बजारमा चल्ने जुनसुकै बाइक र स्कुटर मर्मत गर्न सक्छिन्। त्यसैले त राजधानीको रातोपुल नजिकै रहेको उनको ‘आशिष अटोमोबाइल वर्कसप’मा भीड लागिरहेकै हुन्छ।
सवारीसाधनको चाप दिनहुँ बढ्दो शहरमा वर्कसपमा भीड हुनु अनौठो पक्कै होइन।
अनौठो त के हो भने अहिलेको समाजमा पनि वर्कसप चलाउने महिला साह्रै थोरै छन्। र, तीमध्ये पनि आफैं मेकानिक बन्ने सरु जस्ता महिला अर्को भेट्न गाह्रो छ।
१९ वर्षअघि, यो यात्रा शुरू गर्दा उनी २२ वर्षकी थिइन्।
भर्खर बिहे गरेर काठमाडौं आएकी। भक्तपुरको जन्म। हुर्काइ कहिले भक्तपुर, कहिले नारायणघाट। कल्पना पनि गरेकी थिइनन् जिन्दगीमा मेकानिक बन्छु भनेर। उनको सपना त थियो– एक घरेलु महिलाको। खासमा सपना नै थिएन त्यो। घरेलु महिला त जो पनि बन्थ्यो।
तर जिन्दगी न हो, कसैको सपना अधूरै रहन्छ, कसैलाई नदेखेको सपना पुर्याइदिन्छ। मात्र चाहिन्छ आँट र अठोट। त्यत्ति न हो।
त्यही आँट र अठोटले सरु सुवाललाई मेकानिक बनाइदियो। त्यतिमात्र होइन, थोरैमध्येकी एक महिला मेकानिक।
बिहे गरेर आउँदा श्रीमानको वर्कसप थियो। घरधन्धा भ्याएर श्रीमानलाई सहयोग गर्थिन् वर्कसपमा।
जानेकी त के थिइन् र! सामान पुर्याइदिने जस्ता सहयोग गर्थिन्। तर, त्यतिमै सीमित भइनन्। श्रीमानले बिस्तारै काम सिकाउन थाले। उनले सिक्न थालिन्।
शुरुमा त गाह्रो पक्कै भयो। तर, हरेस खाइनन्।
एकदिन, दुईदिन हुँदै उनी मेकानिक भइन्। श्रीमानले उनलाई साथ दिए। उनले पनि सहयोग गरिन्।
श्रीमानको रहर थियो, अभिनय गर्ने। उनले वर्कसप चलाइदिइन्।
श्रीमान आशिष कपाली अभिनयमा लागे। विभिन्न नेपाली चलचित्रका विभिन्न भूमिकामा देख्न पाइन्छ उनलाई।
वर्कसप त सञ्चालन गर्न थालिन्। तर, काम गर्न जानेर मात्र कहाँ पुग्थ्यो र? विश्वास पनि त जित्नुपर्थ्यो।
महिलाले बाइक बनाएको नदेखेको समाज, शुरूमा विश्वास गर्नै मानेन। सक्छिन् र? शंका गर्थ्यो समाज।
“तपाईंकै आँखा अगाडि बनाइदिन्छु भनेर एकदुईजनाको बनाइदिएँ”, सरु सम्झन्छिन्, “मेरो काम देखेकाले नै प्रचार गर्दै गए।”
झण्डै दुई दशकको यो अवधिमा उनले प्रशस्त विश्वास र ग्राहक कमाएकी छन्। उनको वर्कसपमा एकदुईपटक आएका ग्राहक खोज्दै आउन थालेका छन्।
समय–समयमा विभिन्न कम्पनीहरूले दिने तालिमले उनको क्षमतामा निखार ल्याएको छ।
त्यो भन्दा पनि बढी उनी समाजमा सकारात्मक सन्देश छर्न सफल भएकी छन्।
सरू अहिले प्रशिक्षक पनि भएकी छन्। उनीबाट सीप सिकेकाहरूले अहिले विभिन्न ठाउँमा आफ्नै वर्कसप पनि स्थापना गरेका छन्।
“मानिसहरू महिला भएर पनि यस्तो काम गर्नु भएको छ, मेरो श्रीमतीलाई पनि यहीँ ल्याएर राखिदिन्छु, सिकाइदिनुपर्छ भन्छन्”, सरु सुनाउँछिन्।
त्यसो त सरु आफैं भन्छिन्– “महिला भएर चुलोचौकामा मात्र सीमित होइन, सबै थोकमा सबल हुनुपर्छ। जन्मेर आउँदा केटा र केटी दुवैलाई बल र बुद्धि एउटै दिएको हुन्छ।”
काम थाल्नुअघि सरुसँग कुनै सीप थिएन। सीपले अहिले उनलाई आत्मनिर्भर बनाइदिएको छ।
आत्मनिर्भरताले सामाजिक प्रतिष्ठा पनि हासिल गराएको छ। त्यसैले उनको सुझाव छ, “कति महिला खाडी मुलुकमा गएर फस्नु र बेचिनु परेको छ। त्यसरी लगानीका साथै आफू पनि फस्नुभन्दा आफ्नै देशमा सीप सिकेर काम गर्नु ठीक हुन्छ।”
" />बजारमा चल्ने जुनसुकै बाइक र स्कुटर मर्मत गर्न सक्छिन्। त्यसैले त राजधानीको रातोपुल नजिकै रहेको उनको ‘आशिष अटोमोबाइल वर्कसप’मा भीड लागिरहेकै हुन्छ।

">