पुष्पकमल दाहाल प्रचण्डले सत्ताप्राप्तिका लागि पुनः एकपटक हिंसाको खेती शुरु गर्न खोजेका छन् । समयमै यसको विरोध र वैचारिक प्रतिरोध नगर्ने हो भने उनको सत्ता महत्त्वाकांक्षाले फेरि मुलुकलाई अस्थिर र चरम द्वन्द्वतर्फ निम्त्याउनेछ ।
गएको आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले युवा तथा विद्यार्थीलाई ‘ननभेज’ आन्दोलनका लागि आह्वान गरेका छन् । ‘ननभेज’ भनेको कस्तो आन्दोलन हो भनेर पूरै नखुलाए पनि उनले आफ्नो टाउको चिलाएको बताएर हिंसात्मक आन्दोलनतर्फ इंगित गर्न खोजेका छन् ।
भनिन्छ, एकपटक मान्छेको रगत चाखेको बाघले मान्छेको रगत नै खोज्छ । शायद त्यस्तै गर्न खोज्दै छन् प्रचण्ड । हिंसाको ताकतमा सत्तामा पुगेका उनले फेरि सत्तामा पुग्न हिंसाकै सहारा लिन खोज्दै छन् । उनले भनेका छन्, “अब शाकाहारी आन्दोलनले पुग्ने देखिँदैन, त्यसले पुग्दैन, त्यसलाई त उनले (ओली) गन्नेवाला नै छैनन्, शाकाहारी (संघर्ष) त हाम्रो पार्टीभित्र कति गरियो। गरियो’, प्रचण्डले युवा र विद्यार्थीलाई उक्साउँदै भने, “हाम्रो आन्दोलन अलि आवेगमय हुनु पर्यो, जुझारु हुनु पर्यो, ‘भेजेटिरियन’जस्तो हुनु भएन ।”
यसमा २ कारणले सचेत हुनु जरुरी छ । पहिलो, १७ हजार मान्छेको ज्यान र हजारौं जनाको अंगभंग हुने गरी मुलुकलाई एक दशकभन्दा बढी रगतको आहालमा फसाएका प्रचण्ड हिंसालाई राम्ररी उपयोग गर्न सक्ने अनुभव प्राप्त व्यक्ति हुन् र त्यसका लागि चाहिने मुटु उनीसँग छ ।
दोस्रो, आफ्नो महत्त्वाकांक्षालाई प्ररा गर्न उनी जसलाई जहिले पनि बलि चढाउन सक्ने नेता हुन् ।
यस्तो खतरापूर्ण अवस्था देख्दा–देख्दै पनि नागरिक समाज, प्रेस र मानवअधिकारकर्मीको ठूलो समूह प्रचण्डको यो अभिव्यक्तिलाई हल्का रूपमा लिने गल्ती गर्दै छन् । यसो गर्नुको मुख्य कारण यी तप्कालाई प्रचण्डको हिंसात्मक अभिव्यक्तिको विरोध गर्दा केपी ओलीलाई सहयोग पुग्ला कि भन्ने डर छ । त्यही भयका कारण यो पंक्ति हिंसाको विरोध गर्न पछि हटेको छ ।
अहिले प्रचण्डको चाहनाबमोजिम ‘ननभेज’ आन्दोलनलाई समर्थन गर्नु र हातेमालो गर्नु वा विरोध नगर्नु भनेको मुलुकमा पुनः हिंसा, रक्तपात र असुरक्षालाई निम्तो गर्नु हो – संसदीय लोकतन्त्र, संघीयता र कानुनी शासनविरुद्ध उभिनु हो, जुन आफैमा घातक छ ।
अहिले प्रधानमन्त्री ओलीको कदमप्रति विमति राख्दै प्रचण्डसँगै लहसिएका नेता माधवकुमार नेपालले पनि ‘ननभेज’ आन्दोलनको औचित्य पुष्टि गर्नु जरुरी छ किनकि यसअघि उनले आफूलाई सधैं नै हिंसाविरोधीको कित्तामा राख्न चाहेको देखिन्छ ।
प्रचण्ड नेतृत्वको माओवादी सशस्त्र संघर्षको हिजोका दिनमा अन्य दलजस्तै तत्कालीन नेकपा एमालेले घोर विरोध गरेको थियो । त्यति मात्र होइन, तत्कालीन एमालेका हजारौं कार्यकर्ताहरूसँग माओवादी द्वन्द्वका कारण लागेको घाउ अझै बाँकी छ । यदुनाथ गौतमहरू अझै धेरैको स्मृतिमा छन् ।
माधव नेपाल र उनका सहकर्मीले यस मामिलामा गोलमडोल जवाफ दिएर होइन, कित्ता स्पष्ट गर्नुपर्नेछ– तपाईं भेज कि ननभेज ?
" /> पुष्पकमल दाहाल प्रचण्डले सत्ताप्राप्तिका लागि पुनः एकपटक हिंसाको खेती शुरु गर्न खोजेका छन् । समयमै यसको विरोध र वैचारिक प्रतिरोध नगर्ने हो भने उनको सत्ता महत्त्वाकांक्षाले फेरि मुलुकलाई अस्थिर र चरम द्वन्द्वतर्फ निम्त्याउनेछ ।गएको आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले युवा तथा विद्यार्थीलाई ‘ननभेज’ आन्दोलनका लागि आह्वान गरेका छन् । ‘ननभेज’ भनेको कस्तो आन्दोलन हो भनेर पूरै नखुलाए पनि उनले आफ्नो टाउको चिलाएको बताएर हिंसात्मक आन्दोलनतर्फ इंगित गर्न खोजेका छन् ।

">