रानीपोखरीमा ५ वर्षपछि भरिएको प्राण (तस्वीरहरू)

काठमाडौं। १२ वैशाख २०७२ को भूकम्पले क्षतिग्रस्त पारेको ऐतिहासिक रानीपोखरी पुनर्निर्माणपश्‍चात आज उद्घाटन गरिएको छ।

राष्‍ट्रपति भण्डारीले रानीपोखरी परिसरमा राखिएको ताम्रपत्रको अनावरण गरेर पोखरीको उद्घाटन गरिन्। समुद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य मन्त्री तथा विशिष्‍ट अतिथिहरू उपस्थित थिए।

सो क्रममा राष्‍ट्रपति भण्डारीले २ माघ २०७२ मा शिलान्यासको क्रममा रानीपोखरीको डिलमा आफूले गरेको संकल्प पूरा भएको भन्दै खुसी व्यक्त गरिन्।

उद्घाटन समारोहमा सहभागी अतिथिहरूले नेपाल तथा भारतका विभिन्न तीर्थस्थल, नदीनाला र कुण्डबाट ल्याएर घडामा राखिएको जल रानीपोखरीमा चढाएका छन्।

१२ वैशाख २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरूको पुनर्निर्माणअन्तर्गत यो एक महत्वपूर्ण काम मानिएको छ।

त्यस्तै मन्दिरको बीचमा पुनर्निर्माण गरिएको बालगोपालेश्‍वर मन्दिरको परिक्रमासँगै प्राण प्रतिष्‍ठा पूजा गरिएको छ।

३५२ वर्ष पुरानो सम्पदा महाभूकम्पबाट क्षति पुगेको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो।