कृष्णपक्ष र शुक्लपक्ष फरक हुन्छ। पूर्णिमा र औंसीमा के-के हुन्छ भन्ने तपाईं अनुमान लगाउन सक्नुहुन्छ। तर, चतुर्मास अवधिभर यस्तो केही हुँदैन।
अर्थात् चार महिना भगवानले आराम गर्नुहुन्छ।
आठ महिना काम गर्नुहुन्छ। यसको अर्थ हो, भगवानले पनि समय र कामलाई व्यवस्थापन गर्नुभएको छ।
निश्चित समयमा निश्चित काम छुट्याउनुभएको छ। भगवानको भोजन, प्रार्थना, आरती सबैको फरक–फरक समय हुन्छ।
प्रकृतिका हरेक थोकले यो नियम पछ्याउँछन्। सबैले निश्चित समयमा आराम गर्छन्।
आराम र कामले जीवनमा सन्तुलन सिर्जना गर्छ। भगवानले पनि काम र आराममा सन्तुलन कायम गर्छन्।
प्राचीन समयमा यसरी नै मानिसहरूलाई शिक्षा दिइन्थ्यो। भगवानको पाइला पछ्याऊ भनेर सिकाइन्थ्यो।
धेरै मानिसले काम र आरामको सन्तुलन मिलाउन जान्दैनन्। त्यसका लागि कामको बाँडफाँड पनि जरुरी हुन्छ।
श्रीमानले श्रीमतीको काममा सघाउने, श्रीमतीले श्रीमानको काममा सघाउने गर्दा पनि सन्तुलन कायम हुन्छ।
त्यसका लागि पुरुषले पनि खाना बनाउन, लुगा धुन, भाँडा माझ्न सिक्न जरुरी छ। हप्ताको एक दिन आमाले आराम गर्ने र छोराले खाना पकाउने गर्दा राम्रै हुन्छ।
धेरै मानिसले काम र जीवनबीच सन्तुलन मिलाउन नसकेको गुनासो गर्छन्। जीवन र कामको सन्तुलनमा छुट्टीको महत्त्वपूर्ण भूमिका छ।
पशुहरू मात्र छुट्टी लिँदैनन्। पशुहरूको शनिबार, आइतबार भन्ने हुँदैन।
बोटबिरुवाको पनि हुँदैन। किनभने उनीहरूको जीवन र काम एउटै हुन्छ। तर, मानिसको काम र जीवन फरक हुन्छ। त्यसैले नै मानिसलाई तनाव सिर्जना गरिदिन्छ।
मानिसहरूको मस्तिष्कमा हुन्छ– ‘बोस’ले भनेको काम हो।
मैले गर्न खोजेको मेरो जीवन हो। यो मानसिकताको समस्या हो। तर, प्रकृति त यस्तो हुँदैन। प्रकृतिका लागि त जीवन जीवन नै हो। त्यो भन्दा अरु केही होइन।
त्यसैले तपाईं आफैलाई सोध्नोस्– किन तपाईंले काम गरिरहनुभएको छ ? आफूलाई बाँच्न योग्य बनाउन।
त्यसैले हामीले जीवन र कामबीचको दूरी घटाउन आवश्यक छ। यो नै सबैभन्दा महत्त्वपूर्ण समय व्यवस्थापन हो।
हामीले यही आधारभूत प्रश्न पनि आफैंलाई सोधेका छैनौं।
पढ्नुहोस्
मानसिक स्वास्थ्य सिकाउँछन् पौराणिक ग्रन्थले
संसारलाई रणभूमि होइन रंगभूमि बनाऔं
रावणबाट के सिक्ने- बहुप्रतिभाशाली बन्ने कि परिस्थिति अनुकुल ?
हिन्दू धर्मग्रन्थबाट राजनेताले के सिक्ने ?
नेतृत्व गर्ने कि मालिक बन्ने !
" />कृष्णपक्ष र शुक्लपक्ष फरक हुन्छ। पूर्णिमा र औंसीमा के-के हुन्छ भन्ने तपाईं अनुमान लगाउन सक्नुहुन्छ। तर, चतुर्मास अवधिभर यस्तो केही हुँदैन।

">