काठमाडौँ। दसैँ सकेलगत्तै अब घरघरमा तिहारको तयारी सुरु हुन थालेको छ। कोरोना महामारीका बीच पनि पसलमा चहलपहल छ नै, त्यस्तै घरघरमै पनि व्यस्तता सुरु भइसकेको छ।
मौसमअनुसार पाइने फलफूलसँगै घरघरमै बनाइने पूजा सरसामानको पनि चटारो चलिरहेको छ। यसै क्रममा हामी काठमाडौंको ताहाचल क्षेत्रमा पुग्यौँ, ७५ वर्षीया मन्जु शाक्यको निवासमा।
उनको दिनचर्या हाल यसरी नै तिहारको पर्वमा आवश्यक जजंका बनाउनेमा बित्दै छ। संस्कृत भाषामा यसलाई यज्ञोपवीत भनिन्छ। पूजाका क्रममा देवतालाई नयाँ यज्ञोपवीत चढाउने पनि गरिन्छ। नेपाल भाषामा यज्ञोपवीतलाई जजंका भनिन्छ। तर, नेवाः परम्पराअनुसार जजंका पनि विभिन्न प्रकारका छन्।
तिहार पर्वलाई नेवाः संस्कृतिमा स्वन्ति भनिन्छ। स्वन्ति नखः (तिहार पर्व)का अवसरमा विशेषतः म्हपूजा (अर्थात् आत्मपूजा) र किजापूजा (अर्थात् भाइपूजा)का दिन विशेष किसिमको जजंका हुन्छ। अन्य जजंका भन्दा यो आकारमा पनि ठूलो हुन्छ भने धागो पनि प्रायः १०८ सुते हुन्छ। म्हपूजाको अवसरमा आफैं/आत्मलाई पूजा गरिन्छ र अन्य फूलका मालासहित यो ठूलो जजंका पनि लगाइन्छ। यससँगै एक दिन अघि भित्र्याइएको देवी लक्ष्मीको पनि पूजा पनि गरिन्छ। त्यस्तै, किजापूजाका अवसरमा पनि दिदीबहिनीहरूले दाजुभाइलाई पूजा गर्दा अन्य फूलका मालासहित ठूलो जजंका लगाइदिने गर्दछन्।
सानो जजंकामा प्रायः रातो कपडा राखी बाँधिएको हुन्छ, रातो वा अन्य कपडाविहीन जजंका भने श्राद्धादि कार्यमा प्रयोग हुन्छ। यी ठूला जजंकाहरूमा भने विभिन्न रङका धेरैवटा कपडाका टुक्राहरू राखी बाँधिएको हुन्छ।
" /> काठमाडौँ। दसैँ सकेलगत्तै अब घरघरमा तिहारको तयारी सुरु हुन थालेको छ। कोरोना महामारीका बीच पनि पसलमा चहलपहल छ नै, त्यस्तै घरघरमै पनि व्यस्तता सुरु भइसकेको छ।मौसमअनुसार पाइने फलफूलसँगै घरघरमै बनाइने पूजा सरसामानको पनि चटारो चलिरहेको छ। यसै क्रममा हामी काठमाडौंको ताहाचल क्षेत्रमा पुग्यौँ, ७५ वर्षीया मन्जु शाक्यको निवासमा।

">