चुनाव भएका मध्य कांग्रेसले वडाध्यक्ष पदमा जितेका १२ वटा स्थानमा भएको निर्वाचनमा ७ वटा स्थानमा नेकपाले जितेको छ। यस्तै पहिले नेकपाले जितेका ५ वटा ठाउँको वडाध्यक्ष कांग्रेसले जितेको छ। वडाध्यक्ष तर्फ ११ स्थानमा जित्दा काग्रेसले कूल एक वडाध्यक्ष पद हारेको छ।
तर, यसअघिको निर्वाचनमा कांग्रेसले अहिले वडाध्यक्षको निर्वाचन भएका स्थानमा कूल १७ हजार ३१० मत ल्याएकोमा अहिले २६ हजार ४५० मत ल्याएको छ। यो भनेको ५२.८ प्रतिशतको वृद्धि हो। सत्तारुढ नेकपाका दुई घटकले अहिले वडाध्यक्षको निर्वाचन भएका स्थानमा गएको चुनावमा कूल २९ हजार ६४८ मत ल्याएकोमा अहिले कूल ३० हजार १४९ मत ल्याएका छन जुन १.७ प्रितशतको वृद्धि हो।
नेकपाले अहिले मेयर र उपमेयर निर्वाचन भएका ठाउँहरूमा पहिले कूल ४३ हजार ३३० मत ल्याएकोमा अहिले ३७ हजार ४ मत ल्याएको छ भने कांग्रेसले २३ हजार ७०६ मत ल्याएकोमा अहिले ३६ हजार ८०८ मत ल्याएको छ। यसरी मेयर र उपमेयर पदमा कांग्रेसको कूल मत ५५.२ प्रतिशतले वृद्धि हुँदा नेकपाको कूल मत १४.५ प्रतिशतले घटेको छ।
यस्तै, प्रदेशको निर्वाचन भएका ठाउँहरूमा नेकपाको उम्मेदवारले पहिले ३६ हजार ७५९ मत ल्याएकोमा अहिले ३५ हजार ४९२ मत (३.४ प्रतिशतले घटेको) र कांग्रेसका उम्मेदवारले पहिले ३६ हजार १३६ मत ल्याएकोमा अहिले ४१ हजार ७६९ मत (१५.५ प्रतिशतले बढेको) ल्याएका छन्। कास्कीको संसदीय चुनावमा भने दुवै पार्टीको मत घटेको छ।
कूल ४३ ठाउँमा वडाध्यक्षको चुनाव भएकोमा नेपाली कांग्रेसले ६ स्थानमा पहिलेको भन्दा कम मत ल्याएको छ। तीमध्ये चार स्थान दुई नम्बर प्रदेशमा छन्। अछामको मल्लेख वडा नम्बर ५ र भोजपुरको पौवादुङ्माको वडा नम्बर १ को अध्यक्ष पदमा पनि कांग्रेसको यसअघिको निर्वाचनमा भन्दा कम मत आएको छ। मेयर, उपमेयर र प्रदेश सभासद सबै निर्वाचनमा भने कांग्रेसको यसअघि भन्दा बढी मत आएको छ।
नेकपाले २० वटा वडाध्यक्षको चुनावमा पहिलेको भन्दा कम मत ल्याएको छ। पिपरा तथा धरानको मेयरको चुनाव र भक्तपुरको प्रदेशसभाको चुनावमा पनि नेकपाको पहिलेको भन्दा कम मत आएको छ। नेपाली कांग्रेससँगको प्रमुख फरक के देखिएको छ भने नेकपाले मधेशका ६ वटा वडाध्यक्षको चुनावमा मत बढाएको छ।
नेपाली कांग्रेस र नेकपाको वडाध्यक्षको मतको तुलना गर्दा नेकपाले १६ स्थानमा कांग्रेसले बढाएको भन्दा बढी र कांग्रेसले २७ स्थानमा नेकपाले बढाएको भन्दा बढी मत बढाएको छ।
मान्छेले विकल्प चाहिँ खोजेका देखिन्छ। कांग्रेसले आफूले जितेका वडाध्यक्षमध्ये दुई तिहाइमा हारेको छ। मकालु गाउँपालिका बाहेक सबै मेयर उपमेयरको चुनावमा पहिले जितेका पार्टीले हारेका छन्। कास्कीमा पनि दुवै मुख्य पार्टीका मत घटेका छन्। तर, मानिसले कांग्रेसको विकल्पको रूपमा नेकपा र नेकपाको विकल्पको रुपमा कांग्रेसलाई नै छानेको देखिन्छ। कास्कीमा दुवै पार्टीका मत कम भए तर, मान्छेले अरु पार्टीका उम्मेद्वार त्यहाँ भएपनि तिनलाई विकल्पको रूपमा रोजेनन्।
डा. पौडेलको फेसबुकबाट
" /> -डा. विश्व पौडेलचुनाव भएका मध्य कांग्रेसले वडाध्यक्ष पदमा जितेका १२ वटा स्थानमा भएको निर्वाचनमा ७ वटा स्थानमा नेकपाले जितेको छ। यस्तै पहिले नेकपाले जितेका ५ वटा ठाउँको वडाध्यक्ष कांग्रेसले जितेको छ। वडाध्यक्ष तर्फ ११ स्थानमा जित्दा काग्रेसले कूल एक वडाध्यक्ष पद हारेको छ।

">