घुम्न असाध्यै रूचाउने म। पेशा पत्रकारिता भएकाले रिपोर्टिङकै क्रममा पनि कहिलेकाहीँ नयाँ–नयाँ ठाउँ जाने अवसर जुरिरहन्छ।
स्टेज कार्यक्रम होस्ट गर्ने भएकाले पनि विभिन्न ठाउँ पुगिरहन्छु। त्यसबाहेक साथीहरूसँग स्वदेशका केही पर्यटकीय गन्तव्यमा महीनामा दुईपटक जति छोटो समयकै लागि भए पनि कहीँ कतै गइरहन्छु।
तर, यसपालि दशैंपछि कतै जाने अवसर मिलेको थिएन। दशैमा लामो बिदा बस्ने अवसर मिले पनि तिहार कार्यालयमै बित्यो।
तिहार र छठ काठमाडौंमा मनाएपछि रिफ्रेसमेन्टका लागि कतै जाने योजना बुनिरहेको थिएँ। यत्तिकैमा मित्र नवराज कुँवरले चित्लाङ भ्रमणको योजना सुनाए। काठमाडौंको धुलो धुवाँ, कार्यालयको तनाव, भागदौडलाई छाडेर गत साता चित्लाङ हुँइकियौं।
मिडियाकर्मी साथीहरू नवराज कुँवर, दिनेश गौतम, निर्माण झापालीलगायत साथीहरू बल्खु, दक्षिणकाली, ईन्द्रसरोवर, मार्खू हुँदै करीब ६१ किलोमिटर बाटो छिचोल्दै चित्लाङ पुग्याै।
थानकोटबाट जाने १२ किलोमिटरको छोटो बाटो मर्मतको क्रममा रहेकाले लामो बाटो जानुपर्ने बाध्यता थियो। त्यसमा पनि अधिकांश ठाउँमा कालोपत्रे भत्किएकाले चित्लाङ पुग्दा हामी धुलाम्मे थियौं। हुन त सुविधाजनक ठाउँभन्दा कठिन यात्रा नै हामीलाई प्रिय लाग्छन्। चित्लाङ पुग्नु त्यति धेरै चुनौतीपूर्ण त होइन तर, भौतिक पूर्वाधारका कारण खासै सहज पनि छैन रहेछ।
अपरान्ह ३ बजे बल्खुबाट हिँडेका हामी चित्लाङ पुग्दा झमक्क रात परिसकेको थियो। मोटरसाइकलमा ६१ किलोमिटरको यात्राले लखतरान परिएको थियो। तर, गाउँघर सम्झेर धाउँदै आएकाले मनमा भने असीम खुसी, उत्सुकता र जिज्ञासाको बिजुली दगुर्दै थियो।
शीतले भिजेका रुखपात र घाँसमा हिँडडुल गर्दा साँच्चै थकान मरिरहेको थियो। त्यहाँ अघिल्लो दिननै केही साथीहरू बसेका थिए। उनीहरूले त्यहाँको बारेमा प्रारम्भिक जानकारी दिए।
मकवानपुरको थाहा नगरपालिकाको ९ र १० नम्बर वडामा विभाजित साबिकको चित्लाङ गाविसमा अहिले दैनिक आन्तरिक र बाह्य पर्यटकहरू टुट्दा रहेनछन्। विषेशगरी शुक्रबार र शनिबार अधिकांश होमस्टे र रिसोर्ट भरिभराउ हुने रहेछ। हामी गएको दिन पनि शुक्रबार भएकाले धेरै भीड थियो।
थानकोटबाट १२ किलोमिटरको दूरीमा भएकाले अधिकांश पर्यटक यहाँ हिँडेरै पुग्न सक्छन्। चित्लाङ नजिकैको मानवनिर्मित इन्द्रसरोवर तालले पनि त्यहाँको आकर्षण थपेको छ।
रिसोर्ट तथा होमस्टे, बाख्राका दूधबाट चिज उत्पादन र जैतुन खेतीले पनि त्यस क्षेत्रको महत्त्वलाई अझ बढाएको चित्लाङ रिसोर्टका सञ्चालक शैलेश नेपालले जानकारी गराए। विभिन्न भाषाभाषीको आफ्नै भेषभूषा, बाजागाजा र संस्कृतिले भरिभराउ चित्लाङलाई पाँच वर्षअघि पर्यटन बोर्डले मुलुकको पहिलो पर्यटन गाउँको रूपमा घोषणा गरेको समेत उनले जानकारी गराए।
चित्लाङमा दुई ठूला रिर्सोट रहेछन्, एउटा अर्गानिक भिलेज रिसोर्ट र अर्काे चित्लाङ रिसोर्ट। शैलेशजीको बुबा रामशरण र काका देवेन्द्रले २०६६ सालमा सामान्य ढंंगबाट शुरू गरेको रिसोर्ट अहिले ठूलो क्षेत्रफलमा फैलिएको छ।
स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर हाल करीब २२ रोपनी आफ्नै जग्गामा रिसोर्ट फैलिएको छ। शुरूमा त्यो क्षेत्रमा नास्पती रोपिएको थियो, पछि नास्पतीबारीमै रिसोर्ट खोलिएको रहेछ।
अहिले नजिकै शैलेशको बुबाले एकल लगानीमा अर्काे चित्लाङ भिलेज रिसोर्ट खोलेका छन्। जुन सञ्चालनमा आइसके पनि पूर्णरूपमा भौतिक पूर्वाधार निर्माणको काम भने बाँकी नै छ। केहीबेरको कुराकानीपश्चात शैलेशजीले आफ्नो बुबा र काकाको लगानी रहेको अर्गानिक भिलेज रिसोर्टमा लिएर गए।
स्थानीय उत्पादनको मिठास
त्यो रात हाम्रो बास चित्लाङ रिसोर्टमै भयो।
थकाईले होला मस्त निदाइएछ। बिहान भयो।
रिसोर्टको छतबाट हरियो जंगल, आसपासका गाउँघरको सेरोफेरो मन फुकाएर हेरियो। पहेँलपुर तोरीबारी, अन्नबालीले सजिएका खेतबारी, सरल गाउँले जनजीवन नियाल्नसम्म नियाल्याैं।
ब्रेकफाष्टसँगै छतमा बसेर चित्लाङ नियाल्दै थियाैं।
चित्लाङमै फलेका मकैबाट पाउरोटी बनाइएको रहेछ। त्यो उद्योग केही वर्ष अघि त्यहीँ नजिकै खोलिएको रहेछ।
मकैको ब्रेड र त्यहीँ उत्पादन भएका चियाको मीठो स्वाद लियौं। स्थानीय उत्पादनको ब्रेकफास्टले तृप्त भयौं तर, गाउँघर घुम्ने प्यास मेटिएको थिएन।
यत्तिकैमा नवराजजीले ‘केहीबेर गाउँ घुम्न जाने’ प्रस्ताव राखे। कच्ची बाटोमा लन्ठ्याङ मन्ठ्याङ मोटरसाइकल कुदाउँदै हामी लाग्यौं गाउँले रहनसहन हेर्न।
बालापन सम्झाउने आफ्नो गाउँघरको झल्कोले मलाई झनै उत्साहित बनाइरहेको थियो। बाटोमा तथा बस्तीमा भेटिएकाहरूसँग गाउँले रहनसहन, चालचलन र तामाङ, नेवारी संस्कृतिबारे जिज्ञासा राखियो।
पाहुनालाई आफ्नै स्थानीय स्वादले खुशी पार्ने गरिँदो रहेछ। त्यहाँकोे आतिथ्यता, सत्कार र सेवाभावले गर्दा सधैं त्यहीँ बसिरहौं जस्तो पनि लाग्यो।
बूढेसकालमा पनि फुर्तिला
भर्खरै, धान भित्र्याएर फुर्सदमा रहेछन्, चित्लाङवासी। कसैले गहूँ त कसैले आलु लगाएका रहेछन् खेतबारीमा।
हिउँदमा फुर्सदिला भएका उनीहरूको घाँसदाउरा, गाईवस्तु, भर्खरै पालुवा हाल्दै गरेका आलु खेती स्याहार गर्नु दैनिकी रहेछ। सिजनअनुसारको तरकारी खेतीको हेरचाह गर्दैै बितिरहेको रहेछ गाउँले दिनचर्या।
उमेरमा ८१ वर्ष कटेका हरिबहादुर लामा तमाङले भने, “अर्मपर्म, झाराटण्टाका काम सकियो, धान भित्र्याएर आलु लगाएका छौं, अब फुर्सदको समय वनपाखो, दाउरा घाँस गर्दै बितिरहेछ।”
हरिबहादुरले हामीले राखेका जिज्ञासामा गाउँघरको नवीन प्रगति सुनाइरहे।
नवराजजी र मैले उत्सुकतापूर्वक सुनिरह्यौं। उनको कुरा सुनेर लाग्यो काल पर्खेर होइन, कर्ममै डटेर बाँचिरहेका थिए उनी।
मलाई लाग्यो गाँउका मान्छेहरू गाउँमै फलेका अर्गानिक खाना खाएर बुढेसकालमा पनि फुर्तिला हुंँदारहेछन्।
त्यहाँ भेटिएका केहीसँग गर्यौं भलाकुसारी। उनीहरूले आफ्नो रहनसहन र संस्कृतिबारे पनि सुनाए।
तीजका गीत, दशैंको रोटेपिङको रन्को, तिहारको देउसीभैलो, माघे संक्रान्तिका परिकार गरी चाडपर्वको सबै झ–झल्को पनि सुनाए। सञ्चोविसञ्चो, छोराछोरीहरूको पढाइलेखाइ र प्रगतिबारे सोध्यौं।
महाकविदेखि एलिजाबेथ पुगेको ठाउँ
गाउँलेसँग भलाकुसारीपछि सल्लो र उत्तिसको सेपिलो पाखो छिचोल्याैं।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता लेखेको ठाउँ पुग्यौं। उनले चित्लाङमै बसेर आफ्नो चर्चित ‘यात्री’ कविता लेखेका रहेछन्।
लामो यात्राबाट थाकेर चित्लाङमा सुस्ताउँदा महाकविले पशुपतिनाथ दर्शनका लागि आएका भारतीय तिर्थयात्रीलाई देखेछन्। अनि उनले चित्लाङमै बसेर ‘कुन मन्दिरमा जान्छौ यात्री’ भनेर लेखेका रहेछन्।
राणा शासनकालमा मकवानपुरको भीमफेदीबाट गाडी बोकेर राजधानी पुर्याउनेमध्ये नेतृत्वकर्ता धनबहादुर गोलेको जन्मस्थल पनि चित्लाङ हो। उनको मृत्यु भइसकेको छ।
उनीसँगै गाडी बोक्नेहरू मध्ये अब एकजना मात्रै जीवित छन् रे। भीमफेदी, कुलेखानी, मार्खू, चित्लाङ, चन्दागिरि हुँदै काठमाडौंसम्म गाडी बोकेर पुर्याउँदा ७ दिनदेखि १२ दिनसम्म लाग्ने गर्थ्यो रे। गाडी बोकेबापत् प्रतिव्यक्तिले बढीमा ५ आना पाउँथे।
चित्लाङका बासिन्दाले यस्ता कथा एकदमै रोचक पाराले सुनाए। चित्लाङको घरका छानाहरूले इतिहास बोल्छन्। पुराना घर महारानी एलिजावेथको चित्र अंकित टिनका पाताले छाइएका छन्, अहिले खिया लागेर छाना कालो भइसकेको छ।
सन् १९५२ मा बेलायतकी महारानी नेपाल आएकी थिइन्। उनीसँगै थुप्रै पाहुना आएका थिए।
पाहुनाले आफ्नो खाना र खजाना बोकेर ल्याएका टिनका बाकसहरू चित्लाङमा छोडेछन्। गाउँलेले तिनै टिनका पाता घर छाउन प्रयोग गरेछन्।
त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो रे । राति चित्लाङमा बास बसेर मान्छेहरू काठमाडाैं जान बिहान सबेरै चन्द्रागिरि डाँडाको उकालो लाग्थे। ‘त्यतिबेला मान्छेहरू कमिलाका ताँतीझैं देखिन्थे’ गाँउलेले सुनाए।
हामी ऐतिहासिक सात धारा पनि डुल्यौँ, धाराका पानी पिउँदै, पानीमा खेल्दै । राणाकालीन प्राचीन दरबार पनि नियाल्यौं। खुल्ला चौरमा दगुर्यौं। स–साना खोल्साले काटेर विभाजित डाँडाथुम्काहरू पार गर्यौं। यस्तो लाग्यो– मन रमाउन त सुन्दर प्रकृतिको काख नै चाहिँदो रहेछ।
आँखैमा बास बसेको चित्लाङ
इतिहासमा आफ्नै छवि बोकेको चित्लाङ त्रिभुवन राजपथ निर्माणसँगै ओझेलमा पर्यो। चन्द्रागिरि डाँडामा कमिलाजस्तै हिँड्ने मानिसलाई आश्रय दिने चित्लाङ लामो समय निदाए समान भयो। तर, अहिले यो ठाउँ जाग्दैछ। आफैंलाई बौराउँदैछ।
चित्लाङका ठाउँठाउँमा स–साना रिसोर्ट बनेका छन्। होमस्टे पनि २०–२२ वटा छन्।
त्यति धेरै पर्यटक नदेखिए पनि नयाँ पदयात्रामार्गको रूपमा परिचय बनाइरहेको देखियो चित्लाङले। गाउँ घुमेर फर्किपछि पुनः चित्लाङ रिसोर्टमै गएर खाना खायाैं।
खानामा थिए, चित्लाङकै स्थानीय उत्पादनका परिकार– दालभात, साग, आलु, फर्सी र घिरौलाका तरकारी। गोलभेडाको चटनीदेखि स्थानीय खोलामै मारिएका माछा तारिएका। लोकल कुखुराका मासु र त्यसको रमरमे रस।
जिब्रोमै टाँसियो चित्लाङ। आँखैमा बसिगो चित्लाङ।
दिनभर चित्लाङका विभिन्न बस्तीहरू डुल्याैं। फर्कंदा अघिल्लो दिन हामी गएकै बाटो मानवनिर्मित ताल कुलेखानीको छेउछेवै लाग्यौं।
चित्लाङबाट चन्द्रागिरि डाँडा र थानकोट हुँदै काठमाडौ झर्न जम्माजम्मी १२–१४ किलोमिटरको बाटो छ।
त्यो बाटो फराकिलो पार्न काम भइरहेकाले अहिले बन्द गरिएको छ। चन्द्रागिरिको डाँडासम्मको काम सकिएको छ। बाँकी काम कहिले सम्पन्न हुन्छ भनेर कसैले भन्न सकेको छैन।
त्यहाँबाट अर्काेतिर टिस्टुङ हुँदै नौबीसे भएर जाने अर्काे बाटो छ। तर, धेरैजसो मार्खू हुँदै इन्द्रसरोवरबाट नै चित्लाङ पुग्दा रहेछन्। हामी पनि त्यही बाटो फर्कियौं।
" />घुम्न असाध्यै रूचाउने म। पेशा पत्रकारिता भएकाले रिपोर्टिङकै क्रममा पनि कहिलेकाहीँ नयाँ–नयाँ ठाउँ जाने अवसर जुरिरहन्छ।

">