काठमाडौंका प्राचीन वस्तीमध्ये असनलाई पनि एक मानिन्छ। धेरै अगाडि त्यहाँ मानवीय वस्ती स्थापित भइरहेको मानिन्छ। त्यसैले त असनको स्थापनासँग सम्राट अशोकका कथा कुनै न कुनै रूपमा जोडिन्छ।
आधुनिक समयमा भने असन व्यापारिक केन्द्रका रूपमा परिचित छ। केही वर्ष अगाडिसम्म त धेरैका लागि असनमा किनमेल नगरी सुख थिएन्। जत्तिकै अन्यत्र आधुनिक सुविधा भइसक्दा पनि असनतिर गएर आवश्यक सामान किन्ने चलन अझै हराएको छैन।
प्रत्येक दसैंमा असनबारे कुनै न कुनै मोडमा चर्चा हुने गर्छ नै, चाहे त्यो किनमेलका लागि भएको हुल नै किन नहोस। फेरि दसैंलाई असनसँग जोडिएर चर्चा गर्ने सांस्कृतिक पक्ष पनि छ र यो आफैमा अद्धितीय छ। दसैं मनाउने सबैले दशमीको दिन टीका थाप्ने गर्छन्, तर असनका नेवारले भने त्यस्तो गर्दैनन्, बरू एक दिनपछि एकादशीका दिन टीका थाप्ने गर्छन्। यो नै सबैभन्दा ठूलो फरक हो, अरू सबैले मनाउने दसैं र असनवासीले बनाउने दसैंबीचको फरक।
असनका रैथाने हुन्, तुलाधर, शाक्य र वज्राचार्य नेवारहरू। परापूर्वकालदेखि असनमा टीका थाप्ने चलन एक दिन दिन पछाडि हुँदै आएको छ। एकादशीका दिन टीका थाप्ने चलनलाई नेपाल भाषामा ‘असं चालं’ भनिन्छ।
अब प्रश्न उठ्छ, यसरी असनवासीले किन एक दिन ढिला टीका लगाउने परम्परा बस्यो होला त ? यसको पहिलो उत्तर व्यवहारिक छ। अब असन भनेपछि धेरै अगाडिदेखि व्यापारको थलो भयो, यहाँका व्यापारी दशमीको दिन पनि आफ्नो व्यापारमै ब्यस्त रहे।
दशमीको पूरा दिन पनि व्यापार हुन्थ्यो, तर त्यसको भोलिपल्ट बजार सुनसान हुन्थ्यो। दशमीको दिन व्यापार बन्द गरेर टीका थाप्ने काममा व्यस्त रहनु असनका व्यापारीले ठीक माननेनन्, त्यसैले टीका थाप्ने कामलाई नै एक दिन पछाडि सारे। यो त असनका चलाख व्यापारीको व्यवसायिक निर्णय भयो। पछि यो सामूहिक निर्णयमा परिवर्तन भयो र यसले दुर्लभ संस्कृतिको रूप लियो। व्यवहारिक दृष्टिकोणले हेर्दा यो ठीक निर्णय जस्तो पनि देखिन्छ।
तर, असनका केही बुढापाका र जान्ने सुन्नेलाई आधार मान्ने हो भने यस पछाडि ऐतिहासिक कारण पनि रहेको छ। असनको ऐतिहासिक नाम अशोकमण्डल रहेको विश्वास गरिन्छ र यसको सिधा सम्बन्ध तिनै भारतीय सम्राट अशोकसँग जोडिन्छ।
नेपालको इतिहासमा धेरै दृष्टिकोणले यी राजाको नाम जोडिन्छ र विश्वास गरिन्छ, आफ्नो शासनकालमै उनी काठमाडौं उपत्यकामा आएका थिए। यसका लागि पर्याप्त ऐतिहासिक प्रमाण पुग्दैन तर विश्वास भने अटल छ।
ती राजा अशोक बौद्धमार्गी भएयता काठमाडौं आएर उनले यहाँ चैत्य र विहार बनाएको विश्वास गरिन्छ। अशोकले असनमा पनि यस्तै विहार बनाए। अनि सुरूआती पुस्ताका असनवासी बौद्ध त थिए नै, यी अशोकका अनुयायी पनि भए।
राजा अशोकले दशमीकै दिन अश्त्र त्यागेको मानिन्छ। यसलाई बौद्ध मार्गीबीच ठूलो उत्साहले मनाउने चलन पनि छ। आफ्नो शासनकालको सुरूमा यी राजा निकै अन्यायी, ह्रिंसक र युद्धप्रेमी थिए।
तर, पछि उनको मन फेरियो र उनी यी सबैबाट टाढा रहे र गौत्तम बुद्धका पक्का अनुयायी भए। काठमाडौंमा बौद्ध धर्मको प्रयार प्रसारका लागि उनको ठूलो हात समेत रहेको विश्वास गरिन्छ। भारतको उत्तरमा रहेको नेपालमा बौद्ध धर्मको प्रचार गर्नका लागि उनले आफ्ना दूत पनि पठाएका थिए।
यही दशमीकै दिन असनवासीलाई दसैं मनाउने क्रममा मारकाट गरेको ठीक लागेन्। त्यसैले एकादशीमा दशमीतिर गर्नु पर्ने सबै काम गर्न थाले। र, यही कारण त हो, असनवासीले एकादशीको दिन दसैंको टीका थाप्ने।