्तो ठाउँ हो जहाँ एकजनाले गरेको प्रदर्शनले अरुलाई आनन्द दिन्छ । यहाँ प्रतिस्पर्धा गरिरहेको हुँदैन । हरेकले अर्कोलाई आनन्दित बनाउन प्रयास गरिरहेको हुन्छ ।
हाम्रा पौराणिक ग्रन्थहरुले रणभूमि होइन रंगभूमि बनाउनुपर्छ भन्ने सिकाउँछन् । रंगभूमि बनाइसकेपछि मात्र सफलता प्राप्त हुन्छ ।
केही मानिसहरु तर्क गर्छन्– प्रतिस्पर्धाले मानिसलाई नयाँ केही गर्न उत्प्रेरित बनाउँछ र सफल बनाउँछ ।
अवश्य पनि प्रतिस्पर्धाले केही मानिसलाई सफल बनाउँछ । तर त्यो मान्छे एक्लै सफल भइरहेको हुन्छ । समूहमा उसलाई कसैले मन पराउँदैन । प्रतिस्पर्धाबाट केही मानिस सफल हुने र अरु असफल हुने पद्दति पश्चिमा हो । यो आत्मकेन्द्रित चिन्तन हो । यस्तो प्रद्दतिमा मानिसहरुले एक अर्कालाई दुश्मनको भावले हेर्छन् । हरेकले हरेकलाई कमजोर बनाउन, हराउन र पछार्न प्रयास गरिरहेका हुन्छन् ।
अहिले यही पद्दति हावी भइरहेकाले नै संसारभरी युद्ध छ । हामीले सामूहिकतालाई होइन प्रतिस्पर्धालाई जोड दिइरहेछौँ । हामीले शान्तिलाई होइन हिंसालाई जोड दिइरहेका छौं । हामीले अरुलाई उठाउनेमा होइन खसाउनेमा जोड दिइरहेका छौं । त्यसैले त स्मार्ट बच्चाका धेरै साथी हुँदैनन् । धेरै नम्बर ल्याउँदैमा कोही पनि असल हुँदैन ।
तपाईं एक्लै सफल हुन चाहनुहुन्छ कि सँगसँगै सबैलाई सफल बनाउन चाहनुहुन्छ भन्ने तपाईंको रोजाइ हो ।
मानिसहरु मसँग व्यवसायमा कसरी सफल हुने भनेर सोध्छन् ।
सबैभन्दा पहिला त हामीले खाना बुझ्नुपर्छ । हामीले वस्तु र मानिसबीचको फरक छुट्याउनुपर्छ । सबै सजिव प्रणाली भोका हुन्छन् । उनीहरुले खाना खोजिरहेका हुन्छन् । उदाहरणका लागि रुख हरियो हुन्छ किनभने यसले खाना खोजिरहेको हुन्छ ।
व्यवसाय भनेको भोका मानिसहरुलाई खाना पु¥याउनु हो । मैले वेद र पुराणबाट सिकेको सबैभन्दा ठूलो शिक्षा नै यही हो । व्यवसाय भनेको पैसा कमाउने होइन । व्यवसाय भनेको संसारका भोका मानिसहरुलाई भोजन गराउने हो । जब तपाईंले उनीहरुको भोक मेटाउनुहुन्छ उनीहरुले तपाईंलाई केही दिन्छन् जसले तपाईंलाई धनी बनाउँछन् । त्यसैले धनी हुन सकेसम्म धेरैको भोक मेटाउनुपर्छ ।
आमाले खाना पकाएजस्तै हो व्यवसाय गर्नु । आमाले सबै सन्तानको आवश्यकता पूरा गर्छिन् । त्यसैले उनले सबैभन्दा बढी माया पाउँछिन् । ब्रान्डहरु त्यसरी नै बन्छन् । हामीले दानवीर कर्णबाट यही सिक्न सक्छौं ।
बुद्ध दर्शनमा चण्डाशोकबाट धम्माशोक बनेको कथा छ । चण्डाशोक हत्यारा हुन्छ ऊ धन कमाउन खोज्छ । पछि ऊ धर्ममा लाग्छ र भिक्षु बन्छ । बुद्ध धर्मले पहिला धम्माशेक बन्न सिकाउँछ । तर अहिलेको अर्थप्रणालीले जसरी हुन्छ पैसा कमाऊ भनेर सिकाउँछ ।
पढ्नुहोस्
रावणबाट के सिक्ने- बहुप्रतिभाशाली बन्ने कि परिस्थिति अनुकुल ?
हिन्दू धर्मग्रन्थबाट राजनेताले के सिक्ने ?
नेतृत्व गर्ने कि मालिक बन्ने !
" />मानिसहरु प्रायः सोध्ने गर्छन्– पौराणियक ग्रन्थहरुबाट प्रतिस्पर्धाबारे के सिक्ने ? प्रतिस्पर्धाबारे चर्चा गर्दा सबैभन्दा पहिला आफैसँग सोध्नुपर्छ– प्रतिस्पर्धा केका लागि ?

">