संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए। १४ असोजमा महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। उक्त पदमा को निर्वाचित होला भन्ने कौतुहत छ। अर्कोतर्फ संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ। संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीबाटै डा. शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन्। उनी उपसभामुख पदमा रहिरहेसम्म नेकपाले सभामुख पाउँदैन। त्यसैले नेकपाले सभामुख पद आफैंसँग राख्ने हो भने कि शिवमायालाई नै सभामुखको उम्मेद्वार बनाउनुपर्छ कि उपसभामुखबाट उनले राजीनामा दिनुपर्छ। यस्तो अवस्थामा सभामुख पद रिक्त रहँदाको संसदको कार्यसञ्चालन र आगामी अधिवेशनबाट सभामुखको चयन कसरी होला भन्नेबारे डा. तुम्बाहाम्फेसँग देखापढीका लागि श्यामकृष्ण दाहालले गरेको कुराकानीको सारसंक्षेपः

प्रतिनिधिसभामा सभामुख नभएको लामो समय भयो । संसदको नियमित कार्यसञ्चालन कसरी भइरहेको छ?
संविधानतः सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभाको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्था छ। त्यहीअनुसार  प्रतिनिधिसभा नियमावली बनाउँदा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्ने लेखिएको छ। बाँकी केही लेखिएको छैन। त्यही आधारमा संविधान र कानूनलाई टेकेर दैनिक काम चलिरहेकै छ।

त्यसो भए सभामुखको अनुपस्थितिमा दैनिक कार्यसञ्चालनमा केही वाधा छैन?
सभामुखको अनुपस्थितिमा दैनिक काम ठप्प हुनुपर्छ भन्ने हुन्न। काम चलिरहेको छ।

अबको सभामुख को भन्नेबारे तपाईंको कोहीसँग कुरा भएको छ?
सभामुखको उम्मेद्वार कसलाई बनाउने भन्ने सम्बन्धित दलको कुरा हो। यसबारेमा के भएको छ भन्ने मलाई जानकारी छैन।

नेकपाका अध्यक्षले तपाईंलाई मन्त्रीका लागि प्रस्ताव गर्नुभयो रे नि?
मलाई मन्त्री बन्नुस् भनेर कतैबाट प्रस्ताव आएको छैन। कसैले प्रस्ताव नै गरिहाले पनि त्यो प्रस्तावलाई मान्नुपर्छ जस्तो लाग्दैन। प्रतिनिधिसभामा सभामुख पद रिक्त छ। त्यो पद मात्र नभएर संस्था हो । त्यो पद रिक्त भए पनि उपसभामुखबाट संविधान र कानूनअनुसार जे-जे गर्नुपर्ने हो, त्यो काम भइरहेको छ। तर, यो संस्थालाई लामो समय खाली राख्न हुन्न ।

त्यसो भए अबको सभामुख को?
म यसबारे कसरी भनौं र? यो दलको कुरा हो। कसलाई सभामुख बनाउने भन्ने दलले आफूबीचमा सरसल्लाह गरेर निर्णय गर्ने हो।

सभामुखको निर्वाचनको चर्चा चलिरहँदा तपाईंको पनि दाबी छ?
बहालवाला उपसभामुखले सभामुख बन्न पाउनुपर्छ भन्ने त स्वभाविक कुरा हो नि। योभन्दा पहिले पनि त्यो खालको संसदीय अभ्यास भइसकेको छ। फेरि पनि त्यही अभ्यासलाई निरन्तरता दिउँ भन्ने कुरा अनौठो पनि त भएन। त्यसकारण अप्ठ्यारो मान्नुपर्ने, अनौठो देख्नुपर्ने केही कारण छैन।

सभामुखमा तपाईंको दाबी के आधारमा हो?
त्यो तपाई आफैं खोज्नुस् न। मेरो क्षमता के छ, के छैन भनेर मैले भन्ने कुरा भएन।

समानुपातिक सूचीबाट छनोट भएका प्रतिनिधिसभा सदस्यलाई कार्यकारी पद दिन नहुने टिप्पणी पनि एकथरीले गरिरहेका छन् नि?
टिप्पणी गर्नेले के बुझ्न जरुरी छ भने कानूनको अगाडि कोही पनि तल र माथि हुँदैन। संविधानको आँखामा सबै समान हुन्छन्। प्रतिनिधिसभामा आउने समानुपातिक होस् वा प्रत्यक्षबाट आउने, हाम्रा माननीय सदस्यहरूको बराबर हैसियत छ। तिनै बराबरी हैसियत भएका माननीय सदस्यहरूमध्येबाट सभामुख/उपसभामुखको उम्मेद्वार बन्नसक्ने प्रावधान संविधानमा उल्लेख छ। जो टिप्पणीकर्ता हुनुहुन्छ, उहाँलाई फेरि एकपटक फर्केर संविधानको त्यो धारा पल्टाएर हेर्न अनुरोध गर्दछु।

संवैधानिक व्यवस्थाअनुसार फरक-फरक दलको सभामुख र उपसभामुख हुनलाई तपाईंले नै बाटो फुकाइदिनु पर्ने होला कि?
यसमा म क्लियर छु। जतिबेला म उपसभामुखको उम्मेद्वार थिएँ, निवर्तमान सभामुख र म फरक-फरक दलबाट उम्मेद्वार थियौं। हामीले संविधानको व्यवस्थालाई अनुसरण गरेका थियौं। तर, हाम्रो अहिलेसम्मको ‘प्राक्टिस’ सभामुख सत्तापक्षले लिने प्रचलन छ र लिन्छ पनि। सत्तापक्षले सभामुखको पद लिएको अवस्थामा तत्कालीन समयमा नेकपा एमालेको तर्फबाट मैले उपसभामुख पद लिएकाले एकतापछि बनेको नेकपाले सभामुख पद लियो भने मैले उपसभामुख छाड्नुपर्छ। तर, राजीनामापछि के हुन्छ भन्ने विषयमा सम्बन्धित दलसँग छलफल गर्नुपर्ने हुन्छ। सम्बन्धित दलले के गर्ने भन्नेमा छलफल अगाडि बढाएको छैन। बल्ल उपनिर्वाचन सकिँदैछ। अब यो विषय प्रवेश हुन्छ र के गर्ने भन्ने निर्क्योल हुन्छ।

नेकपाले छलफल अघि बढायो भने बाटो फुकाउन तयार हुनुहुन्छ?
छलफल अगाडि बढायो भने मात्र हैन, यसपछाडिको भूमिका के हुन्छ भन्ने पनि हो नि। छलफल अगाडि बढाउँदैमा उपसभामुखले राजीनामा दिनुपर्छ भन्ने हैन। जब सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्छ, सत्तापक्षले सभामुख पद लिएमा मैले बाटो फुकाउनु पर्छ। संविधानले भने बमोजिम र मेरो दायित्व मैले बुझे बमोजिम मैले आफ्नो ठाउँबाट मार्गप्रशस्त गरिदिनु मेरो जिम्मेवारी हो। तर त्यसपछाडि के हुन्छ भन्ने विषय सम्बन्धित दलसँग चाहिँ छलफल गर्नैपर्छ।

त्यसपछाडि के हुन्छ भन्ने टुंगो लाग्यो भने तपाईंले बाटो फुकाइदिनुहुन्छ?
त्यसको जवाफचाहिँ अलि पछि दिउँला। मैले एक/दुइटा कुराको जवाफ दिने गरेको छैन।

त्यो समय कहिले आउँछ?
अब आउँछ ।

छलफल अगाडि नबढेसम्म राजीनामा दिनुहुन्न?
संघीय संसद सचिवालयबाट निर्वाचन प्रक्रिया अघि बढाउने अवस्थासम्म आइपुग्दा सम्बन्धित दलले पनि छलफललाई टुंगो लगाएर सत्तापक्षबाट सभामुखको उम्मेद्वार बनाउने व्यक्तिको टुंगो लाग्नुपर्छ। त्यो सँगसँगै यता प्रक्रिया पनि अगाडि बढ्छ। अनि मिडप्वाइन्टमा कुरा पुग्छ। नोमिनेसनको प्रक्रियामा आइपुग्दाखेरि कुरा त टुंगो लागिहाल्छ नि।

तपाईंकै नाममा टुंगो लाग्यो भने गर्नुहुन्छ कि अर्को व्यक्तिको नाममा?
यसको उत्तर पनि म पछि नै दिनेछु ।

" /> संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए। १४ असोजमा महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। उक्त पदमा को निर्वाचित होला भन्ने कौतुहत छ। अर्कोतर्फ संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ। संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीबाटै डा. शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन्। उनी उपसभामुख पदमा रहिरहेसम्म नेकपाले सभामुख पाउँदैन। त्यसैले नेकपाले सभामुख पद आफैंसँग राख्ने हो भने कि शिवमायालाई नै सभामुखको उम्मेद्वार बनाउनुपर्छ कि उपसभामुखबाट उनले राजीनामा दिनुपर्छ। यस्तो अवस्थामा सभामुख पद रिक्त रहँदाको संसदको कार्यसञ्चालन र आगामी अधिवेशनबाट सभामुखको चयन कसरी होला भन्नेबारे डा. तुम्बाहाम्फेसँग देखापढीका लागि श्यामकृष्ण दाहालले गरेको कुराकानीको सारसंक्षेपः

प्रतिनिधिसभामा सभामुख नभएको लामो समय भयो । संसदको नियमित कार्यसञ्चालन कसरी भइरहेको छ?
संविधानतः सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभाको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्था छ। त्यहीअनुसार  प्रतिनिधिसभा नियमावली बनाउँदा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्ने लेखिएको छ। बाँकी केही लेखिएको छैन। त्यही आधारमा संविधान र कानूनलाई टेकेर दैनिक काम चलिरहेकै छ।

त्यसो भए सभामुखको अनुपस्थितिमा दैनिक कार्यसञ्चालनमा केही वाधा छैन?
सभामुखको अनुपस्थितिमा दैनिक काम ठप्प हुनुपर्छ भन्ने हुन्न। काम चलिरहेको छ।

अबको सभामुख को भन्नेबारे तपाईंको कोहीसँग कुरा भएको छ?
सभामुखको उम्मेद्वार कसलाई बनाउने भन्ने सम्बन्धित दलको कुरा हो। यसबारेमा के भएको छ भन्ने मलाई जानकारी छैन।

नेकपाका अध्यक्षले तपाईंलाई मन्त्रीका लागि प्रस्ताव गर्नुभयो रे नि?
मलाई मन्त्री बन्नुस् भनेर कतैबाट प्रस्ताव आएको छैन। कसैले प्रस्ताव नै गरिहाले पनि त्यो प्रस्तावलाई मान्नुपर्छ जस्तो लाग्दैन। प्रतिनिधिसभामा सभामुख पद रिक्त छ। त्यो पद मात्र नभएर संस्था हो । त्यो पद रिक्त भए पनि उपसभामुखबाट संविधान र कानूनअनुसार जे-जे गर्नुपर्ने हो, त्यो काम भइरहेको छ। तर, यो संस्थालाई लामो समय खाली राख्न हुन्न ।

त्यसो भए अबको सभामुख को?
म यसबारे कसरी भनौं र? यो दलको कुरा हो। कसलाई सभामुख बनाउने भन्ने दलले आफूबीचमा सरसल्लाह गरेर निर्णय गर्ने हो।

सभामुखको निर्वाचनको चर्चा चलिरहँदा तपाईंको पनि दाबी छ?
बहालवाला उपसभामुखले सभामुख बन्न पाउनुपर्छ भन्ने त स्वभाविक कुरा हो नि। योभन्दा पहिले पनि त्यो खालको संसदीय अभ्यास भइसकेको छ। फेरि पनि त्यही अभ्यासलाई निरन्तरता दिउँ भन्ने कुरा अनौठो पनि त भएन। त्यसकारण अप्ठ्यारो मान्नुपर्ने, अनौठो देख्नुपर्ने केही कारण छैन।

सभामुखमा तपाईंको दाबी के आधारमा हो?
त्यो तपाई आफैं खोज्नुस् न। मेरो क्षमता के छ, के छैन भनेर मैले भन्ने कुरा भएन।

समानुपातिक सूचीबाट छनोट भएका प्रतिनिधिसभा सदस्यलाई कार्यकारी पद दिन नहुने टिप्पणी पनि एकथरीले गरिरहेका छन् नि?
टिप्पणी गर्नेले के बुझ्न जरुरी छ भने कानूनको अगाडि कोही पनि तल र माथि हुँदैन। संविधानको आँखामा सबै समान हुन्छन्। प्रतिनिधिसभामा आउने समानुपातिक होस् वा प्रत्यक्षबाट आउने, हाम्रा माननीय सदस्यहरूको बराबर हैसियत छ। तिनै बराबरी हैसियत भएका माननीय सदस्यहरूमध्येबाट सभामुख/उपसभामुखको उम्मेद्वार बन्नसक्ने प्रावधान संविधानमा उल्लेख छ। जो टिप्पणीकर्ता हुनुहुन्छ, उहाँलाई फेरि एकपटक फर्केर संविधानको त्यो धारा पल्टाएर हेर्न अनुरोध गर्दछु।

संवैधानिक व्यवस्थाअनुसार फरक-फरक दलको सभामुख र उपसभामुख हुनलाई तपाईंले नै बाटो फुकाइदिनु पर्ने होला कि?
यसमा म क्लियर छु। जतिबेला म उपसभामुखको उम्मेद्वार थिएँ, निवर्तमान सभामुख र म फरक-फरक दलबाट उम्मेद्वार थियौं। हामीले संविधानको व्यवस्थालाई अनुसरण गरेका थियौं। तर, हाम्रो अहिलेसम्मको ‘प्राक्टिस’ सभामुख सत्तापक्षले लिने प्रचलन छ र लिन्छ पनि। सत्तापक्षले सभामुखको पद लिएको अवस्थामा तत्कालीन समयमा नेकपा एमालेको तर्फबाट मैले उपसभामुख पद लिएकाले एकतापछि बनेको नेकपाले सभामुख पद लियो भने मैले उपसभामुख छाड्नुपर्छ। तर, राजीनामापछि के हुन्छ भन्ने विषयमा सम्बन्धित दलसँग छलफल गर्नुपर्ने हुन्छ। सम्बन्धित दलले के गर्ने भन्नेमा छलफल अगाडि बढाएको छैन। बल्ल उपनिर्वाचन सकिँदैछ। अब यो विषय प्रवेश हुन्छ र के गर्ने भन्ने निर्क्योल हुन्छ।

नेकपाले छलफल अघि बढायो भने बाटो फुकाउन तयार हुनुहुन्छ?
छलफल अगाडि बढायो भने मात्र हैन, यसपछाडिको भूमिका के हुन्छ भन्ने पनि हो नि। छलफल अगाडि बढाउँदैमा उपसभामुखले राजीनामा दिनुपर्छ भन्ने हैन। जब सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्छ, सत्तापक्षले सभामुख पद लिएमा मैले बाटो फुकाउनु पर्छ। संविधानले भने बमोजिम र मेरो दायित्व मैले बुझे बमोजिम मैले आफ्नो ठाउँबाट मार्गप्रशस्त गरिदिनु मेरो जिम्मेवारी हो। तर त्यसपछाडि के हुन्छ भन्ने विषय सम्बन्धित दलसँग चाहिँ छलफल गर्नैपर्छ।

त्यसपछाडि के हुन्छ भन्ने टुंगो लाग्यो भने तपाईंले बाटो फुकाइदिनुहुन्छ?
त्यसको जवाफचाहिँ अलि पछि दिउँला। मैले एक/दुइटा कुराको जवाफ दिने गरेको छैन।

त्यो समय कहिले आउँछ?
अब आउँछ ।

छलफल अगाडि नबढेसम्म राजीनामा दिनुहुन्न?
संघीय संसद सचिवालयबाट निर्वाचन प्रक्रिया अघि बढाउने अवस्थासम्म आइपुग्दा सम्बन्धित दलले पनि छलफललाई टुंगो लगाएर सत्तापक्षबाट सभामुखको उम्मेद्वार बनाउने व्यक्तिको टुंगो लाग्नुपर्छ। त्यो सँगसँगै यता प्रक्रिया पनि अगाडि बढ्छ। अनि मिडप्वाइन्टमा कुरा पुग्छ। नोमिनेसनको प्रक्रियामा आइपुग्दाखेरि कुरा त टुंगो लागिहाल्छ नि।

तपाईंकै नाममा टुंगो लाग्यो भने गर्नुहुन्छ कि अर्को व्यक्तिको नाममा?
यसको उत्तर पनि म पछि नै दिनेछु ।

"> ‘उपसभामुख नै सभामुखको स्वभाविक हकदार हो’: Dekhapadhi
‘उपसभामुख नै सभामुखको स्वभाविक हकदार हो’
संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए। १४ असोजमा महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। उक्त पदमा को निर्वाचित होला भन्ने कौतुहत छ। अर्कोतर्फ संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ। संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीबाटै डा. शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन्। उनी उपसभामुख पदमा रहिरहेसम्म नेकपाले सभामुख पाउँदैन। त्यसैले नेकपाले सभामुख पद आफैंसँग राख्ने हो भने कि शिवमायालाई नै सभामुखको उम्मेद्वार बनाउनुपर्छ कि उपसभामुखबाट उनले राजीनामा दिनुपर्छ। यस्तो अवस्थामा सभामुख पद रिक्त रहँदाको संसदको कार्यसञ्चालन र आगामी अधिवेशनबाट सभामुखको चयन कसरी होला भन्नेबारे डा. तुम्बाहाम्फेसँग देखापढीका लागि श्यामकृष्ण दाहालले गरेको कुराकानीको सारसंक्षेपः

प्रतिनिधिसभामा सभामुख नभएको लामो समय भयो । संसदको नियमित कार्यसञ्चालन कसरी भइरहेको छ?
संविधानतः सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभाको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्था छ। त्यहीअनुसार  प्रतिनिधिसभा नियमावली बनाउँदा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्ने लेखिएको छ। बाँकी केही लेखिएको छैन। त्यही आधारमा संविधान र कानूनलाई टेकेर दैनिक काम चलिरहेकै छ।

त्यसो भए सभामुखको अनुपस्थितिमा दैनिक कार्यसञ्चालनमा केही वाधा छैन?
सभामुखको अनुपस्थितिमा दैनिक काम ठप्प हुनुपर्छ भन्ने हुन्न। काम चलिरहेको छ।

अबको सभामुख को भन्नेबारे तपाईंको कोहीसँग कुरा भएको छ?
सभामुखको उम्मेद्वार कसलाई बनाउने भन्ने सम्बन्धित दलको कुरा हो। यसबारेमा के भएको छ भन्ने मलाई जानकारी छैन।

नेकपाका अध्यक्षले तपाईंलाई मन्त्रीका लागि प्रस्ताव गर्नुभयो रे नि?
मलाई मन्त्री बन्नुस् भनेर कतैबाट प्रस्ताव आएको छैन। कसैले प्रस्ताव नै गरिहाले पनि त्यो प्रस्तावलाई मान्नुपर्छ जस्तो लाग्दैन। प्रतिनिधिसभामा सभामुख पद रिक्त छ। त्यो पद मात्र नभएर संस्था हो । त्यो पद रिक्त भए पनि उपसभामुखबाट संविधान र कानूनअनुसार जे-जे गर्नुपर्ने हो, त्यो काम भइरहेको छ। तर, यो संस्थालाई लामो समय खाली राख्न हुन्न ।

त्यसो भए अबको सभामुख को?
म यसबारे कसरी भनौं र? यो दलको कुरा हो। कसलाई सभामुख बनाउने भन्ने दलले आफूबीचमा सरसल्लाह गरेर निर्णय गर्ने हो।

सभामुखको निर्वाचनको चर्चा चलिरहँदा तपाईंको पनि दाबी छ?
बहालवाला उपसभामुखले सभामुख बन्न पाउनुपर्छ भन्ने त स्वभाविक कुरा हो नि। योभन्दा पहिले पनि त्यो खालको संसदीय अभ्यास भइसकेको छ। फेरि पनि त्यही अभ्यासलाई निरन्तरता दिउँ भन्ने कुरा अनौठो पनि त भएन। त्यसकारण अप्ठ्यारो मान्नुपर्ने, अनौठो देख्नुपर्ने केही कारण छैन।

सभामुखमा तपाईंको दाबी के आधारमा हो?
त्यो तपाई आफैं खोज्नुस् न। मेरो क्षमता के छ, के छैन भनेर मैले भन्ने कुरा भएन।

समानुपातिक सूचीबाट छनोट भएका प्रतिनिधिसभा सदस्यलाई कार्यकारी पद दिन नहुने टिप्पणी पनि एकथरीले गरिरहेका छन् नि?
टिप्पणी गर्नेले के बुझ्न जरुरी छ भने कानूनको अगाडि कोही पनि तल र माथि हुँदैन। संविधानको आँखामा सबै समान हुन्छन्। प्रतिनिधिसभामा आउने समानुपातिक होस् वा प्रत्यक्षबाट आउने, हाम्रा माननीय सदस्यहरूको बराबर हैसियत छ। तिनै बराबरी हैसियत भएका माननीय सदस्यहरूमध्येबाट सभामुख/उपसभामुखको उम्मेद्वार बन्नसक्ने प्रावधान संविधानमा उल्लेख छ। जो टिप्पणीकर्ता हुनुहुन्छ, उहाँलाई फेरि एकपटक फर्केर संविधानको त्यो धारा पल्टाएर हेर्न अनुरोध गर्दछु।

संवैधानिक व्यवस्थाअनुसार फरक-फरक दलको सभामुख र उपसभामुख हुनलाई तपाईंले नै बाटो फुकाइदिनु पर्ने होला कि?
यसमा म क्लियर छु। जतिबेला म उपसभामुखको उम्मेद्वार थिएँ, निवर्तमान सभामुख र म फरक-फरक दलबाट उम्मेद्वार थियौं। हामीले संविधानको व्यवस्थालाई अनुसरण गरेका थियौं। तर, हाम्रो अहिलेसम्मको ‘प्राक्टिस’ सभामुख सत्तापक्षले लिने प्रचलन छ र लिन्छ पनि। सत्तापक्षले सभामुखको पद लिएको अवस्थामा तत्कालीन समयमा नेकपा एमालेको तर्फबाट मैले उपसभामुख पद लिएकाले एकतापछि बनेको नेकपाले सभामुख पद लियो भने मैले उपसभामुख छाड्नुपर्छ। तर, राजीनामापछि के हुन्छ भन्ने विषयमा सम्बन्धित दलसँग छलफल गर्नुपर्ने हुन्छ। सम्बन्धित दलले के गर्ने भन्नेमा छलफल अगाडि बढाएको छैन। बल्ल उपनिर्वाचन सकिँदैछ। अब यो विषय प्रवेश हुन्छ र के गर्ने भन्ने निर्क्योल हुन्छ।

नेकपाले छलफल अघि बढायो भने बाटो फुकाउन तयार हुनुहुन्छ?
छलफल अगाडि बढायो भने मात्र हैन, यसपछाडिको भूमिका के हुन्छ भन्ने पनि हो नि। छलफल अगाडि बढाउँदैमा उपसभामुखले राजीनामा दिनुपर्छ भन्ने हैन। जब सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्छ, सत्तापक्षले सभामुख पद लिएमा मैले बाटो फुकाउनु पर्छ। संविधानले भने बमोजिम र मेरो दायित्व मैले बुझे बमोजिम मैले आफ्नो ठाउँबाट मार्गप्रशस्त गरिदिनु मेरो जिम्मेवारी हो। तर त्यसपछाडि के हुन्छ भन्ने विषय सम्बन्धित दलसँग चाहिँ छलफल गर्नैपर्छ।

त्यसपछाडि के हुन्छ भन्ने टुंगो लाग्यो भने तपाईंले बाटो फुकाइदिनुहुन्छ?
त्यसको जवाफचाहिँ अलि पछि दिउँला। मैले एक/दुइटा कुराको जवाफ दिने गरेको छैन।

त्यो समय कहिले आउँछ?
अब आउँछ ।

छलफल अगाडि नबढेसम्म राजीनामा दिनुहुन्न?
संघीय संसद सचिवालयबाट निर्वाचन प्रक्रिया अघि बढाउने अवस्थासम्म आइपुग्दा सम्बन्धित दलले पनि छलफललाई टुंगो लगाएर सत्तापक्षबाट सभामुखको उम्मेद्वार बनाउने व्यक्तिको टुंगो लाग्नुपर्छ। त्यो सँगसँगै यता प्रक्रिया पनि अगाडि बढ्छ। अनि मिडप्वाइन्टमा कुरा पुग्छ। नोमिनेसनको प्रक्रियामा आइपुग्दाखेरि कुरा त टुंगो लागिहाल्छ नि।

तपाईंकै नाममा टुंगो लाग्यो भने गर्नुहुन्छ कि अर्को व्यक्तिको नाममा?
यसको उत्तर पनि म पछि नै दिनेछु ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्