यो समस्या शुरू भएपछि बच्चाहरूमा निद्रा नलाग्ने, कम्मर दुख्ने, तौल बढ्ने वा घट्ने लगायतका समस्या देखापर्छन् । त्यतिमात्र होइन, उनीहरुको आँखाको क्षमता कमजोर हुने, टाउको दुख्ने, खाना कम खानेजस्ता समस्या पनि देखापर्न सक्छन् ।
“बालबालिकाले नियमित पारिवारिक जीवन बिताउन थालेका छैनन् वा समय जुटाउन सकेका छैनन् भने अभिभावकहरू सचेत हुनैपर्छ।”
टान्डोक थप्छन्, “ग्याजेटहरू आफैमा गलत होइनन्। ती उपयोगी र अनिवार्य छन्। तर अभिभावकले बालबालिकालाई यसको लतमा पर्नबाट जोगाउनैपर्छ।“
कति समय उपयुक्त?
अमेरिकन एकेडेमी अफ् पेडियाट्रिक्स (एएपी) ले यसबारे एउटा छुट्टै अनुसन्धान गरेको छ । सो अनुसन्धानले देखाए अनुसार दुई बर्ष देखि पाँच वर्षसम्मका शिशुलाई दिनको एक घण्टा भन्दा बढी समय मोबाइल दिनुहुँदैन। अनुसन्धानले १८ महिनाभन्दा मुनिका शिशुलाई त मोबाइलबाट परै राख्नु बेस हुने तथ्य उजागर गरेको छ।
एलिट रिडर्सबाट अनुदित

बच्चालाई मोबाइलमा भुलाउने बानी छ ? होस् गर्नुस्, मस्तिष्कमै क्षति पुग्नसक्छ

- मार्क एन्ड्रयुज

आफ्नो बच्चा रून कराउन वा झगडा गर्न थाले के गर्नुहुन्छ? अचेल धेरै अभिभावकले मोबाइल वा ट्याब दिएर भुलाउने गर्छन्।

मोबाइलको चम्किलो स्क्रिनमा चलायमान चित्र र आवाज सुनेर बच्चाहरू रमाउँछन्। एकैछिनका लागि भोक पनि बिर्सिदिन्छन्। असन्तुष्टि भुलिदिन्छन्।

त्यसैले पनि अभिभावकले खासगरी केही महिना वा बर्षका शिशुहरूलाई मोबाइल वा ट्याबमा भुलाउने गरेका छन्।

तर विज्ञहरू यो खतरनाक अभ्यास हुनसक्ने बताउँछन्।

हालै भएको एक अनुसन्धान अनुसार मोबाइलले बालबालिकामा स्क्रिनमै निर्भर रहनुपर्ने अवस्था ‘स्क्रिन डिपेन्डेन्सी डिसअर्डर’ (एसडीडी) निम्त्याउँछ।

यो समस्या शुरू भएपछि बच्चाहरूमा निद्रा नलाग्ने, कम्मर दुख्ने, तौल बढ्ने वा घट्ने लगायतका समस्या देखापर्छन् । त्यतिमात्र होइन, उनीहरुको आँखाको क्षमता कमजोर हुने, टाउको दुख्ने, खाना कम खानेजस्ता समस्या पनि देखापर्न सक्छन् ।

‘फ्यामिली लाइफ एन्ड चाइल्ड डिभलपमेन्ट’ विज्ञ क्लाउडेट अभेलिनो टान्डोक भन्छन्,