काठमाडौं। हिन्दूहरूको दोस्रो ठूलो पर्व दीपावली (तिहार) को अवसरमा गरिने लक्ष्मीपूजा सम्पन्न गरिएको छ।
शनिबार साँझ दीपावली गरी विधिपूर्वक धनधान्यकी देवी लक्ष्मी भित्र्याइएको छ।
पूजाको दिन विशेषगरी दियो, विभिन्न बत्ती तथा रंगीचंगी विद्युतीय बत्तीले घरलाई झिलिमिली बनाइन्छ।
मुलुक लोडसेडिङमुक्त भएयताका वर्षहरूमा सहरी क्षेत्र तिहारमा झिलिमिली हुने गरेको छ। लक्ष्मी पूजाका दिन धेरै बिजुली खपत हुने नेपाल विद्युत् प्राधिकरणको भनाइ छ।
यस वर्ष पनि शनिबार साँझ काठमाडौ उपत्यका पूरै बत्तीमय भएको थियो।
" />