प्रिय अमित दाइ,
एउटा मिडियामा छापिएको आलेखका बारेमा अर्को मिडियामा खुलेर आलोचना या प्रशंसा गर्ने चलन नेपाली पत्रकारितामा आजका मितिसम्म चलेको छैन। अभ्यासमा नरहेको यस्तो चलन बसाउँदा मिडियाको जवाफदेहिता र विश्वसनीयता अझै बढ्छ भन्ने मेरो विश्वास छ। त्यसैले तपाईंलाई सम्बोधन गरेर यो आलेख लेख्दै छु।
यो आलेख लेख्नुका पछाडि दुईवटा कारण छन्।
पहिलो,
म तपाईंको लेखनीको प्रशंसक हुँ। तथ्य र कथ्य दुवैलाई पाठकले अत्यन्तै नजिकबाट अनुभूत गर्ने गरी लेख्न सक्ने तपाईंको जस्तो कलम नेपाली पत्रकारितामा धेरै कमसँग मात्र छ। क्या खुबी छ दाइ तपाईसँग! के खानुहुन्छ हो तपाईं लेख्नुअघि?
अजेन्डा बोक्ने र पाठकलाई मैले यो अजेन्डा बोकेको छु है भनेर सार्वजनिक रुपमा भन्ने अमेरिकी र केही हदसम्म बेलायती शैली मलाई गज्जब लाग्छ। त्यसले मिडियालाई ‘कम्मल ओढेर घिउ खान’बाट जोगाउँछ भन्ने लाग्छ मलाई। दाइ, म प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक चालेको कदमको समर्थक हुँ। प्रधानमन्त्रीले जनादेश परीक्षण गर्ने अधिकार लोकतन्त्रको आत्मा हो भन्ने विश्वास ममा भित्रैदेखि बलियो छ।
तपाईंलाई सम्बोधन गरेर आलेख लेख्नुको दोस्रो कारण यही हो।
अमित दाइ,
प्रधानमन्त्रीले चालेको पछिल्लो कदमलाई तपाईं असंवैधानिक भनिरहनु भएको छ। त्यही बुझाइमा अडेर आलेख लेखिरहनु भएको छ। एक किसिमले भन्ने हो भने, प्रधानमन्त्री ओली र उनको सरकारमाथि आगो ओकलिरहनु भएको छ। पुसमासको जाडोमा तपाईंले आफ्नो मिडियामार्फत् ओकलेको आगोले सिउसिउ गर्दै कक्रक्क परेका प्रचण्ड-नेपाललगायतका केही नेतालाई मन्द न्यानो त दिएको होला तर मलाई भने तपाईंजस्ता अग्रजले ओकलेको आगोमा राप र ताप मात्र होइन प्रदीप गिरिका शब्दमा ‘प्रकाश’ पनि मिसिनुपर्छ भन्ने लाग्छ।
माफ गर्नुहोला दाइ, तपाईंले पछिल्लो पटक लेखेको ‘सर्वोच्च अदालतमाथि अनावश्यक आशंका’ शीर्षकको आलेख ‘विषाक्त’ छ। उक्त आलेखले सर्वोच्च अदालतप्रति अनास्था फैलाउँछ। न्यायालयमाथि दबाब सिर्जना गर्छ। तपाईंले यस्तो भाष्य सिर्जना गर्न खोज्दै हुनुहुन्छ- हेर् अदालत संसद् पुनस्र्थापना गरिनस् भने खबरदार तँ बिकेको मानिने छ।
तपाईंले लेख्नुभएको छ-
प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मिलाइसके रे!
प्रधानन्यायाधीशको वचन लिएरै असंवैधानिक रूपमा संसद् विघटन गरेका रे!
पार्टी नजिकका न्यायाधीशहरूको इजलास राख्न लगाएर प्रधानमन्त्रीले आफ्नै पक्षमा फैसला गराउँछन् रे!
कतिले ’रे’ भन्छन्। कतिले त ठोकुवा नै गरिदिन्छन्।
‘प्रधानमन्त्रीले प्रधानन्यायाधीश मिलाइसके रे!’ के लेख्नु भएको दाइ यो? कसरी लेख्न सक्नुभयो? कहाँ सुन्नुभयो? त्यसको स्रोत के हो? कसले भन्यो? के एउटा अंगले अर्को अंगलाई मिलाउन सम्भव हुन्छ लोकतन्त्रमा? यति कमजोर छ, हाम्रो शक्ति सन्तुलन र पृथकीकरण? कतिवटा उदाहरण छ हामीसँग प्रधानन्याधीशले प्रधानमन्त्रीलाई वचन दिएको? अनि न्यायाधीश भनिसकेपछि ती कसरी पार्टी नजिकका मान्छे भए? ती त न्यायमूर्ति होइनन् र?
आफूलाई मनमा लागेको कुरा भन्ने अनि अन्तिममा ‘रे’ जोड्ने तपाईंको यो तरिका मेरो छोराको आदतसँग मिल्दोजुल्दो छ।
मेरो एउटा छोरा र एउटी छोरी छिन्। छोरा अति चञ्चले छ। ऊ आफ्नी बहिनीलाई यति जिस्काउँछ नि दाइ के भन्नू!
उसको जिस्काउने तरिका यस्तो हुन्छ-
यो बहिनीलाई त मामुले बाटोमा भेट्टाएर ल्याको रे!
मन्दिर जाँदा भेटेको रे!
अब्बुले त नल्याउने भन्दै हुनुहुन्थ्यो रे!
मामुले जबर्जस्ती ल्याको रे!
कहिलेकाहीँ त भन्छ-
अब फिर्ता पठाइदिने रे!
त्यसपछि बहिनी रून थाल्छे, दाइचाहिँ हाँस्न!
बहिनी जिस्काउन उसले प्रयोग गरेका वाक्यका कारण छोरीको अनुहारमा परेको कलेटी देख्दा मलाई निकै डर लाग्छ। त्यसमाथि श्रीमतीजी कहिलेकाहीँ रमाइलो मानेर हाँसिदन्छिन् छोरीको अनुहारमा झन् बादल भरिन्छ। मलाई भने कताकता डर लाग्छ।
कतै छोरीको मनमा साँच्चै हो भन्ने त पर्दैन?
कस्सम दाइ!
दाइ, तपाईंले ‘रे’ को फुँदा जोडेर जसरी र जे कुरा न्यायालयमाथि ओकल्नु भयो, त्यो मेरो छोराले उसकी बहिनीलाई भनेको भन्दा करोडौं गुना हानिकारक र विषाक्त छ।

तपाईंले पछिल्ला केही महिनामा लेखेका आलेखहरु ‘फलो’ गर्ने जोकोहीले भन्न सक्छ- तपाईं प्रधानमन्त्री ओली सत्ताबाट बाहिरिएको हेर्न आतुर हुनुुहुन्छ।
तपाईंको ‘कलम क्षमता’को मैले सुरुमै प्रशंसा गरेको छु। तर, कहिलेकाहीँ तपाईं कुन देशमा बनेको मसीले लेख्नुहुन्छ भन्ने म भेउ नै पाउदिनँ दाइ!
मैले जस्तै तपाईंले आफ्नो अजेन्डा खुलाउन मिल्छ?

हो नि, होइन र दाइ?
यति अजेन्डा त क्लियर गर्न मिल्छ होला नि दाइ!
ठीक छ, म र म जस्ता पाठकका निम्ति क्लियर गर्नु परेन दाइ। कम्तीमा आफ्नै सहकर्मीलाई चाहिँ अजेन्डा क्लियर गरिदिनु उत्तम होला। तीन दिनअघि तपाईंका सहकर्मी गिरिश गिरिले सामाजिक सञ्जालमा लेखेका छन्- ओलीको कदम मलाई पनि नराम्रो लागेको हो। तर, कतिपय पत्रिकाले जस्तो अहिल्यै असंवैधानिक भनेर लेखिहाल्नु उचित हो र?
म तपाईंलाई नै सोध्छु अमित दाइ- उचित हो र?
तपाईंले नै लेखेको होइन- ‘लोकतन्त्रमा सर्वोच्च अदालतलाई संविधान र कानुनको अन्तिम व्याख्याता मानिन्छ। उसले गरेको व्याख्या अन्तिम हुन्छ।’
अनि सर्वोच्चको अन्तिम व्याख्या आएकै छैन, तपाईं कसरी ‘एकल ढकाल इजलास’बाट प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्न सक्नुहुन्छ? तपाईंले जुन भाष्य निर्माण गर्न खोज्दै हुनुहुन्छ, त्यो निकै डरलाग्दो छ दाइ।
अँ साँच्चै दाइ, हामीले सँगै कफी खाने भनेका थियौं। समय मिलेको छैन।
मिल्यो भने त्यतिबेला फेरि सोधाैंला- तपाईंको अजेन्डा के दाइ?
तपाईं कुन देशमा बनेको मसीले लेख्नुहुन्छ दाइ?
" /> प्रिय अमित दाइ,एउटा मिडियामा छापिएको आलेखका बारेमा अर्को मिडियामा खुलेर आलोचना या प्रशंसा गर्ने चलन नेपाली पत्रकारितामा आजका मितिसम्म चलेको छैन। अभ्यासमा नरहेको यस्तो चलन बसाउँदा मिडियाको जवाफदेहिता र विश्वसनीयता अझै बढ्छ भन्ने मेरो विश्वास छ। त्यसैले तपाईंलाई सम्बोधन गरेर यो आलेख लेख्दै छु।

">