एकाबिहानै मेरो मोबाइलको घण्टी बज्यो, उठाएँ। औपचारिक हाईहेलोपछि उताबाट प्रस्ताव आयो- जस्मिनजी, तिजको अवसरमा एउटा विशेष लेख लेख्नुपर्यो।
‘खोइ, के लेख्नु र?’ मैले हाँस्दै टार्न खोजेँ।
‘महिलाकै समसामयिक विषयबारे लेख्नुस् न,’ उताबाट सुझाव आयो।
एकछिन सोचेँ। एकजना बहिनीसँग सल्लाह पनि गरेँ। उसले भनी, ‘आहा, लेख्नुपर्छ दिदी। समाजमा महिलाले भोगिरहेका पीडाबारे सबैलाई रियलाइज त गराउनुपर्यो नि!’
बहिनीको कुरा ठिकै लाग्यो। एकछिन सोचमग्न पनि भएँ। ‘हो त, समाजमा महिलाको अवस्थाबारे सबैलाई थाहा दिनै पर्छ, अनि मात्र कायाकल्पको कुरो आउँछ।’
फेरि आफैंलाई प्रश्न गरेँ, ‘तर के लेखिसाध्य छ? कहाँबाट सुरू र, कहाँ अन्त्य गर्ने?’
म यो कुरा जान्दछु कि ‘महिला’ एउटा यस्तो विषय हो जसमा लाखौं ठेली पुस्तक लेखे पनि कम हुन्छ। एकातर्फ महिलालाई देवीको रूपमा पुजिन्छ भने अर्कोतर्फ बोक्सी, वेश्याजस्ता अनेकाैं उपनामले दुत्कारिन्छ। अनि महिलाले जन्मेदेखि मर्दासम्म भोग्नुपर्ने विभेदका अन्त्यहीन शृंखलाहरू छन्।
त्यसो त छोरीमाथिको विभेद जन्मिनुभन्दा अगावै सुरू हुन्छ। गर्भ बस्नासाथ छोरा हो कि छोरी भनेर पहिचान गर्ने अनि छोरी हो भने भ्रुणहत्या गराइदिने अपराधीहरू गाउँमा मात्रै होइन, सहरमासमेत छन्। यसर्थ एउटी छोरीले आमाको पेटबाट निस्केर पृथ्वीमा पाइला टेक्दा नै विभेदको एउटा चरण पार गरिसकेकी हुन्छिन्। त्यसपछि सुरू हुन्छ, विभेदका अन्त्यहीन शृंखलाहरू।
जन्मदिने आमाबाबुबाटै छोरा र छोरीमा विभेद हुन्छ। छोरालाई जे गर्न पनि छुट! छोरीलाई प्रश्नैप्रश्न! छोरा घर ढिलो आउँदा आमा भन्छिन्- भोक लाग्यो होला, छिटो खान आइज। छोरी ढिला आउँदा भन्छिन्- कहाँ-कोसित बरालिएकी थिइस्? छोराले केटी साथी बनायो भने बाबुआमा गर्वसाथ सुनाउँछन्, छोरा अहिल्यैदेखि गर्लफ्रेन्ड घुमाएर हिँड्छ। छोरीले केटा साथी बनाइन् भने खप्की खानुपर्छ- हाम्रो नाक काट्ने भई यसले! सानैदेखि भात-भान्सादेखि घरभित्रका सारा काममा पारंगत हुनुपर्छ छोरीले।
आफूलाई नारी वा छोरी भनेर स्वीकार्न नपाउँदै उनी समाजको सीमित कुण्ठित र संकुचित दायराभित्र भएर बस्न बाध्य हुन्छिन्। त्यसपछि विस्तारै विद्यालयमा पाइला के टेकेकी हुन्छिन्, छोरीका काँधमा अनेकथरी दायित्व थोपरिन्छ र पाइलापाइलामा उनका सपनाहरूको हत्या हुन्छ। सानी बालिकालाई आफू मानिस हुँ भनेर अस्तित्वबोध गर्न नपाउँदै तिमी पराइघर जाने जात हौ भनेर मष्तिष्कमा ठप्पा लगाइन्छ।
जन्मदिने आमाबाबुबाटै छोरा र छोरीमा विभेद हुन्छ। छोरालाई जे गर्न पनि छुट! छोरीलाई प्रश्नैप्रश्न! छोरा घर ढिलो आउँदा आमा भन्छिन्- भोक लाग्यो होला, छिटो खान आइज। छोरी ढिला आउँदा भन्छिन्- कहाँ-कोसित बरालिएकी थिइस्? छोराले केटी साथी बनायो भने बाबुआमा गर्वसाथ सुनाउँछन्, छोरा अहिल्यैदेखि गर्लफ्रेन्ड घुमाएर हिँड्छ। छोरीले केटा साथी बनाइन् भने खप्की खानुपर्छ- हाम्रो नाक काट्ने भई यसले! सानैदेखि भात-भान्सादेखि घरभित्रका सारा काममा पारंगत हुनुपर्छ छोरीले। होइन भने प्रश्न उठ्छ, यसले कसरी घर गरेर खान्छे? छोरालाई केवल पढाइमा मात्र जोड दिइन्छ। घरभित्रको काम गर्न खोज्यो भने उल्टै हतोत्साही बनाएर भनिन्छ, कस्तो केटीजस्तो बानी यसको!
समाजको त झन् के कुरा गर्नु! केटा र केटीले भागेर बिहे गरे भने प्रयोग गर्ने शब्दावली नै फरक हुन्छ। केटाको हकमा, फलानोको छोरी भगाएर ल्याएछ। केटीको हकमा फलानोसँग पोइल हिँडिछ। केटीको बिहे गर्न ढिला भयो भने ‘नबिकेकी’ हुन्छे। केटाले ढिला गर्यो भने केटी ‘मन नपरेको’ हुन्छ।
आफ्नो जन्मेको-हुर्केको घर त्यागेर, जन्मदिने बाबुआमाबाट अलग्गिएर पराइ घर जानुपर्छ छोरीले। अनि सुरू हुन्छ, ‘बुहारी’ नामको बन्दी जीवन। घोषित-अघोषित अनेक नियमभित्र बाँधिनुपर्छ उनले। भात पकाउनेदेखि शौचालय सफा गर्नेसम्मको जिम्मेवारी उनकै काँधमा हुन्छ। श्रीमान्, छोराछोरीदेखि सासु-ससुरासम्मलाई स्याहार्नुपर्ने उनैले। उनको व्यक्तिगत स्वतन्त्रता नै समाप्त हुन्छ। घरबाहिर निस्कियो भने ‘कतिबेला आउने?’ भन्दै पाँच-पाँच मिनेटमा फोन! कोही पराया पुरुषसँग हिँडेको, बात मारेको देखियो भने त परिवारले मात्र होइन समाजले नै कुरा काटेर बसिटिक्न दिँदैन। फलानोकी श्रीमती त अर्कैसित सल्किछे। विवाहित पुरुषले अरु केटीहरूसँग सम्बन्ध राख्दा त्यो पुरुषार्थ कहलाउँछ। महिलाको हकमा त्यसलाई चरित्रहीनको संज्ञा दिइन्छ।
विवाहपछि कुनै पनि महिलाको वास्तविक अवस्था भनेको ‘घर न घाटको’ जस्तै हुन्छ। जन्मदिने बाबुआमा पराइ भइसकेका हुन्छन्। जन्मघर बिरानो भइसकेको हुन्छ। कर्मघरले उनलाई ‘छोरी’ को हैसियत दिँदैन। छोरी र बुहारीबीच ठूलो अन्तर हुन्छ।
म कुनै संस्कृति विरोधी होइन। एक हिन्दू नारी हुँ। तर, कुनै पनि संस्कृति महिलामैत्री हुनैपर्छ। यसो भन्दै गर्दा म के पनि भन्छु भने, कुनै पनि संस्कृति समाजपरक हुँदैमा महिलापरक हुन्छ भन्ने छैन। हामी नारी एकअर्काको विरोधी होइन, एकअर्काको पक्षधर भएर बोल्नु जरूरी छ।
आफूले कर्मघरमा पाएको दुःख, पीडा पोख्ने ठाउँ भनेको माइतीघर हो। जन्मदिने आमाबुवा हुन्। तर, आमाबुवाले पनि गर्ने के? उनीहरूलाई एउटै चिन्ता हुन्छ, छोरीको घर नबिग्रियोस्। त्यसैले घर जोगाउनका लागि जस्तोसुकै सम्झौता गरेर बाँच्नुपर्छ बुहारीले। कथंकदाचित सम्बन्ध टिक्न सकेन र अलग्गिने स्थिति आयो भने अपजसको एक्लो भारी बोक्नुपर्छ श्रीमतीले।
डिभोर्सी महिलालाई समाजले हेर्ने दृष्टिकोण नै अचम्मको छ। डिभोर्सी पुरुषहरू छाती फुलाएर अर्को बिहे गर्न सक्छन्। तर, महिलाले अर्को बिहे गर्दा सहज स्वीकार हुँदैन।
हो, पहिलेभन्दा अहिलेको अवस्था पक्कै फरक छ। हाम्रो भन्दा अघिल्लो पुस्ताको दिदीबहिनीहरू झन् धेरै पीडामा बाँचेका थिए। त्यसको तुलनामा अहिले विभेद कम भएको अवश्य हो। तर, पनि छोराछोरी समान हुन् भन्ने भावना आजको आधुनिक र शिक्षित समुदायले पनि पूर्ण आत्मसात गर्न सकेको छैन। एकथरिले भन्छन्, समाज परिवर्तन रातारात हुँदैन, विस्तारै हुँदै जान्छ। त्यसो भनेर के अहिलेका महिलाले चाहिँ विभेद सहेरै बाँच्नुपर्ने हो?
समयक्रमसँगै जब म बुझ्ने भएँ, तबदेखि एउटै कुरा मनमा लाग्यो कि पितृसत्तात्मक सोचको पतन हुन जरूरी छ। यसकारण हैन कि पुरुष समाजमा हावी भए, यसकारण कि महिला पनि आफ्नो हकअधिकार सुनिश्चित गर्न चाहन्छन्। जब एउटा नारी हिंसामा पर्छिन् र उनको आवाज जोरजोरले गुञ्जिन्छ, तब पनि हाम्रो सामाजिक मानसिकता फेरिँदैन। र, त्यो गुञ्जन त्यहीँ गएर रोकिन्छ जहाँ न्यायको मूर्तिसमेत पछि सर्छ।
यस्ता अनेक समस्याबाट छोरीचेलीहरूले हरेक दिन गुज्रिरहनुपर्छ र त्यसैमा अभ्यस्त हुनुपर्छ। अनि क्रमशः आफ्ना सपनाको गर्भपतन गराउनुपर्छ, जसरी छोरी जन्मने थाहा पाएपछि पुरुषहरू आफ्नो पुरुषार्थलाई लुकाएर महिलालाई गर्भपतन गर्न उकास्छन्।
नारी स्वतन्त्रताको कुरा आउँदा तिजको कुरा पनि जोड्नैपर्ने हुन्छ। नेपाली नारीले भोग्नुपरेको अभाव, पीडा, व्यथा, अन्याय आदिका आवाज तिजमा गीतको माध्यमबाट गुञ्जने गर्छ। अब आफैं सोच्नुस्, एउटी नारीले आफ्नो दबिएको आवाज बाहिर ल्याउन पनि चाडबाड पर्खिनुपर्छ भने कस्तो दयनीय अवस्थामा छ्न् चेलीहरू? तिजका दिन विवाहित तथा अविवाहित चेलीहरूले व्रत लिएका हुन्छन्। विवाहित महिलाले भगवान् शिवसँग आफ्नो श्रीमान्को लामो उमेरको कामना गर्दै पानीसमेत नपिई व्रत बस्छन्। श्रीमान्लाई भोग लगाएर उनीहरूको खुट्टाको पानी खाएर मात्र व्रत खोल्ने चलन छ। अविवाहित नारीले राम्रो वर पाउने मनोकामनाले शिवसँग प्रार्थना गर्दै व्रत बस्छन्। उनीहरूले भगवान्लाई भोग लगाएर व्रत खोल्छन्। महिलाले पुरुषलाई पाउन वा उसको दीर्घायुको लागि कष्टप्रद व्रत बस्नुपर्ने, अनि पुरुषले चाहिँ महिलाको लागि केही गर्नैनपर्ने कहाँको न्याय हो?

सदैव श्रीमतीले मात्र श्रीमानको लागि व्रत बसेर वफादार बनिरहन जरूरी छैन, श्रीमानले पनि श्रीमतीका लागि व्रत बसेर उनलाई खुसी तुल्याउनुपर्छ। हरेक नारीले स्वतन्त्रतापूर्वक आफूलाई लागेको चिज छनोट गर्न पाउनुपर्छ। जबसम्म हाम्रो समाज यो कुण्ठित अवधारणाबाट माथि उठ्ने न्यूनतम प्रयत्न गर्दैन, तबसम्म हामीले चाहेको, खोजेको र संकल्प गरेको महिला मुक्ति सम्भव छैन।
" /> एकाबिहानै मेरो मोबाइलको घण्टी बज्यो, उठाएँ। औपचारिक हाईहेलोपछि उताबाट प्रस्ताव आयो- जस्मिनजी, तिजको अवसरमा एउटा विशेष लेख लेख्नुपर्यो।‘खोइ, के लेख्नु र?’ मैले हाँस्दै टार्न खोजेँ।

">