दसैं र तिहारको समय सबैभन्दा बढी संवदेनशील मानिन्छ। भीडभाड र मानवीय चहलपहल अत्याधिक हुने दसैं तथा तिहारमा मदिराको सेवनका कारण हुने सवारी दुर्घटना, जुवातास, झगडाका घटना उल्लेख रुपमा हुने गरेका छन्।
यस पटक दसैं तथा तिहारको अवसरमा प्रहरीले सुरक्षाको के कस्तो रणनीति र योजना बनाएको छ त? यसै सन्दर्भमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसँग देखापढीका दीपक नेपालले गरेको कुराकानी:
दसैं कसरी मनाउँदै हुनुहुन्छ?
दसैंमा हुनसक्ने सम्भावित घट्ना दुर्घटना नियन्त्रण र शान्तिपूर्ण वातावरण बनाउन हामीले कात्तिक २५ गतेदेखि विशेष सुरक्षा योजना लागू गरेका छौ। मेरो दसैंको अधिकांश समय त्यही विशेष सुरक्षा याेजनाको अनुगमन र सफल कार्यान्वयनमा बित्नेछ। कहीँ थप प्रहरीको आवश्यकता परे परिचालनका लागि 'व्याकअप'को तयारी गरेको छु। त्योसँगै दसैंमा घर जान नपाएका सकल दर्जाका प्रहरीसँग खाना खाने, रमाइलो कुराकानी गर्ने, छलफल गर्ने र प्रोत्साहित गर्ने गरेको छु।
त्यसबाहेक सार्वजनिक ओहोदामा रहेका व्यक्ति, विभिन्न संघसंस्थाका पदाधिकारी, सर्वसाधारणलाई टेलिफोन र म्यासेजमार्फत शुभकामना साटासाटा गरेर दसैं मनाइरहेको छु।
दसैंकाे बेला परिवारसँग रमाइलो गर्ने मन हुँदा-हुँदै पनि सुदूरपश्चिम प्रहरी प्रमुखको जिम्मेवारीका कारण त्याे अवसरबाट वञ्चित हुनुभएकाे छ, कसरी लिनुभएकाे छ आफ्नाे जिम्मेवारीलाई?
विगतमा दसैंको समयमा जहाँ दरबन्दी हुन्थ्यो, त्यहीँ मनाउथें। घरपरिवारका सदस्यलाई पनि त्यही बोलाउथें। तर कोरोनाको जोखिमका कारण यो पटक परिवारलाई बोलाइनँ। श्रीमती, छोरी एकातिर, आमा र भाइ अर्कोतिर छन्। यस पटक परिवारबाट एक्लै छु। तर मेरो ठूलो प्रहरी परिवार छ। सुदूरपश्चिम प्रहरी परिवारसँगै दसैं मनाइरहेको छु।
दसैं भनेपछि रमाइलो गर्ने, तडकभडक गर्ने, खानपिन गर्ने, जुवातास खेल्ने, मदिराको सेवन गर्ने, यस्ता विकृतिहरु पनि जोडिएर आउँछन्, यसलाई व्यक्ति रुपमा तपाईं आफैंचाहिँ कसरी लिनुहुन्छ?
म प्रहरी संगठनको जिम्मेवार सदस्य पनि हुँ। यद्यपि म नागरिक पनि हुँ। मेरा पनि व्यक्तिगत इच्छा चाहना पनि हुन्छन्। त्यसो भन्दै गर्दा, जुवातास त मैले अहिलेसम्म खेलेको छैन। खेल्न पनि आउँदैन। यो मेरो सोख नै भएन।
दसैंको समयमा घरपरिवार र साथीभाइसँग रमाइलो गर्ने, माछा मासु खाने, घुम्न जाने गरिएको थियो। एकातिर कोरोनाले यी सबै कुरा सम्भव नै थिएन। अर्कोतिर यतिबेला म 'अन ड्युटी' छु। त्यसैले यो पटक रमाइलो गर्नेभन्दा पनि आफू सुरक्षित रहने र अरुलाई कसरी सुरक्षित बनाउने भन्नेमा ध्यान केन्द्रित छ।
मदिरा सेवन गरी सवारीसाधन चलाउने प्रवृत्तिका कारण दसैंमा दुर्घटनाका घट्नाहरुमा वृद्धि हुने गरेका छन्? दुर्घटना नियन्त्रणका लागि के कस्तो रणनीति बनाउनुभएको छ?
यही कुरालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीमा २० जना थप गरेका छौं। जहाँ संख्या कम छ, त्यहाँ ट्राफिक प्रहरी थप गरेका छौं। विशेष सुरक्षा योजना अनुसार हाइवे, गल्लीमा सरप्राइज चेक गर्ने गरेका छौं। तीव्र गति र मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाएको पाइएमा कारबाही गर्ने गरेका छौं। सुदूरपश्चिमभरि ४० स्थानमा 'हेल्प डेक्स' राखेका छौं। तीव्र गति र मापसे गरेर सवारीसाधन नचलाउन चालकहरुलाई सम्झाउने गरेका छौं।
यस पर्वकाे माहाेलमा सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ?
यो पटक दसैं जो जहाँ छ, त्यही मनाऔं। यो पटकको दसैं विगतको जस्तो छैन। कोरोना संक्रमणको जोखिम उच्च भएकोले घरबाहिर ननिस्काैं। घरभित्रै दसैं मनाऔं। जुवातास नखेल्न, अनियन्त्रित तरिकाले मदिरा सेवन नगर्न तथा मदिरा सेवन गरेर सवारीसाधन नचलाउन आग्रह गर्न चाहन्छु।
" /> दसैं र तिहारको समय सबैभन्दा बढी संवदेनशील मानिन्छ। भीडभाड र मानवीय चहलपहल अत्याधिक हुने दसैं तथा तिहारमा मदिराको सेवनका कारण हुने सवारी दुर्घटना, जुवातास, झगडाका घटना उल्लेख रुपमा हुने गरेका छन्।यस पटक दसैं तथा तिहारको अवसरमा प्रहरीले सुरक्षाको के कस्तो रणनीति र योजना बनाएको छ त? यसै सन्दर्भमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसँग देखापढीका दीपक नेपालले गरेको कुराकानी:

">