जनताको बहुदलीय जनवाद (जबज)ले कम्युनिस्टहरू एकदलीय, निरंकुश र लोकतान्त्रिक हुँदैनन् भन्ने मान्यतालाई भंग गरिदिएको छ। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको २००६ सालदेखि २०४७/४८ सालको आन्दोलनसम्मको अनुभव र मान्यताका आधारमा विशिष्ट अवस्थामा यसको प्रतिपादन भएको हो।
जबजले कम्युनिस्ट विचारधाराको छातामुनि नरहेर पनि राजनीतिक दल खोल्न, सभा-सम्मेलन गर्न पाउने, बोल्ने, लेख्ने तथा छाप्ने स्वतन्त्रताको पूर्ण ग्यारेन्टी दिने एवं विभेदकारी नीतिहरूलाई पूर्णतः बन्देज गर्ने परिकल्पना गरेको छ। मदन भण्डारीले नेपालको विशिष्ट परिस्थितिमा माक्र्सवादको सृजनात्मक प्रयोगस्वरूप प्रतिपादन गरेको सिद्धान्त नै जबज हो। जबजका सैद्धान्तिक आधारका रूपमा माक्र्सवाद र लेनिनवाद रहेको छ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भइसकेपछिको लोकतान्त्रिक आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभवका आधारमा जबज विकास भएको हो। सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादविरूद्ध गर्ने सशक्त कार्यक्रम नै जनवादी कार्यक्रम हो।
जबजका आफ्नै मान्यताहरू छन्। जनवादी राज्यसत्ता प्राप्त गर्नु, स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष, जनवादी गणतन्त्र घोषणा गर्ने, मानव अधिकार र मौलिक हकअधिकारको प्रत्याभूति दिने, संविधानको सर्वोच्चता, कानुनको शासन, बहुदलीय प्रतिस्पर्धा, बहुमतको सरकार र अल्पमतको विपक्षी आदि यसका राजनीतिक मान्यताभित्र पर्छन्। सबै खालका पुँजीवाद, सामन्तवाद, वैदेशिक एकाधिकार, शोषण, उत्पीडन र प्रभुत्ववादका सबैखाले स्वामित्वहरू अन्त्य गर्नु, क्रान्तिकारी भूमिसुधार लागू गर्नु, सामन्तहरूका हदभन्दा बढी जमिन बिना मुआब्जा जफत गरी गरिब किसानलाई वितरण गर्नु र जनवादी अर्थव्यवस्था लागू गर्नु जबजका आर्थिक पक्षहरू हुन्।
जाति, भाषा र धर्मका आधारमा हुने भेदभावलाई अन्त्य गरी एकाधिकार हुन नदिने, धार्मिक स्वतन्त्रता, समानता, महिला र पुरूषबीचको समानता, समान ज्यालाको व्यवस्था लागू गर्ने तथा जातपात र छुवाछुतको प्रथालाई अन्त्य गर्ने, आधुनिक र प्रगतिशील गुणात्मक शिक्षा लागू गर्ने, आफ्नै देशको विशिष्टताको आधारमा साम्राज्यवाद र विस्तारवादको विरोध गरी सन्तुलित विदेश नीति लागू गर्ने आदि पनि जबजका गुणात्मक पक्षहरू हुन्।
जतिबेला विश्व कम्युनिस्ट आन्दोलन धरापमा पर्दै थियो, त्यति नै बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा कम्युनिस्टहरू पनि समय र परिस्थितिमा परिवर्तन हुँदै जान सक्छन् भन्ने मान्यता राखेर जबजको सिद्धान्त अगाडि ल्याइएको हो। त्यसबेला अन्तर्राष्ट्रियस्तरमै यसले एक खालको तरंग मच्चाएकै हो र नेपालमा कार्ल माक्र्स जीवितै छन् भनेर अन्तर्राष्ट्रिय समाचार माध्यमबाट थाहा पाइएकै हो।
राष्ट्रिय राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै जबजको विकास गरिएको हो तर आज त्यो राजनीतिक परिस्थिति छैन। एक किसिमले भन्ने हो भने राजनीतिक क्रान्ति सम्पन्न भएको छ र अब राष्ट्रमा आर्थिक क्रान्ति गर्नु जरूरी छ। विशिष्ट अवस्थामा उत्पत्ति भएको जबजलाई अहिलेको देशको राजनीतिक विशिष्टताका आधारमा परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको छ।
जबजका १४ विशेषताहरू
१. संविधानको सर्वोच्चता
२. बहुलवादी खुला समाज
३. शक्ति पृथकीकरणको सिद्धान्त
५. मानव अधिकारको रक्षा
६. बहुदलीय प्रतिस्पर्धाको प्रणाली
७. आवधिक निर्वाचन
८. बहुमतको सरकार अल्पमतको प्रतिपक्ष
९. कानुनको शासन
१०. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण
११. राष्ट्रिय हितमा आधारित विदेश नीति
१२. नेतृत्व र अधिनायकत्वको नयाँ अवधारणा
१३. जनवादी व्यवस्थाको सुदृढीकरण
१४. जनताको बहुदलीय जनवाद
माथिका १४ वटा सैद्धान्तिक अवधारणा जनताको बहुदलीय जनवादका विशेषता हुन् ।
जनताको बहुदलीय जनवाद नेकपा (एमाले)को पाँचौँ महाधिवेशन, २०४९ द्वारा पारित नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो। यो कार्यक्रम पार्टीको छैटौँ महाधिवेशन, २०५४ सम्म आइपुग्दा नेपाली क्रान्तिको नेतृत्वकारी विचार मात्र होइन सिद्धान्तको रूपमा स्थापित भइसकेको छ। एकदलीय एकाधिकारलाई नै कम्युनिस्ट क्रान्तिकारीहरूको सिद्धान्त मान्ने संकीर्णतावादी र कठमुल्लावादीहरूको दृष्टिकोणमा यो सिद्धान्त पुँजीवादी सिद्धान्त हो। कार्यक्रम पुँजीवादी दक्षिणपन्थी र संशोधनवादी हो भन्ने भ्रमपूर्ण प्रचारबाजी अद्यापि चलिरहेकै छ।
नेपालको वर्ग संघर्षको मुख्य रूप र संसदीय संघर्षको घेराबाट तत्काल बाहिर निस्कने सम्भावना नरहेकोले क्रान्तिपूर्व पनि कार्यनीतिक रूपमा अधिकतम प्रगतिशील सुधारहरूमार्फत् क्रान्तिकारी फड्कोको पूर्वाधार तयार गर्न कार्यनीति जबज सिद्धान्तले अवलम्बन गरेको छ। तर यो कार्यक्रमले एमालेलाई संसदीय गोलचक्करमा फसाइरहेको भनी क्रान्तिकारी गफ गर्नेहरूको पनि यो मुलुकमा कमी छैन।
जबज जनताको जनवादी व्यवस्थाको सारतत्वयुक्त बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक शासन प्रणालीको स्वरूप ग्रहण गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम र नेपालको विशिष्ट परिस्थितिअनुरूप कार्यान्वयन गरिने नयाँ जनवाद हो।
कम्युनिस्ट पार्टीका गुण-अवगुणहरू जनताको अनुमोदनको विषय बनाइनुपर्छ। कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता र सदस्यहरूको गुण-अवगुणहरू जनसमुदायका मूल्याङ्कनको विषय बनाइनुपर्छ भन्ने मान्यता अघि सारेको छ।
यीमध्ये अधिकांश जनअधिकारसँग जोडिएका सवाल आज पूरा भइसकेका छन्। आज प्रचण्डले नेतृत्व गरेको माओवादीले उठाएको ‘जातीय पहिचान’को मुद्दा जबजको दोस्रो बुँदा हो। बहुलवादी समाज हुनु भनेको हाम्रो समाजको चरित्र कुनै पनि जात, धर्म, लिंग र वर्गविहीन हुनु हो। जबजको सिद्धान्तमा माओ त्से तुङको टाउको गाँसेर प्रचण्डपथको नाममा भाषण मात्रै गरियो। फलतः आज सिद्धान्तविहीन माओवादी आन्दोलन पतनको पीडा भोगिरहेको छ।
हाल आएर जनवादी व्यवस्थाको सुदृढीकरणको चरणमा छ। पूर्व एमाले र माओवादीको एकतापछि बनेको बहुमतको सरकारमा जबजका खास नेपाली अनुयायी केपी शर्मा ओली प्रधानमन्त्री बने। प्रधानमन्त्री बनेपछि उनले अघि सारेका जनपक्षीय र विकासवादी एजेन्डा देखेर आफ्नै सहकर्मीको सातो उड्यो। आफ्नो राजनीतिक जीवन नै समाप्त हुने देखेर प्रधानमन्त्रीमाथि दूरगामी असहयोग गरिनुका साथै व्यक्तित्व नै धराशायी हुनेसम्मका आरोप लगाइयो। अन्यथा, नेपाली समाजमा जनवादी व्यवस्थाको सुदृढ अनुहार हेर्न लामो समयसम्म कुर्न पर्दैनथ्यो।
भर्खरै राष्ट्रिय हितमा आधारित विदेश नीतिको ड्राफ्ट तयार पारियो। हालको राष्ट्रिय राजनीति नै प्रभावित पार्ने गरी भएको बामद्वन्द्व ‘शक्ति पृथकीकरणको सिद्धान्त’ र ‘नेतृत्व तथा अधिनायकत्वको नयाँ अवधारणा’बीचको टकराव मात्रै हो।
अहिलेको नेपाली समाज जबजको अन्तिम लडाइँमा छ। यस्तो अवस्थामा सबै बामपन्थीले आफ्नो समझको सदुपयोग गरी नेपाललाई अग्रगमनतर्फ लैजान जबजको सैद्धान्तिक अवधारणालाई अविलम्ब अनुसरण गर्नुपर्ने अवस्था आइसकेको छ।
" /> जनताको बहुदलीय जनवाद (जबज)ले कम्युनिस्टहरू एकदलीय, निरंकुश र लोकतान्त्रिक हुँदैनन् भन्ने मान्यतालाई भंग गरिदिएको छ। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको २००६ सालदेखि २०४७/४८ सालको आन्दोलनसम्मको अनुभव र मान्यताका आधारमा विशिष्ट अवस्थामा यसको प्रतिपादन भएको हो।जबजले कम्युनिस्ट विचारधाराको छातामुनि नरहेर पनि राजनीतिक दल खोल्न, सभा-सम्मेलन गर्न पाउने, बोल्ने, लेख्ने तथा छाप्ने स्वतन्त्रताको पूर्ण ग्यारेन्टी दिने एवं विभेदकारी नीतिहरूलाई पूर्णतः बन्देज गर्ने परिकल्पना गरेको छ। मदन भण्डारीले नेपालको विशिष्ट परिस्थितिमा माक्र्सवादको सृजनात्मक प्रयोगस्वरूप प्रतिपादन गरेको सिद्धान्त नै जबज हो। जबजका सैद्धान्तिक आधारका रूपमा माक्र्सवाद र लेनिनवाद रहेको छ।

">