सुन्दरताको तुलना कसरी गर्ने ? त्यसमा पनि नारीको सुन्दरता मापन गर्ने कसरी ? के सुन्दरताको मापन गरिने सुन्दरी प्रतियोगिता जायज छ ? प्रश्नहरू थुप्रै छन्, उत्तरको खोजी जारी छ।
सुन्दरी र शरीर नांगो पार्ने प्रतिस्पर्धाप्रति मेरो सधैँ विमति छ। प्रतिस्पर्धा जीवनका लागि संघर्ष, राष्ट्र र समाजको हितकर कामका लागि हुनुपर्छ न कि सुन्दरता र ग्ल्यामरका लागि।
नारी बजारमा बेच्नका लागि सजाइने वस्तु वा विज्ञापनमा प्रयोग गरिने चिज होइनन्। नारी हाम्रो सभ्यताको स्रोत हो। हाम्रो संस्कृति र सभ्यताको केन्द्रमा नारी छन्। नारीको उपस्थितिबिना सभ्यता र संस्कृति अधुरो छ। हाम्रो सभ्यताको कणकणमा नारीको स्थान उच्च रहेको पाइन्छ। हाम्रा लागि नारी भनेका विद्यादातृ हुन्। धनकी देवी महालक्ष्मी र शक्ति कि जननी काली, दुर्गा हुन्। नारीपूजन नै हाम्रो मूल संस्कृति हो।
यहाँसम्मकी शैक्षिक संस्थाको विज्ञापनमा पनि सुन्दर छात्राका तस्बिर नै छापेको पाइन्छ। स्वभावतः सबै महिलामा सुन्दरता रहेकै हुन्छ, तर यस्ता विज्ञापनले छालाको रङ सुकिलो नहुने र गरिब परिवारमा जन्मेका महिलाको मनोविज्ञानमा पर्न सक्ने असरबारे कुनै वास्ता गरेको देखिँदैन।
पाश्चात्य मान्यतामा हुर्कँदै अघि बढ्न थालेको हाम्रो समाजले आफूतर्फ हेर्न किन जान्दैन ? हाम्रो दर्शन, मूल्य र हाम्रो सभ्यतामा नारी सृष्टिकर्ता हुन्, नारी सर्जक हुन्, नारी विद्या, धन र शक्तिको स्रोत हुन्। हामी नारीपूजक जाति हौं र यो नै हाम्रो मौलिक सनातन धर्म हो।
हाम्रो सभ्यतामा नारी मन्दिरमा राखेर पुजिने देवी पनि हुन्। अर्धनग्न तस्बिर राखेर बजारमा रक्सीको विज्ञापनमा दिइने वस्तु होइनन् नारी। तर, आजको हाम्रो कथित शिक्षित पुस्तामा आइपुग्दा नारीलाई चरम् रूपमा वस्तुकरण गर्न खोजिएको देखिन्छ। नारीलाई बजारमा मोलमोलाई हुने वस्तुसँग दाँज्ने प्रयास हुँदै आएको छ। चलचित्रको बजार प्रवर्द्धन गर्न होस् या कुनै नयाँ वस्तु बजारमा ल्याउँदा, नारीलाई उभ्याउँदै शरीर खोल्न लगाएको पाइन्छ।

एकातिर नारीको अनुहार तथा छालाको रङबाट सुन्दरताको मापन गरिँदैछ भने अर्कोतिर उनीहरूलाई भोगबिलासिताको माध्यम बनाउन खोजिन्छ। उनीहरूको मानसम्मान तथा इज्जत गर्न सकिएको छैन। उनीहरूभित्र रहेको प्रतिभा, क्षमता र बुद्धिको खोज किन गर्न सकिँदैन ?
मदिराको विज्ञापनमा राखिने जवान महिलाको अर्धनग्न तस्बिरले के सन्देश दिन खोजेको हो ? यो हाम्रो सभ्यता र पहिचानमाथिको हमला हो कि होइन ? सुन्दरी प्रतियोगिताले नारीलाई कुन कुराका लागि प्रोत्साहन गर्न खोजेको छ ? के कस्मेटिक वस्तुहरूको प्रयोगले मात्रै नारीको सुन्दरतालाई पुष्टि गर्न सक्छ ? नारी स्वयम् नै सुन्दरता, प्रेम, संवेदनशीलता, सहानशीलताका प्रतीक हुन्। यति सीधा कुरा बुझ्दाबुझ्दै पनि किन नारीको सुन्दरता प्रमाणित गर्न प्रतिस्पर्धा ?
एकातिर नारीको अनुहार तथा छालाको रङबाट सुन्दरताको मापन गरिँदैछ भने अर्कोतिर उनीहरूलाई भोगबिलासिताको माध्यम बनाउन खोजिन्छ। उनीहरूको मानसम्मान तथा इज्जत गर्न सकिएको छैन। उनीहरूभित्र रहेको प्रतिभा, क्षमता र बुद्धिको खोज किन गर्न सकिँदैन ? किनकि, नारी अघि बढ्लान् र आफूलाई गाह्रो पर्ला भन्ने चिन्ता व्यापक छ।
यस्ता खराब चिन्ताले समाज र देशलाई नै पछि पारेको छ। जबसम्म पुरुषभित्र रहेको ज्ञानबुद्धिको जसरी खोजी हुने गरेको छ, त्यसैगरी नारीभित्रको क्षमता खोज्नु आवश्यक छ। नारीलाई उनीहरूको शारीरिक सुन्दरतामा होइन, मानसिक तिक्ष्णतामा मूल्यांकन गरिनु आवश्यक छ।
" /> सुन्दरताको तुलना कसरी गर्ने ? त्यसमा पनि नारीको सुन्दरता मापन गर्ने कसरी ? के सुन्दरताको मापन गरिने सुन्दरी प्रतियोगिता जायज छ ? प्रश्नहरू थुप्रै छन्, उत्तरको खोजी जारी छ।सुन्दरी र शरीर नांगो पार्ने प्रतिस्पर्धाप्रति मेरो सधैँ विमति छ। प्रतिस्पर्धा जीवनका लागि संघर्ष, राष्ट्र र समाजको हितकर कामका लागि हुनुपर्छ न कि सुन्दरता र ग्ल्यामरका लागि।

">