क्लिनफिड पायौं, अबको चुनौती कन्टेन्ट राम्रो दिने हो (भिडिओसहित)

हाम्रा कुनै पनि च्यानल भारत, चीन, पाकिस्तान, बंगलादेश वा अन्य कुनै पनि मुलुकमा आउँदैन। तर, विदेशी च्यानल हेर्नु हाम्रो बिडम्बना हो।

धेरैजसो महिला दिदीबहिनीले भारतीय च्यानल विशेषगरी सिरियलहरू हेर्ने गर्नुहुन्थ्यो। अब अनिवार्य रूपमै नेपाली च्यानलमा आउनुपर्‍यो। त्यसले गर्दा नेपाली च्यानलले अब आफ्ना कन्टेन्टहरू बलियो बनाउनुपर्‍यो। चाहे त्यो अनलाइन टेलिभिजन होस्, स्याटालाइट होस् वा गाउँघरमा चल्ने मिडियम टेलिभिजन।

एफएम, पत्रपत्रिका, अनलाइन सबैलाई अबको चुनौती कन्टेन्ट राम्रो दिने हो। हामीले कन्टेन्टको विकास गर्नुपर्‍यो।

कुनै न कुनै दिन नेपालमा ‘क्लिनफिड’ लागू हुन्छ, विज्ञापन बोर्ड बन्छ भन्ने लागेर हामीले धेरै मिडियाहरूसँग सहकार्य गरेर नेपालमा फ्रेन्चाइज शोहरू ल्याएको कारण पनि त्यही हो। नेपालकै आफ्नै शोहरू पनि सुरू भए।

अब जति पनि हाम्रा मिडियाका साथीहरू हुनुहुन्छ उहाँहरूलाई चुनौती थपियो। विज्ञापन व्यवसायीलाई चुनौती थपियो। किनभने, नेपाली जनताले भोलिको दिनमा के हेर्ने त? छनोट त चाहियो नि!

हिजोको दिनमा त सिरियल हेरेर रमाउँदै सिरियल सँगसँगै विज्ञापनमा पनि रमाउँथे मान्छे। तर, अब विज्ञापन नआएपछि कार्यक्रमको टुक्रामात्र आउँछ। त्यसबाट मानिसहरूलाई आलस्यपन हुन्छ। त्यसकारण उहाँहरू विस्तारै त्यो सिरियल छाडेर नेपाली च्यानलमा आउनुहुन्छ। नेपाली च्यानलमा आउँदा कुनै न कुनै च्यानलले त्यो समयमा राम्रा कार्यक्रम दिनुपर्ने अपरिहार्य भयो।

करिब एक देखि डेढ लाख व्यक्ति यसमा तुरून्तै ६ महिनाभित्र आश्रित भएर यो उद्योग बढ्ने हुनाले हामी यसबाट करिब दुई वर्षभित्र पाँच लाख व्यक्तिलाई रोजगारी दिने र जनशक्ति तयार गर्ने अवस्थामा पुग्न सक्छौं।

कलाकारदेखि लिएर जति पनि मोडलको रूपमा हामी बन्न सक्छौं, यदि देखिन सक्छौं भने ती सम्पूर्णले काम पाए। प्राविधिक रूपमा काम पाए। कर्मचारीको वृद्धि हुने भए। १० देखि १५ हजारसम्म वैदेशिक पढाइमा जाने विद्यार्थी रोकिने अवस्था आएको छ।

करिब एक देखि डेढ लाख व्यक्ति यसमा तुरून्तै ६ महिनाभित्र आश्रित भएर यो उद्योग बढ्ने हुनाले हामी यसबाट करिब दुई वर्षभित्र पाँच लाख व्यक्तिलाई रोजगारी दिने र जनशक्ति तयार गर्ने अवस्थामा पुग्न सक्छौं।

नेपालमा के ठानिन्थ्यो भने, कानुन सितिमिति लाग्दैन, फेरि दबाबले जित्छ। फेरि हाम्रो विज्ञापन व्यवसायमा करोडको मात्र व्यापार हुन्छ, अर्बको कुरा हामी गर्नै सक्दैनौं।

डीटीएच र केबलका साथीहरूको अर्बौंको व्यापार हुन्छ। त्यसले गर्दा हामीभन्दा उहाँहरू लगानीमा ठूलो भएको हुनाले उहाँहरू सरकारलाई दबाब दिएर यो कानुन नै रोक्न सक्ने अवस्था पनि थियो। विगत १७ वर्षदेखि उहाँहरूले रोकेर पनि आउनुभएको हो।

त्यसले गर्दा नेपालका मिडिया र विज्ञापन व्यवसायीले एक अर्ब रूपैयाँ सहेर पनि हामीले आज क्लिनफिड पूर्णरूपमा पाएका छौं।

सकेसम्म नेपाली च्यानल नै हेरौं, एक पटक कोसिस गरौं।

प्रतिक्रिया दिनुहोस्