काठमाडौं । एउटा महानगरको ट्राफिक व्यवस्थापन गर्न अत्यावश्यक के होला ?
सहजै जवाफ दिन सकिन्छ – ट्राफिक बत्ती ।
विज्ञान र प्रविधिको भनिएको आजको युगमा ट्राफिक बत्ती बिनाको सवारी व्यवस्थापन कल्पना गर्न गाह्रै हुन्छ ।
तर तपाईं काठमाडौंको सडकमा हिँड्नुुहुन्छ भने परिस्थिति फरक पाउनु हुनेछ ।
अधिकांश चोकहरुमा ट्राफिक बत्ती राखिएका छन् । तर, तपाईं ती बत्तीका संकेतलाई पछ्याउनुभयो भने ढुक्क हुनुस्, दुर्घटनामा पर्नु हुनेछ ।
ट्राफिक बत्तीमा हरियो बलिरहेको हुन्छ तर अगाडि उभिएका ट्राफिक प्रहरीले रातो रंगको कार्ड समाइरहेका हुन्छन् ।
आखिर किन नियमित छैनन् काठमाडौंका ट्राफिक बत्ती ? त्यसमा खर्च गर्ने रकम नभएर ?
होइन । ट्राफिक व्यवस्थापन तथा सडक सवारी सुरक्षाको लागि यही आर्थिक वर्षमा खर्च गर्न सडक विभागसँग साढे १६ करोड रुपैयाँ छ ।
अघिल्ला आर्थिक वर्षमा पनि यसैगरी रकम छुट्टाइन्थ्यो । भएका ट्राफिक बत्तीलाई व्यवस्थापन गर्ने र नभएका ठाउँमा थप्ने योजना पनि बन्थे ।
परिणाम हाम्रै आँखा अगाडि छ । नयाँ ट्राफिक बत्ती थप्नु त कता हो कता भएकाले पनि काम गर्दैनन् । दोषी को ?
उपत्यकाको सवारी व्यवस्थापनको जिम्मेवारी ट्राफिक प्रहरीको हो ।
ट्राफिक बत्ती जडान, मर्मत र सवारी सुरक्षा भने सडक विभागको जिम्मामा छ ।
अर्थात् ट्राफिक बत्ती जोड्ने, मर्मत गर्ने र नियमित गराउने काम सडक विभागको हो । त्यसलाई प्रयोगमा ल्याउने ट्राफिक प्रहरीको ।
विडम्बना, स्मार्ट सिटी बनाउने उद्घोष गरिएको राजधानी शहरमा बत्ती व्यवस्थापन गर्न सक्ने दक्ष जनशक्ति नभएको बताउँछ सडक विभाग । यसको मारमा सबैभन्दा बढी परेका छन् ट्राफिक प्रहरी । उनीहरुले हात र सिठ्ठीकै इशारामा सवारी व्यवस्थापन गर्नुपरेको छ ।
दिनभरी घाममा उभिएर, धुलो र धुँवा खाँदै ट्राफिक व्यवस्थापन गरिरहेका प्रहरीलाई बेकामे ट्राफिक बत्तीले गिज्याइरहेजस्तो देखिन्छ ।
अहिले उपत्यकामा १४ सय ट्राफिक प्रहरी खटिएका छन् । आधुनिक प्रविधीको जमानामा मान्छेले नै काम गर्नुपर्दा जनशक्ति पनि बढि लागेको छ ।
उपत्यकाका २० ठाउँमा अहिले पनि ठूला र साना ट्राफिक बत्ती छन् । तर, मुश्किलले चार स्थानमा मात्र ती बत्ती नियमित सञ्चालनमा छन् । नियमित सञ्चालनमा रहेका बत्तीलाई पनि ट्राफिक प्रहरी आफैंले बन्द गर्ने गरेका छन् ।
यसको मुख्य कारण हो, त्यसको नियन्त्रणको साँचो ट्राफिक प्रहरीसँग छैन ।
ट्राफिक प्रहरी महाशाखाका सह–प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमबहादुर विष्ट भन्छन्, “कोटेश्वर, बानेश्वर, थापाथली र नारायणगोपाल चोकमा ट्राफिक बत्तीले काम गर्ने भए पनि ती स्वचालित छन् । त्यसैले तिनको समय परिवर्तन गर्न मिल्दैन । सवारी चाप बढ्दा हामी आफैंले बन्द गर्छौंँ ।”
काठमाडौंमा ट्राफिक बत्ती दुईपटक गरी विभिन्न ठाउँमा राखिएका थिए ।
१८ वर्षअघि जापान सरकारको सहयोगमा चक्रपथ र उपत्यकाका विभिन्न २० वटा चोकहरुमा ट्राफिक बत्ती जडान गरिएका थिए । मर्मत अभावमा यीमध्ये अधिकांश जस्तो बत्ती बल्दैनन् ।
त्यस्तै, २०७४ चैतमा अन्य ठाउँमा पनि बत्ती जोडिएको थियो । काठमाडौं महानगरपालिका र यार्सा टेक्नोलोजी प्रा.लि.को सक्रियतामा नेपाली प्रविधिमा बनाइएका थिए यी बत्ती । त्यतिबेला स्वचालित र रिमोर्ट गरी दुवै तरिकाबाट चल्नेगरी यी बनाइएका थिए । तर अधिकांश केही दिनमै बिग्रिए ।
चाहिन्छन् नयाँ
काठमाडौं उपत्यकामा नयाँ बत्ती नजोड्दासम्म यहाँको ट्राफिक व्यवस्थापन गर्न गाह्रो हुने डीएसपी विष्ट बताउँछन् ।
“कम्तिमा जडिबुटी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, थापाथली, कालीमाटी, सिंहदरबार, पुतलीसडक, लैनचौर, गौशाला, त्रिपुरेश्वर, चाबहिल जस्ता व्यस्त ठाउँमा ट्राफिक बत्ती भएमा केही हदसम्म जाम घट्ने थियो”, विष्ट भन्छन् ।
त्यसो त ट्राफिक प्रहरी महाशाखाले राजधानीका ठूला तथा साना एक सय आठ चोकमा ट्राफिक बत्तीको माग गरेर सडक विभागमा पत्र पठाएको छ ।
छैनन् प्राविधिक
सडक विभागका प्रवक्ता अर्जुन सुवालका अनुसार विभाग अहिले अन्तर्राष्ट्रिय अत्याधुनिक प्रविधि इन्टेलिजेन्स ट्राफिक सिष्टम (आईटीएस) को बत्ती जडान गर्न लागिरहेको छ । तर प्राविधिक नहुँदा यो काम रोकिएको छ ।
“ट्राफिक बत्तीको आवश्यकता रहेका उपत्यकाका मुख्य चोकहरुमा आईटीएस जडानका लागि नयाँ प्रविधीको जानकार नभएकाले कति खर्च लाग्छ भन्ने पनि यकिन गर्न सकिएको छैन”, सुवाल भन्छन् ।
बजेट नभएकाले भने यो काम रोकिएको होइन ।
सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर दिप बाराही यो वर्ष उपत्यकाको लागि ट्राफिक बत्ती अध्ययन गर्न डेढ करोड र सडक सुरक्षाको कार्यक्रम अन्तर्गत १५ करोड रुपैयाँ छुट्टाइएको बताउँछन् ।
“हामीले आवश्यकताको आधारमा जति मागे पनि पैसा आउँछ तर अत्याधुनिक ट्राफिक बत्तीको लागि हामीसँग दक्ष जनशक्ति नै छैनन्, बाहिरबाट नै झिकाउनुपर्छ, समय त लाग्छ नै”, इन्जिनियर बाराही भन्छन् ।
ट्राफिक बत्तीबारे थप भिडिओ सामग्री
" /> काठमाडौं । एउटा महानगरको ट्राफिक व्यवस्थापन गर्न अत्यावश्यक के होला ?

">