समयअनुसार सिक्ने र सिकाउने क्रममा अनेकन परिवर्तन भए। अझै भइरहनेछन्। सिकाउने, सिक्ने चरणमा लिइएका हरेक तरिका, पद्धतिमा पनि यही परिवर्तनको नियम छँदैछ। के, कति र कसरी भन्ने खोज्दा परीक्षा वा मूल्यांकन जोडिएर आएको होला भन्ने बुझ्न कुनै ‘वाद’ बुझ्नुपर्दैन।
परीक्षाको उद्देश्य के थियो ? के कस्ता तत्वहरु समावेश हुन्थे भन्नेमा नपसी मूल्यांकन कसरी प्रभावकारी हुन्छ र बनाउन सकिन्छ भन्नेमा यो लेखमा ‘इन्जिनियरिङ’ गर्ने प्रयत्न गरिएको छ।
कोभिड-१९ को त्रासमा के परीक्षा (हामीले लिने गरेकै जसरी) नलिए सिकाइ खेर जान्छ ? सिकारुको भविष्य बिग्रन्छ ? भन्ने मूल प्रश्नको उत्तर खोतल्न खोजिएको छ।
परीक्षालाई अंग्रेजीको ‘एसेसमेन्ट अब लर्निङ’ भनेर बुझ्दा सजिलो होला। के जान्यो भनेर जाँच्ने कला हो यो। यसमा विगत हावी हुनेछ। पेपर (पेन टेस्ट) यसको भरपर्दो माध्यम बनेछ। टाइम बाउन्ड (घण्टे परीक्षा)। यति समयभित्र लेखिसक्नु पर्ने भनेर छुट्टयाइएको।
यस्ता परीक्षाले सिकारुको एक पाखो मात्रै देखिँदोरहेछ। हामीले विद्यालय शिक्षामा विशेषगरी आजसम्म मूलमन्त्र मानेको परीक्षाले सारमा यत्ति एकपाखो मात्रै जाँचेर पठाएका रहेछौं।
किन यस्तो भो होला ?
‘स्ट्यान्डर्डाइज्ट टेस्टिङ’, स्तरीकृत परीक्षा लिएर हुर्केका हामीले त्यस्तै जाँच नलिए सिकारुले पढाइमा मेहनत गर्दैनन् भन्ने एकपाखे बुझाइलाई पूर्ण बुझाइ मानेछौं। कक्षा ३, ५, ८ वा १० सबै तहमा हामीलाई यस्तै जाँच लिने भुत गजबको लाग्यो। सनातनी रमाइलोमा परिएछ। नीति निर्माण तहमा यदाकदा बुद्धिबिलासका लागि छलफल भए पनि हात हालिहाल्ने आँट आएन छ।
मूल्यांकन गर्दा सनातनी राष्ट्रिय जाँच पद्धतिलाई चुनौती दिएका केही स्वतन्त्र (निजी) विद्यालयको अनुभव यो लेख तयारीका क्रममा अध्ययन गरिएको थियो।
रातो बंगला नामको स्कूलका निर्देशक डा. शान्ताको अनुभवमा विद्यार्थीको सर्वांगीण विकास गर्नेगरी मूल्यांकन गर्दा अभिभावकले गरेको अवरोधले त हैन सरकारी कर्मचारीले बुझ पचाएको तीक्तता बढी बिझाएको रहेछ।
त्यस्तै अनुभव मेदिन लामिछानेले युलेन्समा खेप्नुपरेको रहेछ। एसएलसीमा कम डिस्टिक्सन आएकोमा अभिभावकले पोखेको असन्तुष्टि लामिछानेको ऊर्जा बनेको पाइयो।
एसेसमेन्ट फर लर्निङका लागि निर्माणात्मक मूल्यांकन सुरु गर्दा ६ वर्षअघि हार्वर्ड (बोधिबृक्ष) स्कुल, बाफलमा जाँचै नहुने स्कुल रहेछ भनेर छिमेकीले विज्ञापन गरिदिएको रमाइलो अनुभव त्यतिबेलाका शंकर रिजालसँग ताजै रहेछ।
परीक्षा छाडेर मूल्यांकन सुरू गरेका प्रतिनिधि स्कूलका ४ वर्षको सामान्य तुलना हेर्दा विद्यार्थीलाई परीक्षाको तनावमात्र नदिने हो भने व्यवहारगत सिकाइमा उल्लेख्य परिवर्तन आउँदो रहेछ।
बोधिवृक्षकै निर्देशक सबिता बर्तौलालाई ‘एसेसमेन्ट एज लर्निङ’ प्रभावकारी सिकाइका लागि मूल्यांकन कार्यक्रम लागू गर्दा बेहोरेको चुनौतीले सधैंभरि मूल्यांकनमै लाग्नुपर्ने ऊर्जा दिएको रहेछ।
सिकारूको ‘पोर्टफोलियो’ (विद्यार्थीको गतिविधि समेटिएको विस्तृत कुण्डली) तयार गरिएछ। त्यसमै उनीहरूले सिक्नुपर्ने कुरा (समयसीमाभित्रको सिकाइ उपलब्धि) लाई पाठ्यक्रम हो भनी बुझाइएछ। अभिभावकसमेतको उपस्थितिमा विद्यार्थीलाई छलफलपछि त्यो दिइएछ। अभिभावक पनि सिकाइ प्रक्रियामा जोडिएछन्।
विद्यार्थीले आफूले सिक्नुपर्ने कुरामा राम्ररी जानकार हुन पाएछन्। शिक्षकसमूहले विद्यार्थीलाई बढीभन्दा बढी ‘गरेर सिक्ने’ गरी पाठयोजना बनाएछन्। पाठयोजना बनाउँदा विद्यार्थीलाई सहभागी गराएछन्।
हरेक दिनका गतिविधिमा पाठ्ययोजनालाई टुक्राटुक्रा पारेछन। र, सिके-नसिकेको हेर्न ‘रूब्रिक’ तयार गरेछन्। अत्यन्तै सरलीकृत गरिएको रुब्रिक ८ वर्षमाथिका विद्यार्थीले आफ्नै साथीहरूको सहयोगमा भर्न सिकेछन्। लिखित परीक्षा पनि लिइने रहेछ, तर त्यसैलाई लिएर एकअर्कासँग तुलना नगरिने रहेछ। व्यक्तिगत पृष्ठपोषण भने गरिने रहेछ।
सनातनी मूल्यांकनलाई चुनौती दिएर हाम्रै समाजमा अघि बढेका उदाहरण हेर्दा पनि मूल्यांकन हामीले सोचेको भन्दा जकडिएको भेटिँदोरछ।
परीक्षाले नभेटेको ‘होलिस्टिक डिभलपमेन्ट’ लाई अब त खोज्नै पर्यो।
परीक्षाले जन्माएको अनावश्यक प्रतिष्पर्धा निर्मूल गर्न, मूल्यांकनलाई आत्मसात गर्नुपर्नेछ।
मूल्यांकन कक्षा गतिविधिमा आधारित हुनुपर्ने रहेछ। कक्षाकोठाको गतिविधिले पाठ्यक्रम समाउनुपर्ने रहेछ। पाठ्यक्रममा अन्तर्निहित तत्वहरुको मूल्यांकन हुनुपर्ने रहेछ। हामीले त भटाभट ‘क्वेस्चन बैंक’ पढाइदिएछौं। विद्यार्थीले त्यसैलाई समग्रमा सिकाइ मान्ने संस्कार पाएछन।
जस्तोः कक्षा ५ मा नेपाली विषयमा कथाका तत्वहरू सिकाउनुपर्ने रहेछ। कथाका तत्वहरु खोज्दा तिनले कथाका प्रकार सिक्दा रहेछन्। कथा तिनले सुरूमा खोज्दा र एकअर्का कथाका बीच कनेक्टिङ एलेमेन्ट खोज्दा तिनले सहकार्य सिक्दा रहेछन्, रचनात्मक चिन्तन हुँदो रहेछ।
कथामा आफ्नो उपस्थिति खोजी ‘एप्लाइड नलेज’ को अवधारणा बनाउने रहेछन्। सके तिनले आफ्ना कथाहरूलाई प्रदर्शनीमा समेत राखी प्रस्तुति शिल्प समेत परख्ने रहेछन्। तर, परीक्षामा कथाका तत्वहरु के–के हुन् भनेर लेख्न लगाउँदा तिनले के सिक्लान्?
कोभिड परीक्षा !
स्वतन्त्र (निजी) विद्यालयमा परीक्षा एक तहमा क्रोनिक छ। परीक्षा आयस्रोतसँग जोडिएको छ र बदनाम पनि सायद यसैका कारण छ। अब सामुदायिक विद्यालयहरूमा यो संक्रमण सर्दो छ। यो रोग र बदनामी यति सजिलोसँग सामुदायिक विद्यालयले बोक्नु हुन्नथ्यो।
परीक्षा नलिए आकाश खस्छ ?
मूल्यांकन सिकाइको अनिवार्य पक्ष हो, तर अहिलेको परीक्षा कर्मकाण्ड हो। ढोँग हो। सयौं वर्ष पुरानो ‘माइन्डसेट’ हो। विद्यालय तहभरिमा कक्षा १२ मा एउटा स्तरीकृत परीक्षा भए पुग्छ।

प्रतिस्पर्धाबाट सहकार्यतिर लम्किएको लक्षण पाइएको छ। सिकाइ केन्द्रमा हुनुपर्छ। सिकाइको डाइमेन्सनमा प्रतिस्पर्धा खोज्नुपर्छ।
" /> समयअनुसार सिक्ने र सिकाउने क्रममा अनेकन परिवर्तन भए। अझै भइरहनेछन्। सिकाउने, सिक्ने चरणमा लिइएका हरेक तरिका, पद्धतिमा पनि यही परिवर्तनको नियम छँदैछ। के, कति र कसरी भन्ने खोज्दा परीक्षा वा मूल्यांकन जोडिएर आएको होला भन्ने बुझ्न कुनै ‘वाद’ बुझ्नुपर्दैन।परीक्षाको उद्देश्य के थियो ? के कस्ता तत्वहरु समावेश हुन्थे भन्नेमा नपसी मूल्यांकन कसरी प्रभावकारी हुन्छ र बनाउन सकिन्छ भन्नेमा यो लेखमा ‘इन्जिनियरिङ’ गर्ने प्रयत्न गरिएको छ।

">