नेपालको राजनीति विगत ३० वर्षमा प्रजातन्त्र/लोकतन्त्र वा गणतन्त्र जे आए पनि त्यसको मियो केही नेताको वरिपरि घुमिरहेको छ। मुलुकको राजनीतिक दृश्यमा जेजे देखिएको छ, त्यो सम्पादन हुनु तथा प्रतिनिधिसभा अवसान हुनुमा एक वा दुई दिनको दलीय कलह मात्र कारण रहेको छैन। यसको लामो नाटक मञ्चन हुँदै आएको थियो।
२०७४ फागुन ३ गते प्रधानमन्त्री केपी ओली शर्मा ओलीले शपथ लिँदै गर्दा सानो आकारको मन्त्रिपरिषद् लिएर गएको दिन र त्यसपछि सरकार सञ्चालनमा सत्ताधारी दलकै नेताबाट भएको तथाकथित अवरोधबाट २०७७ पुस ५ गतेको घटना जन्मेको हो। पुस ५ गते प्रतिनिधिसभाको विघटनका लागि ओलीले गरेको सिफारिस राष्ट्रपतिबाट सदर भएपछि नेकपामा माधव, झलनाथ र प्रचण्ड खेमामा सातो गएको बालकको जस्तो अवस्था सिर्जना भएको छ।
प्रतिनिधिसभाको अवसानसँगै नेताहरूको मानसम्मान र शान खत्तम भएको छ। राजनीति यति धेरै धमिलो र नेताको मन अमिलो भएपछि पुस ५ आयो, राजनीतिक कोर्स पनि फरक धारमा पुग्यो। सत्तारुढ दलभित्रको भागबण्डा, तानातान, तँछाड-मछाड र आफ्नो भाग अपूरो भएको दलिल पेस गर्दै प्रमलाई सल्लाह-सुझाव तथा धम्की एकैपटक प्रस्तुत भएपछि प्रमले आफ्नो अन्तिम अस्त्र प्रयोग गरी संविधानसभाको अवसान भएको बुझाइ धेरै नेपाली जनताको छ।
मुलुकमा गणतन्त्र स्थापना, माओवादीले भन्ने गरेको जनयुद्ध अन्त्य, शान्ति प्रक्रियालाई आधा बाटोमा पुर्याउने, संविधान लेखन एवम् कार्यान्वयनको चरणसम्म राजनीतिक आरोह-अवरोहमा नेकपाका नेताहरूको महत्त्वपूर्ण भूमिका छ। त्यही भूमिका र प्रभावका कारण जनताले दुईतिहाइको हाराहारीमा यो पार्टीलाई मत दिएका थिए। र, नेकपाको सरकार गठन भएको थियो।
फगत् केही नेताको सत्ता स्वार्थका कारण प्रतिनिधिसभाको अवसान भएको हो। नेकपाभित्रको चरम विवाद, किचलो, कुनै सिद्धान्त, विचार वा जनपक्षीय कामका लागि गरिएको हुँदै होइन। र, यही नेतृत्व रहेसम्म अबका दिनमा पनि हुने छैन।
२०४६ सालदेखि हालसम्म पनि राजनीतिक दलहरूको सत्ता आरोहण र बहिर्गमन कसरी, किन र केका लागि भएको थियो भन्ने कुरा जगजाहेर छ। राज्यसत्ताको बागडोर कसले समाउने र समाएकाहरूसँग मिलेर पद पाउने, आफ्ना मानिसलाई राज्यको ढुकुटी लुट्न पाउने कुन ठाउँ छ त्यहाँ पुर्याउन पद दिलाउन हरेक दाउपेच गर्ने को थिए? नेता कि जनता? आफ्नो स्वार्थअनुसार काम नगरे सरकार ढाल्ने, सरकारलाई काम गर्न नदिने अनेक हथकण्डा अपनाएर सरकार असफल बनाउने काम हँुदै आएको छ।
फगत् केही नेताको सत्ता स्वार्थका कारण प्रतिनिधिसभाको अवसान भएको हो। नेकपाभित्रको चरम विवाद, किचलो, कुनै सिद्धान्त, विचार वा जनपक्षीय कामका लागि गरिएको हुँदै होइन। र, यही नेतृत्व रहेसम्म अबका दिनमा पनि हुने छैन। कागजममा ‘हामी यहाँ छौं’ लेखेर, छातीमा टाँसेर सडकमा मज्जाले पलेटी कसेर बसेका तीनजना पूर्वप्रधानमन्त्रीलाई खुल्ला प्रश्न राख्ने मनसायले यो आलेख तयार गरिएको छ।
यी केही प्रतिनिधि प्रश्न मात्र हुन्। तपार्इंहरूसँग जनताले सोध्ने अनगिन्ति प्रश्न छन्। ती प्रश्नको उत्तर दिने सामथ्र्य तपाईंहरूसँग भए कृपया सार्वजनिक सञ्चारमाध्यमबाट यसको उत्तर पाउन सकिएला कि? तीन पूर्वप्रधानमन्त्रीको कार्यकाल पुष्पकमल दाहाल २०६५/५/२ देखि २०६६/२/१०, माधव नेपाल २०६६/२/११ देखि २०६७/१०/२२ र झलनाथ खनाल २०६७/१०/२३ देखि २०६८/५/११ सम्मको अवधिमा कति जनहितका काम गर्नुभएको थियो? कति काम आफ्ना लागि, आफन्तका लागि गर्नुभयो? यसको फेहरिस्त जनतासँग सुरक्षित छ।
तीन पूर्वप्रमको कार्यकाल करिब चार वर्षको अवधिमा तपाईंहरूबाट भएको नेपाली जनताले सम्झनलायक काम के थियो होला? सिंहदरबारमा फोटो झुण्ड्याउने, झण्डा फराउनेबाहेक प्रशंसनीय के काम भए? प्रधानसेनापति प्रकरण, तथाकथित लडाकुहरूको पैसा लिने काम, लोकमान प्रकरणमा अदालतले ४० महिनापछि गैरकानुनी भनी गरेको फैसलामा मतियार हुने काम तपाईंहरूमध्येकै हातबाट भएको होइन र? एकपटक स्मरण गरौं त आफ्नो प्रधानमन्त्रीकाललाई जनताको लागि र राष्ट्रको लागि के गरिएछ? आफ्ना लागि धेरैले धेरैथरी काम गरेका छन्। तर, जनताको काम गर्छु भन्ने तपार्इंहरूले के गर्नुभो जनताका लागि? जनताले हरेक नेताको हिसाबकिताब चित्रगुप्तले जस्तै लिएर बसेका छन्। मन्दिरमा नबोल्ने देवतासँग आशिर्वाद लिन जाने तपार्इंहरू जनताका मुद्दामा केही गर्नुभो?
तपाईंहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन, ओम्नी प्रकरण, यती होल्डिङ, गोकर्ण रिसोर्ट प्रकरण, औषधि खरिद प्रकरण, बूढीगण्डकी प्रकरण, वाइडबडी काण्ड, कोरोना संक्रमित व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय, कर्मचारी, स्वास्थ्यकर्मी भत्ता, स्वयमसेवक, पीसीआर परीक्षणमा सरकारले लगाएको शुल्कलगायतका विषयमा कहीँ कतै केही बोल्नुभएको छ? छैन। त्यसैले तपाईंहरूलाई जनताले किन साथ दिने?
देशका ३८औं प्रधानमन्त्री केपी शर्मा ओली र तीन पूर्वप्रमबीच बेमेल खरखिचौला किन भयो? दुई पार्टी एक हुँदाको सैद्धान्तिक लडाइँ हो? होइन। तपाईंहरू पनि सत्ताको अंशियार भएका नाताले मानसम्मान र शान दिन प्रमले आनाकानी गरे र तीक्तता तथा रिक्तता बढ्दै गएपछि आज तीन पूर्वप्रमसहितका मतियार सडकमा जनता गुहारिरहेका छन्। अब ‘हामी यहाँ छौं, हामीलाई कुर्सीमा पुग्ने हतारो छ, लौन जनता गुहार गुहार’ भन्ने नारा पनि लेख्ने कि?
इतिहासतर्फ हेर्नुस् पूर्वप्रधानमन्त्रीज्यूहरू! जनताले तपाईंहरूलाई सिंहदरबार र बालुवाटार पार्टी कार्यालय सबैतिर खोज्दा कहीँ पाउन, भेट्न सकेनन्। आज तपाईंहरू सडकमा आउनु भएछ, सडकमै बस्नुहोला!
‘हामी यता छौं, जनतालाई पीरमर्का पर्दा मोजमस्ती मनोरञ्जनमा थियौं’ भन्ने नारा पनि थप गरे कसो होला? राति परेको चट्याङमा उज्यालो देख्नासाथ बिहान भएछ भनी हिँड्ने बानी परेका हाम्रा नेतालाई यति हेक्का होस्- चट्याङको उज्यालो केही समय मात्र हो। चट्याङको उज्यालो होइन, आवाजलाई सुन्नोस्, जनआवाजलाई सुन्नोस्, यो भयङ्कर हुन्छ। जुन आज तपार्इंहरूले सुन्न सक्नुभएको छैन। सुन्ने र बुझ्ने प्रयास गरे कसो होला?
(लेखक अधिवक्ता हुन्)
" /> नेपालको राजनीति विगत ३० वर्षमा प्रजातन्त्र/लोकतन्त्र वा गणतन्त्र जे आए पनि त्यसको मियो केही नेताको वरिपरि घुमिरहेको छ। मुलुकको राजनीतिक दृश्यमा जेजे देखिएको छ, त्यो सम्पादन हुनु तथा प्रतिनिधिसभा अवसान हुनुमा एक वा दुई दिनको दलीय कलह मात्र कारण रहेको छैन। यसको लामो नाटक मञ्चन हुँदै आएको थियो।२०७४ फागुन ३ गते प्रधानमन्त्री केपी ओली शर्मा ओलीले शपथ लिँदै गर्दा सानो आकारको मन्त्रिपरिषद् लिएर गएको दिन र त्यसपछि सरकार सञ्चालनमा सत्ताधारी दलकै नेताबाट भएको तथाकथित अवरोधबाट २०७७ पुस ५ गतेको घटना जन्मेको हो। पुस ५ गते प्रतिनिधिसभाको विघटनका लागि ओलीले गरेको सिफारिस राष्ट्रपतिबाट सदर भएपछि नेकपामा माधव, झलनाथ र प्रचण्ड खेमामा सातो गएको बालकको जस्तो अवस्था सिर्जना भएको छ।

">